कोभिड-१९ महाव्याधि कसरी अन्त्य होला?

यस्तो कसैले पनि अनुभव गरेका थिएनन्। अमेरिकामा पाँचमध्ये एकले रोजगार गुमाएको छ। होटेल खाली छन्। एयरलाइन्स ग्राउन्डेड छन्। रेस्टुरेन्ट र अन्य साना व्यवसाय बन्द हुँदैछन्। असमानता बढ्दै जाने छ। सामाजिक दुरीबाट न्युन आय भएकाहरू सबैभन्दा धेरै प्रभाविति हुन्छन्। गम्भीर संक्रमणको जोखिम बढाउने दीर्घरोगले पनि उनीहरूलाई नै बढि सताउनेछ। रोगहरूले शहर र समाजलाई धेरै पटक अस्थितर बनाएको छ।


एड योङ, दि एटलान्टिक

तीन महिनाअघि सार्स-कोभ २ ’bout कसैलाई थाहा थिएन। अहिले प्राय: सबै देशमा भाइरस फैलिएको छ। करिब पाँच लाखलाई संक्रमण भएको छ। तीमध्ये कति हाम्रा चिनजानका पनि होलान्। कति’bout हामीलाई थाहा छैन। अर्थतन्त्र डुब्यो र स्वास्थ्य स्याहार प्रणाली तहसनहस बनायो। अस्पताल भरिए र सार्वजनिक स्थल शुन्य भए। मानिसहरू काम र साथीभाइबाट टाढा भए। आधुनिक समाज भङ्ग भएको छ। यस्तो कहिल्यै भएको थिएन।

अमेरिकामा कसलाई संक्रमण भएको छ, अब चाँडै सबैले थाहा पाउनेछन्। दोश्रो विश्वयुद्ध वा ९/११ को आक्रमण जस्तै यो महाव्याधिले देशको आत्मामा गहिरो छाप बसालेको छ। यो श्रेणीको विश्वव्यापी महाव्याधि अपरिहार्य थियो। केहि वर्षयता सयौं स्वास्थ्य विशेषज्ञले यसको चेतावनी दिंदै पुस्तक, श्वेतपत्र र लेख लेखेका छन्। टेड टकको एक करोड ८० लाख दर्शकलगायत सुन्ने जो कोहीलाई बिल गेट्सले सुनाउँदै आएका पनि हुन्।

सन् २०१८ मा अन्तत: आउने महाव्याधिका लागि अमेरिका तयार नरहेको तर्क दिदैं मैले दि एटलान्टिकमा एउटा लेख लेखेको थिएँ। नयाँ कोरोनाभाइरस विश्वमा फैलिए के होला भनेर जोन हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटीले अक्टोबरमा रणनीतिक लेख छाप्यो। अनि एउटा भाइरस आयो। परिकल्पना यथार्थ बन्यो। “के हुन्छ?” भन्ने प्रश्न “अब के गर्ने?” बन्यो। उसो भए अब के गर्ने? 

अघिल्लो बुधबार ढिलासम्म म एकजना गर्भवती साथीसँग महाव्याधि’bout गफिएँ। अहिले सम्झिदाँ निकै समय बितेजस्तो लाग्छ। उनी सुत्केरी हुने अपेक्षित समयभन्दा केहि दिनमात्रै पर छिन्। हामीले के बुझ्यौं भने उनको सन्तान कोभिड१९ ले परिवर्तन गरेको समाजमा जन्मिने छ। हामीले उनीहरूलाई जेनरेसन सि भन्ने निधो गर्‍यौं।

जेनरेसन सिको जीवनलाई आउने साताका छनोट र परिणाम स्वरूप हुने घाटाले आकार दिनेछ। पहिले एउटा छोटो हिसाब गरौं। ग्लोबल हेल्थ सेक्युरिटी इन्डेक्सले महाव्याधिको तयारीको आधारमा प्रत्येक देशलाई वर्गिकरण गर्दछ। इन्डेक्समा अमेरिकाले ८३.५ अंक पाएको छ। यो विश्वकै उच्च हो। धनी, बलियो, विकसित अमेरिका सबैभन्दा तयार देखिनुपर्ने हो। त्यो भ्रम चकनाचूर भएको छ। अन्य देशमा भाइरस फैलिरहेको बेला महिनौंसम्म अग्रिम चेतावनी पाए पनि अन्तत: अमेरिकाको कोभिड१९ परीक्षण गर्दा असफल बन्यो। “जेसुकै होस्, सार्स-कोभ२ जस्तो भाइरसले सबैभन्दा व्यवस्थित स्वास्थ्य प्रणालीको परीक्षण गर्ने नै थियो,” बस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनका संक्रामक रोग चिकित्सक नाहिद भदेलियाले बताए। 

मौसमी रूघाखोकीभन्दा धेरै सर्ने र खतरनाक नयाँ भाइरस पहिचान गर्न पनि कठिन छ। ठोस लक्षण देखाउनुअघि यो भाइरस एकदेखि अर्को व्यक्तिमा सरिरहन्छ। रोग सार्ने यस्ता जीवाणु नियन्त्रण गर्न परीक्षणको विकास गर्नुपर्छ। संक्रमितको पहिचान गर्न प्रयोग गर्नुपर्छ। उनीहरूलाई एकान्तबासमा राख्ने र उनीहरूको सम्पर्कमा आएकाहरू पहिचान गर्न पनि प्रयोग गर्नुपर्छ। दक्षिण कोरिया, सिंगापुर र हङकङले यस्तै गरेर प्रभावकारी नतिजा ल्याए। यहि काम अमेरिकाले गरेन।

मेरा सहकर्मी एलेक्सिस माद्रिगाल र रबिन्सन मायरले भनेजस्तै सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले फेब्रुअरीमा त्रुटिपूर्ण परीक्षण विधिको विकास र वितरण गर्‍यो। स्वतन्त्र प्रयोगशालाले विकल्पहरू सिर्जना गरे तर फेडेरल ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) को ब्युरोक्रेसीमा फसे। दशौं हजार अमेरिकी संक्रमित हुँदा केहि सयको मात्रै परीक्षण भयो। अमेरिकाजस्तो बायोमेडिकल पावरहाउस रोग परीक्षण गर्ने एउटा साधारण तरिका विकास गर्न असफल हुनु अकल्पनिय हो।

