सेतो हिमालमा रातो सारी

सेतो हिमालमा रातो सारीमा सजिदा….
नितिमा कार्की

झण्डै ३-४ फिट हिऊको थुप्रो । चारैतीर सेता कपास जस्ता हिऊको पहाड नै थियो, अन्नपूर्ण आधार शिबिरमा । संसारकै जेठो हिमाल अन्नपूर्ण र त्यसको काखमा पुग्नलाई बर्षौदेखिको सपना बुनेर आएका सयौं स्वदेशी तथा बिदेशी पदयात्री छोमरोङलाई नै आधारशिबिर मानेर फर्कदै थिए ।
१० दिनदेखि परेको हिऊलाई छिचोल्ने साहस कमैले मात्र देखाएको सजिलै अनुमान छोमरोङबाटै देखिन्थ्यो ।
हिऊसंग पौठेजारी खेल्ने आँट र साहसलाई बलियो पारेर हामीले छोमरोङबाट पाइला दोभानतर्फ बढायौं ।
सिनुवामा रामप्यारी गुरुङको भान्सामा प्रयोग गर्दै बाजेको मसलाले बेजोड स्वादको लन्च खाएर मनै आनन्द आउने ब्याम्बुतर्फ पाइला बढायौं । वनैभरी फुलेका लालीगुराँस अनि चराचुरुंको आवाज र सिम सिम पानीले हामीलाई स्वर्गीय आन्नद दिएको महसुस गर्दै पाइलाहरु चलाइरहयौं ।
मादी खोलाको आवाज, संगीत जस्तै लाग्थ्यो र माछापुच्छ«ेको अटल, अबिराम उभ्याइले थप साहस र धैर्य मिलेको थियो ।
दोभान र देउरालीबाट फर्केर आएका पदयात्रीहरुले खल्लो कथा अनि अन्नपूर्ण आधार शिबिर पुग्ने दृढ संकल्प लिएर अघि बढेका हामी ।
हामी पछि पछि र बाटो अघि खुल्छ भन्ने बिश्वास हामीलाई थियो , हिमालमा हिउ‘ पर्नु सामान्य हो ।
चारैतीर हिमाललाई र हिमालछेउका बाटाहरुलाई ढाक्नु र छिचोलेर गन्तब्यमा पुग्नु सफल र साहसिक कदम हो, यही भन्छ, साहसिक शास्त्रले ।

काठमाडौं, पोखरा हुँदै धम्पुसमा बास बसेपछि प्रितम देउरालीहु‘दै लान्द्रुकमा हाम्रो दोश्रो क्याम्प थियो ।
असिना–पानीले हामीलाई झस्काइदियो । हाम्रो मन दोधार हुन पुग्यो ।
लान्द्रुकमा भाले बासेस‘गै हिमाल पनि मोती झै खुल्यो ।
अन्नपूर्ण साउथ र हिमचुलीलाई बिहानै क्यामेरामा कैद गरियो ।
क्या खुलेको अन्नपूर्ण साउथ र हिमचुली, मनै बहलाउने हिमाल । अब हामीमा कुनै दोधार थिएन ।
हिमाली मौषम पूर्बानुमान ’bout सहयात्री सुषमा अधिकारीले १० दिनसम्म पानी र हिऊ पर्ने गुगलमाताले जनाएको छ, भन्दै थिइन ।
तर हिमालमा गुगल पनि फेल खाँदो रहेछ भन्ने पुष्टि स्थानीयबासीको भविष्यवाणीले नै सहि साबित भयो ।
हिमाल छर्लङ्ग खुल्यो, हामी दंग भयौं । छोमरोङबाट दोभानतर्फ बढेका हाम्रा साहसिक पाइलाहरु, अन्नपूर्ण आधारशिबिर पुग्नकै लागि संकल्पित थिए ।
दोभान पुग्ने बेला झम्के सॉझ परिसकेको थियो ।
सहयात्री निकुन्ज मल्ललाई भने पोनीमा चढाएर दोभानतिर अगाडि बढायौं, केबल २० मिनेटको बाटो ।
दोभान गेस्ट हाउसमा पुग्दा हामी थाकेका थियौं । त्यो थकानलाई ऑखै अगाडि देखिएको फिस्टेल हिमालले भुलाइदियो ।

