चोट पाउने भ्यागुताहरूको देशमा समाजवादको गफ

सरकारी अड्डाका छेऊमै रहेका ५ रुपियाँको हुलाक टिकट १० रुपियाँमा बेच्ने चिया पसलमा एक डेढ घण्टा बसेर दुई-तीन कप चिया पिउञ्जेल सुन्नुपर्छ अनगिन्ती कथा भेटिन्छन। त्यहीँ प्रमाण खोज्ने कुरा भएन, आफू कानून बेत्ता पनि परिएन  के बढ्ता  छलफल गर्ने भनेर हिँड्यो साथी भाईसङ्ग गफ गर्दा अर्कै घटना आउँछ त्यस्तै फटाइँ एउटाको सजायँ पाउने अर्कैभएको।  अनि चाहिँ घोत्लिनु पर्ने हुन्छ के नेपालको सरकारी संयन्त्र वा सार्वजनिक संस्था कुनैले आफ्नो गल्ती स्वीकार गर्ने चलन नै रहेनछ, वा सरकारी संयन्त्रले गल्ति गर्दैन भन्ने दरिलो मान्यता त्यहाँ रैछ?

नेपालका अरू अरू चिजमा गर्व गर्ने मान्छे धेरै छन। सगरमाथा ठड्याउन सकेकोमा र बुद्ध जन्माउन सकेकोमा गर्व  नगर्ने को होला र? त्यस्तै चिन्नु न जानुका देशमा रगत बगाउने र पसिना झार्ने नेपालीको कसले प्रशंसा गर्दैन र?  तर आज मैले नेपाली हुनुमा गर्व गर्ने  विषय भनेको अलग पहिचानका लागि छ। 

कहिले अर्काको सजायँ भोगिदिने मन भित्रै देखि पलाएर आउँछ, जस्तो सांसद रामकुमारी झाँक्री र म लगाएत दर्जनौँको मन पलाएको थियो पूर्वमन्त्री चन्द्रदेव जोशीको कैद सजायँ भोगिदिन । उनले विचरा पैसै कमाउन बालुवाटार बेचेनन होला भन्ने विश्वासका साथ उनको जेल सजायँ आफूले भोगिदिन तयार छौँ भनेर सामाजिक सञ्जालमा हामीले लेखेका थियौँ । तर देखि देखि गल्ती एउटाले गर्छ तर सजायँ अर्कैले भोगी दिन्छ, र राज्य र समाज ले त्यसलाई सहिदिन्छ भने त्यस्ता अर्काको सजायँ भोगीदिन तयार हुनुको अर्थै के रहन्छ र? राज्यले त्यस्तो संस्कारलाई प्रवर्द्धन गर्ने र समाजले सहर्ष स्विकारिदिने संस्कार चाहिँ  नेपाल भन्दा अन्यत्र बिरलै पाइएला। यही हो मैले देखेको नेपालको अर्को पहिचान। 

अप्ठ्यारो चाहिँ यही छ,  उदाहरण के को दिऊँ ?

उपत्यकाकै एउटा जिल्लामा एक जनाले नागरिकता लिएछन केही वर्ष पहिले । बावु मरेपछि जग्गा नामसारी गर्ने बेलामा हेर्दा त नागरिकतामा बावुको नामै छैन । दौँडदै नागरिकता  दिने अड्डा पुग्छन, उल्टै त्यो अड्डाले भन्छ “गएर बावु कायम गरेर ल्याउनुस” । बावु कायम नगरी कसरी त्यही अखडाले नागरिकता दियो? लिनेले के गल्ती गर्यो र अहिले एता र उता धाएर बावु कायम गर्न छट्पटाउनु?

मेरै एउटा साथीको १०-१२ वर्ष अघि किनेको ४-५  आना कति हो जग्गा रैछ अहिले बेच्न खोज्दा “दोहोरो स्रेस्ता” परेछ। यो के हो भनेर बुझ्दा त यो भन्दा अघिल्लो होइन ति भन्दा अघिल्लोको नाममै स्रेस्ता कायम रैछ, धनीपूर्जामा तेस्रो व्यक्तिका नाममा जग्गा गैसक्यो। अब त्यो स्रेस्ता खारेज गर्न उपाय के छ त भन्दा मुद्दा मामला गरेर एकलौटी हक कायम गर्नु पर्ने रे, त्यो १०-१५ वर्ष अघि कि जग्गा धनी मरिसकिन कि अमेरिका गैसकिन कसरी खोज्ने? साथीलाई दलालले भनेछन, “२५हजार भन्याछन् मिल्छ, एक दुई दिन पख्नुस”। आफ्नै सम्पत्ति आफ्नो बनाउने २५ हजार जरीवाना तिर्नु पर्ने अवस्था छ त्यो पनि राजश्वमा जाने खालको जरीवाना होइन।

