घनश्याम कमरेड दलाल पूंजीवाद अब थला पर्छ हैन र ?

‘दर्शन र प्रशासन फरक फरक कुरा हुन्, महान दार्शनिक असल प्रशासक भएका कमै उदाहरण छन ।’ यो नियम तपाईको लागि अपवाद हुनुपर्छ । अब बोलीको आदर्श ब्यबहारमा उतार्ने मौका आएको छ यो मौका सुनौलो र एतिहासिक हुनेगरी कामको शुरुवात गर्न शुभकामना व्यक्त गर्दछु ।

 प्रिय कमरेड घनश्याम भुषाल,

सर्वप्रथम शुभकामना ! कृषि मन्त्रालयले सुयोग्य नेतृत्व पायो या अयोग्य त्यो तपाईको कर्मले निर्धारण गर्ला तर अहिलेलाई शुभकामना भनेर बधाई दिन पाउने मनशाय सहित यो पत्र कोरिएको छ । पत्र व्यक्तिको भए पनि प्रतिनिधित्व आम कृषक र कृषिलाई आफ्नो भविष्य देख्ने श्रम, सम्मान र समतामूलक देस बनाउने नेपालीहरुको हो । व्यक्तिले बोल्ने आवाजमा सामुहिकताको भरणपोषण छ । बिम्ब एक प्रतिबिम्ब अनेक छन् ।

प्रिय कमरेड, हिजो तपाई बोल्ने ठाउँमा हुनुहुन्थ्यो तर आज गर्ने ठाउँमा पुग्नु भएको छ अब बोलिने कर्ममा होइने सुनिने बातमा होइन देखिने हुनुपर्यो, हुनुस भनेर खबरदारी सहित शुभकामना व्यक्त गर्न चिठीको सहारा लिएको छु । देशमा बिध्यमान दलाल पूंजीवादको जालो तपाईले नेतृत्व गरेको मन्त्रालयले च्यात्ने छ । एक व्यक्तिबाट धेरै त अपेक्षा गर्न सकिन्न् र हुदैन पनि तर चाहदा एक व्यक्तिले पनि मनग्गे गर्न सक्छ, आफूले राम्रो गरेको कारण अरुलाई थोरै भए पनि राम्रो र सकारात्मक देखिने परिवर्तन गर्न दवाब पुग्छ अत: एक जनाको मनसा, वचना कर्मसाको कामले देसको एक मन्त्रालय हाक्न्नेले गरेको कामको नतिजा कम्तिमा आधा मात्रै भए पनि दलाल पुँजीवादको जालो तोडिने छ । धेरैले घनश्याम कमरेडलाई कृषि मन्त्रालय भएन, सुहाएन भनेको पनि देखियो । तपाईको लागि कृषि मन्त्रालय ठिक भएन भन्नेहरुले नेपाल बुझेका छैनन या कृषीलाई चिन्दैनन्, जान्दैनन् । ती तपाईका असल शुभेच्छुक होइनन् अहिले देसमा गर्नु पर्ने र गर्न थुप्रै अवसर भएको मन्त्रालय हो कृषि ।

कृषि प्रधान देश जहाँ कृषिलाई गर्नुपर्ने काम र दिनुपर्ने योगदान थुप्रै छ । एक असल मान्छेले भैरहेको क्षेत्र हैन हुन नसकेको, नभएको, कसैले खासै ध्यान नदिएको क्षेत्रमा सम्भावना देख्ने र त्यसको स्तर उन्नतिको लागि राज्यको उच्च तहबाट नेतृत्व दिने हो । कृषि मन्त्रालय नेपाल जस्तो कृषिमा निर्भर अर्थतन्त्र भएको देसको लागि पहिलो प्राथमिकता पर्नु पर्ने हो दुर्भाग्य कृषि मन्त्री भन्नासाथ नाक खुम्च्याउने र केही गर्न नसक्ने मन्त्रालय कसैको पनि चासो नपर्ने मन्त्रालयको नाममा दर्ज हुन पुग्यो । कृषी मन्त्रालय अवहेलनामा पर्नुको अर्थ कृषि अवहेलनामा पर्यो, कृषी कर्म त्याग्न र कृषीलाई अपमानको पेशा बनाउन राज्यको हर्कत जिम्वेवार रह्यो ।

