MENU
जाजरकोट पहिरोमा हराएका बालकको शव ६ दिनपछि भेटियो
 : 146 views
  Aug 10, 2018

जाजरकोट, २५ साउन : भेरी ३ ठाँटीमा आइतबार पहिरोमा परी बेपत्ता भएका बालकको शव ६ दिनपछि फेला परेको छ । पहिरोमा हराइरहेका नलगाड ३ का १२ वर्षीय गोविन्द्र परियारको शव शुक्रबार फेला परेको हो।

 

प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतका अनुसार उनको शव फेला नपरेपछि सेना, सशस्त्र र नेपाल प्रहरीले खोजी जारी राखेका थिए । गत आइतबारको पहिरोमा पुरिएका आठजनाको शव भने निकालिसकिएको छ ।

 

गृहकार्य गरिरहेको बेला आइतबार बिहान आएको पहिरोले उनलाई घरसँगै पुरेको थियो। उनका भाइ गोविन्दको पनि पहिरोमा परी मृत्यु भएको थियो। आमाबाबु सानैमा गुमाएका उनीहरु दिदीसँग सदरमुकामस्थित गोपाल सुनारको घरमा भाडामा बस्दै आएका थिए।

 

मृतककी दिदी काममा गएकी र अर्का भाइ पानी लिन गएकाले उनीहरु बाँच्न सफल भएका थिए। पहिरोमा पुरिएका एकजनालाई भने जिवितै उद्धार गरिएको थियो। पहिरोमा परी ८ बालबालिका सहित नौ जनाको ज्यान गएको छ।

Comments

NIC Asia