MENU
‘विखण्डनकारीलाई प्रहरीले हेर्छ, आवश्यक परे सेना तयार’
 : 41 views
  Oct 11, 2018

काठमाडौँ, २५ असोज : प्रधानसेनापति पूर्णचन्द्र थापाले विखण्डनकारी समूहलाई नियन्त्रण गर्ने जिम्मा प्रहरीको भएको बताएका छन् । तर, देशलाई आवश्यक परे सेना तयार रहेको पनि उनले बताए ।

आर्मी अफिसर्स क्लबमा आयोजित दशैंको शुभकामना आदनप्रदान कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै थापाले विखण्डनकारी समूहका गतिविधि सेनाले सुक्ष्म अध्ययन गरिरहेको बताए । भोलिको परिस्थितिबारे सेना चनाखो रहेको उनको भनाइ छ । प्रधानसेनापति थापाले भने, ‘अहिले विखण्डनकारी समूहको गतिविधिलाई राज्यले प्रहरी प्रशासनको क्षमताभित्रको विषय ठानेर होला, हाम्रो डोमेनमा यो पर्दैैन । यद्यपि, सुक्ष्म निगरानी गरिरहेका छौं । राज्यले आवश्यक ठाने सेना तयार छ ।’

 

उनले सुरक्षा निकाय परिचालनमा हतार गर्न नहुने भन्दै यस्ता विषयको समाधान राजनीतिक तहबाटै हुनु पर्ने बताए । ‘समाधानका अन्य विकल्पहरु पनि राज्यसँग हुन्छन् । सेना संविधानले दिएको आफ्नो भूमिकामा जिम्मेवार छ,’ उनले भने ।

 

सेनाले संविधानद्वारा निर्देशित दायित्व मात्रै निर्वाह गर्ने थापाले बताए । उनले सेनाभित्रको विकृति र विसंगति रोक्न केही पक्ष सुधार गर्नुपर्ने बताए ।

 

 

Comments

NIC Asia