ढुंगाको काप फोरेर उम्रेको पिपल हो पशुपतिको गीत !

गीत संगीतमा कति तागत र शक्ति हुन्छ भन्नेकुरा अहिलेको सत्ता पक्षलाई सिकाउनु पर्दैन हिजो पंचायतकालमा रामेश, रायन, मन्जुल जे बी टुहुरे , जीवन शर्मा, अरिमहरुको कला र साधना हेरे पुग्छ, गाउँ बस्ति बिउझाउन श्याम तमोटको गाउँ गाउँ बाट उठ, बस्ती बस्तीबाट उठ कति धारिलो थियो सत्तालाई कति सजिलै नैतिकरुपमा परास्त गर्ने हतियार बन्थ्यो । सरकार आज तिनै गायक प्राय सबै जीवित नै हुनुहुन्छ उहाँहरु मार्फत राम्रो असल र दुरगामी काम गरेर त्यसको प्रचार गरी पशुपति शर्माको व्यंगलाई फिका बनाउँन सकिन्न र ?
कांग्रेसको बाक्लो छालामा पशुपतिको गीतको मर्म र भावना घुसे पुग्छ हिजोदेखि आज यो दिन आइपुग्न पशुपतिले बर्णन गरेको प्रवृति र पात्र जन्माउन कांग्रेसको हात छैन र ? हामीलाई चै होइन र हाम्रो पार्टीलाई चै यो गीतले छुदैन भनेर केवल सरकारको मात्र बिरोध देख्ने कांग्रेसको फुलो परेको आँखा प्रति पनि दया देखाउन सकिन्छ । धन्य कांग्रेस ! पशुपतिको गीत लुट कान्छा लुट ले तिम्रो पनि सुरुवाल फुकालेको होइन र ? कांग्रेसले गरेको कुकर्म यो गीतमा गुन्जेको छैन र ?

नेपालमा भ्रष्टचार गर्न हुने तर गर्यौ भनेर भन्न नहुने चिज भएको छ भ्रष्टचार । भ्रष्ट भयौ भन्न गीत संगीतको सहारा लिंदा पनि सुख पाउदैनन कलाकारहरुले अहिले त्यस्तै चपेटाको शिकार भएर चर्चाको शिखरमा छन् गायक पशुपति शर्मा । सामान्य आलोचना सुन्न सक्ने धैर्यता गुमाउदै केवल स्तुतिगान सुन्ने र सुनाउने परिपाटी विकास भएको छ । नालायक सत्ताहरू सधै सधै गीत संगीत र सिर्जनासंग डराउछन । सिर्जनाले शासकहरुको निंद हराम गराउदै आएको इतिहास छ वर्तमान साशन सत्तामा जो जहाँ जसरी आइपुगे पनि सत्तासिन भै सकेपछिको चरित्र र सत्ता बाहिर हुदाको चरित्रमा आधारभूतरूपमा नै फरक पर्दो रहेछ । हिजो गीत संगीतको माध्यम बाट जन जागरणको विगुल फुक्न रमाउनेहरू आज सत्तामा पुगे पछि गीत संगीत सँग तर्सन्छन, झस्कन्छन र कलाकारको व्यंग मिश्रित गीतमा आफ्नो अनुहार देख्छन, भन्ने ताजा उदाहरण हो पशुपति शर्माक लुट कान्छा लुट गीतको सफलता अनि सरकारी पक्षको आक्रोश । विपक्षको आग्रहपूर्ण समर्थन । गीत संगीत कति धारिलो हतियार हो भन्ने कुराको पुष्टी युटूबमा हालेको दुई दिनमै यसको लोकप्रियता र बिरोधको स्वर हेर्दा थाह लाग्छ ।
