MENU
गृहमन्त्री बादलले भने- प्रकाण्ड अपराधी हुन्
 : 153 views
  Aug 10, 2018

चितवन, २५ साउन : गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द नेतृत्वका प्रवक्ता खड्गबहादुर विक प्रकाण्ड अपराधी भएको बताएका छन् । उनी ध्वंसात्मक क्रियाकलाप र चन्दा आतंकमा लागेकाले पक्राउ गरिएको बादलले बताए ।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारुकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री बादलले प्रकाण्डको नाममा वारेन्टसमेत जारी भएको बताए । पत्रकारहरुको प्रश्नको जवाफमा उनले कानुन उल्लंघन गर्ने अपराधी भएको बताए । उनले भने, ‘जसले कानुन उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौँ, अपराधीलाई प्रहरीले नियन्त्रण गर्छ ।’

 

प्रकाण्ड र बादल जनयुद्धका सहयात्री हुन् । ‘बादल गृहमन्त्री हुँदा प्रकाण्डको हातमा हथकडी लाग्यो भन्ने टिप्पणीहरु भइरहेको छ नि ?’ भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, ‘बादल गृहमन्त्री हो, गृहमन्त्रीको काम कानुनको कार्यान्वयन गर्नु हो, अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो ।’

 

सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिकरुपमा र प्रशासनिकरुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको उनले बताए । विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन यसअघि नै आह्वान भइसकेको उनको भनाइ छ ।

Comments

Photography