MENU
बहुविवाह गरे अब स्वतः रद्द, दुवैलाई ५ वर्षसम्म जेल
 : 34 views
  Aug 10, 2018

काठमाडौँ, २५ साउन : भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध (संहिता) मा बहुविवाहसम्बन्धि कडा प्रावधान राखिएको छ । ऐनमा विवाहित पुरुषलाई बहुविवाह गर्न प्रतिबन्ध लगाइएको छ । विवाहित पुरुषसँग जानाजान बिहे गर्ने महिलालाई पनि कारवाही हुने व्यवस्था छ ।

 

बहुविवाहले कानुनी मान्यता नपाउने भएपछि स्वतहः रद्द हुने भएको हो । बुहविवाह गर्ने पुरुष र विवाहितसँग जानाजान बिहे गर्ने महिला दुवैलाई एकदेखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ । यसअघि पनि जेलसजायको व्यवस्था भएपनि विवाह रद्द हुने व्यवस्था थिएन ।

 

महिला र पुरुष दुबैको अघिल्लो सम्बन्ध कायम नरहेको अवस्थामा मात्र अर्को विवाह हुन सक्ने व्यवस्था छ । विवाहित पुरुषले पत्नीले कानुन बमोजिम अंशवण्डा गरेर भिन्न भएको अवस्थामा भने अर्को विवाह गर्न पाइने ऐनमा व्यवस्था छ ।

 

त्यस्तै मुलुकी देवानी (संहिता) ऐन २०७४ मा पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेमा त्यस्तो महिला र पुरुषको स्वतः विवाह भएको मानिने उल्लेख छ । तर, पुरुष यसअघि नै विवाहित भए विवाह भएको मानिँदैन । तर, बच्चाले भने बाबुको हैसियतमा सबै अधिकार पाउनेछ । त्यस्तै करणीबाट बच्चा जन्मिएपनि विवाह नमानिने र बच्चाले मात्र अधिकार पाउने उल्लेख छ ।

 

मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर २० वर्ष किटान गरिएको छ । यदि २० वर्षअघि विहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ । विहे गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ ।

Comments

Photography