अरबौ भ्रष्टचार पचाउन सक्ने सरकार र तिनका भक्तहरु गीत संगीतको माध्यमबाट आएको व्यंग प्रहार पचाउन सक्दैनन् र अरिंगाल बनेर सर्जक माथि जाइ लाग्छन गीत प्रतिबन्धको धम्की दिन्छन, देशभर रोक्ने उर्दी र फतवा जारी गर्छन तालीवान शैलीमा युवासंघको नामबाट सर्जकलाई धम्क्याउदै चिठी लेख्छन । के सत्ताले सर्जकलाई गर्ने हर्कत यहि हो ? अझ अचम्म र रोचक कुरा त यो छ कि गीतमा कुनै अमुक पार्टी र तिनका नेतालाई भनिएको छैन तर व्यंग गरिएको छ हिजोदेखि आज सम्म हजुरबाको पाला देखि नातीको पालासम्म यमराजको शासन भनेर के अहिले सत्तामा भएका पार्टी र तिनका नेता कार्यकर्ता तर्फ मात्र इंगित गरेको अर्थ बुझिन्छ र ? पशुपतिको संकेत र व्यंग त हिजो देखि आज सम्म सत्ता र भत्ताको हिलोमा डुबेर जनता बिर्सने तमाम पार्टी तिनका नेताकार्यकर्ताको लागि हो ।
कुनै अमुक पार्टीको बिरोध र कुनै अमुक पार्टीको समर्थन किमार्थ होइन देखिन्न तर राजनीतिको फोहोरी हिलोमा डुबेकाहरुको नजरमा यो गीत केवल अहिलेको सत्ताको बिरोध र अरु अमुक पार्टीको समर्थन देख्नु ठुलो भ्रम र दृस्टी दोष हो । सुब्बा भएको दुई बर्षमा घर बनाउने पात्र सत्ताधारी पार्टीको कर्मचारी संगठनको मात्रै मान्छे हो ? सुब्बाले घर बनाउनु हुदैन अनि त्यो सुब्बा अहिलेको सत्ताको नजिक छ भनेर त्यहाँ सिधै भनिएको हो कि भ्रष्टचारीको उछितो हो ? सरकारी स्कुलमा आफु पढाएर आफ्नो छोराछोरी बोर्डिंग स्कुलमा पढाउने पात्र र प्रवृति देशको चित्र हो कि सत्ताधारीको मात्र चरित्र ? सरकारी कोटामा डाक्टर पढेर निजि क्लिनिकमा बिरामी बोलाउने डाक्टर नेकपाका कार्यकर्ता मात्रै हुन् र ? वाइडबडी घोटाला, तेत्तीस किलो सुन काण्डमा सत्ताधारीले आफ्नो मात्रै बिरोध देख्नु चोरको खुट्टा काट भन्दा हत्तनपत्त खुट्टा झिकेको प्रसंगसँग मिल्दोजुल्दो भएन र ?
ठुलै नेता भ्रष्टचारी न डराउछन लुक्छन
कार्यकर्ता केहि बुझ्दैनन् कुकुर जस्तै भुक्छन ।
गीतको चुरो अन्तर्य र व्यंग नबुझी जसरी पशुपति शर्माको अहिले बिरोध भएको छ आफ्ना, गीतमा जुन जुन पात्रको खराबी र गलत भनिएको छ त्यो सबै र आफ्नै मात्र हो, आफ्नाको लागि मात्र गरिएको गालि बेइज्ज्ती भनेर बुझ्ने कार्यकर्तालाई प्रस्तुत पंक्तिको मर्म सम्झाउनु पर्ला र ? अन्ध समर्थन, विवेकहीन प्रस्तुति, ज्यादती र आफ्ना नेताले जे गरे पनि ठिक देख्ने प्रवृति चाहे त्यो जुनसुकै पार्टी खेमा र धाराको भए पनि त्यो मान्छेको श्रेणी र कोटी भित्र राख्न सकिन्न त्यो प्रवृतिलाई जुनसुकै तुच्छ जनवार सँग तुलना गर्दा फरक पर्दैन । विवेकहीन जमात जसको होस् जति ठुलो होस् त्यो मानवीय चेतनामा गणना गर्न मिल्ने संख्या होइन । जानेर बुझेर भुक्यो भने कुकुर ठिक हुन्छ नबुझी थाह नपाई भुक्यो भने कुरालाई समेत निको मानिन्न गुणी कुकुर सम्झिन्न ।