“मैले वा अरूले चलाएको कुनै सिमुलेसन’bout मलाई जानकारी छैन जहाँ परीक्षण असफल भएको हामीले मानेका छौं,” जर्जटाउन विश्वविद्यालयकी एलेक्सान्द्रा फेलानले भनिन्। उनी संक्रामक रोगसम्बन्धी कानूनी र नीतिगत मुद्दा’bout काम गर्छिन्। परीक्षणको असफलता अमेरिकाको विश्वव्याधि असफलताको सुरूआत थियो। यसले अन्य सबै प्रतिकार्य प्रभावित भयो। भाइरसको प्रसार ठ्याक्कै पत्ता लगाउन सकेको भए अस्पतालहरूले महाव्याधिको योजना कार्यान्वयन गर्न सक्थे। उपचार कक्ष छुट्याएर, थप सामग्री मगाएर, कोभिड१९ का संक्रमितको उपचारका लागि कर्मचारी परिचालन वा विशेष सुविधा गरेर आफूलाई सुरक्षित राख्न सक्थे। त्यस्तो केहि भएन। उल्टै, पूर्ण क्षमतामा सञ्चालन हुने स्वास्थ्य स्याहार प्रणाली भाइरसका लागि खुला छाडियो। मौसमी रूघाखोकीले चुनौती दिइरहेको बेला देशभरिका समुदायबाट भाइरस सुटुक्क देश पस्यो। यसअघि नै बढि भार भएका अस्पतालमा थप जिम्मेवारी थुप्रियो। मास्क, गाउन र ग्लोब्सजस्ता आधारभूत सुरक्षा उपकरण सकिन थाल्यो।

भाइरसले थला परेको फोक्सोलाई अक्सिजन दिने भेन्टिलेटर लगायत अस्पतालका शय्याहरू पनि चाँडै उपलब्ध हुने छैनन्। संकटको बेला चालचुल गर्न नसक्ने अमेरिकाको स्वास्थ्य स्याहार प्रणाली संकटकालमा स्वस्थ राज्यले थला परेकालाई सहयोग गर्नसक्छन् भन्ने अनुमानमा सञ्चालन हुन्छ। समुद्री आँधी वा डढेलोजस्ता स्थानीय विपदमा यो नीतिले काम गर्ला तर अब ५० राज्यमा फैलिएको महाव्याधिमा काम लाग्दैन। सहकार्य प्रतिस्पर्धासँग हारेको छ। केहि चिन्तित अस्पतालले ठूलो परिमाणमा सामग्री खरिद गरेको छ। ठ्याक्कै त्यसरी नै जसरी आत्तिएका ग्राहकले ट्वाइलेट पेपर किने। यसको आंशिक कारण व्हाइट हाउस हो। वैज्ञानिक विशेषज्ञता बुझ्ने त्यहाँ कोही छैनन्। नेसनल सेक्युरिटी काउन्सिलको अंग रहेको महाव्याधि पूर्वतयारी कार्यालय सन् २०१८ मा विघटना गरियो। जनवरी २८ मा टोलीको सदस्य रहेका लुसियाना बोरियोले अमेरिकी महाव्याधि तत्काल रोकथाम र रोग पहिचान गर्ने छिटो र सहज तरिका विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्न पनि उनले सरकारलाई आग्रह गरिन्। तर कार्यालय नै बन्द भएपछि ती चेतावनी राष्ट्रपतिको कानमा पुग्नुको साटो द वाल स्ट्रिट जर्नलमा प्रकाशित भए। प्रतिकार्यमा जर्‍याकजुरूक्क उठ्नुको साटो अमेरिका चुपचाप बस्यो।

दिशाविहीन, दृष्टिविहीन, शक्तिहीन र असंगठित अमेरिकाले कोभिड१९ को संकट व्यवस्थापन गर्न असफल भयो। अमेरिका मैले भलाकुसारी गरेको प्रत्येक स्वास्थ्य विशेषज्ञको भयभन्दा खराब स्थितिमा छ। “धेरै नराम्रो अवस्था छ,” रोन क्लाइनले भने। सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला महामारीको अमेरिकी प्रतिकार्य उनले नै समन्वय गरेका थिए। “हामीले अपेक्षा गरेभन्दा नराम्रो अवस्था छ,” लरेन साउरले भनिन्। उनी जोन हप्किन्स मेडिसिनमा विपद पूर्वतयारीका लागि काम गर्छिन्।

“अमेरिकी नागरिकको रूपमा म भयग्रस्त छु,” सेथ बर्क्लीले बताइन्। उनी गाभी नामक भ्याक्सिन अलायन्सको नेतृत्व गर्छिन्। “अमेरिकामा औद्योगिक विश्वको सबैभन्दा निकृष्ट महामारी हुनसक्छ।”

१. आउने महिनाहरू

पछि परेकाले अमेरिकालाई माथि उठ्न असम्भव नभए पनि कठिन हुनेछ। कोभिड-१९ सुस्त र लामाे बिमारी भएकाले केहि हदसम्म भविष्य तय छ। केहि दिनअघि मात्रै संक्रमित व्यक्तिलाई, बीचमा एकान्तवास बसे पनि, अहिले लक्षण देखिनेछ। तीमध्ये केहि अप्रिलको सुरूमा सघन उपचार कक्ष पुग्नेछन्। अघिल्लो सातासम्म, अमेरिकामा १७ हजारलाई संक्रमण भएको पुष्टि भएको छ। तर वास्तविक संख्या भने ६० हजार देखि दुई लाख ४५ हजारसम्म होला। संख्या अहिले तिव्र रूपमा बढिरहेको छ। बुधबार बिहानसम्म ५४ हजारसंक्रमित भएको सरकारी तथ्याङ्क छ। यथार्थ संख्या अझै थाहा छैन। स्वास्थ्यकर्मीले अहिले नै चिन्ताजनक सङ्केत देखिसके: उपकरण सकिँदो छ, बिरामीको संख्या बढ्दो छ अनि डाक्टर र नर्स आफैं पनि संक्रमणमा परेका छन्।

इटाली र स्पेनले भविष्यको कुरूप चेतावनी दिएका छन्। अस्पतालका खाली कक्ष, उपचार सामग्री र कर्मचारी हुने छैनन्। कसैको उपचार गर्न वा ज्यान बचाउन नसकेपछि डाक्टरले अकल्पनीय निर्णय लिनेछन्: बाँच्नसक्ने आशा भएका बिरामीको मात्रै उपचार गरिनेछ, अरूलाई मृत्युको मुखमा छोडिनेछ। अमेरिकामा प्रति व्यक्ति अस्पताल शय्या इटालीभन्दा थोरै छ। इम्पिरियल कलेज लन्डनको एउटा टोलीले सार्वजनिक गरेको अध्ययनअनुसार महाव्याधि नियन्त्रण नभए, अप्रिलको अन्त्यसम्म सबै अस्पतालका शय्याहरू भरिनेछन्।

जूनको अन्त्यसम्म प्रत्येक सघन स्याहार शय्याका लागि झण्डै १५ जना कोभिड१९ बिरामी पर्खिरहेका हुनेछन्। गर्मी सकिएपछि महाव्याधिले प्रत्यक्ष रूपमा २२ लाख अमेरिकीको ज्यान जानेछ। हृदयाघात भएका र कार दुर्घटनामा परेका व्यक्तिहरू उपचारकै अभावमा ज्यान गुमाउनेछन्। यो सबैभन्दा खराब अवस्था हो। यसका लागि छिटोगरी चार वटा काम गर्नुपर्छ। 

