दुई अतिवादीको चेपुवामा प्रधानमन्त्रीको स्वास्थ्य

ती डाक्टरहरु मूर्ख हुन जसले प्रधानमन्त्रीलाई पुर्ण स्वास्थलाभ गर्नु भो भनेर घर पठाए डिस्चार्ज लेख्न हात उठाए डाक्टरी धर्मको दुरुपयोग गरे । शरीरमा चार मृगौला हुने बित्तिकै मान्छे चामत्कारिक बलवान् हुन्छ र ? प्रधानमन्त्रीको ध्येय , उदेश्य पवित्र होला तर शरीरको क्षमता तदनुकुल नहुदा डाक्टरले पनि जान्छु भन्नसाथ छोडन मिल्थ्यो र ? डाक्टरको लागि प्रधानमन्त्री केवल बिरामी हुन ।
तपाईंको आत्मविश्वास र आत्मवल संधै उदाहरणीय र प्रसंसनीय छ । तपाईं अहिले बेड रेस्टमा हुनुपर्ने व्यक्ति झुन्डिदै , झुन्डयाइदै सार्वजनिक हुनुभएको देख्दा पीडाबोध मलाई जस्तै आम नेपालीलाई भएको छ । आफ्ना प्रधानमन्त्री त्यो हालत अस्वस्थ अवस्थामा पिडा लुकाउदै , लुकाएको दबाएको पिडा छर्लङ्ग देखिएको छ त्यस्तो स्थितिमा भिडियो कन्फ्रेन्समा उपस्तिथ भएर नसकी , नसकी बोलेको देख्दा मलाई साच्चै लज्जाबोध भयो ? के गम्भीर बिरामी , जीवन मरणको दोसाँधमा बस्दा पनि घिसारिएर सार्वजनिक मंचमा उकलनु रहर त पक्कै होइन होला । रहर नभए र बाध्यता हो त्यस्तो बाध्यता किन पर्यो ? आज प्रधानमन्त्री सार्वजनिक नहुदा के हाम्रो देशको हृदयगति नै बन्द हुन्थ्यो र ? देसको बिकास र समुन्नति अनि समृद्धिको यात्रा अवरुद्ध बन्थ्यो र ?
देशको धमनीमा रक्तसंचारको अभाव हुन्थ्यो कि ? अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारीमा खटपट र युद्द्को आंधी मडारिन्थ्यो ? कोरोना आतंक र भयले देश र विश्व्ले मुक्ति पाउने पक्कै होइन होला । बिरामी ठिक छन भन्ने भ्रम छर्न तपाईलाई कसले उपयोग गर्यो ? अस्पताल छोडन , बिस्तारा छोडन हतारो किन ? अझ अस्पतालको शैयामा रहनुपर्ने दीर्घरोगी बिरामी प्रधानमन्त्रीलाई किन सकस नै सकसमा राखेर प्रदर्शन गरियो ? यसको जबाफ तार्किक पक्ष नेकपासँग छ ? चुनाव व्यक्ति खडग ओलीको एक्लो जित र विजय पक्कै होइन ?
ओली सरकार प्रमुख पार्टी नेकपाको कारण भएका हुन । आफ्नो पार्टी अध्यक्ष , देसको प्रधानमन्त्रीलाई त्यो हालतमा पनि बसिखान नदिने नेकपाले यसको नैतिक दायित्व लिनु पर्दैन । आरामको लागि सिफारिस र अनुरोध गर्नु पर्दैन ? यसो गर उसो गर , यो गरिस ऊ गरिस भनेर प्रश्न सोध्ने , बार बन्देज लगाउने , आदेस निर्देश गर्ने पार्टीले गम्भीर स्वस्थ्य भएको बेला , असहज स्थितिमा केही समय आराम गर्न पार्टी व्हिप किन जारी नगरेको ? ती डाक्टरहरु मूर्ख हुन जसले प्रधानमन्त्रीलाई पुर्ण स्वास्थलाभ गर्नु भो भनेर घर पठाए डिस्चार्ज लेख्न हात उठाए डाक्टरी धर्मको दुरुपयोग गरे । शरीरमा चार मृगौला हुने बित्तिकै मान्छे चामत्कारिक बलवान् हुन्छ र ? प्रधानमन्त्रीको ध्येय , उदेश्य पवित्र होला तर शरीरको क्षमता तदनुकुल नहुदा डाक्टरले पनि जान्छु भन्नसाथ छोडन मिल्थ्यो र ? डाक्टरको लागि प्रधानमन्त्री केवल बिरामी हुन । अस्पतालमा डाक्टरहरुले प्रधानमन्त्रीको नभएर बिरामीको उपचार गरेको कुरा हेक्का राख्नु पर्थ्यो होइन र ? बिरामी अवस्थामा प्रधानमन्त्रीको जिद्दी होइन डाक्टरको जिद्दी तर्क र औचित्यले जित्नु पर्थ्यो तर उल्टा गरियो ।
काममा जान लगाए। ती सल्लाहकार , विज्ञ समूह विवेकहिन प्राणी हुन् जसले तपाईंलाई यस्तो बेलामा पनि काममा जानुस भनेर धपेडि गराउछन र पाखुरामा समातेर हुत्याउदै जोत्छन । के सत्ता र शक्तिको पावर एक्सर्साइज गर्नेको शरीर, शरीर होइन ? मन , मन होइन । अरु मान्छे झै शारीरिक सबलता र दुर्वलता हुन्न र ? मानवीय संवेदनशीलता भनेको विचरा भन्नू मात्रै हो कि ? विचरा बिरामी रोगी शरीर दस ठाँउ पटकपटक चिरिएको शरीरलाई आराम गराउनु पनि हो । आफ्ना बा , आमा र वृद्ध , बिरामी जो सुकैलाई माया गर्ने मान्छेहरु जिर्न रोगी , बेसन्चो र ब्यथाले थिलथिलो शरीर भएका प्रधानमन्त्रीलाई काममा जान किन सुझाउछ ?
