MENU
बलि प्रथाको अन्त्यको लागि कृष्ण पहाडीको काव्यात्मक अभियान
 : 310 views
  Oct 11, 2018

 

सात्विकवृत्ति ह्रास हुँदा चञ्चल भयो कलि,

तामसवृत्ति खास हुँदा मञ्चन भयो बली

नीति भन्छ नैतिकता कम्पन अलिअलि,

साधुलाई सुलीपछि चोरकै ढलीमली

 

सदृष्य सम्वाददाता, काठमाण्डौ, असोज २५ः माथिको हरफहरु मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ७२ औँ शान्ति काव्य प्रवाह दशै, दिपावली र छठको सन्दर्भमा २०७५ असोज २५ गते काठमाण्डौँमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा मानव अधिकारवादी नागरिक अगुवा कृष्ण पहाडीद्वारा प्रस्तुत कविताको एक हिस्सा हो ।

 

 

एकातर्फ महंगीले चाडवाडको मुखैमा आकाशिएको बजारभाउको कारण आम जनताको ढाड भाँचिरहेको अवस्था छ । अर्कोतर्फ देशमा भएका विभिन्न घटनामा पिडितले न्यायको भिख माग्दै छटपटाइ रहनुपरेको वर्तमान अवस्था अत्यन्तै पिडादायी भएको भावना कवितामा प्रतिविम्वित भएको छ ।

 

 

“तिम्रा मन्दिरमा अजात सुनको घण्टा बजेको थियो, मैले शिल्प भरेर प्राण नदिए के बल्छ तिम्रो दियो”, सामाजिक न्यायका पक्षमा कवि कल्पना काफ्लेले प्रस्तुत गरेको कविताको अर्को अंश थियो ।

 

 

काव्य प्रवाहमा अहिंसात्मक संस्कृतिलाई बढावा दिने आह्वानसहित बलिप्रथा अन्त्य गर्न आग्रह गर्दै ३१ जना कविले शान्ति, न्याय र अधिकारका पक्षमा कविता, मुक्तक र गजल वाचन गरेका थिए ।

 

 

काव्य प्रवाहमा कविहरु रामबहादुर पहाडी, रत्ननिधि रेग्मी, मेनका पोख्रेल आचार्य, ऋचा, डा. बमबहादुर जिताली, मञ्जुश्री प्रधान केसी, आनन्दराम पौडेल, प्रिति कौर, विजयध्वज थापा, बाबुराम लामिछाने, अतृप्त पाण्डे, उर्मिला पन्त पाण्डेय, भुवन सिवाकोटी, प्रकाशमणी दाहाल, मुकुन्द न्यौपाने, रुद्र अधिकारी, कल्पना काफ्ले, पुन्य गौतम विश्वास, गगनदीप सर्व, राजेन्द्रप्रसाद ढुंगाना, सर्मिला कार्की, निर्मल पराजुली, रविन्द्र आशिस शैली, बैरागी जेठा, विष्णुबाबु देवकोटा, बादल घिमिरे, रश्मी रिमाल, जनार्दन धडकन, कृष्ण पहाडीसहित ३१ जना कविले आफ्ना रचना पाठ गरेका थिए ।

Comments

NIC Asia