सबैभन्दा पहिले र महत्त्वपूर्ण मास्क, पञ्जा र अन्य व्यक्तिगत सुरक्षाका उपायहरू द्रुत गतिमा उत्पादन गर्नुपर्छ। स्वास्थ्यकर्मी नै स्वस्थ नरहेपछि, बाँकी प्रतिकार्य सफल हुँदैन। केहि स्थानमा अहिले नै अभाव छ। एउटै मास्क लगाएर डाक्टरले बिरामीको जाँच गरिरहेका छन्। सार्वजनिक अनुदानका लागि आव्हान गरिरहेका छन्। आफैं घरेलु विकल्पले सिलाइरहेका छन्। मेडिकल सप्लाइ मागअनुसार उत्पादन हुन्छ। जटिल अन्तर्राष्ट्रिय सप्लाइ चेनमा निर्भर हुन्छ। अहिले सबै लथालिङ्ग भएकाले मेडिकल सामग्रीको अभाव सिर्जना भएको हो। महाव्याधिको केन्द्रबिन्दु चीनको हुबेइ प्रान्त पनि मेडिकल मास्कको उत्पादन केन्द्र थियो। अमेरिकामा स्ट्राटजिक नेसनल स्टकपाइल परिचालन गरिएको छ। यो मेडिकल उपकरणको राष्ट्रिय भण्डार हो जसलाई सबैभन्दा धेरै प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। भण्डार असिमित छैन तर केहि समय राहत हुनेछ। त्यो समयलाई डोनाल्ड ट्रम्पले डिफेन्स प्रोडक्सन एक्ट ब्युँताउन प्रयोग गर्नसक्छन्।

यो प्रयासले अमेरिकी उत्पादकहरू मेडिकल उपकरण उत्पादन गर्न थाल्नेछन्। तर अन्तिम बुधबार यो ऐन ब्युँताए पनि ट्रम्पले त्यसलाई प्रयोग गर्न सकेनन्। यसमा यु.एस. च्याम्बर अफ कमर्स र मुख्य कर्पोरेसनका प्रमुखहरूले यसको विपक्षमा लब्बिङ गरेको बताइएको छ। केहि उत्पादकहरू चुनौतीको सामना गर्न उभिएका छन्। तर उनीहरूको प्रयास सानो छ र असमान वितरण। युनिभर्सिटी अफ नेब्रास्का मेडिकल सेन्टरको सार्वजनिक स्वास्थ्यका डिन अलि खान भन्छन्, “एकदिन यस्तो पनि सुनिने छ कि कुनै शहरका चिकित्सक रूमालले मुख छोपेर काम गरिरहेका छन् र अर्को शहरमा मास्क थुप्रिएको छ।”

जोन हप्किन्स ब्लुमबर्ग स्कूल अफ पब्लिक हेल्थका थोमस इङ्गल्सबी भन्छन्, “देशभरि सामग्री वितरण गर्न विशाल संयन्त्रको खाँचो छ।” व्हाइट हाउसको सानो र अनुभव नभएको टोलीले यो गर्न सक्दैन। डिफेन्स लजिस्टिक एजेन्सीलाई यो कामका लागि परिचालन गर्नुपर्ने उनले बताए। एजेन्सीमा २६ हजार जनशक्ति छ जसले देशबाहिर हुने अपरेसन व्यवस्थापन गर्छ। एजेन्सीले सन् २०१४ को इबोला महामारीलगायत सार्वजनिक स्वास्थ्य संकटमा सहयोग पुर्‍याएको छ।

एजेन्सीले दोश्रो महत्त्वपूर्ण आवश्यकताका लागि पनि समन्वय गर्नसक्छ: कोभिड१९ को व्यापक परीक्षण। पाँच भिन्न अभावले परीक्षण सम्भव भएको छैन: परीक्षण गर्ने व्यक्तिको सुरक्षाका लागि मास्कको अभाव, भाइरल नमूना संकलनका लागि नेसोफ्यारिङ्गल स्वाबको अभाव, नमूनाबाट भाइरसको जेनेटिक सामग्री निकाल्नलाई एक्स्ट्राक्सन किटको अभाव, ती किटमा प्रयोग हुने रासायनिक रिएजेन्ट, र परीक्षणका लागि तालिमप्राप्त जनशक्तिको अभाव। यीमध्ये धेरैजसो अभाव सप्लाइ चेनमा भएको तनावका कारण भएको हो। एक्सट्राक्सन रिएजेन्टका लागि अमेरिका तीनवटा उत्पादकमा भरपर्छ। तर विश्वव्यापी रूपमा अभूतपूर्व माग बढेको बेला तीनवटै असफल भए। यसैबीच, इटालीको लोम्बार्डी युरोपको सबैभन्दा प्रभावित स्थान हो जहाँ नेसोफेरिङ्गल स्वाबको सबैभन्दा ठूला उत्पादक छन्।

केहि अभाव सम्बोधन भइरहेका छन्। निजी प्रयोगशालाले विकास गरेको परीक्षणलाई एफडिएले प्रमाणित गर्न थालेको छ। कम्तिमा एउटाले एक घण्टाभन्दा छोटो समयमा नतिजा दिनसक्छ। एसोसिएसन अफ पब्लिक हेल्थ ल्याबोरेटरिजकी केल्ली रोब्लेस्सकी भन्छिन्, “देशले दिनदिनै क्षमता बढाउँदैछ।” मार्च ६ मा ट्रम्पले भने, “परीक्षण गराउन इच्छुकले परीक्षण गराउन सक्नेछन्।” यो सत्य थिएन। अझै छैन।

उनका सहयोगीले सच्याउन सहयोग गरे। तर हुँदै नभएको परीक्षण गराउन अस्पतालमा चिन्तित व्यक्तिहरूको भीड लाग्यो। “लक्षण नै नदेखिए पनि वा खोकिरहेका कुनै व्यक्तिको छेउमा बसेका व्यक्ति पनि परीक्षण गराउन चाहन्थे,” जर्ज मेसन विश्वविद्यालयका सास्किया पोपेस्क्युले भनिन्। उनी अस्पताललाई महाव्याधिका लागि तयार गर्ने काम गर्छिन्। अन्यलाई रूघाखोकी मात्रै लागेको थियो। उनीहरूको परीक्षण गर्न चिकित्सकले यसअघि नै अभाव भइरहेको मास्क प्रयोग गर्नुपर्‍यो। “यसले स्वास्थ्य स्याहार प्रणालीमा साँच्चिकै तनाव उत्पन्न भयो,” पोपेस्कयुले भनिन्। क्षमता बढ्दै गएको छ तर अहिले पनि सावधानीपूर्वक परीक्षण गर्नुपर्छ। स्वास्थ्यकर्मी र अस्पतालमा भर्ना भएका बिरामीको जाँच गर्नु नै पहिलो प्राथमिकता भएको हार्वर्ड विश्वबिद्यालयका मार्क लिपसिचले बताए। तत्कालको संकट केहि सहज भए मात्रै परीक्षणलाई व्यापक बनाउनुपर्छ।

