MENU
नेपाली चलचित्रमा सन्नी लियोनको प्रवेश,चार मिनेटको गीतमा कम्मर मर्काउन भारु २ करोड
 : 155 views
  Dec 06, 2018

बलिउड आइटल गर्ल सन्नि लियोनले पछिल्लो पटक एक नेपाली फिल्ममा समेत आफ्नो नृत्य प्रस्तुत गरिन् । सम्पुर्ण छायाँकन लण्डनमा गरिएको फिल्म ’पासवर्ड’को आइटम गीतमा सन्निले कम्मर मर्काइन् | फिल्ममा समावेश हुने ’सन्नि हो नाम मेरो…’ बोलको गीतमा उनले आइटम डान्स पस्कँदा उनलाई बलिउडका विष्णु देभाले निर्देशन गरे ।

फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।

 

अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतको भिडियोमा नृत्य गर्न सन्नि ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् । नेपाली फिल्ममा हालसम्मकै सर्वा्धिक बजेटमा निर्माण गरिएको उक्त गीतमा सन्निलाई २ सय बढि डान्सरले साथ दिएका छन् ।सन्निले दुई करोड भारतिय रुपियाँमा टिमसहित सम्झौता गरेर नेपाली फिल्ममा नृत्य गर्न तयार भएकी थिइन् ।

Comments

NIC Asia