बिहान र बेलुका देखिने गोल्डेन कलरका हिमालहरुले सारा थकानलाई मेटाइदिन्छ । दोभान गेस्ट हाउसका उत्तम गुरुङको आतिथ्यले मनै फुरुंग पा¥यो ।
भोलिपल्ट बिहान फिस्टेललाई धित मरुन्जेल हेरियो । त्यसपछि ब्रेकफास्ट खाएर हिमालयदु‘दै देउरालीतर्फ लाग्यौं । हिमालयबाट हिउ‘ले स्वागत गर्न थाल्यो ।
२ हजार ९ सय मिटरदेखि ताजा हिउ‘ खेल्दै र रुझदैं हामी देउरालीको उकालो चढ्दै छौं । बाटोमा पदयात्रीहरुको लर्को खासै देखिदैन ।
छिरिङ ११ बजे नै देउराली पुगेर होटलमा सामान राखेर हामीलाई लिन आइपुगे, हामी भने हिउ‘मा खेल्दै र साना रुखमा चढदै फोटो सेसन गर्दै उकालो चढ्दै थियौं ।
देउराली पदयात्रीहरुको लन्च र रातको बास बस्ने थलो हो । हाम्रो पनि आजको बास बस्ने थलो देउराली नै हो

हिउ‘ले मुटु नै हल्लाएको जस्तो लाग्छ । जाडोले लुग लुग कापिरहेकाहरु न्यानोको खोजी गरिरहेका छन् । हामी भने मस्तले बाहिर हिउ‘मा खेल्दै फोटो सेसन गर्दैंछौं ।
देउरालीमा हामीलाई जीवनकै पहिलो ताजा र ठूलो हिऊको थुप्रोमा खेल्ने अबसर मिल्यो । भोलिपल्टको गन्तब्यतर्फ जाने बाटो सफा गर्न पनि भ्याइयो । मनै अमिलो पार्ने गरी खसेको हिउ पहिरोको आवाज पनि सुनियो । हिउ‘को गुफाभित्र पसेर फोटो खिच्दाको मज्जा र केरोसिन हिटर ताप्दाको न्यानो, आहा !
डिनर खाएपछि हामी सुत्न गयौं । सबैले चार लेयरको लुगा लगाएरै सुत्यौं, जाडो कति थियो भन्ने आकंलन यसैबाट हुन्छ । देउरालीदेखि एमबीसी र एबीसीसम्मको बाटो पूरै हिउ‘ले ढाकेको छ भन्ने खबर पाइसकेका थियौं ।
बिहान ६ बजे नै चियाको चुस्की लाएर हिड्ने निर्णय ग¥यौं । घाम लाग्नु भन्दा अघिको स्नोमा हिड्दा सुरक्षित हुइन्छ । स्नोमाथि हिड्नुको मज्जा नै बेग्लै हुन्छ । हिउ‘ पग्लेपछि चिप्लेर सललल बगिन्छ ।
उसो त हिमाल शिखर र फेदहरुमा बलियो मुटु र मन भएकाहरु मात्रै पुग्न सक्छन्, भनिन्छ । डेडिकेशन, प्यासन भएकाहरु पनि हिमाली फेद र शिखहरुमा पुगेका छन् है ।
हामीले ब्रेकफास्टमा लसुनको झोल र कालो चिया खायौं । त्यसपछि एमबीसी तर्फ बढ्यौं । करीब ३ फिट थुप्रिएको हिउ‘लाई छिचोल्दै ।

