कालचक्र
किशोर नेपाल
विचार मात्रैले के हुन्छ ? सोचाइ मात्रैले के हुन्छ ? आज उत्तमकी आमा छैनन । उत्तम छैन । सन्तान मात्रैले के हुन्छ ? एक पाइला टेक्न धर्ती, एक गाँस खान अन्न र आंग छोप्न एकसरो कपडा – शायद मान्छेका लागि सबैभन्दा ठूलो आवश्यकता यत्ति नै हो ।
एकघण्टा पाँच मिनेटदेखी म यो कोठामा रोकिएकोछु । घण्टा र पाँच मिनेट भनेको थोरै होईन । यतिबेलासम्ममा त थुप्रै मान्छेले आत्महत्या गरिसक्छन र ती सवैको सनाखत समेत भइसक्छ । आत्महत्या गर्न के बेर लाग्छ र ? यौटा मसिनो डोरीलाई सुर्कने पार्न कति नै टाइम लाग्छ ? पोहोर या परार साल यौटा लाहुरे दिउँसो ११ बजे गोकर्णमा देखिएको थियो । ११ः३० बजे पशुपतिको जंगलको बिचमा झुण्डिइरहेको भेटियो । एउटा जीवन सकिन केही बेर पनि लागेन । १२ः३० सम्म उसको परिचय पनि पाइ सकिएको थियो । तर आत्महत्या– त्यो उसले किन गर्यो ? यो थाहा पाउन सकिएको थिएन ।
एक घण्टा पाँच मिनेटदेखि म यस कोठामा छु । यद्यपि मेरो त्यति खास काम केही छैन । तैपनि यो कोठामा बस्दा बस्दा मलाई पट्यार लाग्न थालेको छ । कोठाको बनोट पनि त्यस्तै छ । शहरको यौटा प्रसिद्ध गल्लीमा रहेको पुरानो घर भत्काएर त्यही जग्गामा भरखर मात्रै बनिसकेको घर हो यो । उचाँइमा यो चार तल्ला उक्लिएको छ । जुन तल्लामा म छु त्यो दोस्रो हो । घर साँघुरो लाग्दैन र कोठा पनि फराकिलो लाग्दैन । न यसमा सजावट छ ! न श्रृङगार ! यस्तो लाग्छ ः यो भन्दा त पशुपतिनाथको मन्दिर छेउकी चिया पसल्नी मोहिनीको चिया कोठा धेरै राम्रो छ । कम भन्दा कम त्यहाँ दुइ–चार तस्वीर टाँसिएका छन अभिनेत्रीहरुको । कानन कौशल, मधुवाला, आशा पारेख, साधना र वैजयन्ती माला । “खोइ किन हो । यसमा नेपाली हिरोनीको तस्वीर चाहीं छैन,” भन्छे मोहिनी । यिनै तस्वीरको आड र भरोसामा जिउँछे मोहिनी । अभिनेत्रीहरुको तस्वीरको लहरमा उसको पोइको पनि तस्वीर छ । कुनै समय हेड ड्राइभर थियो उसको पोइ । अहिले छैन । केही समय अघिसम्म उ मोहिनीको पोइ पनि थियो– आज छैन ।
म अहिले जुन कोठामा छु – यो तीन खण्डमा बाँडिएको कोठा हो । यसको पहिलो खण्डमा यौटा सानो खालको टेवुल छ । यौटा थोत्रो टाइपराइटर छ । कार्वन पेपरका केही प्रतिहरू भुईंमा छरिएका छन् । दोस्रो खण्डमा जुन टेवल राखिएको छ त्यो मझौला खालको छ – त्यसमा एउटा मान्छे बडो दत्तचित्त भएर कागज माथि घोप्टिएको छ । एक घण्टा पाँच, दस, पन्ध्र मिनेट भइसक्यो, उसले टाउको उठाएको छैन । उ निदाई सकेको हुनुपर्छ । त्यसको मलाइ खासै चासो छैन ।
यो अन्तिम अथवा तेस्रो खण्डमा यौटा ठूलो टेवुल छ । अहिले यो टेवुलमा बस्ने मान्छे आइपुगेको छैन । मलाई उसैसँग भेटनु छ । यसरी खण्ड छुट्टिए पनि, यस कोठालाई बाँडने कुनै बार अथवा कठबार छैन । यो एकछत्त छ ! एकदमै एकछत्त ! यो जुन तेस्रो टेवुल छ– यसको अगाडि लहरै मेच राखिएका छन् । सबभन्दा अन्तिम लहरमा बेन्च राखिएको छ । तेस्रो टेवुलसँग यौटा ह्विलिङ घुम्ने ? गुडने ? कुर्ची ? चियर ? छ । यसको दाँया भागको यौटा दराजमा पुस्तकहरू छन । वाँया भागमा कालो टेलिफोन राखिएको छ । टेवुल रित्तो छ । एउटा पिनको वट्टा पनि छैन । त्यो नभएको हुँदा मेरो यहाँको बसाई अझ कष्टदायी भएको हो । वीचको टेवुलमा कागजमाथि घोप्टेर बसेको मान्छेसँग कुरा गर्ने मेरो चाहना छैन । यस्तो अवस्थामा दाँत कोट्याउनु अर्को विकल्प हुन सक्छ । तर टेबलमा पिन छैन । खल्तीमा सिन्का छैन । कोठाको पूर्वपट्टिका दुई ठूला झ्यालबाट सडक नियाल्न त सकिन्छ । तर यो यौटा भद्र पुरूष कुन्नि कतिबेला आउँछ ? त्यो पनि त थाहा छैन । कतिन्जेल वस्नु दाँत कोट्याएर । समय एकनास चिप्लिदो छ । म यहाँ आएको अब डेढ घण्टा भइसकेको छ । भद्रपुरूषसँग भेटन अरू ३÷४ जना मान्छे आइसकेका छन । म दोस्रो लहरको वाँयावाट गनेर ल्याउँदा चौथो ठहरिने मेचमा आजित बसेको छु । मैले आफू अगाडी बस्ने मान्छेको टोपीका बुट्टागन्ने प्रयत्न गर्न थालेको छु । सम्भवतः यो दुर्वल कुरा होला । भद्रपुरूषलाई पर्खने समयको विनास यो भन्दा उत्तम ढंगले गर्न पनि त सकिदैन ।
मोहिनीको कोठा यस्तो छैन । जुन दिन उसको पोइ हेड ड्राइभर मरेको थियो, त्यसदिन पनि मोहिनीको कोठामा ग्राहक टन्न थिए । उसको जेठो छोरोले – जसले उसलाई आमा भनेर कहिल्यै बोलाएन – आएर भनेको थियो, “दिदी, बा अस्पतालमा छन अरे । रक्सी खाँदा खाँदै अस्पतालमा लगेको रे ।” मोहिनीले त्यतिवेला विषादरहीत बोलेकी थिई “मर्न दे” र, आफनो काममा लागेकी थिइ । वास्तवमा त्यसै साँझ हेड ड्राइभर मरेको थियो । तर मोहिनीको चिया कोठा भित्रको जीवन मरेन । मोहिनीको त्यो चिया कोठामा कुनै अन्तर आएको थिएन ।
