MENU
दिगो विकासको लक्ष्य प्राप्तिकालागि थप प्रयास आवश्यक
 : 276 views
  Sep 25, 2018

 

काठमाडौँ, असोज ९ : दिगो विकासका लक्ष्य प्राप्तिका लागि नेपालले विकासका कार्यक्रमहरुलाई द्रुत गतिकासाथ अगाडि बढाउनुपर्ने सरकारी एवं गैर सरकारी संस्थाका प्रतिनिधिले बताएका छन् । यसै क्रममा दिगो विकासका लक्ष्यका विभिन्न सूचकहरुका परिणामहरु योजना अनुरुप नै कार्यान्वयन भइरहेको तथापि लक्ष्यप्राप्त गर्न विभिन्न चुनौति रहेको पनि राष्ट्रिय योजना आयोगले जनाएको छ ।

दिगो विकासका लक्ष्य अबलम्बन भएको तेस्रो वर्ष पुगेको अवसरमा राष्ट्रिय योजना आयोग, गैर सरकारी महासंघ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा आयोगका कार्यक्रम निर्देशक डा. नारायण राज पौडेलले अहिले सरकारले सम्पूर्ण विकासका कार्यहरु दिगो विकासका लक्ष्यसंग समायोजन गरिएको जसले यस सम्बन्धी सम्पूर्ण कामकारबाहिहरु अनुगमन गर्न सहज भएको बताउनुभयो ।

 

कार्यक्रममा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि भेलरी जुलियाण्डले नेपाल संघीय संरचनामा गइसकेको सन्दर्भमा दिगो विकास लक्ष्यको मूलप्रवाहिकरणमा नेपाल सरकारले गैर सरकारी संस्थाहरुलाई संगसंगै लग्नुपर्ने र उनीहरुको क्षमता अभिवृद्धिमा पनि त्यतिकै ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

 

दिगो बिकास लक्ष्यमा १७ लक्ष्य एक सय ६९ सहायक लक्ष्य समावेश गरिएका छन । यी लक्ष्यलाई सन २०३० सम्म प्राप्त गर्ने प्रतिवद्धता सबै मुलुकले जनाएका छन जसमा नेपाल पनि एउटा सदस्य राष्ट्र हो ।

 

 

 

Comments

NIC Asia