हामी भन्दा अघि केही पदयात्रीका पाईला देखिन्छन् । अनि हिऊँ चितुवाका पाइलाहरु जस्तै देखिने पाइला पनि भेटिए । ती पाइला हिऊ चितवाका नभएर हिमाली कुकुरका भएको पुष्टि पछि भयो ।
हामी चारैतीर हिमालै हिमाल र हिउ‘ नै हिउ‘ले भरिएको क्षेत्रमा पदयात्रा गरिरहेका छौं । म र सुषमा अधिकारीले बिगत दुई बर्षदेखि बुनेको अन्नपूर्ण यात्रा अनि निकुञ्ज मल्लले स्वयम साहसिक परीक्षण गर्दै अगाडि बढेका पाइलाहरु कम साहसिक र ऑटी देखिदैनन् । कपासमाथि हिडे जस्तो लाग्ने यात्रा पनि कम रोमान्टिक लाग्दैन ।
फाट्टफुट्ट एबीसी पुगेर आएका पर्यटकहरुलाई हामीले एमबीसीको ओरालोमा भेट्यौं । थप बल मिलेको महसुस गर्दै अगाडि बढ्दै छौं । उनीहरु हिउ‘स‘गै चिप्लिदै झरेको देख्दा हामीलाई पनि कहिले पुगेर त्यस्तै गर्ने भन्ने चुलबुल मनमा लाग्न थाल्यो । तर के गर्नु आफूहरु त उकालो पो चढिंदैछ !
छिरीङ शेर्पा माछापुच्छे« आधार शिबिरमा सामान राखेर ओरालोमा हामीलाई लिन आइपुगे ।
बिहान १० बजेको घाम र तीन फिट हिउमा टल्किएको सन बर्नले पोल्न थालिसकेको थियो । तै पनि पाइला चाल्नै प¥यो ।

हामी भन्दा एक दिन अघि पुगेका माछापुच्छे लजका दिलिप गुरुङ र उनका सहयोगीहरु हिऊ सफा गर्दै थिए । १५ दिनदेखि परेको हिऊले केही होटललाई नराम्ररी धक्का दिएको सहजै देखिन्थ्यो ।
पाहुनाहरु पनि हिऊ सोहोर्न साथदिन थाले । एमबीसीमा पुगेपछि चारैतिर हिमाल र हिऊ देखेर हाम्रो मन खुशीले हिमाल जस्तै अग्लिन थाल्यो ।
नितिमा र सुषमा फ्रेस स्नोमा स्की खेल्न थाले, पन्चो र जाकेटको सहयोगमा । स्नोमा घुघुत्ती खेलेर दुबैले ऐतिहासिक मज्जा लिए ।
उनीहरुले खुशी र उत्साहले भरिदै भने, हामी हिमाली किचेनमा पनि फिट, एडभेन्चरमा पनि ठिक ।
सिनुवामा मैले बाजेको मसला राखेर हिमाल नै मगमगाउने गरी खाना पकाए भने माछापुच्छे« आधार शिबिरमा बाजेको मसलाले अण्डा करीलाई बेजोडको स्वादिलो बनायो । सहयात्रीहरुको नजरमा म एक साहसिक पदयात्री र खानाकी पारखी पो सावित भएँ ।
मैले र सुषमाले एमबीसीमा खरीखोलाका पर्बतारोहीहरुसंग तासमा पनि बाजी मार्न सफल भयौं । हिमाली बादशाह ठान्नेहरुलाई हाम्रो तासका बेगमहरुले निकै आच्छु आच्छु पारे । आमा समूहले आरोही समुहलाई हरायो भन्दै सबैले तासको मज्जा लिए ।

भनाइ नै छ, हिमालमा दिउसो सुत्नुहुदैन र बेलुका चाँडै बेडमा जानुपर्छ । हामीले पनि त्यसै ग¥यौं । दुई बर्षदेखिको अन्नपूर्ण सपनालाई सबेरै उठेर पुरा गर्ने अठोट र कौतुहलता लिएर स्वर्ण आधार शिबिरितर्फ पाइला लम्काउने निधोका साथ ।
हामी पाँचै जना कालो चिया पिएर अनि अण्डा प्याक गरेर अनि टाउकोमा हेडलाइट बालेर चारबजे अन्नपूर्ण आधार शिबिरतर्फ सुस्तरी तर दह्रा पाइला चाल्यौं । सुषमाले काठमाडौंको चिसापानी हाइकिङमा भन्दै थिइन्, जसरी पनि वेलकम टु अन्नपूर्ण बेस क्याम्प लेखेको बोर्डमा पुगेर फोटो खिच्ने, हो त्यही ढृण संकल्प लिएको टोली एबीसी जाँदै थियो ।
हामी चार फिट सम्म थुप्रिएको हिऊलाई टेकेर अन्नपूर्ण आधार शिबिरितर्फ लागेका थियौं । बाटो हाम्रो मात्रै थियौं ’cause हामीमात्र यात्रामा थियौं । टह टह जुन लागेको थियो र टाउकोमा जुनकीरीको जस्तै लाइट थियो ।