बिरामी हुँदा आराम गर्न नपाउनु , नदिनु कुन धर्म सिद्धान्त र वादको आदर्श हो ? हृदयहीनता र जडताले संसारमा कसैको पनि भलो गरेको उदाहरण छैन अत:प्रधानमन्त्रीप्रति त्यो हदको दुर्ववहार नगरौं । आराम पुगेपछि मात्रै शरीर र मस्तिष्क सोचेजति र भनेजति चलायमान हुन सक्छ तर तपाईंले पढनु भएको चिकित्सा विज्ञानले यो तर्क काटने सामर्थ्य प्राप्त गरिसक्यो र ? आत्मबल र शारिरिक बल समान हुन्छन् र ? भन्न र तर्क गर्न त प्रधानमन्त्रीका चेलाहरु भन्न सक्छन् कि प्रधानमन्त्रीले रेश्लिङ भिडने होइन , म्याराथन दौडने होइन , सगरमाथा आरोहण गर्नु पर्दैन , मुक्कामुक्की गर्नु पर्दैन तर प्रधानमन्त्रीले देश चलाउन सो मुताबिक शारीरिक र मानसिक स्वास्थ्य त हासिल गर्नुपर्छ नि होइन र ?
देश दुनियाँलाई थाहा छ प्रधानमन्त्री अस्वस्थ हुनुहुन्छ त्यो अस्वस्थता सामान्य रुघाखोकी पनि होइन, सामान्य हातगोडा ठाेक्केको मर्केको पनि होइन शरीर क्षतविक्षत पारेर मृगौला दुई दुई चोटी प्रत्यारोपण गरिएको गम्भीर स्वास्थ्य समस्या हो । यस्तो बेला पनि तपाईं स्वस्थ सबल र बलशाली हुनुहुन्छ भनेर धपेडि गर्न लगाउनु आपत्तिजनक विषय हो । गम्भीर मानवअधिकार उलंघनको विषय हो । यहाँ व्यक्ति प्रधानमन्त्रीले म स्वस्थ छु भनेर मात्र पनि हुँदैन । चाकरीबाज डाक्टरहरु र स्वार्थको घेरामा बस्नेले भनेर पनि हुँदैन । शक्ति र स्वार्थ समुहले यतिबेला प्रधानमन्त्रीको स्वास्थ्यमा भयंकर खेलवाड र जाल्झेल गरेका छन् । षडयन्त्र गरेका छन । मानव अधिकारको ठाडाे हनन गरेका छन । प्रधानमन्त्री संस्था मात्रै होइन व्यक्ति पनि हो । उनको पनि प्राइभेट लाइफ हुन्छ , सेक्रेट लाइफ हुन्छ तर प्रधानमन्त्रीको प्राइभेट लाइफ र सेक्रेट लाइफ ध्वस्त पारिएको छ । पब्लिक लाइफको नाममा ब्यक्तिको ब्यक्तिगत जिन्दगी सखाप पारिएको छ । स्वास्थ्य बुलेटिनको नाममा पाचन वायु उत्सर्गदेखि मलमुत्र त्याग सम्मका कुरा बाहिर आए के यो न्यायोचित छ ? भोजन , मैथुन र मलमुत्र त्याग गोप्य राख्नुपर्ने विषय होइन र ? हाम्रो शास्त्रीय मान्यता पनि यही हो यी तीन चिज भोजन, मैथुन र मलमुत्र त्याग गोप्य तवरले सम्पन्न गरिनुपर्छ ।
तर हामी आधुनिक र प्रगतिशील हुनुको अर्थमा यस्ता कुराको वेवास्ता गर्छौं र समाजको लय भत्काउन पुग्छौं । प्रधानमन्त्रीको स्वास्थ जानकारी गराउने क्रममा पनि पत्रकारहरुले गोपनियताको हक पालन गरेनन् । समाचारमा प्रदुषण मिसाए । समाचारको महत्व र गरिमा घटाए ।
प्रिय प्रधानमन्त्री ज्यू ,