हेड ड्राइभर मरेको दुई चार दिनपछि घरमा यौटा देख्दै घिनलाग्दो पिशाचको जस्तो आकृति भएको मानिस मोहिनीको पोइ बनेर आयो । उ दोस्रो पोइ थियो मोहनीको । त्यसपछि मोहिनीका पोइहरू कुन्नी कति जना आए त्यो कसैलाई थाहा छैन । मोहिनी भन्छे “पोइ मेरो शरीरका लागि चाहिएको होइन, यो ठाउँको सुरक्षाका लागि चाहिएको हो । लोग्नेमान्छे भएको घरमा हम्मेसी कसैले होहल्ला र लुटपीटगर्ने आँट गर्दैन ।”
मोहिनीको त्यो अपरिवर्तनीय कोठामा उसका आफनै तस्वीरहरू छन । त्यसपछि फिल्म स्टार, सती सावित्री, जय सन्तोषी माँ, साइबाबा र अरू अखबारका थुप्रै कटिंगहरू टासिएका छन् । सामान्यतः यस चिया कोठामा भूमि साह्रै कम छ । कहिले काँही मोहिनीको च्यालेन्ज स्वीकार गरेर युवकहरू भित्रिने कोठा त यो भन्दा पनि अझै साँघुरो छ । भित्री कोठाको कुरै छाडौं । वाहिरी कोठामा पाँच ओटा तखतामा पाउरोटी, चियाका गिलासहरू, चिया पत्तीको पुरिया, चिनीको भाँडो र तेल राखिएको छ । पाँचौ तखताको माथिल्लो पट्टि भित्तामा हेड ड्राइभरको फ्रेम जडित फोटो छ– धुँवाले धमिलै पारेको ऐना शायद मोहिनीले पुछ्न विर्सेकी छे अथवा त्यो तस्विरमा उसको आँखा परेको छैन र जोगिएको छ ।
पानी दर्केका बेला भिजेर हिड्ने युवतीहरूको शरीरमा कपडा टाँसिएको हेरेर सुख लिन म सक्दिन । यौटा निश्चित अठोट बोकेर म आफ्नो घर फर्कन्छु– जहाँ त्रासदी सधै मलाई पर्खेर बसेको हुन्छ । जहाँ कालो सर्पले सपनामा सँधै सँधैै मलाई डस्छ ।
म कुनै वृत्तमा छैन, मेरो कुनै घर छैन, कुनै परिवार छैन र बाँच्ने समय छैन । म सम्पूर्ण सन्दर्भहरूवाट मुक्त छु यस बेला । मलाई चौपट्टै न्यास्रो लागेको छ । यो चौकोर शून्यमा म आफ्नो हातगोडा फैलाउँदै छु । थाहा पाएको छु, तमाम सन्दर्भहरुले मलाइ जीवनदेखि संत्रस्त मानिस ठहर्याएको छ । मृत्युको अनुभूतिमात्रै पनि मेरा लागि सुखद भैरहेको छ । हरेक बिषयले मलाई वाक्क ब्याक्क पारेका छन् । जुन घटनाहरूलाई मैले आफ्नो सहज चेतनाको विस्फोट भनेर मीठो स्वाद भोगेको थिएँ, त्यसको अचेतना र तिक्तताले मलाई डाँको छोडेर रूने तुल्याएका छन् । मेरो सारा भ्रमबाट म मुक्त छु । म समयलाई कोट्याउन खोज्छु– समय सायद महाशून्य हो ।
उमेरका अधिकांश दिन बितिसकेपछि बाँकी केही रहन सक्दैन । जीवन थाक्दैमा बितिहाल्ने पनि के हुँदो रहेछ र ? आजबाट प्रारम्भ भएको विखण्डन र विस्थापनमा ती दिन हराउने छन् । म आफैसँग प्रश्न गर्न सक्दिन, मलाइ कहाली लागेर आउँछ । हुनसक्छ, म कुनै यस्तो अचुम्बकीय क्षेत्रमा छु जहाँ ’round, यता–उताको कुनै आधार रहँदैन ।
मोहिनी, अष्टमंगल, वकिल, निलु, दुर्गी र इश्वरी र म । म ती तमाम मानिसका आँखाहरू सम्झन्छु– ती आँखा जो जो सँग मैले दुइमिनेट गफ गरेको छु, चिया पिएको छु, अथवा मात्तिएको छु । नशाका उन्मादहरूपछि जो मेरो स्मृतिमा जीवन्त छन् । ती अनन्त गीँडहरूलाई म सम्झिन्छु । यहाँ त म आफै पनि कुन्नी कतिपल्ट गिंडिइसकेको छु ।
मैले कति अन्धकार प्रश्नको जवाफ दिन सकेको छैन । जस्तो कि एउटा हातले ठर्राको गिलास र अर्को हातको मुड्की उज्याएर गरिने राजनीति र त्यसको व्याख्यान; न्याय–अन्याय, क्रमको निर्माण र क्रमहीनता । माक्र्स, हेगल लेनिन, नित्से । म सँग कुनैको पनि जवाफ छैन । नसाले मातेका अनुहारहरूमा देखापर्ने पीडाको मुखुण्डो कति सार्थक र सक्कली हुन्थ्यो– मलाई थाहा छैन । तथाकथित राजनीतिका सक्रिय कार्यकर्ताहरूले देश, गाउँ र सामान्य जीवनको मैलो र फाटेको कपडालाई कति सुकिलो र महंगो बनाएर पहिरेका छन– म सँग त्यसको पनि लेखाजोखा छैन । म अनेक श्रीमानहरू सम्झिन्छु । संझनाले मेरो सर्वाङ्ग घीनको हिलोमा पछारिन्छ । सम्झना त्यस्तो घाउ हुन सक्दछ जुन वाहिरबाट निको भएको देखिन्छ । भित्रभित्रै पाकेर पछि संगीन पल्टिन सक्छ । म साँझ वितेको बहुमुूल्य साढे तीन घण्टा सम्झिन्छु । घरमा पस्ने वित्तीकै निथ्रुक्क भिजेको कपडा फुकालेर निर्चोछु । यौटा छाता किन्न कहिल्यै सकिएको होइन । म वकिल सम्झन्छु,– जोे सनक चढेका बेला दस रूपियाँको कडक नोट वालेर चुरोट सल्काउथ्यो । हो त हेड ड्राइभर पनि यस्तै सनकी थियो । भोक लागेकाहरूलाई पेटभर दही च्यूरा ख्वाएपछि– जब उसको जयजयकारले पशुपतिको ढोकामा निश्चित प्रतिध्वनि उत्पन्न हुन्थ्यो, त्यसवेला आफ्नो लठ्ठिएको जिब्रोले उ सम्पूर्ण इमान्दार शब्द उद्घोषित गथ्र्यो – “ए पाजी हो, के भनेको त्यस्तो ? सरकारको जय मनाउ, सरकारको ! सरकारले दिएको पेट्रोल नबेचेको भए म मोरो भाग्यहारा नै रहन्थें । तिमीहरूका बाबुले पनि दही च्यूरा सुँघ्न पाउँदैनथ्यो, बुझ्यौ ?”