यसका लागि समय लाग्छ। त्यतिञ्जेल महाव्याधि कि स्वास्थ्य प्रणालीको क्षमताभन्दा धेरै फैलिसकेको हुन्छ नभए नियन्त्रण गर्न सकिने स्तरसम्म सुस्त भइसक्नेछ। यो र देशको भविष्य अब तेश्रो आवश्यकतामा भरपर्छ सामाजिक दुरी। यसलाई यसरी सोचौं अहिले दुई थरिका अमेरिकी छन्। एउटा समूहमा स्वास्थ्य प्रतिकार्यमा संलग्न सबैजना पर्छन्। उनीहरूले बिरामीको उपचार गर्छन्, परीक्षण सञ्चालन गर्छन् वा आवश्यक सामग्री उत्पादन गर्छन्। अर्को समूहमा बाँकी सबै पर्छन्। उनीहरूको काम हो पहिलो समूहका लागि समय उपलब्ध गराउने। रोग सर्ने सबै माध्यम बन्द गर्न दोश्रो समूहले एकान्तबास अपनाउनुपर्छ। यसले “फ्ल्याटन द कर्भ” हुने सम्भावना बढ्छ। यसो गर्नु एकदमै महत्त्वपूर्ण छ। यो क्रम थुप्रै सातासम्म गर्नुपर्छ।

पुरै देशलाई स्वेच्छिक रूपमा घरभित्र बस्न फकाउनु सजिलो छैन। व्हाइट हाउसबाट प्रष्ट निर्देशन नभएपछि, मेयर, गभर्नर र व्यवसायी आफैं निर्णय गर्न बाध्य छन्। केहि राज्यले ठूला भेला निषेध गरेका छन्। विद्यालय र रेस्टुरेन्ट बन्द गरेका छन्। कम्तिमा २१ राज्यले बाध्यकारी क्वारेन्टाइन संस्थागत गरेका छन्। मानिसहरू घरभित्र बस्न बाध्य छन्। तर अझै धेरै नागरिक सार्वजनिक स्थलमा भीड बढाइरहेका छन्।

यस्तो समयमा जतिबेला धेरैको बलिदानमा सबैको भलो हुन्छ प्रष्ट समन्वयको ठूलो महत्त्व हुन्छ यो चौथो आवश्यकता हो। सर्वसाधारणलाई सामाजिक दुरी कायम राख्न लगाउँदा उनीहरूलाई आश्वासन र सुसूचित पनि गराउनुपर्छ। यसको साटो ट्रम्पले समस्यालाई बेवास्ता गर्दै आएका छन्। सबै नियन्त्रणमा भएको उनले बताउँदै आए। तर यस्तो थिएन। संक्रमण शुन्य नजिक पुग्ने पनि उनले बताए। तर संक्रमण निरन्तर बढिरहेको थियो। उनको झूठले संकट अझ बढेको छ। व्हाइट हाउसको प्रेस रूमबाहिर ट्रम्पलाई नेसनल इन्स्टिट्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक एन्थोनी फोसीले सल्लाह दिइरहेका छन्। नयाँ महामारी’bout फोसीले रोनाल्ड रिगनदेखि सबै राष्ट्रपतिलाई सल्लाह दिएका छन्। अहिले पनि कोभिड१९ को कार्यदलमा छन् जसले दिन बिराएर ट्रम्पसँग बैठक गर्छ।

“उनको आफ्नै शैली छ, त्यससरी बुझौं,” फोसीले मलाई भने,“तर मैले अहिलेसम्म दिएका सुझावलाई उनले सुनेका छन्।” तर ट्रम्प डगमगाएजस्तो देखिन्छन्। केहि दिनयता अर्थतन्त्र जोगाउन सामाजिक दुरीको नीतिलाई उल्ट्याउन तयार भएको संकेत दिएका छन्। विज्ञ र व्यावसायिक नेतृत्त्वले उस्तै रेटोरिक प्रयोग गरे। न्युन जोखिम भएका व्यक्तिलाई काममा फर्किन दिइए वृद्धजस्ता उच्च जोखिममा भएका व्यक्तिको सुरक्षा गर्न सकिने उनीहरूको तर्क छ। यस्तो विचार आकर्षक त छ तर यसमा खोट छ। व्यक्तिको जोखिम मुल्याङ्कन गर्ने हाम्रो क्षमता बढि भएको र उच्च जोखिमा भएका व्यक्तिलाई कसैगरि बाँकी समाजबाट अलग्गै राख्ने कुरा गर्छ। कम जोखिम भएका समूहलाई भाइरसले कति नराम्रो प्रभाव पार्नसक्छ। कम उमेरको जनसंख्या बिरामी हुन थाले अस्पतालमा पर्ने चापलाई यसले कम आँकलन गरेको छ।

पेन्सिलभेनिया विश्वविद्यालयको नयाँ विश्लेषण अनुसार सामाजिक दुरीले संक्रमण दरलाई ९५ प्रतिशत कम गरे पनि नौ लाख ६० हजार अमेरिकीलाई सघन उपचारको आवश्यकता पर्नेछ। अमेरिकामा करिब एक लाख ८० हजार भेन्टिलेटर छ। भेन्टिलेसनमा राखिएका करिब एक लाख बिरामीलाई हेर्ने रेस्पिरेटरी थेरापिस्ट र सघन उपचार कर्मचारी मात्रै उपलब्ध छन्। सामाजिक दुरीको ख्याल नराख्नु मुर्खता हुनेछ। झन् अहिले, परीक्षण र सुरक्षाका उपकरणको अभाव भएको बेला विध्वंसात्मक हुनसक्छ। ट्रम्प दृढ रहे, अमेरिकी नागरिकले सामाजिक दुरी कायम राखे, परीक्षण गर्न सकिए र पर्याप्त मात्रामा मास्क उत्पादन गर्न सके, कोभिड१९ को भयावह पूर्वानुमानलाई पन्छाउन सकिनेछ। अस्थायी रूपमै भए पनि विश्वव्याधिलाई नियन्त्रण गर्न सकिनेछ। यसमा कति समय लाग्ला, कसैलाई थाहा छैन तर चाँडै हुने सम्भावना देखिदैंन। “चारदेखि ६ साता, वा तीन महिना पनि लाग्नसक्छ,” फोसीले भने,“तर मलाई त्यतिमा खासै विश्वास छैन।”

२. दि एन्डगेम / उत्कर्ष

उत्कृष्ट प्रतिकार्यले पनि विश्वव्याधि अन्त्य हुनेछैन। भाइरस कतै बाँकी रहेसम्म कोही एक संक्रमित यात्रुले निभेको आगो सल्काउने सम्भावना रहिरहनेछ। भाइरस नियन्त्रण गरेजस्तो देखिएका चीन, सिंगापुर र अन्य एसियाली देशमा यस्तै भइरहेको छ। यस्तो अवस्थामा तीन सम्भावित उत्कर्ष छन्: पहिलो असम्भवप्राय: छ, दोश्रो एकदमै खतरनाक छ र तेश्रो एकदमै लामो छ। पहिलो सम्भावनाको कुरा सबै देशले एकसाथ भाइरस नियन्त्रण गर्नेछन्।

