MENU
डा गोविन्द केसी छ बुँदे माग सहित १६औँ अनसनमा
 : 80 views
  Jan 09, 2019

रोहितचन्द्र भट्टराई
इलाम, २५ पुष : इलामको सदरमुकाममा आज पुष २५ गते १६औँ अनसन शुरु गरेका डा गोविन्द केसीले सरकारसँग छ बुँदे माग राखेका छन् । संसदको शिक्षा समितिबाट आज पारित भएको चिकित्सा शिक्षा विधेयकलाई यसअघि १५औँ सत्याग्रहका क्रममा २०७५ साउन १० मा नेपाल सरकारसँग भएको सम्झौताअनुसार अक्षरशः संशोधन गरेर संसदबाट पारित गरिनु पर्ने सहितका माग राखेर उनी यसअघि शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको डिभिजन कार्यालय बसेको खाली भवनमा दिउँसो साढे ५ बजे अनसन बसेका हुन् ।

उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारी लगायतका ब्यक्तिहरुलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरिनु पर्ने अर्को माग राखेका छन् । सोही मागमा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकार फिर्ता गरिनुपर्ने र कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्रिपरिषद्को निर्णय बाबजुद चोरबाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीलाई कारबाही गरिनुपर्ने माग छ ।

त्यस्तै सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अगाडि बढाइनुपर्ने, इलाम, उदयपुर र डोटी वा डडेल्धुरामा अस्पतालसहितको मेडिकल कलेज खोल्नुपर्ने उनको मागमा छ । निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गरिनुपर्ने, सशस्त्र द्वन्द्वका अपराधीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार दण्डित गरिनुपर्ने र सरकारको निर्णयविपरित काठमाण्डौ विश्वविद्यालयले तोकेको शुल्क फिर्ता लिइ दोषीलाई कारबाही गरिनुपर्ने माग उनले राखेका छन् ।

केसीले अनसन शुरु गर्नुअघि पत्रकार सम्मेलन गरेर ग्रामीण क्षेत्रमा बस्ने दुईतिहाई जनताको हकहितभन्दा सीमित माफियाहरुको स्वार्थ सरकारलाई ठूलो लागेको बताएका छन् । उनले चार पन्नाको एक प्रेस विज्ञप्ति जारी गर्दै साम्यवादी पार्टीको दुईतिहाइ बहुमतको सुरकार सस्तो, सुलभ स्वास्थ्य सेवा देशभर पुर्याउने काम छाडेर मुठ्ठीभर माफियाहरुको स्वार्थ अनुसार कानुनै बनाउन अहिले लागिपरेको उल्लेख गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन् – विधेयक पारित गर्ने निर्णयक घडीमा आएर सरकार र सत्तारुढ पार्टीका नेताहरु तीन करोड जनताको स्वास्थ्यको पक्षमा नभई मुठ्ठीभर माफियाहरुको स्वार्थमा काम गरेका छन् यसअघि कुनै पनि हालतमा कार्यान्वयन गर्ने भनेर हामीसँग सम्झौता गरेका प्रधानमन्त्रीसमेत अहिले त्यस्ता निहित स्वार्थका अगाडि निरीह हुँदै आप्mनो प्रतिबद्धताबाट पछि हटेका छन् । स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनतिर हैन कि सजिलोसित, थप क्षमता नभएकै विश्वविद्यालयबाट हतारहतार सम्बन्ध्त खुलाएर निजी मेडिकल कलेज चलाउँदै स्वास्थ्य र चिकित्सा क्षेत्रमा ब्यापार गर्नेतिर उद्यत छ । त्यसले राजनीतिज्ञहरुलाई आपूmले आर्जेको अकुत कालो धनलाई सेतो बनाउन र अरु अर्बौ रुपैयाँ कमाउन सम्भव बनाउला तर अबको दशौँ वर्षपछि पनि दुरदराजमा नागरिकहरु सिटामोल र जीवनजल नपाएर छट्पटाउने अवस्था कायमै रहनेछ । उनी अनसन बसेको घर यसअघि सरकारी कार्यालय भाडामा बसेको भए पनि ब्यक्तिको घर हो ।

 

Comments

NIC Asia