म श्रीमान लम्बोदर शर्मालाई सम्झिन्छु । म हेड ड्राइभरलाई सम्झन्छु । हेड ड्राइभर सरकारी मोटरको पूmल ट्यांकीबाट दुइ चार लिटर पेट्रोल झिकेर बेच्थ्यो र आएको पैसाले भोकाहरूलाई दही च्यूरा खुवाउँथ्यो । श्रीमान शर्माको सम्पूर्ण जीवन जनसेवामा वित्यो । यस पेशामा लागेर उनले शहरको मध्यभाग – पुतली सडकमा एउटा भव्य महल बनाइसकेका छन । गांधी बाबाको फोटो उनको ड्रइङ रूममा सजिएकोछ – “सवको सम्मति दे भगवान” – जसलाई उनको इमान्दारीको प्रमाणपत्र भने हुन्छ ।
शर्माको शयन कक्षमा ह्वाइट हर्स ह्विस्कीका वोत्तलहरू, प्ले व्वाय र मस्तराम पत्रिकाहरू पाइन्छन । श्रीमान शर्माले हवाइटहर्स पिउन राणा मालिकहरुबाट सिकेका हुन । पुराना राणा मालिकहरु च्यूरा र आलु मुछेर बनाइएको गोलाकार डल्लोसंग ह्विस्की पिउँथे । श्रीमान शर्माका पत्नीको रूपमा प्रत्येक रात नगरवधुहरूको प्रवेश त्यहाँ हुन्छ भने यसमा कुनै आश्चर्य मानिनु हुँदैन । नब्बे सालको भूकम्पवाट क्षतिग्रस्त नगरलाई सिँगारेर भूगोल पार्कको निर्माणगर्ने सुधारक महाराज जुद्ध शम्सेरका रानीहरू कति थिए भन्ने हिसाब नरहदैमा; प्रसिद्ध देश सेवक श्रीमान लम्बोदर शर्मा मनोरंजनका लागि नगरवधुहरू कोठामा भित्र्याउँछन भन्दैमा अथवा दिनभर भाषणले सुकेको जिब्रो रसाएर आराम पाउन एक दुई पेग पिउँछन भने के भो र आश्चर्य ? यो जे जति पनि शर्माको सम्पत्ति देखिन्छ – त्यो उनको जनप्रेमकै परिणाम त हो ।
त्यसको विपरित हेड ड्राइभरले केही जोडन सकेन । कलाँट ठोकेर ल्याएकी स्वास्नीलाई पनि उसले आपूmले जोडेको हो भन्न सकेन । उ मरीसकेको यस्तो दिव्य आत्मा हो, जसका लागि स्वास्नी अथवा सम्पत्ति अथवा छोरा–छोरी अब कसैको पनि आवश्यकता छैन । हेड ड्राइभर समाजसेवी थिएन; निर्धक्क रक्सी धोकेर हिडथ्यो, तर स्टियरिङ कहिल्यै अनियन्त्रित राखेन । उसले भन्यो, त्यसैले उसकी स्वास्नीले अरू पोइहरू पनि वरण गरी । अबका लागि चिया–कोठा नै हेड ड्राइभरको स्मृति हो । चिया–कोठा नै मोहिनीले पोइवाट पाएकी सबैभन्दा ठूलो र सबैभन्दा महान दायित्व पनि हो ।
थाकेको शरीरलाई ओछ्यानमा फ्याकेर म निदाउने प्रयास गर्दछु । प्रयास मात्र हो ; अनिद्रा रोगले केही दिन यता ग्रस्त पारेर राखेको छ । यो कोठामा एकदमै मुश्किलले रात वित्दछ । जिन्दगी अनावश्यक नांगो र अपवित्र बोझ जस्तो लाग्दछ । विचारले थकित मस्तिष्क एकछिन आँखासंगै झपकिन्छन्– त्यसपछि दिन हुन्छ ः होइन विहान हुन्छ । खण्डित समय भोग्ने मान्छेको यो प्रचलनले विहान दिन र साँझ बनाएको छ । ओहो, तस्वीरमा मान्छे कति राम्रो देखिन्छ । एकनाशको उरन्ठेउलो दिन बित्दछ; लक्ष्मीको छातीमा अथवा मीराको पाखुरामा अथवा ललितादेवीको आँखामा । फरक यत्ति छ – लक्ष्मी कसैकी रखौटी हो; ललिताले धेरैलाई राखेकी छ र मीरा अवसर अनुसार दुवै थरीमा पर्न सक्छे । मीराकी आमा दिनभर खोकी रहन्छे । वुढियाले जिन्दगीमा यत्ति नै प्राप्त गरेकी छ । मीरालाई यी सबै कुरामा कत्ति पनि वास्ता छैन । आमा वुढिया आफै भन्छे; ‘विचरी के वास्ता राखोस त ? त्यसको लाउने खाने अवस्था उमेर यही हो ।’ कसैले आएर भन्यो; ‘आमा तिम्री छोरी त फलानासँग सिनेमा हेर्न गएकी देखेकी थिएँ ।’ उ सहज र स्वभाविक जवाफ दिन्थी; ‘फलाना त परमेश्वर समान छन् – त्यो बाबु नभएकी टुहुरी केटीको याद विचार कति राख्छन् ।’