कृषी प्रथम आकर्षण र केन्द्र नभएको कारण नै हाम्रो अर्थतन्त्र रेमिट्यान्सको शरणमा छ । हाम्रो अथाह सम्भावना र अवसर अपहेलित बनेको छ, उर्बर कृषी भुमि बन्जर र झाडीमा परिवर्तन भएको छ कृषीलाई हेय ठानिएकोले रोजगारीको अवसर घटेको छ कृषी मजदुर पाउन मुश्किल मात्रै होइन महा मुश्किल छ । यस्तोबेला कृषीमन्त्रीको रुपमा घनश्यामको आगमनलाई आशालाग्दो नजर र विशेष चासो र चर्चा गरिएको छ । वौद्धिक तर्क, मात्र हैन दक्ष योजनाकारको उपाधी समेत घनश्यामका लागि लगाएर विश्लेषण गरिने हुनाले निरासाको बादल भित्र चाँदीको घेराको रुपमा तपाई जनताको आँखामा हुनुहुन्छ ।

नेपालमा कृषी क्रान्तीबाटै मुलुकको कायापलट गर्न सकिन्छ र गर्नुपर्छ भन्ने विश्लेषण धेरैपटक सुन्न पाएकोले व्यक्तिगतरुपमा यो पंक्तिकार पनि तपाईको भागमा कृषी मन्त्रालय परेकोमा खुशी छ । पूंजीवादको घोडा चढेर समाजवादमा पुग्न सकिदैन भन्ने तपाईको मार्क्सवादी चेत अब समाजवाद पुग्ने गोरेटो आफैले खन्ने अवस्थामा रुपान्तरण भएको छ । जटिल , दुरुह चुनौतिको सामना गर्ने सामर्थ्य अब तपाईले जुटाउनुपर्ने हुन्छ अन्यथा केही समयपछि अयोग्य मन्त्री, समाजवाद आदर्शमा मात्रै खोज्ने ढोंगी नेताको रुपमा तपाईको परिचय बदलिने छ म स्मरण गराउन चाहन्छु नेपाली कांग्रेसका थोरै राम्रा नेतामध्य सैलाजा आचार्य हुन आफू बहालवाला कृषी मन्त्रालयमा भ्रस्टाचारको जालो रहेछ भन्ने अभिव्यक्तिको कारण नै उनले मन्त्रीपद गुमाउनु पर्यो ।

तसर्थ गोकर्ण विष्टको नियति तपाईको भागमा पर्न पनि सक्छ सबैकुराको ख्याल गर्नुहोला तर असफल हुने छूट अब तपाईको हकमा भोलिको लागि सुरक्षित हुन्न । अब अर्को एक चर्चित भनाइ र अधिकांश दार्शनिक, व्यक्तिमा रहेको कमजोरीलाई पनि मनन गर्न आग्रह गर्छु  ।’दर्शन र प्रशासन फरक फरक कुरा हुन्, महान दार्शनिक असल प्रशासक भएका कमै उदाहरण छन ।’ यो नियम तपाईको लागि अपवाद हुनुपर्छ । अब बोलीको आदर्श ब्यबहारमा उतार्ने मौका आएको छ यो मौका सुनौलो र एतिहासिक हुनेगरी कामको शुरुवात गर्न शुभकामना व्यक्त गर्दछु ।