बिहानको हिमाली हावाले हानेर बीचैमा गिभअफ गर्ने अबस्था पनि नआएको होइन । हामी अन्नपूर्ण आधारशिविर जाँदै थियौ तर चिसो हावाले हान्दा माछापुच्छे«तर्फ पर्कन्थ्यौं । ताकी हामीलाई सास फेर्न सजिलो होस भनेर ।
बिहान ७ बजे हामी अन्नपूर्ण आधार शिबिर पुग्यौं । अन्नपूर्ण गोल्डेन कलरको रुपमा देखिइन् । हामी भने उनैको काखमा रमाउन पाऊदा मख्ख थियौं ।
चैत आठ गते मंगलबार बिहान सात बजे ४ हजार १ सय ३० मिटर अग्लो अन्नपूर्ण आधार शिबिरमा स्वागत छ भनेर लेखेको ब्यानरलाई छोएर फोटो खिच्न पाऊदा म, सुषमा र निकुञ्ज मल्लको खुशीको सीमा अन्नपूर्ण भन्दा अग्लो भएको थियो । अन्नपूर्ण वेशक्याम्पका होटलहरु भने हिउले भरीभराउ थिए , नकी पाहुनाहरुले ।
मैले र सुष्मा अधिकारीले रातो साडी र ब्लाउज लगाउने योजना अन्नपूर्ण पुगेपछि मात्रै डिस्क्लोज ग¥यौं ।
माइनस २२ डिग्रीको चिसोमा रातो साडी र ब्लाउज लगाउने क्रेजी कुरालाई साथ दिदै अन्नपूर्ण गेस्ट हाउसको कोठातर्फ लाग्यौं । एकैछिनमा हामी हिउमाथि रातो साडी र ब्लाउज अनि चुरामा सजिएर तस्बिर खिच्न कलउडकी हिरोइन जस्तै पोज दिन थाल्यौं, चक्र कार्कीलाई तस्वीरको मौका प्राप्त भयो ।

हो, मैले एभरेष्ट र अमेरीकाको अलास्कामा रातो साडी लगाएर फिल्म खेलेको देखेको थिएँ । सुषमाले पनि दुई बर्षदेखिको सपना पुरा भएको बताइन् । आफ्नो ग्रोसरीमा अन्नपूर्ण आधार शिबिर जानलाई एक कप चिया पनि नपिएर परिवारलाई साथ दिएको र आज आफु यस स्वर्णीम ठाउमा आउन पाएको हर्षित हुँदै सुनाइन् ।
चिनीयाँ पर्यटकहरु बिवाह भन्दा अघि संसारका बिख्यात गन्तब्यहरुमा पुगेर फोटो सुट गर्छन् । हामीले पनि फोटो पर्यटनको नयाँ प्रोडक्ट दिन सक्छौं । सेता हिमालमा रातो साडीमा सजिएपछि ट्रेकिङ गेयरमा ओरालो लागियो । लान्द्रुक, छोमरोङ र सिनुवा लगायत हिमाली भेगमा स्थानीय महिलाहरुले चलाएको होटल ब्यबसाय आफैमा लोभ लाग्दो देखियो ।

हिमाली महिलाहरुको स्वाबलम्बन र पौरख सहरानीय थियो । रात दिन राजमार्गमा बासी र अस्वस्थ खानाको सुचना देखिरहेका हामीलाई हिमालको भान्सा हिमाल जस्तै सफा र कञ्चन थियो ।
हिमालमा समयमै खाना दिने ब्यबस्थाले मलाई अनुग्रहित बनायो । रेष्टुरेण्ट ब्यबसायी भएको नाताले मलाई थप ऊर्जा मिल्यो । हिमाली भान्साका दिदिहरुसंग अनुभव आदनप्रदान गर्ने अबसर पनि अन्नपूर्ण पदयात्राले जुराइदियो । सलाम हिमाली पौरखी हातहरुलाई !






तस्बिर: चक्र कार्की