तस्वीरमा मान्छे साँच्चै अप्रतीम देखिन्छ । एकनासको उरन्ठेउलो दिन वित्दछ । झमझम झम्केर पानी पर्दछ । नील काँडाका घरीहरूलाई छिचोलेर हिडनु असाध्यै दुरूह बन्दछ । साँझपर्ने बेलामा पश्चिमतिर बादल डढेर पहेलो हुन्छ । एकैछिनपछि बादल फाट्छ । साँझको घाम चारैतिर छितरिन्छ । घामको किरण भ्mयाल–ढोकाहरूको प्वाल र चिराबाट कोठामा छिरेर भित्तालाई बुट्टे पर्दा बनाइदिन्छ । घामडुब्न थालेपछि म वाहिर निस्किन्छु । जतिबेला म शहरको व्यस्त इलाकामा पुग्छु, त्यतिखेरसम्म त शहर नै थाकिसकेको हुन्छ । थाकेको शहर कतै चिया पसलमा, कतै भट्टीमा र कतै बसको लाइनमा विभक्त भइसकेको हुन्छ । म शहरको थकाइमा सामेल हुन्छु ।
‘के छ ?’ कसैको आवाजले झस्किन्छु । टाउको फर्काएर हेर्छु । ‘थाह पायौ– बुढीया मरिछन्’ मेरो लागि उ खबर दिन्छ । मलाई एकैपल्ट बिजुलीको नांगो तारमा हात राखेझै हुन्छ । तर मन वुझाउँछु । ढिलोचाँडो मर्नु त थियो नै मरिन । मैले के गर्न सक्छु ? बुढियाले कहिल्यै सुख पाउन सकिनन् । उनको छोरो उत्तम हाम्रो साथी थियो । उ अहिले कहाँ छ मलाई थाहा छैन । आफ्नो छोरा कहाँ छ भन्ने थाहा नपाएरै मरिन वुढिया । पछिल्लो पल्ट उत्तमले हातमा वीएको सर्टिफिकेट लिएर भनेको थियो– ‘म अव भर्ती हुन जान्छु पक्लिहवा क्याम्प । यो सर्टिफिकेटको कुनै अर्थ भएन । कम भन्दा कम एक डेढ महिना आमालाई पालिदिएस् । भर्ती भएपछि तलब बुझने बित्तिकै पठाईदिउँला ।’ उसले आमालाई मेरै अगाडी ढाँटेको थियो, ‘आमा मेरो जागीर भयो, मैले भैरहवा जानुपर्ने भो । म त्यहाँ गएर व्यवस्था मिलाएर फर्केर अनि तपाईलाई लैजान्छु ।’ आमा चाही आँखाभरी आँसु भरेर मुक टोल्हाएकी थिइन । आँशु स्वीकृति, अस्वीकृति, कुन्नि के थियो !
आठमहिनासम्म उत्तम फर्केन, न उसको चिठी आयो । अब उसको चिठी आएपनि, उ आफै फर्केपनि त्यसको अर्थ रहने छैन । अस्ति वुढियालाई उत्पात ज्वरो आएको थियो । त्यसैले पनि हिजो म वकिलसँग पराजित हुन गएको थिएँ कि वुढियाका लागि केही गर्न सकँु । मैले केहीगर्न पाउनु भन्दा अघि नै उनी वितिन । वुढियालाई अस्पताल लगेर भर्नासम्म गरिदिएको हुँ । बुढिया मरिन, शायद उनको लाश अस्पतालमा नै छ अथवा अस्पतालवाट घाटमा पुगिसक्यो । म अब अस्पताल जानु परोइन । मैले अस्पतालका अधिकारीहरूलाई वुढियासँग आफ्नो नाता देखाएको थिइन । भनेको थिइन, ‘यिनी उत्तमकी आमा हुन ।’ एकजना वेवारिसे वुढिया– यति नै त्यस अस्पतालको रजिस्टरमा दर्ता भयो ।
उत्तम पनि शायद मरिसक्यो; ब्रिटिश सेनामा भर्ति भएको गुर्खा बटालियनको सिपाही आयरल्याण्डको दंगामा मर्यो कि अथवा भर्ती नै हुन नपाइ मर्यो ? उ जीवित भए पक्कै चिठी लेख्दो हो । उत्तम जस्तो विचारशील मान्छे सत्ता प्राप्तिको खेलमा लागेकाहरूको जमातमा त पक्कै गएन होला । उसले भनेको हो– यी नेताका छोराहरू अमेरिका र वेलायतका कलेजहरूमा पढछन् । यता जनताका छोराहरू थुनिन्छन् । पुलिससँग कन्फ्रन्टेशनमा मारिन्छन् ।’ संभवतः उत्तम अझै जीवित छ र खल्तीमा हवाइपत्र किन्ने पन्ध्र पैसासम्म नभएर चिठी लेख्न पाएको छैन । अथवा वी.ए. प्रथम श्रेणीमा पास उत्तम भैरहवाको कुनै थकाल्नीको होटेलमा वेटर भएको छ ।
मैले वाँकी केही सोचिन । एकपटक मैले अस्पतालमा जानै पर्दछ भन्ने आकस्मिक अठोट गरेपछि मेरा पाइलाहरू, आकस्मिक हिसावले नै, अस्पतालतिर हुर्रिन्छन् । तल्लो भुइँतलाको पश्चिमोत्तर कुनामा म पुग्दछु । वेड नम्बर छैन । वेवारिसहरूको लागि वेड नम्बर हुँदैन । वरण्डामा एक्स्ट्रा वेडको स्वरूप दिएर यौटा यौटा थोत्रो गुड्ने पलंग तेस्र्याइएको थियोे । त्यसमाथि यौटा थोत्रो र च्यातिएको खाष्टोले ढाकिदिइएको थियो । सिराननेर यौटा स्टूलमाथि खण्डे थालमा भात,दाल र तर्कारी राखिएको थियो । या त भात बाँडुन्जेल वुढिया मरेकी थिइनन । या त भात वाँडनेले वुढियालाई जीवित संझेर स्टूलमाथि भात राखेर घच्घच्यायो होला, ‘ए वुढिया भात खाउ ।’ फुर्सद पनि त हुँदैन – भातले भरिएको ट्रली तानेर उ विना उत्तर हिड्यो होला । अथवा उसका लागि अस्पतालमा भर्ना हुनेहरू भात खान नपाएर भर्ना भएका हुन्छन । ती मानिसहरु मरेपछि पनि क्षुधा शान्त गर्दछन । अथवा भात बाँडनेको कर्तव्य प्रत्येक पलंगसँगै भात राखिदिनु हो; पलंगमा पल्टिएको मानिस मरेको भएपनि, बाँचेको भएपनि, जस्तो सुकै होस् ।