प्रथमत कृषीलाई उद्योग र कृषकलाई उद्धमीको रुपमा दर्जा किटान गर्नुस, कृषी हेयको पेशा हैन सम्मान र आत्मस्वाभिमानसँग जोडिएको देसको मुहार बदल्ने ल्याकत राख्ने अर्थतन्त्रको खम्बा हो स्विकार्नुस, बनाउनुस । हाम्रो देशमा अपार सम्भावना रहेको कृषि, जल र पर्यटन मध्य कृषी एक खम्बा हो जसको विकास र समुन्नती बिना देसमा प्रगतिको घाम झुल्कने छैन । देश क्रमशः पर निर्भरताको चंगुलमा फस्दै छ, हाम्रो अर्थतन्त्र विदेशमा हुने सानो घटना लडाई र मन मुटावको कारण डोलायमान बन्न सक्छ । वैदेशिक रोजगारीमा तलमाथि पर्नसाथ हाम्रो अर्थ संकलनको पाटोमा प्रतक्ष्य नकारात्मक असर पैदा हुन्छ तसर्थ भोलिको भयावह स्थिति रोक्नको लागि पनि हाम्रो कृषिको सम्भावनालाई अरु मलजल गर्नु आवस्यक छ ।

बिदेशी श्रम बजारमा पर्ने ब्यबधान धान्नको लागि पनि कृषिमा अवसर र रोजगार प्रवर्द्दन गर्नुपर्ने हुन्छ । यतिबेला कृषी अस्तव्यस्त छ, कृषी मजदुर छैनन्, कृषिमा भविष्य देख्ने आसा लाग्दो पुस्ता छैन, केही गरिहालौ भनेर लागेकाहरुलाई पनि सरकारको नीतिगत सपोर्ट छैन, बैक र वित्तीय सँस्थाको सहयोग छैन, बेलामा मल छैन, बिउ बिजन छैन, कृषी सडक र पूर्वाधार छैन, कृषी बजार छैन, कृषि प्राबिधिक छैनन । उत्पादित कृषी सामग्री भण्डारण गर्न बातानुकुलित भण्डारण केन्द्र छैन । उत्पादन छ मुल्य छैन, तपाई कै भाषाका दलाल र बिचौलियाले कृषी उपजमा मूल्य पाउछन तर घाम पानि असिना हिलोधुलो भनेर वर्ष दिन मरिमेटने कृषकलाई लगानी उठाउन कठिन छ यस्तो अवस्थामा कृषीमा युवा र पढेलेखेका मान्छेको लागि आकर्षण दिने कार्यकर्म आवश्यक छ ।

कृषि बजार बाट उत्पादित चिज सरकारले आफै खरिद गरिदिने र बजारमा लगिदिने प्रणालीको विकास गर्नुपर्छ । समाजको प्रगतिशील रुपान्तरणलाई कृषीमा जोडन कृषकमुखी नीति तथा कार्यक्रमको खाँचो छ । एकातिरको परनिर्भरता अर्को तिर सारेर आत्मनिर्भर बन्न सकिन्न आत्म निर्भर बन्न आफ्नै उत्पादन र ब्यबसाय हुनुपर्छ । कृषी प्रधान देसको लागि आफ्नो उत्पादन र ब्यबसाय भनेको कृषि र यससँग सम्बन्धित बस्तुको उतपादन , बिक्रीवितरण र बजारीकरण हो । परमपरागत कृषिलाई आधुनिकीकरण गरेर विज्ञान र नयाँ सम्भावनासँग साक्षात्कार गराउनु पर्छ । स्वाधीन र स्वाभिमानी अर्थतन्त्र निर्माण गर्न कृषीले गर्ने योगदान ठूलो र महत्वपूर्ण हुनेछ । कृषीलाई ब्यबहारमुखी उत्पादन मुखी र कृषी आयातलाई प्रतिस्थापन गर्ने बनाउन सकिन्छ जसको लागि राज्य चालकहरुको दुर दृष्टिले काम गर्छ । भारतीय कृषि उपजको आयात रोक्न नेपाली कृषकलाई उत्पादन गर्न सघाउने नीति कृषि मन्त्रालयले अख्तियार गर्नुपर्छ ।

