MENU
अन्तत: फुट्यो विवेकशील साझा पार्टी 
 : 92 views
  Jan 11, 2019

 

केही साता यतादेखि  खटपट चलिरहेको विवेकशील साझा पार्टी  अन्तत फुटेको छ। रविन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अगाडि बढाएको, आफू निकटका व्यक्तिहरुलाई नियुक्ती भन्दै  उज्जल थापा समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकाछन् ।

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार आयोगमा उज्जल थापा संयोजक रहेको दल दर्ताका लागि निवेदन दर्ता भएको हो।  ‘उहाँहरुले चालिस प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर छ भनेर हामीलाई जानकारी दिनुभएको छ । आयोगले अब निवेदन भेरिफाइ गर्न बाँकी छ।’

वैकल्पिक पार्टीका रुपमा आफूलाई प्रचार गर्दै आएको विवेकशील साझाले गतबर्ष सम्पन्न संघीय र प्रदेश निर्वाचनमा सहभागिता जनाएपनि संघीय संसदमा भने एक सिट पनि जित्न सकेन। प्रदेश तीनको प्रदेश संसदमा भने उक्त पार्टीका तर्फबाट तीनजना सांसद छन्।

१६ महिनाअघि उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो। थापा र मिश्र पार्टीका संयोजक बनेका थिए।

Comments

NIC Asia