मैले लास छोपेको ओढ्ने फर्काएर हेरिन । यसै पनि मलाई मात्र होइन, कसैलाई पनि लास हेर्नु राम्रो लाग्दैन । मैले वुढियाको चाउरी परेको अनुहार हेरेर केही चमत्कार हुने पनि होइन । म एकैछिन त्यहाँ उभिएर सोच्न थाले । तर के सोच्दैछु– त्यो म आफैलाई थाहा थिएन । मेरो सट्टामा उत्तम भएको भए के सोच्दथ्यो ? मान्छेको ’boutमा केही पनि सोच्न सकिदैन । बाँचुञ्जेल पनि र मरेपछि पनि । ग्यालरीबाट दुई नर्सहरू निक्लेर आएपछि म त्यस पलंग छेउबाट हटेर अलि पर उभिएँ । कतै यस्तो नहोस कि, तिनीहरूले वुढियाको संरक्षक मलाई ठानून र यो लास मेरो हिल्ला लागोस । म चाहेर पनि यस्तो होस भनेर सोच्न सक्दिन । मेरो खल्तीमा चार पैसा छैन । यो वर्षादमा, यो महंगीमा यौटा लास मसानसम्म बोकाउनु र पोल्नु लगाउनु म जस्तो बेरोजगार, लम्फु, र फंतूशका लागि सम्भव नै छैन । तर, ती नर्सहरूले न त म तिर हेरे, न वुढियातिर नै कुनै ध्यान दिन सके । तिनीहरू शायद माया प्रेमका कुरा गर्दै थिए; यौवनको उभारमा रहेका तरूनी नर्सहरूले गर्न सक्ने कुरा त्यही हो । एकपटक मेरो एकजना मानिस अस्पतालमा भर्ना हुँदा मैले राती कुरूवा बसिदिनुपर्यो । त्यसैबेला थाह पाएको कुरा हो– केविन न. ८ मा बसेको एकजना राणाजीको छोरासँग यौटी नर्स कसरी लहसिएकी थिई । अक्सर तिनीहरू खाली केविनको खोजमा हुन्थे । तिनीहरूको यो प्रेमले पछि कुन रूप लियो मलाई त्यो थाहा छैन । तर यौवनमा यस्तो कुराको खास महत्व हुँदैन; खास गरेर पैसावालहरूको लागि ।
म त्यहाँ धेरैबेर उभिइन । मलाई रिंगटा छुटेर आयो र म फर्के । अब अस्पतालका अधिकारीहरूकै काम हो कि उनीहरू यो लासलाई फ्याकुन, पोलुन या राखुन । शायद डाक्टरहरूले डेथ सर्टिफिकेट लेख्न विर्सेको हो अथवा उसले जाँच्नै विर्सिएको हो । त्यसो हो भने पनि भरे राउण्डमा आएर जाँचोस् – स्टेथेस्कोप लगाएर र लेखोस्ः एडमिटेड, इन हस्पिटल आफ्टर डेथ । कुन्नि, डाक्टरलाई फुर्सद होला नहोला । अस्पतालको महंगो क्याविनका विरामी वरण्डामा लडाइएका र जनरल वार्डमा राखिएका विरामी भन्दा ज्यादा महत्वपूर्ण हुन्छन । क्याविनका विरामीको राम्ररी उपचार गर्न सकियो भने अस्पतालवाट घर गएपछि पनि उनिहरूले फेमिली डाक्टर बनाउने सम्भावना शतप्रतिशत रहन्छ । जे सुकै होस । म फर्के र अस्पतालको ढोका वाहिर आएर शहरको भीडमा सामेल भएँ । यो मेरा लागि सह्य स्थिति होइन । बल्लतल्ल म घर आइपुगें । घर आइपुग्दा मेरा गोडाहरू यस्तरी थाकेका थिए कि पिडौला भयंकर दुःखेको थियो । म अब न केही सोच्न सक्ने अवस्थामा थिएँ न त अलिकति हिड्न । थुचुक्क बस्नै नपाई रामबहादुर आइपुग्यो– जसले मलाई भर्खर मात्रै खबर दिएको हो; थाहा पायौ– वुढिया मरिछन् । उसले बतायो – उ कात्रोको व्यवस्था गर्न गएको थियो र सोचेको थियो म अस्पतालमै हुनेछु ।
तर तैले र मैले मात्रैले यतिबेला लास उठाउनु सम्भव छ र ? म सोध्छु । शायद यो दायित्ववाट म पन्छिन खोजी रहेकोेछु । ‘होइन अरूलाई पनि वोलाएको छु । अस्पतालले लास उठाउनु भनेर चौरमा लडाइराखेको छ,’ उसले भन्यो ।
‘लाससँग हाम्रो सम्बन्ध थियो भनेर कसले भन्यो र ?’