इन्नटेसन हुनु र क्षमता हुनु फरक कुरा हो । तपाईंसँग केही गरौ भन्ने इन्टेनसन छ । यसमा मलाई राय बझाउनु पर्ने कुनै कारण छैन तर इन्टेन्सन हुनु र क्षमता हुनु फरक कुरा हो । तपाईसँग असल गरौ नाम राख्ने सुकृती छोडेर जाऊ भन्ने प्रवल चेस्ठा छ / देखिन्छ तर उपयुक्त टिम छनौट गरेर कार्य गराउने क्षमताको अभाव भने देखिन पुग्यो । तसर्थ गोकुल बास्ककोटा जस्ता पात्र र प्रवृतिले प्रशंसा गरेको भोलिपल्ट नै नाक लुकाउने टालो खोज्नु पर्ने बनाए । भ्रष्टाचार ,कमिसन र घुस मन्त्रीहरुको पहिचान बन्यो । सहयोगी मन्त्रीहरू छनौटमा दुर दृष्टि पुग्न नसक्दा कतिपय नझिक्नुपर्नेहरु झिकिए नराख्नुपर्नेहरु राखिए । जसको पिडा देश र प्रधानमन्त्री दुवैलाई छ सायद ?
जनतासामु गरेको कबोल र नेकपाले जारी गरेको घोषणापत्र अनुसार काम कति हुन सक्यो जस’bout प्रमलाई जानकारी छैन भन्ने मलाई लाग्यो भने मेरो बुझाइ केवल सतही हुनेछ । प्रधानमन्त्रीको चाहना देश बनाउने पक्कै छ । नेपाली जनताको सुषुप्त सपना र अर्धमुर्छित रहरलाई यहाँले ब्युताउनु भएको हो । तर सपना साकर पार्न इच्छा शक्तिले मात्रै हुँदैन बलियो टिम शसक्त योजना र कार्यन्वयन गर्ने भरपर्दो निकाय पनि चाहिन्छ । देशमा सपनाको खडेरि परेन तर व्यवहारिक कार्यन्वयनको अभाव संधै रह्यो । यी दुई थरी अतिवादीहरु एक पक्ष छ बिरामी प्रधानमन्त्रीलाई जसरी पनि नार्न चाह्न्छ र आज पर्यन्त आराम गर्न नदिएर नारी रह्न्छ । वस्तुतः यो प्रधानमन्त्रीको हित चिन्तक बताउछ तर बिरामी हुँदा पनि तपाईं योग्य सक्षम र सबल भनेर चाकरी बजाउछ , जटिल शारीरिक रोग लाग्दा पनि आफ्नो स्वार्थको खातिर प्रयोग गरिरह्न्छ । गणेशमानको प्रधानमन्त्री इन्कारीलाई कमजोरी सम्झन्छ । गणेशमानले आफू ट्वाइलेट लामो समय बस्नुपर्छ अस्वस्थ छु प्रधानमन्त्री पद ग्रहण गर्दिन सरकार भनेर प्रधानमन्त्री पदको मह्त्व र नेताको स्वास्थ्यको मगत्व’bout उदाहरण पेश गरेका थिए । अर्कोतिर अर्का अतिवादी छन जसको धन्दा र उध्योग भनेकै प्रधानमन्त्रीको स्वास्थ्य निकम्मा र अति दयनीय छ यो विषम परिस्थितिमा पनि प्रधानमन्त्रीको पद मोह भनेर आलोचना गर्छ्न पद सँगै लैजाने उदेश्य भनेर व्यंग्य गर्छ्न । संवेदनहीन बन्छन् ।
प्रधानमन्त्री रहरले बिरामी भएका होइनन् र रहरले जुरुक्क उठेर हिड्न सकेका होइनन् । दुई अतिवादीको चेपमा च्यापिएका हुन । जनताको तर्फबाट म आदरणीय प्रधानमन्त्रीलाई निशुल्क सल्लाह दिन्छु तपाई एक महिना ढुक्कले आराम गर्नुस या राजीनामा दिनुस दुई अतिवादको चेपुवामा नपर्नुस । तपाईंको स्वास्थ्य र निजी जिन्दगी पनि छ । तपाईंको शरीर पनि पन्च भौतिक तत्वबाट नै बनेको छ । ढुङ्गामाटाेले बनेको छैन ।