कमरेड भुषाल, तपाईले मन्त्रीपद बहालीको दिन घोषणा गरे झैँ डर र लोभबाट मुक्त हुने प्रयास मात्रै गर्नु भयो भने कृषीले धेरै कुरा पाउनेछ । कृषीपेशा हीनताबोध गर्ने पेशा भएको छ यसलाई गौरव बोध गर्ने बनाउनु पर्छ । मान्छेको प्राण बचाउन सहयोग गर्ने संसारकै महान र उत्कृस्ट पेसाको रुपमा यसको परिचय बनाउनु पर्छ । कृषी कर्म मेरो ओभाग्य सम्झने अवस्था सिर्जना गर्ने र कृषी पेसाको मर्यादा र सम्मान गर्ने संस्कृतिको निर्माण गर्न सरकारको घोषित ब्यबहारिक नीति आउनुपर्छ । कृषीमा जोडिन पाउदाको गर्व त्यतिबेला महशुस हुन्छ जतिबेला पेसाको संवेदनशीलता हेरेर कृषीकर्ममा लाग्नेहरुको काम कार्यालयहरुमा फटाफट बनोस , अलमलिनु पर्ने लाईनमा धेरैबेर पर्खेर बस्नु पर्ने स्थिति नहोस कृषक भनेपछि समयको महत्व र उपयोगितालाई ध्यानमा राखेर प्राथमिकीकरण गरियोस । सिर्जनशील, कर्मशील बनाउन सबैभन्दा पहिले व्यक्तिको मर्यादा र स्वाभिमानको कदर गर्नुपर्छ त्यसैले आत्मगौरव प्राप्त हुने बातावरण बनोस कृषिमा परिवर्तन सम्भव छ थोरै समयमा छोटो र धेरै गर्न सकिने क्षेत्र हो कृषि ।

 स्वाबलम्बी बन्न स्वाभिमानी हुन् बिदेशमा श्रम, सिप र जवानी बेच्ने साठी लाख युवा देशमा अवसर खडा गरि बोलाउने आकर्षण दिने नीति लिनुपर्छ देशलाई कृषीमा फड्को मारेर नै सम्वृद्द बनाउन सकिन्छ । गाउँ घर तराई बेसी सबै कृषी उपजले हराभरा गराउन सकिन्छ तर दुर्भाग्य गाडी किन्न लोन दिने वित्तीय संस्था कृषी गर्नेलाई लोन दिन असुरक्षित ठान्छ । कृषकलाई सामुहिक जमानी र धितोको आधारमा सहज र सस्तो ब्याजदरमा ऋण दिने, सरकार आफै जमानी बसिदिने गर्यो भने कृषी गर्न उत्साह मिल्छ । कृषी अनुदान र कृषिमा गरिने सहयोग कागजात मिलाएर खाने र कृषकको हातमा पर्न नदिनेहरुलाई बिगत हेरेर छानबिन गरेर कार्यबाही गर्नुपर्छ, राम्रो गर्ने कृषलाई आकर्षक पुरस्कार र कृषी भ्रमण कृषी तालिमको समुचित ब्यबस्था गर्नुपर्छ । कृषीलाई यान्त्रीकरण, आधुनिकीकरण, यान्त्रीकरण, औधोगीकरण र बजारीकरण गरेर देशलाई आत्मनिर्भर बनाउने कृषीमा  स्वाभिमान देख्ने र खोज्ने, वातावरण सिर्जना गर्नु हो । अब घनश्याम कमरेडको समाजवादी आदर्श सैद्दान्तिक ज्ञानको परिक्षण कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले लिने नीति, बनाउने योजना र कार्यन्वयन गर्ने तरिकाले गर्नेछ ।

अहिलेलाई पुन शुभकामना ।