केही साल अघि सानो ठिमिमा भेटिएका एकजना मास्टरको एस्तै समस्या रैछ। नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति फरक परेको रैछ । प्रमाणपत्र पेश गरेरै नागरिकता लिएका तर नागरिकतामा ८ महिना ३ गते हुनु पर्नेमा ३ महिना ८ गते पारिदिएछन नागरिकता दिनेले । सच्याइ माग्न जाँदा जुन अड्डाले गल्ति गर्यो त्यसले भनेछ “नागरिकता सच्याउन मिल्दैन, ऊजुरी गरेर, त्यसको फैसला हो कि केजाती लिएर सबै शैक्षिक संस्थाका प्रमाण-पत्र सच्याउनु पर्छ।  सबै शैक्षिक संस्थाका परीक्षा नियन्त्रक कार्यालय धाउने क्रममा ति सानोठिमि आएका रैछन। 

सरकारी अड्डाका छेऊमै रहेका ५ रुपियाँको हुलाक टिकट १० रुपियाँमा बेच्ने चिया पसलमा एक डेढ घण्टा बसेर दुई-तीन कप चिया पिउञ्जेल सुन्नुपर्छ यस्ता अनगिन्ती कथा भेटिन्छन। त्यहीँ प्रमाण खोज्ने कुरा भएन, आफू कानून बेत्ता पनि परिएन  के बढ्ता  छलफल गर्ने भनेर हिँड्यो साथी भाईसङ्ग गफ गर्दा अर्कै घटना आउँछ त्यस्तै फटाइँ एउटाको सजायँ पाउने अर्कैभएको।  अनि चाहिँ घोत्लिनु पर्ने हुन्छ के नेपालको सरकारी संयन्त्र वा सार्वजनिक संस्था कुनैले आफ्नो गल्ती स्वीकार गर्ने चलन नै रहेनछ, वा सरकारी संयन्त्रले गल्ति गर्दैन भन्ने दरिलो मान्यता त्यहाँ रैछ?

तर यि सरकारी गल्तीमा जनताले पाउने सजायँलाई माथ गर्ने गरी नेपालका बैङ्कहरूका फटाइँ हुँदा रैछन, राज्य, समाज सबैले देखेका र सहजै स्विकारेका। खोज पत्रकरिता केन्द्रले तयार पारेको एउटा चाख लाग्दो काण्ड ’bout यही बीचमा पडःन पाइयो। कुनै “डेभेलपर” नामको ठगले सपनामा महल ठड्याउँछ, थुक तेल गरी जम्मा गरेको पैसो हालेर जनताले किन्छन, मेरो यता फर्केको यो यूनिट, यता भन्सा, यता चर्पी भन्दै आफ्ना सपना बुन्न थाल्छन । तिनको सपनाको महल सुदखोर बैङ्कहरूले गर्ल्याम्गुर्लुम्म ढालिदिन्छन ।

भेगास सिटी अपार्टमेण्ट भन्ने एउटा अर्ध-सपनाको महलमा त्यस्तै भएको खोपकेको समाचार हेरे पछि एउटा दुईटा होइन यो पूरै देश यस्तै ठगले पुरस्कृत हुने, फटाइँ एउटाले गर्ने सजायँ अर्कैले पाउने भूमि रैछ भन्ने लागेको हो। भेगास सिटीको काण्ड पूरै देशलाई थाहा छ, तिनको सहकारी कनेक्शन, पैसा जम्मा गर्नेको उठिबास, एकजना पूर्व न्यायाधीश मार्फत त्यो काण्डको गहिरो अध्ययन भैसकेको सबैलाई थाहा छ।

पूरै रकम बुझाउन बाँकि छ भने ति अपार्ट्मेन्टका खरीदकर्ताबाट लिनु पर्छ तर कसले कति बुझाएका छन भन्ने प्रमाण हुँदा हुँदै बैङ्कले पूरै सम्पत्ति हडप्न खोज्ने, र त्यसका लागि शक्तिकेन्द्रको आशिर्वाद लिने गरेका रहेछन। ति सुदखोर बैङ्कहरूले सम्पत्तिको आधा मूल्याङ्कन गरेर लिने, दशक देखि आफ्नो सम्पत्तिको हकका लागि लडिरहेका खरीदकर्ता चाहिँ नाङ्गेहात?

सुदखोर बैङ्कहरू मलाई ऋण दिनु पर्यो भने तीनपुस्ताको सम्पत्ति विवरण, तलबको प्रमाण, कर तिरेको प्रमाण सबै लिन्छन,  कुन कुन अपार्ट्मेण्ट कुन कुन ब्यक्तिका नाममा बूक भएका छन, कतिमा बूक गरेको कति तिर्न बाँकि नहेरी एकलौटी कब्जा गर्नेमा पुग्या रैछन । तीन वटा बैंकहरूको रु.५८ करोड ऋण लगानी छ  र खरीदकर्ताको रु.९२ करोड लगानी छ भने त्यही अनुसार बटवारा लाग्नु पर्न होइन र?