‘म हेर्न जाँदा म सँग सोधेका थिए; मैले विचार गरे– उत्तमकी आमा आफ्नै आमा जस्तो त हो ।’ रामबहादुर बनमान्छे होइन । दायित्व काँध थापेर आएछ । रिन जुटाएछ । मेरो लागि ‘नाइ’ भन्ने बाटो थिएन । राम बहादुर र म अस्पतालमा पुग्दा विजय, रामेश्वर र हरिचा लाश ’round उभिरहेका थिए । हामी मध्ये लासलाई यौटै बासमा बेर्न जान्ने कोही थिएन । जसरी पनि झुन्डाएर हामीले लास उचाल्यौ । आलोपालो गरेर लास मसानमा पुर्यायौ र विना कुनै वैदिक विधान आगोमा लास पोल्यौ । उत्तमकी आमा बल्दैगर्दा हरिचा रोयो । हरिचाले आफ्नी आमालाई यसैगरि पोलेको एकवर्ष पनि त भएको छैन ।
हामी मसानघाट फर्कदा राती दुई बजिसकेको थियो । पानी छिट्याउन थालेको थियो । हरिचाले भन्यो, ‘तिमीहरू मै कहाँ बस । अलि अलि ‘वासा’ खाउँला’ हामी कसैले नाइ भनेनौं । म त अझै नाई भन्न सक्ने स्थितिमा नै थिइन । मनमा लास, धुँवा, राँको र संझना के–के नै आइरहेको थियो; यद्यपि मेरा बाबु मरी सके, तर पनि मसानमा आधारातसम्म बसेको थिइन ।
जहाँसम्म मेरो कुरा छ, मेरो आफ्नो सम्बन्धमा असाधारण भनेर देखाउन म सँग केही पनि छैन । म जन्मेको बेला पुष्पवृष्टि भएको थिएन । मेघको गर्जन वा शंङख घण्टको निनाद पनि सुनिएको थिएन । म पहाडमा जन्मेको हुँ – शहरका मान्छेहरूको कल्पनामा पहाड भन्ने वित्तिकै मृग नाच्ने उपवन, गुँरास, झरना र मन्द पवनका दृश्य आउँछन । तर म जन्मेको ठाउँमा गुँरास, उपवन र झरना केही थिएन । पानी समेत पेटभरी पिउन मुश्किल पर्ने त्यस ठाँउमा अहिले पनि केही छैन । मानिसहरू लगौटी र दौरा जस्तो लामो भोटो लगाउँछन् । आइमाइहरू चोलो लगाउँदैनन । यौटै फरियाले पूरै शरीर छोपेर हिड्छन । यो नेपाल हेर्न आउने पर्यटकका लागि आयोजना गरिएको पारम्परिक प्रचलन होइन । खडे साहूलाई ब्याज बुझाउँदा बुझाउँदै मेरो गाउँका मानिसहरूसँग स्वास्नीको छाती छोप्ने पैसा समेत जोगिदैन । त्यसैले यो आफै प्रचलन बनेको छ ।
म खडे वा उनी सरहको परिवारमा जन्मेको होइन । मेरा बाबु को थिए–मलाई थाहा छैन । थाहा भएपनि उनलाई मैले देखिन । मैले आफ्नो आँखालाई देखेर बुझन सक्ने गराउनुभन्दा पहिले नै उनले आँखा चिम्ली सकेका थिए । मेरी आमाको म एक्लो छोरा थिएँ । मेरो जन्म हुँदा हाम्रो भन्ने जग्गामा खडेको गोरू जोतिदै थियो । मेरो बाबुको सदगत, वैतरणी र तेह्रदिनको काम गर्न कान्छा बाले खडे कहाँ जग्गा बन्धक राखेर रिण निकालेका थिए । नियत समयमा रिण बुझाउन नसकेपछि जग्गा खडेको हुनुथियो, भयो । जो बाँकी अलिकति बचेको थियो– त्यो मेरा चार दिदीको बिहे र कान्छा बाको मृत्युमा आमाले बेचिदिइन । खडेले त्यसलाई पनि सकार्यो । आमा त्यहाँबाट विस्थापित भएर यस ठाउँमा आइन । राणाजीको दरबारमा कामगर्ने एकजना नातेदारको घरमा शरणार्थी वसेकी थिइन् । देशबाट राणाशासनको अन्त्य भएर पनि उनिहरूको प्रभावको अन्त्य भएको थिएन । उनिहरूको हुकुमी शासन समाप्त भएको थिएन । आधा नेपालीको भाग्य निर्माता र निर्णायक उनै थिए ।
एक रात विस्तारै म घरबाट निस्किएँ । बाटो थिएन – अन्धकार थियो; सबै अर्थमा । त्यसै रात म स्कुलको यौटा साथीकहाँ पुगे । उसको नाम भीमचरण थियो; उमेरले म भन्दा निकै पाको । उ झण्डै वीष वर्षको देहाती केटो थियो भने मैले भर्खर दश नाध्न खोजेको थिए । भीमचरण कम्युनिष्ट विचारले रंजित टाइपको मान्छे थियो । त्यसबेला उसले गरेका कुराहरू संझदा म अहिले ठम्याउन सक्ने भएको छु । उसँग धेरैजसो केटाहरू टाढा हुन्थे । मान्छे साह्रो थियो । तर मद्दत सवैलाई गथ्र्यो । भीमचरण आधारातमा मलाई देखेर छक्क पर्यो । मैले उसलाई अलिकति झुट र अलिकति सत्य कुरा बताएँ । त्यतिखेर उसले मलाई आश्रय दियो । तर, एक रात उसले मलाई आक्रमण गर्यो । आवेशमा मलाई अंगाल्यो र आफ्नी स्वास्नीलाई झै चपाउन खोज्यो । मैले उसलाई थुकिदिएँ । उसले भोलीपल्ट आफ्नो सम्पूर्ण कम्युनिष्ट सेन्टिमेन्टसहित मलाई वर्खास्त गर्यो । मैले ज्याला वापत पाउनुपर्ने रकम समेत पचायो । म सँग विरोध थिएन । अहिले आएर जव म आफ्नो अतीत, त्यसको न्यूनता, त्यसको अभाव, त्यसवेलाको स्थिति सोच्न थाल्दछु, यस्तो लाग्छ, म विभत्स अवस्था वेहोर्न जन्मिएको हुँ । स्थितिले मलाई बेस्सरी लखेटीरहेको छ । घटनारहीत जीवन निश्चय नै मृत्यु हो । र पनि, यति धेरै घटनाहरू के जीवन हो र ? यौटा पाँचफिटको मान्छेले धान्नै नसकिने घटनाहरूलाई कसरी वेहोर्नु ।
