MENU
निर्मला हत्याकाण्डमा प्रहरीमाथि छाविन गर्ने टोलीका संयोजक नै विदेश भ्रमणमा
 : 414 views
  Sep 14, 2018

काठमाडौँ, २९ भदौ : कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या घटनामा जिल्लास्थित प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले टोली बनायो । तर, टोलीका संयोजक नै विदेश भ्रमणमा गएको खुलेको छ ।

 

सिआइबी टोलीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा केही दिनअघि समिति गठन गरेको थियो । समितिमा पाँच सदस्य छन् । तर, टोलीका संयोजक एसएसपी उत्तम सुवेदी भने चीन भ्रमणमा गएका छन् ।

एसएसपी उत्तम सुवेदी

उनी अझै एक साता नफर्किने स्रोतले जनाएको छ । टोली संयोजक नै विदेश भ्रमणमा गएपछि अन्य सदस्य अलमलमा परेका छन् । समितिले कञ्चनपुर गएको सिआइबी टोलीका सदस्यसँग बयान लिने बताइएको थियो । त्यस्तै निलम्बनमा परेका एसपी डिल्लीराज बिष्टसँग पनि आवश्यक बयान लिने जनाइएको थियो ।

 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार दिनपछि अनुसन्धानका लागि डिएसपी अङ्गुर जिसी नेतृत्वको सिआइबी टोली कञ्चनपुर पुगेको थियो। कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र व्यूरोको टोलीले घटना भएको २४ दिनपछि अभियुक्त सार्वजनिक गरेसँगै केन्द्रबाट खटिएको प्रहरीको अनुसन्धानमा शङ्का पैदा भयो। एसपी विष्टलाई निलम्बन परे भने व्यूरोको टोलीसमेत फिर्ता बोलाइएको थियो ।

Comments

NIC Asia