सन् २००३ को सार्स पनि त्यस्तै भएको थियो। कोरोनाभाइरसको विश्वव्याधि कति व्यापक फैलिएको छ र विभिन्न देशहरूको अवस्था कति चिन्ताजनक छ त्यसको आधारमा विश्वव्यापी “सिङ्क्रोनस” नियन्त्रणको सम्भावना एकदमै न्युन छ। दोश्रोमा सम्भावित उत्कर्षमा कोरोनाभाइरसले अघिल्ला फ्लु महाव्याधिजस्तै नतिजा ल्याउनेछ: विश्वभरि फैलिनेछ र पर्याप्त मात्रामा प्रतिरोधात्मक क्षमता भएका सर्भाइभर बाँकी रहनेछन्। भाइरसलाई उपयुक्त होस्ट पत्ता पाउन कठिनाइ हुनेछ। यो “हर्ड इम्युनिटी” अवस्था चाँडो हुनेछ र लोभलाग्दो पनि छ। तर यसका लागि ठूलो मुल्य चुकाउनुपर्नेछ: सार्सकोभ२ फ्लु भाइरसभन्दा छिटो सर्छ र प्राणघातक पनि छ। यसले लाखौंको ज्यान लिनेछ। संसारभरिको स्वास्थ्य प्रणाली तहसनहस पार्नेछ। संयुक्त अधिराज्यले यो रणनीति’bout विचार गरेजस्तो देखिन्थ्यो। तर त्रासदपूर्ण नतिजा खुलेपछि पछि हट्यो। अब अमेरिकाले त्यस’bout विचार गरेजस्तो छ।

तेश्रो सम्भावना के हो भने विश्वले जहाँ रोग देखिन्छ, त्यहि हस्तक्षेप थाल्नेछ। खोप उत्पादन नभएसम्म यस्तै चलिरहनेछ। यो सर्वोत्तम विकल्प हो तर सबैभन्दा लामो र जटिल पनि छ।सबैभन्दा पहिले यो सबै खोप उत्पादनबाट सुरू हुन्छ। फ्लुको महाव्याधि भएको भए सजिलो हुनेथियो। विश्वसँग फ्लुको खोप बनाउने अनुभव छ। प्रत्येक वर्ष गर्छ पनि। तर कोरोनाभाइरसका लागि अहिलसम्म कुनै खोप उपलब्ध छैन। यी भाइरसले सामान्य वा मध्यम खाले रोग निम्त्याउने देखियो, त्यसैले अब अनुसन्धाताले सुरूबाटै काम गर्नुपर्छ। सुरूआती कदम निकै छिटो देखिएको छ। अन्तिम सोमबार मोडेर्ना र नेसनल इन्स्टिट्युट अफ हेल्थले बनाउको सम्भावित खोप प्रारम्भिक क्लिनिकल परीक्षणमा गयो। पहिलो पटक भाइरसको “जीन सिक्वेन्सिङ” गरेदेखि चिकित्कसकले व्यक्तिलाई खोप लगाएको समयावधिमा ६३ दिनको अन्तर छ। “यो विश्व किर्तिमान हो,” फोसीले भने।

त्यसपछि आएका थुप्रै सुस्त प्रगतिबीच यो सबैभन्दा छिटो कदम हो। प्रारम्भिक परीक्षणले खोप सुरक्षित भएनभएको मात्रै बताउनेछ। यसले रोग प्रतिरोधात्मक प्रणालीलाई परिचालन गर्नसक्छ वा सक्दैन त्यो पनि खुल्नेछ। त्यसपछि खोपले सार्सकोभ२ को संक्रमण साँच्चिकै रोक्न सक्छ वा सक्दैन त्यो जाँच्नुपर्नेछ। गम्भीर दुष्प्रभाव हुँदैन भनेर उनीहरूले पशुमा परीक्षण गर्नुपर्नेछ। ठूलो परिमाणमा परीक्षण गर्नुपर्नेछ। कति मात्रा आवश्यक हुन्छ, कति पटक खोप लगाउने, वृद्धका लागि कति प्रभावकारी हुन्छ र त्यसको प्रभावकारिता बढाउन अन्य रसायन आवश्यक पर्छ वा पर्दैन भनेर पनि पत्ता लगाउनुपर्छ।

“खोपले काम गरे पनि विशाल परिमाणमा उत्पादन गर्नलाई सजिलो उपाय छैन,” गाभीका सेथ बर्क्लीले भने। ’cause मोडेर्नाले खोपको नयाँ पद्धती प्रयोग गरिरहेको छ। हाल उपलब्ध खोपले शरिरमा “इनएक्टिभेटेड“ वा “फ्रेग्मेन्टेड” भाइरस पठाउँछ। यसले समयभन्दा अघि नै रोग प्रतिरोधात्मक प्रणालीलाई आफ्नो प्रतिरक्षा तयार गर्न सहयोग गर्छ। मोडेर्नाको खोपमा सार्सकोभ२ को “जेनेटिक मटिरियल” थोरै हुन्छ। यो त्यसको आरएनए हो। शरिरले त्यो सानो अंशलाई प्रयोग गरेर आफ्नै “भाइरल फ्र्याग्मेन्ट” निर्माण गर्छ जुन पछि रोग प्रतिरोधातमक प्रणालीको तयारीको आधार बन्दछ। यो पद्धती पशुमा कामा गर्छ र व्यक्तिमा पुष्टि भएको छैन।

फ्रान्सेली वैज्ञानिकहरू दादुराको विद्यमा खोप “मोडिफाइ” गर्ने प्रयासमा छन्। उनीहरूले नयाँ कोरोनाभाइरसको टुक्राहरू प्रयोग गरिरहेका छन्। “यसको फाइदा के हो भने, भोलि सयौं मात्रा आवश्यक भए, विश्वका धेरै कारखानालाई उत्पादन गर्ने तरिका’bout थाहा हुन्छ,” बर्क्लिले भने। जुनसुकै रणनीति छिटो होट्ठ्, प्रमाणित खोप विकास गर्न १२ देखि १८ महिना लाग्ने बर्क्लि र अन्यको अनुमान छ। त्यसलाई तयार गर्न, शिप्पिङ र व्यक्तिको पाखुरामा लगाउन अझ धेरै समय लाग्नेछ। त्यसो भए नयाँ कोरोनाभाइरस लामो समयसम्म अमेरिकी जीवनको अंश बन्नेछ, कम्तिमा एक वर्षका लागि। यदि अहिलेको सामाजिक दुरी प्रभावकारी भए, सामान्य अवस्थामा फर्किनलाई पर्याप्त समय हुनेछ।

कार्यालयहरू भरिनेछन् र बार पनि भरिभराउ हुनेछ। विद्यालय खुल्नेछन् र साथीभाइको पुनर्मिलन हुनेछ। तर यथास्थितीवाद फर्किए भाइरस पनि फर्किनेछ। यसको अर्थ यो होइन सन् २०२२ सम्म समाज निरन्तर लकडाउनको परिस्थितीमा हुनुपर्छ। तर “सामाजिक दुरीको थुप्रै अवधि कायम राख्न हामी तयार हुनुपर्छ,” हार्वडका स्टिफन किस्लरले भने। आउने वर्षहरूमा सामाजिक उथलपुथलको आवृत्ति, अवधि र समय लगायत भाइरसको दुई गुणमा निर्भर हुनेछ, दुवै हाललाई अज्ञात छ।

