कोरोना विरुद्धको भ्याक्सिन कहिले ?

कोरोना भाइरस त संसारभर फैलिरहेकै छ । सँगसँगै बहस पनि चलिरहेको छ खोप र औषधिको । तर न यो भाइरसलाई खोपले मार्न सक्छ न औषधिले । कोरोनाबाट जीवनरक्षा गर्ने औषधि वा खोपको प्रतीक्षा व्यग्रतासाथ भइरहेको छ ।

-निमेष रेग्मी

चीनबाट थालनी भएको र संसारभर फैलिइसकेको कोरोना भाइरसले आधुनिक युगको चिकित्सा विज्ञानमाथि प्रश्न उब्जाएको छ । यसको उपचार ’bout महाशक्ति अमेरिका सहित संसारभर बहस भइरहेको छ तर बिडम्बना यसको कुनै उपचार अहिलेसम्म पत्ता लागेको छैन ।


साधारणतयः रोग दुई कारणहरुले लाग्छन् व्याक्टेरिया र भाइसर । व्याक्टेरिया विरुद्ध त संसारभर एन्टिबायोटिकहरु तयार छन् । सन् १९३० को दशकमा पेन्सिलिनको आविस्कार पछि व्याक्टेरियाबाट हुने संक्रमण विरुद्धमा त क्रान्ति नै भयो । तर यी औषधिबाट भाइरसको उपचार संभव छैन । त्यसो त विश्वमा वैज्ञानिकहरुले भाइरस विरुद्ध पनि केही औषधिहरु विकास गरेका छन् तिनलाई एन्टीभाइरल भनिन्छ । ती औषधिहरुले भाइसर मार्ने नभएर शरीरको प्रतिरक्षा प्रणाली बढाउने मात्रै हुन् । भाइसरहरुले आफ्नो स्वरुप बदल्ने (म्युटेशन) भएका कारण तिनको प्रभावकारिता बढ्न नसकेको हो ।


भाइसरहरु कहाँबाट आउँछन् त ? यसको जवाफमा वैज्ञानिकहरुले कृषि र जनावरहरुको नाम लिन्छन् । विफर दादुराका भाइसरहरु मानिसमा संक्रमण भएका सबैभन्दा पुराना भाइसरहरु भएको मानिन्छ । उत्तरी अफ्रिका र युरोपबाट ती भाइसर संसारभर फैलिएका थिए । तर अहिलेको युगमा ती भाइसर विरुद्ध नियमित खोपको व्यवस्था भएपछि खासै ठूलो रुप लिन पाएको छैन ।


अहिलेको कारोना भाइरसको अवस्थालाई विश्व स्वास्थ्य संगठनले मार्च ११ मा यसलाई विश्वव्यापी महामारीको घोषणा गरेको थियो । जवकि यो भाइसर चीनको वुहान क्षेत्रमा नोभेम्बर मै देखा परेको थियो । यो भाइसरले छोएका ८० प्रतिशत मानिसमा श्वासप्रश्वासको समस्या देखिएको छ भने ती मध्ये आधालाई निमोनिया भएको पाइएको संगठनको भनाइ छ । थप १५ प्रतिशत गम्भीर खालकै बिरामी देखिएका छन् भने ५ प्रतिशतलाई त आपतकालीन उपचार नै आवश्यक देखिएको तर्फ संगठनले सोही समयमा सदस्य मुलुकहरुको ध्यानाकर्षण गराएको थियो ।


संगठनका महानिर्देशक डा. टेडरोसले महामारी घोषणा गर्दै भनेका थिए यो जनस्वास्थ्य क्षेत्रको मात्रै समस्या हैन । यसले हरेक क्षेत्र र व्यक्तिलाई असर गर्छ त्यसैले कोरोना विरुद्धको लडाइँमा हरेक व्यक्ति र हरेक क्षेत्र सहभागी हुनैपर्छ ।


संसारभर अनुसन्धानका ज्ञान एकत्रित गर्ने धेरै संस्था छन् । धेरैको आशा अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) हो जुन डब्लुएचओ को कोल्याबरेटिभ सेन्टर पनि हो । संसारमा यस्ता फ्लुका धेरै माहामारी भएका छन् ती सबैमाथि मानव विजय भएको छ । सीडीसीकै अनुसार पनि संसारमा बिर्सनै नसकिने माहामारी सन् १९१८ को इन्फ्लुएञ्जा हो । एचवानएनवान भाइसरबाट भएको यो माहामारीको थालनी अमेरिकी सैनिकबाट सुरु भएको थियो । यसको बिस्तार हुँदै संसारको एकतिहाई जनसंख्या ग्रसित भई करिब ५ करोड मानिसले ज्यान गुमाएका थिए । एकदमै नयाँ कुरा यो भाइरसबाट २० देखि ४० वर्ष उमेर समूहका स्वस्थ युवाहरु बढी शिकार भएका थिए । त्यतिखेर यसको नियन्त्रणमा पनि औषधि विज्ञानको साँटो अहिलेजस्तै सामाजिक आइसोलेसन वा एकान्तवासबाट भएको थियो ।

त्यसपछि पनि सन् १९५७ मा एचटुएनटु भाइसरबाट ११ लाख मानिसले ज्यान गुमाएका थिए जसमध्ये १ लाख १६ हजार त अमेरिकी थिए । त्यसपछि सन् १९६८ मा फैलिएको एचथ्रीएनटु भाइरसले पनि १० लाख मानिसको ज्यान लियो जसमा एक लाख त अमेरिकीहरु थिए । त्यसपछि चीनबाट सन् २००९ मा फैलिएको अर्को एचवानएनवानबाट करिब साढे १२ हजारको ज्यान गयो । अहिलेको भाइसर पनि यही गतिमा फैलियो भने लाखौंको ज्यान लिने खतरा देखिएको छ । यो फैलिँदै जाँदा स्वभाविक रुपमा यसको उपचार र खोपका ’boutमा चर्चा भइरहेको छ । तर त्यो त्यति सजिलो छैन ।

