अति भो, बन्द गर गफ !

 

 

अमेरिकाबाट आएको मेरो मित्र छ महिनामै वाक्क दिक्क भएर अर्को हप्ता पुन उतै फर्किदै छ । उसको निश्कर्ष हो– यो देश बन्ने छाट देखिन मैले । जब नेता भ्रष्ट हुन्छन, सबै कुरा भ्रष्ट हुन्छ । हाम्रो दूर्भाग्य, हामीले कहिल्यै राम्रो नेता पाएनौ । राम्रो ठानेको ओली पनि गफै गरेर सकिने भए !

डेढ दशक भन्दा बढी अमेरिका बसेर फर्किएका मेरा एक जना अभिन्न मित्रले बताए, अब त देशमा केहि हुन्छ होला भनेर म त स्वदेश फर्किएँ !

 

देशले कुनै नयाँ मोड लिन्छ कि भन्ने आशामा म चुनाव सकिएपछि कुम्लोकुटुरो बाधेर परिवारसहित नेपाल फर्किएका थिए । उनलाई नेपाल आउन प्रेरित गर्ने मध्ये म पनि एक हँु जस्तो लाग्छ किनकि, सरकार बहुमतको बनेको छ । पाँच बर्षसम्म पहिला जस्तो राजनीतिक अस्थिरता अब हुँदैन ।

 

त्यो पनि फेरि बामपन्थीहरुको बहुमतको सरकार । अब त देशमा केहि हुन्छ । चुनाबको सबै नतिजा आइसकेपछि, हामी सामान्य जनता ( नागरिक होईन किनकि राज्यले पार्टीको घेरा बाहिरकालाई नगरिक भनेर अझै स्वीकार गरेको देखिदैन) राजनीतिक परिवर्तनले फड्को मारे जस्तै, आर्थिक बिकासले पनि गती लिन्छ भन्ने सबैको आशा थियो ।

 

बाह्र बर्षमा खोलो त फर्किन्छ भन्छन्, ए गाठे यो देश मा बिकास अब कसो नहोला !

 

फाल्गुण महिनाको पहिलो साता के पी शर्मा ओलीको नेतृत्वमा संसदमा पूर्ण बहुमत भएको सरकार गठन भयो । नयाँनयाँ घोषणा सहित नयाँनयाँ मान्छेहरु मन्त्री भए । नयाँ नेपाल बनाऊछौं, देशको मुहार फेर्छौ भनेर एक दशकसम्म देशलाई रणभूमि बनाउने प्रचन्डदेखि बर्ग शत्रु खतम गर्ने भनेर हिडेका ओलीको मिलिजुली सरकारले केहि त गर्ला भनेर सबैले सोचेका थिए ।

 

मेरो मित्र, एउटा राम्रो आइटी बिशेषज्ञ पनि हो । अब बुढेशकालमा फेरि देशमै केहि गरौ भनेर फर्किएको थियो ।

 

नेपाली कांग्रेसका हुतीहारा नेताहरु पनि अब त यी बामपन्थीले पाँच बर्ष खाने भए भनेर निन्याउरो मुख लगाउदै एक अर्कालाई धारे हात लाउन मै तल्लिन थिए ।

 

साँचो कुरा भन्ने हो भने, नेपाली कांग्रेसको होस हवास नै गुम थियो । कुनै पनि ब्यक्ति जो आफुलाई कांग्रेस भनेर हिड्थ्यो, उ म कांग्रेस भनेर भन्न पनि हिच्किचाउथ्यो ।

 

सरकार बनेपछि फाल्गुण गयो, चैत्र गयो, बैशाख गयो । पूर्ण बहुमतको पहिलो बामपन्थी सरकार को १०० दिन पनि बित्यो । के के न गर्छौ भनेर सरकारमा पुगेका नेताहरु, जनताको आखामा छारो हाल्न, कहिले सबारी चेक गर्न जाने, कहिले तरकारी बजार त कहिले प्रहरी थानामा बिहानको खान खान जान थाले ।

 

हिजोसम्म लुक्दैलुक्दै दिन रात ठेगान नभएकाहरु आज जनाताको पैसाले किनेको २–३ करोड जाने गाडीमा यता दौडिओ, उता दौडिओ । क्या मज्जा !