पहिलो: सिजनाबिलिटी अर्थात् मौसम। कोरोनाभाइरस जाडोको संक्रमण हो। गर्मी लागेसँगै कमजोर बन्ने वा हराउँदै जाने हुन्छ। सार्सकोभ२ को सवालमा पनि यो सत्य हुनसक्छ तर मौसममा आउने परिवर्तनले भाइरसलाई सुस्त नबनाउन सक्छ। “उत्तरी गोलार्द्धमा गर्मीले भाइरसको प्रसारलाई कस्तो प्रभाव पार्छ सबै हेर्न चाहन्छ्,” हार्वड मेडिकल स्कूल र बोस्टन चिल्ड्रेन्स हस्पिटलकी माया मजुम्दारले भनिन्।

दोश्रो: प्रतिरोधात्मक क्षमताको अवधि। रूघाखोकीजस्तो लक्षण हुने सामान्य मानवीय कोरोनाभाइरसले व्यक्ति संक्रमित भए, उनीहरूको प्रतिरोधात्मक क्षमता एक वर्षभन्दा कम समयका लागि प्रभावकारी हुन्छ। यसको विपरीत वास्तविक सार्स भाइरसबाट संक्रमित थोरै व्यक्ति, जुन अति गम्भीर थियो, त्योभन्दा लामो समयसम्म “इम्युन” रहे। सार्सकोभ२ कतै बीचमा हुन्छ भन्ने मान्दा, संक्रमितबाट निको हुनेहरू एकाध वर्षका लागि “इम्युन” रहनेछन्। यसलाई पुष्टि गर्न वैज्ञानिकहरूले सहि “सेरोलोजिकल” परीक्षण विकास गर्नुपर्छ जसले प्रतिरोधी क्षमता विकास गर्ने एन्टिबडि खोजी गर्नेछ। त्यस्ता एन्टसबडिले भाइरसको संक्रमण हुने वा फैलिने क्रम रोकिनेछ भनेर पनि पुष्टि गर्नुपर्छ। त्यसो हो भने, “इम्युन” नागरिक काममा फर्किन सक्छन्। जोखिममा रहेका व्यक्तिको स्याहार गर्न सक्नेछन्। सामाजिक दुरीकाबीच अर्थतन्त्रलाई टेवा दिन सक्नेछन्।

त्यसबीच वैज्ञानिकहरू एन्टिभाइरल औषधि विकास गर्न सक्छन्। तर त्यस्तो औषधि दुर्लभ रामबाण हुन्छन् र दुष्प्रभावको सम्भावना हुन्छ। प्रतिरोधको जोखिम पनि हुन्छ। अस्पतालले आवश्यक सामग्री भण्डारण गर्नसक्छ। भाइरस नियन्त्रण गर्न परीक्षण किटहरू व्यापक वितरण गर्न सकिन्छ। अमेरिकाले सार्सकोभ २ को आक्रमण फेरि हुन दिनु हुँदैन। त्यसैले सामाजिक दुरी कार्यान्वयन हुनुपर्छ।

एरोन इ. क्यारोल र आशिष झाले हालै लेखेका छन्,“सकेसम्म विद्यालय र व्यवसाय खोल्नुपर्छ। अवरोध असफल भए चाँडोभन्दा चाँडो बन्द गर्नुपर्छ। संक्रमितको पहिचान भए र उनीहरूलाई एकान्तबासमा राखे फेरि खोल्नुपर्छ। प्रतिरोध गर्नुभन्दा हामी बढि आक्रामक हुनसक्छौं।” हर्ड इम्युनिटी होस् वा खोपको लामो समयको प्रतिक्षा, भाइरसलाई फैलिन निकै कठिन छ। यो हराउने सम्भावना पनि कम छ। भाइरस परिवर्तन भएसँगै खोप पनि अद्यावधिक हुनुपर्छ। फ्लुमाजस्तै खोप नियमित रूपमा लगाउनुपर्छ। नमूना अध्ययनहरूले केहि वर्षको अन्तरमा देखापर्ने देखाएको छ।
“तर म के आशा गर्छु भने यसको गम्भीरुता घट्दै जानेछ अनि सामाजिक उथलपुथल थोरै मात्रै हुनेछ,” किसलरले भने। भविष्यमा कोभिड१९ आजको फ्लुजस्तो होला। हरेक जाडोमा दोहोरिने रोगजस्तै। खोप भए पनि जेनरेसन सिले लगाउने छैनन्। यसको अभावले उनीहरूको संसार कसरी नाटकिय रूपमा परिवर्तन भएको थियो बिर्सने छन्।

३. परिणाम

त्यो बिन्दुमा पुग्ने कार्य, त्यो पनि सकेसम्म थोरैको ज्यानको मुल्यमा, कठिन छ। सहकर्मी एन्नी लोरीले लेखे अनुसार अर्थतन्त्रमा आकस्मिक र गम्भीर प्रभाव परेको छ। यस्तो कसैले पनि अनुभव गरेका थिएनन्। अमेरिकामा पाँचमध्ये एकले रोजगार गुमाएको छ। होटेल खाली छन्। एयरलाइन्स ग्राउन्डेड छन्। रेस्टुरेन्ट र अन्य साना व्यवसाय बन्द हुँदैछन्। असमानता बढ्दै जाने छ। सामाजिक दुरीबाट न्युन आय भएकाहरू सबैभन्दा धेरै प्रभाविति हुन्छन्। गम्भीर संक्रमणको जोखिम बढाउने दीर्घरोगले पनि उनीहरूलाई नै बढि सताउनेछ। रोगहरूले शहर र समाजलाई धेरै पटक अस्थितर बनाएको छ। तर अमेरिकामा यस्तो नभएको लामो भएकव वा अहिलेकोजस्तो अवस्था पहिले कहिले नभएको युसी बर्क्लीकी इतिहासविद् इलेना कोनिसले बताइन्। “हामी आधुनिक शहरमा बस्छौं। मानिसहरू लामो दुरी यात्रा गर्छन् र परिवार अनि कामदेखि टाढा बस्छन्।” संक्रमण घटेसँगै महाव्याधिको मानसिक स्वास्थ्य समस्याहरू आउनेछन्। गहिरो डर र अनिश्चितताबीच मानिसहरू मानवीय सम्पर्कबाट टाढा भइरहेका छन्। आलिङ्गन, हात मिलाउने र अन्य सामाजिक रिती अहिले खतरा बनेको छ।