म मान्छे बन्न नसकेकोमा घर परिवारका सदस्यहरु चिन्तित थिए । कतिका इच्छालाई लथालिंग पारेर म अविवाहित थिएँ । यो विश्वमा मान्छेको रगत नचुसी कोही पनि मान्छे बनिदैन रे ! मलाई मान्छेको रगत चुस्नु छैन । ती मान्छे जसको शरीरको रगत राणाहरूले, अनेक खडेहरूले, सत्ता पिपासु नेताहरूले, काँग्रेसहरूले, राष्ट्रवादीहरूले, कम्युनिष्टहरूले निथारेर चुसी सकेका छन । यो नितान्त घृणाको कुरा हो मेरा लागि । म आफै रगत चुसिइसकेको मान्छे हुँ । मेरो शरीरमा एक थोपा रगत छैन ।
उत्तमकी आमालाई भस्म पारेर फर्केपछि हरिचाको घरमा बसेर हामी रक्सी पिइरहेका थियौं । यही अवस्थामा मैले नचिकेताले यमसँग मृत्यु र जीवनको यथार्थ जान्न चाहे जस्तै गरी जान्न खोजे । यताको लागि न उताको लागि; अन्त्य आखिर खरानी नै हो भने चिन्ता गर्नु बेकार छ । हरिचा रामबहादुरसँग आफ्नी आमाको कुरा गरिरहेको थियो–यो सृष्टि, घरबार र खान पुग्ने सम्पत्ती सबै आमाको कृपा हो । उ रक्सी पिएर वढतै भावुक भएको हुनसक्दछ । तर पनि हरिचाको ’boutमा यो प्रख्यात कुरा हो । उसकी आमा तीन पटक पोइल गएर पनि पहिलो पोइको घर र पहिलो पोइवाट जन्मेको छोरोलाई त्याग्न नसकेर फर्किइन । हरिचा आमाप्रति कृतज्ञ छ । शायद उत्तम पनि कृतज्ञ हुन सक्थ्यो– तर उत्तम अहिले छैन । उ कहाँ छ ? के अब उ त्यसवेलामात्र हुनेछ– जब हामी नै मरीसकेका हुनेछौं ? या त उत्तमले देह अन्त्यको मामलामा हामीलाई उछिनीसकेको छ ? म सँग कुनै उत्तर छैन । म सँग कुनै पनि प्रश्न छैन । म सँग कुनै विषय छैन । मेरो छाती गह्रौ ढुंगोले वेस्सरी थिचेको छ कि म सँग वास्तविकतामा यौटा साह्रै रित्तो मुटु छ–सुकेको मुटु ।
हरिचाको घरमा हामी त्यस रातभर कोही पनि सुतेनौं ; गिलासको रक्सीमा कुनै नसा थिएन र आँखाका डीलमा निद्रा पनि थिएन । उद्वेगमा रात छर्लङ कट्यो । विहान भयो । हामी देशका बेरोजगार युवकसँग यस दिनको लागि कुनै पनि सधै सरह कुनै आश कार्य र क्रम थिएन । मेरो आँखामा उत्तमकी आमाको मृत देहलाई रातो र पहेलो आगोको लप्काले उडाएको दृश्य झलझली अंकित भइरहेको थियो । अलिकति एक दुइ रेखा–रातो देखेर म हरिचाको घरवाट निस्किदा विहान निकै वुढो भइसकेको थियो ।
निरन्तरको यो दुःखमा मलाई सबै प्रकारले मद्दत गर्ने दुइजनालाई मैले विर्से भने म कृतघ्न बन्ने छु । अरू थोक जे बने पनि मान्छेको रूपमा म कृतघ्न बनेर बाँच्न सक्दछु – म सोच्न पनि सक्दिन । जीवनमा यी दुइजना मान्छे वाहेक मान्छेहरु त अरुपनि छन जसले मलाई स्नेह र सद्भाव दिए । एकथरी मान्छेबाट निरन्तरको शोषण र अर्को थरीबाट निरन्तरको स्नेह । दुइ अन्तरविरोधको विच आजको समयमा मान्छे बाँच्दैछ । त्यसरी बाँच्ने मान्छेहरूकै हुलमा म बाँचे । कतिपटक आत्महत्या नसोचेको होइन । कतिपटक विदेश पनि नसोचेको होइन । तर जीवन र माटोको मोह । जीवन र माटोको मोह मान्छेलाई सबैभन्दा धेरै, सबैभन्दा धेरै हुन्छ ।
ती दुई मान्छेमा पहिलो एक अदना बाहुन थियो । जो भाउजुलाई करणी गरेको अभियोगमा जेलको सजाय सकेर गाँउ फर्केर अपहेलित जीवन विताइरहेको थियो । जतिखेर मेरो उ सँग भेट भयो, त्यतिखेर म बेकार र अपमानित जीवनसँग वाक्क भएर आफू जन्मेको गाउँमा पुगेको थिए । गाउँ–जसको प्रशंसामा कविहरूले अनेक गीत गाएका छन । गीतमा झरना छन । गाउँमा छैनन । पानी पिउनु दुर्वह हुन्छ । रमाइलो वातावरणको गीत ;तर कुुनै रमाइलो गाउँमा पाइदैन । पानीको अभावमा सुकेका धानका विरुवा र मकैका वोटहरूलाई छिचोलेर घन्कने अभावको संगीत–मृत्यु संगीत – रमाइलो हुन्छ र ? कविहरू कुन्नि कसरी यस्तो कल्पना गर्दा रहेछन् । अनौठो र परिकल्पित, वाक्क–ब्याक्क पार्ने फुंग उडेको डाँडामा एक दिन त्यस वाहुन रूद्रेले म सँग भनेको थियो ; “सुत्न त कहाँ र मैले आफ्नी भाउजुलाई छोएकै पनि थिइन । बरू एक दिन साइला काजीसँग भाउजु लहसिएको जस्तो लागेर, धर्म डिगाउली भनेर चैतन्य दिएको चाही हुँ । काजी साइलाले फसायो बाबु मलाई । रूद्रेको बोलीबाट थाह हुन्थ्यो त्यसमा एक रत्ती पनि असत्य थिएन । उसले निश्छल बोलेको थियो । रूद्रे जस्तो सानो मान्छे काजी साईला जस्ता खड्का साहुहरूको चंगुलमा फस्नुमा के आश्र्चय हुन सक्छ र ?