 

मन्त्री बनेकाहरुलाई सरकारी धन के गरु ? कसो गरु ? भएको छ । देश बनाउछु भनेर, जनताका पीरमर्कामा साथ दिन्छौ भन्ने नेताहरु मन्त्री भएपछि, कुरै फरक गर्न थाले ।

 

के को नयाँ नेपाल ? जनाताले सिटामोल पाउदैनन्, नेताका श्रीमतीको उपचार सिङ्गापुरमा ! बिकाशका नाममा आफ्ना कार्यकर्तालाई पैसा बाड्यो । बिकासको नाममा बाटो खन्न जथाभावी डोजर चलायो ।

 

बर्खाको पानीले पहिरो जान्छ, फेरी बाटो खन्यो । डोजर चलायो । अनि भन्यो, यही हो बिकास । ठुला गुड्डी हाक्ने मन्त्री लालबाबु पन्डित कता गए ? अनि मन्त्री बादलको त कुरै बेग्लै ।

 

प्रधानमन्त्री के पी ओली लाई रेल, मोनो रेल, पानी जहाजको गफ दिदैमा फुर्सद छैन । प्रभु हामीलाई रेल चाहिएन । सामान्य, मोटर चल्ने बाटो घाटो, सफा स्वच्छ बातावरण भए पुग्छ । अरु त के कुरा, देशको राजधानी काठमाडौं धुवाँ धुलो र हिलोले लथपथ छ ।

 

सिन्डिकेट समाप्त गर्छु भन्ने कुराले पनि हावा खायो । धन्न, नेपालीको नियति ! पञ्चायतले चुस्यो, बहुदल आएपछि कांग्रेस, एमाले, पूर्व पन्चेहरुले चुसे । अब त देश मा सङ्घियता आयो, यो सासनमा पीडित पो हुनपुगे आम जनता !

 

अब त यस्तो लाग्छ, जनाता निरुपाय छन् । बामपन्थीहरु पनि गफाडी सावित भए । गफ दिए । जनातालाई ठुलठुला सपना देखाए । बस कुरा खत्तम !

 

उता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस छ जो कतिखेर डा . गोविन्द के सीलाई केहि होला र, तेस्को फल लिउँला भनेर गिद्धले सिनो माथि आँखा लगाएझैं गरिरहेछ ।

 

अनि जनताका लागि जुन जोगी आए पनि कानै चिरेका भने जस्तै भैरहेछ । जो सत्तामा पुगे पनि, जनाताको लागि गर्ने कोही भएनन् ।

 

अब अति भयो प्रधानमन्त्री ओलीका गफ पनि । गफ त पञ्चायतका नेताहरुले पनि दिए, कांग्रेसका नेताहरुले पनि दिए । अब यी हामपन्थीहरुको गफ पनि कति सुन्ने ? अति भो, अब अब गफ बन्द गर !

 

दुई तिहाइ बहुमतको आडमा पाँच बर्ष शासन गर्छु भन्ने भ्रममा नबसे हुन्छ सम्माननीय ओलीज्यू एण्ड प्रचन्डज्यू ! देश जनताको हो । जनतालाई उल्लु बनाउने काम नगरौ । तपाईंहरुको सरकार बनेपछि जनताले महसुस गर्ने कुनै एउटा राम्रो काम कहिले भको छ ? अब रेल, पानी जहाँजको हावादारी गफ बन्द गरौ प्रभु ।

 

अमेरिकाबाट आएको मेरो मित्र छ महिनामै वाक्क दिक्क भएर अर्को हप्ता पुन उतै फर्किदै छ । उसको निश्कर्ष हो– यो देश बन्ने छाट देखिन मैले । जब नेता भ्रष्ट हुन्छन, सबै कुरा भ्रष्ट हुन्छ । हाम्रो दूर्भाग्य, हामीले कहिल्यै राम्रो नेता पाएनौ । राम्रो ठानेको ओली पनि गफै गरेर सकिने भए !

 

 

उनले मलाई मेरा प्रिय कवि मीनबहादुर बिष्टको साला पहाड मे क्या है ! कबिता सुनाए । आखिर नेपालीलाई नेताले नै लाहुरे हुन बाध्य पार्छन ।