MENU
पृथ्वीनारायण शाहको योगदानको विश्लेषण हुनुपर्छ
 : 28 views
  Jan 11, 2019

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पृथ्वीनारायण शाहको योगदानको विश्लेषण गरिनुपर्ने बताउनुभएको छ ।

पुस २७ गते अर्थात् पृथ्वी जयन्तीलाई सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने माग राख्दै राप्रपा (प्रजातान्त्रिक) ले हस्तान्तरण गरेको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहीले पृथ्वीनारायण शाहले गरेका राम्रा÷नराम्रा कामको विश्लेषण हुनुपर्ने बताउनुभयो ।

 

“पृथ्वी जयन्तीका लागि माग गरिएको सार्वजनिक बिदा राष्ट्रिय सरोकारको विषय भएकाले गम्भीर भएर देशव्यापी रुपमा छलफल गर्नुपर्छ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “सबैको चित्त बुझ्ने गरी निष्कर्षमा पुग्न जरुरी छ ।”

 

ज्ञापनपत्र हस्तान्तरण गर्दै राप्रपा (प्रजातान्त्रिक)का नेता कविराम पुरीले पृथ्वीनारायण शाहको इतिहास रक्षा गर्न नसके देशलाई नै अन्याय हुने बताउनुभयो । “आज पृथ्वीनाराण शाहको इतिहास मेटाइए भोलि हाम्रो इतिहास पनि मेटिने पक्का हो,” नेता पुरीले भन्नुभयो, “यसका लागि बेलैमा वर्तमान सरकारले सही निर्णय लिनुपर्छ ।”

Comments

NIC Asia