रूद्रे गाउँबाट काटिएको थियो । उसको भात पानी बन्द थियो, गाउँलेहरू उसकहाँ जादैनथिए । सिंगो गाउँमा उसको कोही थिएन । उसले मानेका इष्टहरू, उसका नाता गोताहरू सबै टाढा थिए । उ थुनिएको बेला काजी साइला र उसकी भाउजुले षडयन्त्र रचेर भएको जग्गा बेचेर बेपत्ता भएका थिए । घडेरी मात्र बाँकी थियो । ती दुबै बेपत्ता भएको दुइ महिनापछि साईला फर्केको थियो । रूद्रेकी भाउजुको पत्तो थिएन । रूद्रेले साइलाको नाउँमा ज्यान वेपत्ता पार्यो भनेर नालिस दिने विचार गरेको थियो । मैले उसलाई सम्झाए । पराजय निश्चित छ भन्ने जान्दा जान्दै उ बेकारमा किन मुद्दा लडोस् ? गाउँभन्दा वाहिरको निर्वासन रूद्रेको लागि सहनीय थिएन र पनि उसले सह्यो । तर उ कसप्रकार यसलाई सही रहेको थियो भन्नेकुरा चाहि उसैले पनि बुझ्न सकेको थिएन । सामाजिक धारबाट अलग गराइनु जस्तो जीवन यन्त्रणालाई सहनु… । तर मान्छे बाँच्छ । उ सँग त्यसरी बाँच्नका लागि यौटा आस्था हुन्छ– जसको भरमा मान्छे बाँचुन्जेल र एकैदिन पनि निराशाद्वारा उ अनिर्दिष्ट हुँदैन ।
मैले रूद्रेलाई दिन सकेको सबभन्दा ठूलो सहानुभूति उसको घरमा पेटभर दालभात खाइदिनु नै थियो । यो स्वंयम रूद्रेका लागि आफ्नो पितामहका गुरूवा– जसको ‘नम्बरी पंडीत’ को ख्यातिले जिल्ला लामिडाँडा भरी व्यापक थियो– का नातीले आफ्नै, इज्जत, प्रतिष्ठा र साखलाई खतरामा राख्नु थियो । ’cause रूद्रेलाई थाहा थिएन– काटदा उसको जस्तै रगत आउने अर्कोे जातिको मानिसले चन्द्रमामा आफ्नो पाइला चालिसकेको थियो । त्यसो त उ विचरालाई यो पनि थाहा थिएन उसको टाउकै माथिवाट उ जस्ता असंख्य मान्छेहरूलाई सोत्तर बनाउन सक्ने हतियार बोकेर उ जस्तै रगत आउने मान्छे गुज्रीरहेको छ । आफ्नो छाक टरेकोमा म त्यति प्रसन्न भइन जति रूद्रे आफ्नो भात चलेकोमा प्रसन्न थियो । उसको यो प्रसन्नता क्षणिक थियो, ’cause एक त म जात नफालेकोमा शंका गर्ने कुनै ठाँउ भएको मान्छे थिईन । अर्को, म रूद्रेको भात चलाउन योग्य मान्छे पनि थिईन । ’cause म प्रधानपंच थिईन । अगि भए थरी, मुखिया र अहिलेका हकमा प्रधानपंच नै त त्यस कामका अधिष्ठाता हुन ।
मैले रूद्रेलाई संझाए– जात, भात भनेको केही होइन ।
उसले मानेन ।
मैले रूद्रेलाई संझाए– मैले उसले पकाएको खाँदैमा सबैले उसले पकाएको भात खाँदैनन ।
तर उसले आफ्नो पितामहको, गुरूवाको सन्तानमाथि फोगटको विश्वास डिगाउन चाहेन ।
उ आफुलाई सोस्ने पंगु समाजको सदस्यता नवीकरण गराउन आतुर थियो । अन्ततः एकदिन म उसको कुरा गर्न प्रधानपंच कहाँ गएँ । एउटा खसी र केही सय दक्षिणाका साथ रूद्रेलाई भातमा मिलाउन प्रधानपंचले मंजुरी दिए । त्यसको पर्सिपल्ट हर्के गुरूङ्गको तोरी पाटामा ठूलो भोज भयो । भोज गर्ने अर्को उपयुक्त ठाउँ पनि त थिएन– त्यस वाहेक ।
गाउँ भरका बाहुनहरू रूद्रेको भात चलाउन आए । खसीको मासुको विशेष स्वाद तिनका लागि निकै नयाँ थियो । रूद्रेको लागि यो भोज विस्थापनको पहिलो चरण थियो । विस्थापनको प्रारम्भ भएपनि रूद्रे आफूले चाहेजस्तो पतिया पाएर गम्कियो । त्यस दिन उसले म प्रति चाँहिदो भन्दा वढ्ता नै भएर कृतज्ञता प्रकट गर्यो । रूद्रे विद्रोही थिएन– तर उसमा स्नेह गर्न सक्ने यौटा गजबको चाक्लो छाती थियो । त्यो छाती अहिले कुन्नी कुन देशको सीमा रक्षाका लागि बन्दुक थापिरहेको छ । अथवा त्यो छाति… औलो, टी.बी., टाइफाइड, भोक र प्यासको रोगले मरिसक्यो, उसको धर्म र जनै सँगै । त्यसरी नै, अक्सर जसरी अरू मान्छेहरू मर्दछन ।
अर्को चाही मान्छे अदना थिएन । उ त अझै छ । उसका आँखामा मानिसका प्रति अगाध विश्वास देखिन्छ । आफ्नो त्यस विश्वासको प्रतिफल उ अहिले चरम गरिबी भोग्दैछ । उसको के कुरा गर्नु र ? उसको व्यक्तित्व मेरा लागि सधै ‘भेग’ रह्यो । तर उसैले बाँच्ने क्रममा मलाई दिएको स्नेह चाहि संझे बुझिंदो थियो । उसलाई अक्षरको रेखामा बाध्न म सक्दिन । उ सँग बितेका दिनहरूमा आधा–आधा रोटी खाएर बाँचेको कुरा अथवा केही काम गरेर पारिश्रमिक पाएपछि काठमाडौंको लोकप्रिय ममचा रेष्टुरामा गएर चिउरा खाएको कुरा, यौटा कमीजले महिनौं टारेको अथवा यौटा खाटमा पाँच जनासम्म सुतेको सम्झना ।
विचार मात्रैले के हुन्छ ? सोचाइ मात्रैले के हुन्छ ? आज उत्तमकी आमा छैनन । उत्तम छैन । सन्तान मात्रैले के हुन्छ ? एक पाइला टेक्न धर्ती, एक गाँस खान अन्न र आंग छोप्न एकसरो कपडा – शायद मान्छेका लागि सबैभन्दा ठूलो आवश्यकता यत्ति नै हो । सवैलाई थाह भएकै कुरा हो, मान्छे आफै पनि विरोधाभाश हो !
(रचना ः विसं २०३५ साल)