तनाव वा “अब्सेसिभकम्पल्सिभ डिस्अर्डर” भएका व्यक्ति समस्यामा छन्। सार्वजनिक जीवनबाट टाढा वृद्धहरू अझ टाढा हुन बाध्य छन्। यसले उनीहरूको एक्लोपन अझ झांगिएको छ। एसियाली नागरिक विभेदको शिकार बन्दैछन्। राष्ट्रपति नै नयाँ कोरोनाभाइरसलाई चिनियाँ भाइरस भन्दैछन्। असुरक्षित आवासमा बस्न बाध्य भएकाले घरेलु हिंसा र बाल शोषण बढ्ने देखिन्छ। अहिलेसम्म भाइरसले खासै प्रभाव नपारेको बाल शरिरले मानसिक अभिघात सहने सम्भावना बढि छ। महाव्याधिपछि कोभिड१९ बाट निको भएकाहरू लाञ्छनाबाट प्रताडित हुनेछन्, जसरी इबोला, सार्स र एचआइभी संक्रमित भएका थिए। स्वास्थ्यकर्मीलाई निको हुन समय लाग्नेछ। सार्सले टोरोन्टो आक्रान्त भएपछि महामारीको प्रतिकार्यमा खटिएकाहरू कम उत्पादक भएका थिए। उनीहरू बर्नआउट र पोस्टट्रम्याटिक स्ट्रेसबाट पीडित थिए। क्वारेन्टनको घाउ जीवनभरि बोक्नेहरू पनि हुनेछन्।

“केही व्यक्ति घर छाड्न अस्वीकार गर्ने गरेको वुहानका मेरा सहकर्मीले लेखेका छन्। उनीहरू एगोराफोबियाग्रस्त रहेको बताएका छन्,” ब्रिटिश कोलम्बिया विश्वविद्यालयका स्टिभन टेलरले बताए। उनी साइकोलोजी अफ प्यानडेमिक्सका लेखक हुन्। सेन्टर फर अ न्यु अमेरिकन सेक्युरिटीका रिचर्ड डान्जिग भन्छन्,”तर यो अभिघातपछि धेरै सम्भावना खुलेको छ।” छुट्टै बस्नुपर्ने बाध्यता भए पनि समुदाय एकत्रित र एकजुट हुने नयाँ तरिका खोजिरहेको छ। स्वास्थ्य सम्बन्धी सोंच पनि परिवर्तन हुनसक्छ। एचआइभी र एड्सको उदयसँगै “महामारीको संघारमा यौन परिपक्वता अनुभव गरिरहेका युवाले यौन व्यवहारमा पूर्णतया परिवर्तन ल्याए,” कोनिसले बताइन्। “कन्डमको प्रयोग सामान्य बन्यो। सरूवा यौन रोगको परीक्षण मूलधार बन्यो।” त्यसरी नै महामारीका कारण २० सेकेन्डसम्म हात धुने व्यवहार पनि अहिले सोंचेभन्दा सामान्य बन्दै जाने कोनिसले बताइन्।

महाव्याधिले सामाजिक परिवर्तन पनि ल्याउनसक्छ। व्यक्ति, व्यवसाय र संस्थाहरू घरबाट काम गर्ने, अपांगता व्यक्तिका लागि कन्फरेन्सकल गर्ने, उपयुक्त बिरामी विदा र लचिलो बाल स्याहार प्रबन्ध मिलाउन अभ्यस्त हुन थालेका छन्। नर्थवेस्टर्न विश्वविद्यालयकी मानवशास्त्री आदिया बेन्टन भन्छिन्,“कसैले बिरामी भए घरै बस भनेको मैले पहिलो पटक सुनें।” सम्भवत: विश्वभरिका देशले पूर्वतयारी भनेको मास्क, खोप र परीक्षण मात्रै नभएको सिक्नेछन्। श्रम नीति तथा स्थिर र समान स्वास्थ्य स्याहार प्रणाली पनि महत्त्वपूर्ण भएको उनीहरूले बुझ्नेछन्। स्वास्थ्यकर्मी र सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूले अमेरिकाको सामाजिक रोग प्रतिरोधात्मक प्रणाली तयार गर्छन् र यो प्रणाली दमित छ भन्ने सबैलाई ज्ञात हुनेछ।

कोभिड १९ पछि अमेरिकी पहिचानका पक्ष’bout पुनर्विचार गर्नुपर्ने हुनसक्छ। महाव्याधिको क्रममा देशका धेरै मुल्यमान्यताहरू विपरीत भएको देखियो। व्यक्तिवाद, अपवाद, प्रतिरोधसँगै मन लागेको गर्ने व्यवहारले घर भित्रै बसेर जीवन बचाउने समयमा केहि बार र क्लबमा भेला भए। ९/११ को आतंकवादी हमला भोगेका अमेरिकीले डरसँग नबाँच्ने निधो गरे। तर सार्सकोभ२ लाई उनीहरूको कोशसँग मात्रै मतलब छ। वर्षौंसम्मको एकाङ्की “रेटोरिक” ले पनि प्रभाव पारको छ। चमेरा खाने र अधिनायकवादी चीनलाई टाढा र भिन्न देख्ने नागरिकले आफू पनि त्यहि अवस्थामा पुगिन्छ भन्ने सोचेनन्। (यो संकटप्र६ चीनको प्रतिकार्यको आफ्नै समस्या छन्, तर अर्कै बेला कुरा गरौंला)। “मानिसहरू नियन्त्रणले काम गर्छ भन्नेमा विश्वस्त थिए,” वेन्डी पार्मेटले भनिन्। उनी नर्थइस्टर्न विश्वविद्यालयमा कानून र सार्वजनिक स्वास्थ्य अध्ययन गर्छिन्।

“हामी उनीहरूबाट टाढा रहन्छौं अनि हामीलाई केहि हुँदैन। यस्तो एकाङ्कीवाद र जातीयवादमा विश्वास राखने राजनीतिका कारण महाव्याधिको समयमा झन् बढि जोखिम हुन्छ।”अघिल्ला महाव्याधिका भुक्तभोगीहरूले अमेरिकी समाज सन्त्रास र बेवास्ताको चक्रमा फसेको चेतावनी दिएको धेरै भइसक्यो। एन्थ्राक्स, सार्स, फ्लु, इबोला जुनसुकै संकटपछि ध्यानाकर्षण हुन्छ र लगानी पनि गरिन्छ। तर शान्तिको छोटो समयपछि स्मरणशक्ति कमजोर हुन्छ र बजेट पनि बेपत्ता हुन्छ। यो प्रवृत्तिले रातो र निलो प्रशासनग्रस्त छ। “न्यु नर्मल” स्थापना भएपछि, असामान्य फेरि एकपटक अकल्पनीय हुनपुग्छ। तर कोभिड१९ ले अझ चरम र दिगो परिवर्तन ल्याउनेछ भन्ने सोंच्नुपर्ने कुनै कारण छैन। पछिल्ला दशकका प्रमुख महामारीले अमेरिकालाई खासै प्रभाव पारेन। चाहे त्यो सार्स होस्, वा मर्स वा इबोला।निश्चित व्यक्तिको समूहमा पनि सिमीत रह्यो।

