नेपाली राजनीतिमा अस्थिरताको अर्को नाम प्रचण्ड

स्वार्थको लागि सिद्दान्त प्रतिपादन गर्छन । स्वार्थको लागि सिद्दान्तलाई चिता चढाउन हरदम तयार बन्छन । स्थाई र सुदृढ सम्बन्ध कसैसँग पनि नहुनु र नटिक्नु नै अस्थिर हुन भन्ने प्रमाण हो । नाटकीय ढोंग प्रदर्शन गरेर आफू अनुकुल वातावरण बनाउन खप्पिस भए पनि यिनका सारथि आजसम्म थुप्रैले यिनलाई बाटोमा छोडे, यिनले धेरैलाई अलपत्र पारे । अडान फेरिरहने र बोलीमा भर नभएकोले यिनको विश्वासमा रहन धेरैलाई धौ धौ र सकस पर्छ ।

यतिबेला साहित्यकार आहुतिको यो पंक्ति स्मरण गर्दै प्रचण्ड कमरेडको राजनीतिक रंग नियाल्दै छु। आहुति लेख्छन ।

 तिमी गोरो हौ तर उज्यालो हुदै होइनौ ?

 म कालो छु तर अँध्यारो होइन,

 कालो हुनु रंगहीन हुनु होइन,

 म कालो रंगको रंगीन कालो हुँ ।

हो प्रचण्ड गोरो छन उज्यालो देखिन्छन तर त्यो उज्यालो जे देखिन्छ त्यो हुदै होइन । जुन शक्ति र सामर्थ्य प्रचण्डसँग छ त्यसको आफ्नो छुट्टै रंग छैन तसर्थ यो जता पनि र जतिबेला पनि मिसिन्छ । जसले पनि मिसाउन सक्ने प्रचण्ड वास्तबमै रंगहीन सिद्दान्त बोकेर नेपाली राजनीतिमा क्रियाशील छन । अपेक्षा थियो प्रचण्ड स्थिर र स्थायित्वका प्रतीक बन्छन भैदियो उल्टो गतिशीलताको नाममा प्रचण्ड अस्थिरता र अन्योलका खेलाडी बनेर निस्के ।

भूमिगत जीवनबाट २०६३ असार २ मा बालुवाटारमा प्रकट हुँदा प्रचण्ड स्वैरकाल्पनिक पात्र र आसाको केन्द्र विन्दुको आकर्षण दिएर झुल्किएका थिए । कालान्तरमा प्रचण्ड आकर्षणहीन र बेथिति र विचलन, कठोर पुजिवादी झैँ देखिन पुगे ।

उनका प्रशंसकहरु प्रचण्डको पिपल पाते प्रवृतिलाई जीवन्त गतिशील र मार्क्सवाद सम्मत वैज्ञानिक दुर दर्शिता भन्छन । शान्ति प्राक्रियामा आउने बाध्यात्मक स्थिति र खिल राज रेग्मीलाई चुनाव गराउन बाध्य पारेर चुनावको पक्षमा अनवरत खटेको र राजतन्त्र विरुद्द गाउँ गाउँमा जनमत बनाएको केहि घटना र प्रसंग बाहेक प्रचण्ड अस्थिरतामै रमे रमाएका छन् ।

राजनीतिको लामो दर्वियानमा केही अपवादलाई नै सबै कुरा र सकारात्मक ठान्ने हो भने जिनियस सकारात्मकताको अपहेलना हुन जान्छ । नेपाली राजनीतिमा बेश्याबृति गर्नेहरुको नामसँग प्रचण्डलाई जोड्नु पर्दा र यो शब्द प्रयोग गर्नुपरेकोमा मलाई हीनताबोध छ तर कहिलेकाँही कटु सत्य बोल्नै पर्ने बाध्यता हुनजान्छ । प्रचण्ड बुझ्न उनलाई आज हेरेर मात्रै हुदैन उनको विगत देखिको राजनीतिक यात्रा र आरोह अवरोहलाई बुझ्नुपर्ने हुन्छ ।

अति महत्वाकांक्षी हुनुको कारण प्रचण्ड सिद्दान्तहीन सिद्धान्तको राजनीति गर्छन । गठजोड र घृणा मायाको सम्बन्ध आजको भोलि बनाउन माहिर छन् । स्वार्थको लागि सिद्दान्त प्रतिपादन गर्छन । स्वार्थको लागि सिद्दान्तलाई चिता चढाउन हरदम तयार बन्छन । स्थाई र सुदृढ सम्बन्ध कसैसँग पनि नहुनु र नटिक्नु नै अस्थिर हुन भन्ने प्रमाण हो ।

नाटकीय ढोंग प्रदर्शन गरेर आफू अनुकुल वातावरण बनाउन खप्पिस भए पनि यिनका सारथि आजसम्म थुप्रैले यिनलाई बाटोमा छोडे ,यिनले धेरैलाई अलपत्र पारे । अडान फेरिरहने र बोलीमा भर नभएकोले यिनको विश्वासमा रहन धेरैलाई धौ धौ र सकस पर्छ ।  सस्तो भावुकता देखाएर क्षणिक समय चै मान्छेहरुको साथ लिने अनि युज अन्ड थ्रो यिनको शैली र आचरण भएको छ ।

