MENU
मातृभूमिको अस्तित्वमाथि कालो बादल मडारियो -पूर्वराजा ज्ञानेन्द्र
 : 78 views
  Jan 10, 2019

पूर्वराजा ज्ञानेन्द्र शाहले देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिएको जनाएका छन् ।

२९७औं पृथ्वी जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै शाहले भुलेर,अल्मलिएर र आफ्नै अस्तित्वबोधबाट विस्मरण गर्दा देश सकसपूर्ण र कपटपूर्ण अवस्थामा आएको उल्लेख गरेका छन् । पृथ्वीनारायण शाहको दिव्य उपदेश अनुरुप व्यवहार नगर्दा मातृभूमिको अस्तित्वमा घात-प्रतिघातको कालो बादल मडारिरहेको उनले जनाएका छन्।

 

उनले नेपाली राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शूभकामनासमेत दिएका छन्।‘एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो। राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरंगना एवम् सपूतहरुको उत्सर्ग हामी कहिल्यै भूल्न सक्दैनौं र हूँदैन। भूलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जून सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रदैंछ यसले बडामहाराजाधिराजका दिव्य उपदेशको औचित्य स्मरण गराईरहेको  छ,’ शुभकामना सन्देशमा भनिएको छ।

 

राजनीतिक दलप्रति इंगित गर्दै शाहले वाद र विचारका आडमा नेपाली-नेपालीबीच फाटो पैदा गरेको आरोप लगाएका छन्। ‘दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पुर्‍याउने, अनुशासनहीनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन,’ उनले सन्देशमा उल्लेख गरेका छन्।

Comments

NIC Asia