तर कोभिड१९ महाव्याधिले सबैलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ। उनीहरूको दैनिक जीवन परिवर्तन भएको छ। त्यसैले कोभिड१९ अन्य रोगबाट भिन्न मात्रै नभएर हाम्रो समयको अन्य प्रणालीगत चुनौतीबाट पनि भिन्न छ। कुनै प्रशासनले जलवायु परिवर्तनलाई बेवास्ता गरे, त्यसका प्रभाव, त्यसको प्रभाव वर्षौंसम्म थाहा हुँदैन। त्यसको विश्लेषण पनि सजिलो हुने छैन। सबैले उपचार गर्न पाउनेछन् भनेर राष्ट्रपतिले भन्नु र एक दिनपछि कसैले गर्न नपाउनु भिन्न कुरा हो। महाव्याधि लोकतान्त्रिक अनुभव हो। शक्ति र सुविधाले संकटबाट सुरक्षा दिने व्यक्ति क्वारेन्टाइनमा छन्। संक्रमित भइरहेका छन् र प्रियजन गुमाइरहेका छन्। सिनेटर बिरामी परेका छन्। सार्वजनिक स्वास्थ्य निकायको बजेट रोक्नु, विशेषज्ञता गुमाउनु र अस्पतालको चापले आक्रोशपूर्ण विचार मात्रै नभएर काम अनिश्चितताको संकेत गरिरहेका छन्। ९/११ पछि सारा संसार आतंकवाद विरूद्ध लाग्यो। कोभिड १९ पछि सबैको ध्यान सार्वजनिक स्वास्थ्यमा केन्द्रित हुनसक्छ। भाइरोलोजी र भ्याक्सिनोलोजीमा लगानी बढेको देख्न चाहन्छु। सार्वजनिक स्वास्थ्यका कार्यक्रममा भर्ना लिने विद्यार्थीको संख्या बढेको देख्न चाहन्छु। मेडिकल सामग्रीको धेरैभन्दा धेरै घरेलु उत्पादन देख्न चाहन्छु। संयुक्त राष्ट्र संघको महासभामा महाव्याधिले एजेन्डाको प्राथमिकता पाएको देख्न चाहन्छु। एन्थोनी फोसी अहिले घरघरमा चिनिन्छन्। “प्रहरी वा अग्निनियन्त्रक के हो सजिलै भन्न सक्नेले अब इपिडेमियोलोजिस्ट के हो बुझ्न थालेका छन्,” जोन होप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटीकी मेडिकल एन्थ्रोपोलोजिस्ट मोकिन स्कोचस्पानाले बताइन्।

यस्तो परिवर्तन मात्रैले पनि विश्वलाई टार्न नसकिने अर्को रोगबाट बचाउन सक्छ। “सार्सलाई जितेका देशमा यस’bout सार्वजनिक सचेतना थियो जसले उनीहरूलाई तत्काल प्रतिकार्य गर्ने अवस्था सिर्जना गर्‍यो,” इबोला संकटताका काम गरेका रोन क्लाइनले भने,“अमेरिकामा अहिले यस्तो त कहिले पनि देखेको थिइनँ भन्नेहरू धेरै छन्। हङकङमा त्यस्तो कसैले पनि भनेनन्।” महाव्याधिले के गर्नसक्छ अमेरिका र बाँकी विश्वले प्रष्ट देखिरहेको छ। यो अनुभवबाट अमेरिकाले सिक्ने पाठ’bout पूर्वानुमान लगाउन गाह्रो छ। विशेष गरि अनलाइन एल्गोरिदम र एकपक्षीय प्रसारकहरूले आफ्नो दर्शक, श्रोता वा पाठकको पूर्वाग्रह अनुरूप समाचार सम्प्रेषण गरिरहेको समयमा झनै गाह्रो छ। आउने महिनामा यस्ता आयाम महत्त्वपूर्ण हुने इलान गोल्डेनबर्गले बताए। उनी सेन्टर फर अ न्यु अमेरिकन सेक्युरिटीका विदेश नीति विशेषज्ञ हुन्।

“दोश्रो विश्वयुछ वा ९/११ पछिको संक्रमण कुनै नयाँ अवधारणाको झुण्’bout थिएन,” उनले भने,“सोंच र अवधारणा छन् तर अमेरिकी जनताको ठुलो, विशाल परिवर्तन स्वीकार गर्ने इच्छा र तरलताका कारण आउने केहि महिनाका लागि बहस बढि महत्त्वपूर्ण हुनेछ।” सबैले कोभिड१९ लाई परास्त गर्ने अमेरिकाको परिकल्पना गरेका छन्। थुप्रै त्रुटि भए पनि ट्रम्पको “अप्रुभल रेटिङ” बढेको छ। संकटका लागि चीनलाई दोष नदिए, खलनायकका रूपमा प्रस्तुत नगरे हुन्थ्यो भन्ने सोच्नुहोस्। अमेरिकालाई हिरो बनाउनेछन् भन्ने सोंच्नुहोस्। राष्ट्रपतिको दोश्रो कार्यकालमा उनले अमेरिकालाई देशकेन्द्रित गर्नेछन्, नेटो अर अन्य अन्तर्राष्ट्रिय गठबन्धनबाट बाहिर आउनेछन्, वास्तविक र आलङ्कारिक भित्ता ठड्याउनेछन्, र अन्य देशबाट लगानी झिक्नेछन्। जेनरेसन सि बढ्दै जाँदा, नयाँ पुस्ताको जोखिममा विदेशी महामारीमा कम्युनिस्ट र आतंकवाद पर्नेछन्।

कसैले अमेरिकाले भिन्न पाठ पढ्ने परिकल्पना पनि गर्नसक्छ। सामाजिक दुरीबाट जन्मिएको सामुदायिक भावनाले मानिसलाई घरेलु तथा विदेशी छिमेकीप्रति खुला बनाउनेछ। नोभेम्बर २०२० को निर्वाचनले “अमेरिका पहिले” राजनीतिको खण्डन गर्नेछ। दोश्रो विश्वयुद्धपछिको अवस्थाजस्तै अमेरिका फेरि अन्तर्राष्ट्रिय सहकार्यका लागि अघि बढ्नेछ। स्थिर लगानी र विज्ञहरूको वृद्धिसँगै स्वास्थ्यकर्मीहरू पनि बढ्नेछन्। जेनेरेसन सि इपिडेमियोलोजिस्ट बन्ने सपना’bout निबन्ध लेख्नेछन्। सार्वजनिक स्वास्थ्य विदेश नीतिको मेरूदण्ड हुनेछ। महाव्याधि र जलवायु परिवर्तनजस्ता चुनौती समाधान गर्ने नयाँ विश्वव्यापी साझेदारीको नेतृत्व अमेरिकाले गर्नेछ। सन् २०३० मा सार्सकोभ३ जहिबाट आए पनि एक महिनाभित्र नियन्त्रण हुनेछ।

(लेखक अमेरिकाबाट प्रकाशित हुने दि एटलान्टिकका विज्ञान लेखक हुन। यो लेख हामीले दि एटलान्टिकमा मार्च २५ मा प्रकाशित लेखलाई नेपाली अनुवाद गरेका हौ। काठमाडौँ प्रेस )