MENU
निर्मला पन्तको हत्यामा छिमेकी प्रदीप रावलको संलग्नता,यस्तो छ उनले दिएको बयान
 : 790 views
  Dec 06, 2018

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको आशंकामा प्रक्राउ परेका युवा प्रदीप रावलले हत्याको आरोप स्वीकार गरेका छन् । छिमेकी समेत रहेका उनले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन् ।

केही दिन प्रक्राउ परेका ती जनामध्यका एक प्रदीपले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेका हुन्। प्रक्राउ परेका अन्य २ जनालाई भने छाडिएको बताईएको छ । गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ ।

 

घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ। यसको रिपोर्ट भने शुक्रबार मात्र आउने छ । निर्मलाको न्यायका लागि देशभर प्रदर्शन चर्किएपछि आईजीपी खनाल स्वयंको उपस्थितिमा आरोपितको बयान लिने क्रम सुरु भएको हो।

 

निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल चार महिनासम्म भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेसंगै उनले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन् ।

Comments

NIC Asia