MENU
बेपत्ता भएको १९ दिनपछि शव भेटियो
 : 30 views
  Sep 14, 2018

पाल्पा, २९ भदौ : पाल्पाका एक युवा बेपत्ता भएको १९ दिनदेखि घरनजिकैको खोल्सामा मृत भेटिएका छन् । तानसेन नगरपालिका–१ भुसालडाँडा घर भएका ३६ वर्षीय सुनिल क्षेत्रीको शव फेला परेको हो ।

 

युनाइटेड मिसन अस्पतालमा कार्यरत क्षेत्रीको शव घरदेखि सय मिटर मात्र पर खल्लुकधारा खोल्सामा भेटिएको प्रहरीले जनाएको छ । शव कुहिसकेको अवस्थामा भेटिएको छ । उनका बुबाले कपडा र अन्य शरीरको भागबाट उनको पहिचान गरेको प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए ।

 

भदौ ११ गते बिहान घरबाट हिडेका उनी त्यसयता घर फर्केका थिएनन् । बाबु चन्द्र केसीले पाल्पा र रुपन्देही प्रहरीमा खोजतलासका निवेदन दिएका थिए । बुटवल, भैरहवा गइरहने भएकाले रुपन्देही प्रहरीमा पनि खोजीका लागि निवेदन दिएको परिवारले जनाएको छ ।

Comments