MENU
भारत यु १९ ‘ए’सँग नेपाल यु १९ को फराकिलो हार
 : 82 views
  Sep 14, 2018

काठमाडौँ, २९ भदौ : दुई दिनअघि भारत यु १९ ‘बि’सँग हारेको नेपाल आज ‘ए’ टिमसँग पनि फराकिलो अन्तरले हारेको छ । भारतीय टिमले नेपाली टिमलाई आठ विकेटले पराजित गरेको छ ।

 

नेपालले दिएको १५७ रनको लक्ष भारतले २४.१ ओभरमा नै पार गरेको थियो । आधा इनिङ पनि नखेल्दै भारतलाई जित दिलाउन वाइभि राथोडले नटआउट ५९ र पिएस सिंहले नटाउट ४६ रन बनाए । त्यस्तै ओपनर अनुज रावतले पनि ४७ रन बनाए । नेपालका तर्फबाट कमल ऐरी र पवन सर्राफले एक एक विकेट लिए ।

 

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४५.५ ओभरमा अलआउट हुँदै १५६ रन बनायो । नेपालका तीन ब्याट्स्म्यानबाहेक कसैले दाहोर अंकमा रन बनाउन सकेनन् । तीन ब्याट्स्म्यान शून्यमा पेबेलियन फर्किएका थिए ।

 

नेपालका तर्फबाट सन्दीप जोराले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बल खेल्दै पाँच चौका र एक छक्का हाने । त्यस्तै तृतराज दासले ४८ र भीम सार्कीले २८ रन बनाए ।

 

नेपाल यु १९ ले लिगको अन्तिम खेल पर्सी अफगानिस्तान यु १९ सँग खेल्नेछ ।

Comments