MENU
कपाल खौरेर आमाको किरिया बसिन् सांसद उषाकला,श्रीमानले भने तपाई महान हुनुहुन्छ
 : 34 views
  Jan 10, 2019

प्रदेश नम्बर १ की सांसद उषाकला राई आमाको किरिया बसेकी छिन् । लक्ष्मी राईकी एक मात्र सन्तान उषाकला आमाको किरिया बसेकी हुन् । उषाकलाकी आमा लक्ष्मी राईको बुधवार काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको थियो ।

‘आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भनेपनि पुरुष अर्थात पुत्र बस्ने चलन) बस्ने र समाजलाई देखाउनुभएको छ,’ पति शेरबहादुर तामाङले सामाजिक सञ्जाल फेसबुकका स्टाटस लेखेका छन् ।

 

संविधानसभाकी पूर्व सांसद समेत रहेकी राई त्यतिबेला संसदको महिला ककसकी संयोजक रहेको समयमा छोरीलाई छोरा सरह अधिकारका लागि संघर्ष गरेकी थिइन । आमा लक्ष्मी राईको एक्ली छोरी उषाकला हुन् ।

Comments

NIC Asia