MENU
कमल हसन आफ्नै दलमार्फत राजनीतिमा सक्रिय हुने
 : 132 views
  Aug 10, 2018

मुम्बइ, २४ साउन : भारतीय फिल्म स्टार कमल हसन आफ्नै दलमाफृत राजनीतिमा सक्रिय हुने भएका छन् । ६३ वर्षीय हसनले गत फेब्रुअरीमा आफ्नै दल गठन गरेका थिए ।

झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम गरेका छन् । उनलाई भारतको फिल्म क्षेत्रमा सम्मानित दिइने व्यक्तिका रुपमा लिइन्छ । फिल्म सेन्सरसिपको झमेलामा परेपछि उनले ‘मक्का निधी मैम’ नामको दल दर्ता गरेका थिए ।

 

उनले सो पार्टी मार्फत् कलाकारहरूको अधिकार र स्वतन्त्रताका लागि लड्ने योजना बनाएको बताएका छन् । ‘यस्तो देशभरी नै भइरहेको छ, यो निकै चुनौतीपुर्ण पनि छ, सवै कलाकारले अव आफ्नो अधिकारका लागि बोल्ने छन्,’ एएफपीसँगको एउटा अन्तर्वार्तामा उने भने ।

 

तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र भनिएको छ । यो पार्टीले आगामी आम निर्वाचनमा पहिलो पटक भाग लिने बताइएको छ ।

 

तमिलनाडुमा चलचित्रबाट राजनीतिमा आएकाहरु सफल भएका छन् । यसअघि राजनीतिमा उत्कर्षमा पुगेकी तमिलनाडु नेतृ जयराम जयललिता पनि नायिका थिइन् । उनी एआइएडिएमके पार्टीबाट पटकपटक मुख्यमन्त्री भइन् । त्यस्तै डिएमके अध्यक्ष तथा पूर्वमुख्यमन्त्री एम करुणानिधि चलचित्रको स्क्रिप्ट लेखक थिए । उनीहरु दुवैको निधन भइसकेको छ ।

 

हसनले आफ्नो पार्टी वाकस्वतन्त्रताका लागि लड्नुका साथै धार्मिक विविधताको राष्ट्रिय विषेशताको रक्षाका लागि क्रियाशिल रहेको बताए । ‘मैले अहिलेको अवस्थालाई चुनौती दिन चाहन्छु, मैले केन्द्रियताका लागि यो गरिरहेको छैन, मेरो उद्धेश्य पुरा भएपछि मैले राजीनामा दिन चाहन्छु,’ उनले भने ।

हसनले भारतका तमिल, तेलुगु, मालायालाम र हिन्दी भाषाका धेरै फिल्महरु उत्पादन गर्ने, निर्देशन गर्ने र गित गाउने गरेका छन् । रासस/एएफपी

Comments

NIC Asia