MENU
साउथ फिल्ममा अमिताभको डेव्यु- भन्छन सबैभन्दा बहादुर भूमिका निभाउँदै छु
 : 86 views
  Oct 11, 2018

बलिउड सुपरस्टार अमिताभ बच्चनले साउथ इन्डियन फिल्ममा डेब्यु गरेका छन् । यस फिल्ममा उनको लुक्स जन्मद‍िनको अवसरमा सार्वजनिक गरिएको छ । फिल्म ‘सई रा नरसिम्हा रेड्डी’ मा गेस्ट रोल गरेका उनको लुक्सको मोसन टिजर यूट्युबमा रिलिज गरिएको छ ।

भिडियोमा अमिताभ सेताम्मे दाह्री-जुँगा र निधारमा रातो टिका लगाएर देखिएका छन् । यो फिल्ममा सुपरस्टार चिरञ्जीवी प्रमुख भूमिकामा छन् । उक्त फिल्ममा अमिताभले मात्र केमियो रोल गरेका छन् । हालैमा यसको छायांकन हैदराबादमा भएको थियो ।

 

चिरञ्जीवीको यो फिल्ममा नाम सई रा नरसिम्हा रेड्डी छ । सो फिल्मको कहानी स्वतन्त्रता सेनानी यू नरसिम्हा रेड्डीको जीवनमा आधारित छ । आफ्नो भूमिकाको बारेमा केही दिन अगाडि अमिताभले आफ्नो ब्लगमा बताएका थिए ।

 

उनले लेखेका थिए, ‘म इतिहासको सबैभन्दा बहादुर भूमिका निभाउँदै छु ।’ यो फिल्म चार भाषा तेलुगू, तम‍िल, कन्नड र मलयालममा रिलिज हुनेछ । ‘सई रा नरसिम्हा रेड्डी’ का निर्देशक सुरेन्दर रेड्डी हुन् ।

Comments

NIC Asia