MENU
बँदेलको खुलेआम गैरकानुनी व्यापार गर्दै प्रदेश १ का अर्थमन्त्री
 : 153 views
  Sep 20, 2018

इलाम, ४ असोज : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले इलामको चुलाचुलीमा बंगुरपालन गरिरहेका छन् । पाँच वर्षअघि स्थापित उनको बंगुर फर्ममा बँदेलको पनि गैरकानुनी व्यापार हुने गरेको छ ।

नेपालको कानुनअनुसार संरक्षीत जंगली जनावर घरमा पाल्न र बिक्री वितरण गर्न पाइँदैन । तर, अर्थमन्त्री आङ्बोले भने लामो समयदेखि बंगुरसँगै बँदेलको समेत व्यापार चलाइरहेका छन् । उनको सो बंगुर फर्ममा एक सय २० वटासम्म बंगुरका पाठा उत्पादन हुन्छन् । बँदेल भने कति संख्यामा पालिएको छ भन्ने यकिन छैन । स्रोतले आधा दर्जनसम्म बंगुर हुनसक्ने जनाएको छ ।

 

उनको बंगुर फर्म श्रीमती कुमारी लावतीको नाममा दर्ता छ । सो फर्म ०७० सालमा नै स्थापना भएको हो । यसको सुरुवाती लगानी दुई करोड ५० लाख भएपनि भुकम्प र नाकाबन्दीका बेला पाठा नबिकेर घाटामा गएकाले थप लगानी गर्दा सात करोडसम्म पुगेको स्रोतको भनाइ छ ।

 

आङ्बो जनयुद्धकालमा भूमिगत थिए । ०७० सालमा अढाइ करोड लगानी गर्ने गरी उनको सम्पत्तिको स्रोत के हो भन्ने पनि प्रष्ट छैन । उनले थप लगानी गर्न को कोसँग ऋण लिए भन्ने पनि प्रष्ट छैन ।

 

फर्मको मासु मुख्यमन्त्री शेरधन राईलाई पनि चखाएको उनी आफैँले अन्तरवार्ता दिएका छन् । स्रोतका अनुसार मुख्यमन्त्री राईलाई उनले फर्मबाट लगिएको बँदेलको मासु चखाएका थिए । अहिले पनि बेलाबेला सो फर्मबाट लगिएको बँदेलको मासुको भोज हुने गरेको स्रोतको भनाइ छ । सो फर्मको मासु खाएपनि मुख्यमन्त्री राई भने फर्ममा पुगेका छैनन् ।

 

 

Comments

NIC Asia