कोरोना भाइरस विरुद्ध खोप कि औषधि

कोरोना भाइरस त संसारभर फैलिरहेकै छ । सँगसँगै बहस पनि चलिरहेको छ खोप र औषधिको । तर न यो भाइरसलाई खोपले मार्न सक्छ न औषधिले । कोरोनाबाट जीवनरक्षा गर्ने औषधि वा खोपको प्रतीक्षा व्यग्रतासाथ भइरहेको छ । तर अझ धेरै गर्नुछ ।


संसारका कहलिएका औषधि कम्पनी र भाइरोलोजिष्टहरु रातदिन यसैमा लागेका छन् । अहिले संसारमा २० वटा भन्दा बढी खोपहरु विकासको चरणमा छन् । ती खोप विकासका पनि चरणहरु हुन्छन् । मानवमा खोपको परीक्षणपूर्व रिसर्चका बिभिन्न चरण पार गर्नुपर्ने हुन्छ ताकि त्यस्ता खोप मानिसमा परीक्षण गर्न सुरक्षित छन् भन्ने कुरालाई प्रमुख आधार बनाएर हेरिन्छ । अहिले ती जनावरमा नै परीक्षण क्रममा छन् । चाँडो भयोभने पनि त्यो मानिसमा परीक्षण गर्न कम्तीमा आगामी ६ महिना त लाग्छ नै । वैज्ञानिकहरुले सन् २०२० को अन्त्यसम्ममा त्यस्तो चमत्कार गरे भने पनि त्यो आम रुपमा उपलब्ध हुन अरु ६, ७ महिना लाग्छ । त्यसैले खोपबाट कोरोना अहिलेलाई अन्त हुने कुनै गुन्जायस छैन ।


एउटा सामान्य पेनकिलरको त साइड इफैक्ट हुन्छ भने यी भ्याक्सिनको असर नहुने कुरै हुन्न । त्यसैले अमेरिकाको फुड एन्ड ड्रग एडमिनिष्ट्रेशन (एफडीए) ले सहजै यसलाई स्वीकार गर्ला भन्न सकिने अवस्था छैन । एफडीएलाई अग्रिणी मान्ने हो भने उसले स्वीकार नगरी आम चिकित्सा क्षेत्रमा यसको प्रयोग असंभव छ ।
अब रह्यो खोपको विकल्प औषधि । बीबीसीका मेडिकल रिपोर्टरहरुले यससम्बन्धी तथ्यहरु खोतल्ने प्रयास गरेका छन् । चिकित्सकहरुले यसअघि विकास भएका एन्टीभाइरल औषधि जुन विरामीलाई दिनहुन्छ भनि प्रमाणित छन्, तिनको प्रयोग गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनका डा. ब्रुस एलवार्डले इबोला विरुद्ध प्रयोग भएको रेमडेभीरलाई कोरोना विरुद्ध प्रयोग गर्न सकिने एकमात्र एन्टीभाइरल औषधि भनेका छन् । तर प्रभावकारिताका ’boutमा अहिलेसम्म नियामक निकायहरु बोलेका छैनन् । एकाथरी वैज्ञानिकहरुले एचआइभी विरुद्ध प्रयोग भएका औषधिहरु (लोपीनाभीर र रिट्रोनाभीर) को शिफारिस गरेका छन् तर बिरामीमा प्रभावकारिताको हिसावले तिनले एकदमै निराशाजनक नतिजा दिइरहेका छन् ।


त्यसैगरी औषधि प्रयोगका क्रममा एकाथरी वैज्ञानिक समुदायले मलेरिया विरुद्ध प्रयोग हुने क्लोरोक्वीनको प्रयोगमा इच्छा देखाएका छन् । यसले भाइरसहरु मार्न सक्ने देखिएपनि प्रभावकारिता ’boutमा थप अध्ययन भइरहेको छ । अमेरिका र अरु मुलुकहरुमा पनि यसको परीक्षण भइरहेको छ । राष्ट्रपति ट्रम्पले यो औषधिको नामै लिएपछि त झनै धरैले यसमा चासो लिन थालेको पाइएको छ । डब्लुएचओले यो औषधिलाई पनि अरु औषधिसँगै ट्रायलमा राख्ने घोषणा गरिसकेको छ । क्यालिफोर्निया विश्वविद्यालयका जीवविज्ञ नेभान क्रोगानले यसबाट टक्सिक साइड इफेक्ट हुने चेतावनी दिइसकेका छन् ।

कोरोनाबाट कसरी बच्ने ?


खोप र औषधिमा भएका प्रगतिहरुलाई निहाल्ने हो भने कोरोना विरुद्धको जीतको एउटै सुत्र एकागमन अर्थात् आइसोलेसन हो । भीडभाड नगर्ने र एक व्यक्तिबाट अर्को व्यक्तिसम्म सर्ने संभावनालाई बन्द गर्ने हो भने प्रकृतिले नै यी भाइसरहरुलाई परास्त गर्छन् । सरकारले घोषणा गरेका निषेधाज्ञाका आदेशहरुको पालना गर्नु नै अहिलेका लागि आम नागरिकको बुद्धिमानी हुनेछ ।