कार्यकर्ता बफादार हुनु भनेको चाकर हुनु र अन्ध भक्त र ब्लाइन्ड सपोर्टटर हुनु होइन ? मान्छेमा आलोचनात्मक चेत आवश्यक हुन्छ । राजनीति गर्ने व्यक्तिमा अरु भन्दा बढी आलोचनात्मक चेत र सहनशील स्वभाव अपेक्षा गरिन्छ जसको चै ठुलो अभाव र खडेरी छ हाम्रो राजनीति वृतमा । सत्तासिन हुनुको नाताले सत्तासिन नेताकार्यकर्तामा त्यो गुण अरु बढी अपेक्षित हुन्छ तर तिखा बन काँडा झैँ बन्नु दुखद र दुर्भाग्यपूर्ण हो । सत्ता अभिभावक हो, सत्तासिनहरु दिने ठाउमा हुन्छन जिम्वेवारीको गहन भारी हुनुपर्छ तर सत्ताधारीहरु सत्ता खोसिएका झैँ हुनु नसुहाउने कुरा हो । सत्ताले सबै प्रति आफ्नो बिपक्षमा घन्केको स्वरमा पनि ध्यान दिनुपर्छ थुनछेक होइन, कान तिखा चै बनाउनु पर्छ ।
गीत संगीतमा कति तागत र शक्ति हुन्छ भन्नेकुरा अहिलेको सत्ता पक्षलाई सिकाउनु पर्दैन हिजो पंचायतकालमा रामेश, रायन, मन्जुल जे बी टुहुरे , जीवन शर्मा, अरिमहरुको कला र साधना हेरे पुग्छ, गाउँ बस्ति बिउझाउन श्याम तमोटको गाउँ गाउँ बाट उठ, बस्ती बस्तीबाट उठ कति धारिलो थियो सत्तालाई कति सजिलै नैतिकरुपमा परास्त गर्ने हतियार बन्थ्यो । सरकार आज तिनै गायक प्राय सबै जीवित नै हुनुहुन्छ उहाँहरु मार्फत राम्रो असल र दुरगामी काम गरेर त्यसको प्रचार गरी पशुपति शर्माको व्यंगलाई फिका बनाउँन सकिन्न र ? किन पशुपतिको खेदो खन्न सरकार सदन सडक सबै लाग्नु पर्यो ? हुदाँ हुँदा कांग्रसले पनि अर्को बिजनेस पाएछ अब पशुपतिलाई पुरुस्कृत गर्ने रे ? पशुपतिलाई पुरुस्कृत गर्न जनताले गर्छन हिजो पनि गरेका हुन आज झन् बढी गर्छन ।
कांग्रेसको बाक्लो छालामा पशुपतिको गीतको मर्म र भावना घुसे पुग्छ हिजोदेखि आज यो दिन आइपुग्न पशुपतिले बर्णन गरेको प्रवृति र पात्र जन्माउन कांग्रेसको हात छैन र ? हामीलाई चै होइन र हाम्रो पार्टीलाई चै यो गीतले छुदैन भनेर केवल सरकारको मात्र बिरोध देख्ने कांग्रेसको फुलो परेको आँखा प्रति पनि दया देखाउन सकिन्छ । धन्य कांग्रेस ! पशुपतिको गीत लुट कान्छा लुट ले तिम्रो पनि सुरुवाल फुकालेको होइन र ? कांग्रेसले गरेको कुकर्म यो गीतमा गुन्जेको छैन र ?
सिर्जनालाई दमनको भाषाको प्रतिकार कति महँगो पर्यो है सरकार ?
हाम्रा स्वरहरुमा प्रतिबन्ध लगाउदै
हाम्रा ओठहरुमाताल्चा झुण्डयाउदै
तिमी भन्छौ गाऊ न गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यहि गीत गाइरहन्छौ ।
हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउदै
हाम्रा हातहरुमा हत्कडी पहिर्याउदै
तिमी भन्छौ लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यहि गीत लेखिरहन्छौ ।
कृष्ण सेन इच्छुकको पंक्ति उदृत गर्दै सरकार हामी जनता भन्छौ तिमी पशुपतिको व्यंगमिश्रित गीत लुट कान्छा लुट नगाऊ भन्छौ तर हामी गाइरहन्छौ । गाइरहन्छौ । देशभर यो गीत गाएर सरकार प्रतिको तीतो पोखिरह्न्छौ जब सम्म सत्ता जनताको हुदैन ।
ढुंगाको काँप फोरेर पिपल उम्रेको कविता माधव प्रसाद घिमीरेले त्यसै लेखेका हैनन् । सिर्जना , क्षमता र प्रतिभा ढुंगा फोरेर उम्रने पिपल हुन सरकार हेक्का राखिबक्स्योस !