फटाइँ डेभलपर्ले गरे, फटाइँ गर्न बैङ्कहरूले साथ दिए अहिले सजायँ चाहिँ जसले थुकतेल गरेर जोगाएको पैसो हालेर अपार्ट्मेन्ट किन्न खोजे तिनले मात्रै पाउने भए।

यस्ता उदाहरण चोक चोकमा सुनिन्छन, विशेष गरी बैङ्कको ऋण र घडेरी जोडिएका विषयमा। एकजना प्रशिद्ध गायकले आफूले लिएको ऋण भन्दा कति गुणा बढि तिरीसक्दा पनि घर आफ्नो भएन भनेर घरै त्यागेको समाचार मिडियामा आएको थियो। होला उनका बिलासी जीवनशैलीका कारण आम्दानीले नखाम्दो ऋण लिए होला तर उनले देखाएको दोष भनेको ऋण दिने संस्थाको दादागिरीलाई छ । जबर्जस्ती बेइज्जत गर्ने, र असह्य शर्त थोपर्ने काम गर्यो भन्ने उनको आरोप थियो।

काभ्रे तिरकी कुनै बॄद्धा टेलिभिजनमा रुँदै गरेको रेपोर्ट देखेको थिए, दुई हप्ता जति अघि। कुनै कुखुरा पालक युवालाई झुक्याएर काजमा सही गर्न लगाएर कुनै दलालले ठूलै ऋण लिएछन । ऋण नतिर्दा ति कुखुरापालक जेल गएछन, दलाल त्यता आउन समेत छोडेछन।

यस्ता बिलौना देखेपछि मैले माओवादी जनयुद्धका शुरुका दिन सम्झेँ । ऋण दिने, त्यसलाई चक्रवृद्धि गर्ने, ब्याजलाई सावाँ बनाउँदै गरीवलाई कङ्गाल बनाउनेहरू माओवादी आन्दोलनको पहिलो तारो थिए। समाजमा भएका ब्यभिचार, अन्यायका विरुद्ध जनतालाई  साथ दिएर ठाउँका ठाउँ न्याय दिने त्यति वेलाको माओवादी कदमले उनीहरूको जन समर्थन बढाउन ठूलो काम गरेको थियो। पत्रकारका रुपमा गाउँ जाँदा हमीले प्रत्यक्ष देखेको कुरा हो यो। पछि पछि प्रतिशोध लिन कसैले पैसा दिएर त्यस्तो कार्वाही गराए । विस्तारै माओवादी कार्वाही धन-प्रभावित बने । त्यो कालमा भएका घटनाले अझै माओवादीलाई लखेटी रहेको छ ।

अहिले माओवादी सत्तामा छ। अलिकत्ति पनि आफ्नो विगत सम्झिने हो भने केही नेताको आर्थिक भविष्य सुरक्षित गर्ने सानो उद्देश्यका लागि आफ्नो वर्षौँको लडाइँलाई तिलाञ्जली दिन्नथ्यो। बैङ्कका जग्गा लिलामीमा ठूलो जवर्जस्ती संस्कृति हावी छ । गुण्डा डन, दलका नेता, बैङ्कका गिरोहको मिलिभगतमा थुप्रै निरीह प्राणी पिसिएका छन । हरेक अपार्टमेण्ट वा हाउजिङ्गमा जानूस एउटा दुईटा ठूला नेताको नाम लिन्छन खरीदकर्ताको रुपमा । तिनले पैसो तिरेरै लिएका हुन्छन कि संरक्षण दिए बापत पाएको इनाम हो थाहा हुन्न।

कागज-प्रधान हाम्रो न्याय प्रणालीले त्यो कागज बनाउनेकै हीत गरिराखेको छ , र त्यो कागज बनाउने भनेका को हुन, भन्नै पर्दैन। 

हो, हाम्रो मुलुकको व्यवस्था समाजवादोन्मुख मात्रै हो, समाजवादी होइन तर जो सत्तामा छन ति त समाजवादको आलाप आजीवन गाएकाहरू हुन त । समाजमा हुने अन्यायका सवै संरचना एकै पल्ट त भत्किन्नन तर त्यस्ता अन्यायका कुनै एउटा पिलरमा घनले हानेर एउटा चिरा पार्न त तिनले सक्छन नि!  कि यि समाजवाद अलापेर नथाक्नेहरूले बैङ्क, जमीन, बजार, शिक्षा, स्वास्थ्य सबै तिर अराजकतालाई अझै प्रवर्द्धन गरेर मात्रै समाजवादको जग दह्रो हुन्छ भन्नेमा विश्वास गरेका हुन?