यद्दपि प्रचण्ड शक्तिमा पुगे र शक्तिमा संधै रहन चाहन्छन । पार्टी बिगठन र सैद्दान्तिक अवचलनलाई गतिशीलताको उदाहरण दिने प्रचण्ड आफ्नो अस्थिरता कै कारण देशले बाबुराम, झलनाथ र माधवकुमार नेपाल प्रधानमन्त्री बन्न सकेको हास्यास्पद तर्क गर्छन । केही थान कम्युनिस्ट प्रधानमन्त्री बन्नु नै देशको सौभाग्य र स्वर्णिम अवसर हो त ? देश बनाउने नेताले प्रधानमन्त्री धेरै मेरो कारणले बनाए भन्ने तर्क कति उचित कति अनुचित समयले मुल्यांकन गर्ला ।

देशको उपलब्धि प्रधानमन्त्री धेरै हुन भन्ने लाग्छ भने आज तीन बृद्द पूर्वप्रधानमन्त्रीको बदला किन नयाँ पुस्ताका घनश्याम, योगेश, बर्षमान, मातृका यादव र रामकुमारी लाई वैकल्पिक प्रधानमन्त्री बनाउन प्रचण्डको गुट गठबन्धन तयार छैन त ? यदि नयाँ पुस्ताबाट कोही विकल्प प्रचण्ड माधव र झलनाथले दिने हो भने प्रधानमन्त्री ओलीलाई अरु नैतिक संकट र दवाव सिर्जना हुन्थ्यो ।

लोक लाजले ओलीलाई समर्थन गर्नेहरुलाई पनि ओली क्याम्प छोड्न सहज कारण र तर्क बन्थ्यो । बिडम्बना यहाँ लडाई सिद्दान्त पद्दति र विचारको होइन कुर्सि र स्वार्थको हो तसर्थ यो बेमेल पुन स्वार्थकै लेनदेन र भागबन्डामा प्रचन्डले नै नतुहाउलान भन्न सकिन्न । किनकि यहाँ पुस्तान्तरणको सबाल पनि छैन नैतिकता र निष्ठाको उदाहरण पनि ?  

सबैलाई खेलाएर, लडाएर आफू साखुल्ले बनेर पार्टी सत्तामा रहने प्रचण्ड स्वभाव ’bout माधव नेपाल र झलनाथ खनाल बेखबर कसरी होलान र ? प्रचण्ड एकाएक पार्टी एकतामा कसरी आइपुगे र ओली आफ्नो एकल निर्णयले पार्टी एकता गर्न कसरी राजी भए ? प्रचण्ड र ओली कम्युनिस्ट पार्टीका नेता भए पनि दुइ बिपरित ध्रूवका कट्टर आलोचक र प्रतिवादीहरु हुन ।

ओलीलाई छापामार शैलीमा पदच्युत गरेर कांग्रेसगठबन्धनमा चुनाव लड्न गएका प्रचण्ड एक वर्ष पुग्दा नपुग्दै ओलीसँग पार्टी एकतामा जानुले आयातित सुपर ग्लुले पार्टी जोडिएको हो कि स्वाभाविक प्रक्रियाबाट भन्ने कुरामा राजनीति शास्त्रीहरुको तर्क वितर्क छ । अनायास एकाएक बिपरित धुर्वको एकाकार दुर्घटना हुन सक्छ सामान्य घटना हुन सक्दैन र कारण पुग्दैन पनि । आकस्मिकता भित्र आकस्मिक नै कारण र अर्थ हुन्छ त्यो कारण र अर्थ नेपालीको आन्तरिक राजनीतिक कारणले प्रयाप्त छैन, बाह्य कारण अर्थात प्रचण्डलाई जनयुद्दको क्रममा पालन गर्ने पोषण गर्ने हुर्काउने बढाउने शक्ति नहोला भन्न सकिन्न ?

त्यहि जनयुद्दको क्रममा मोहन बैद्य पक्राउ परे, सिपि गजुरेल थुनिए उपेन्द्र यादव र मात्रिका यादव पक्रिय तर बाबुराम र प्रचण्ड कहिल्यै सामान्य आपतमा पनि नपरी भारतमा सुरक्षित रहनुलाई विश्लेषण गर्ने अनेकन आधार र धरातल छन । अत प्रचण्ड संधै शंकाको घेरामा किन नहुन ? आफ्ना राजनीतिक गुरु मोहनविक्रम सिंह देखि मोहन बैद्य अनि सिनियर सिपि गजुरेल सम्मलाई पाखा पार्दै, धकेल्दै, बैद्य र विप्लवलाई पार्टी फुटाएर जान बाध्य पार्ने देखि पार्टी बिगठन, पुनर्गठन, पार्टीको नाम परिवर्तन देखि सहयात्रीलाई लखेट्दै आजको बिन्दु सम्म आइपुगेका प्रचण्ड बाबुरामलाई हुत्याउन समेत सफल बनेर निरन्तर एक छत्र पार्टीको शीर्ष नेतृत्वमा रहे । जनयुद्दको क्रममा पनि बैद्य र बाबुरामलाई भिडाएर आफू सुरक्षित केन्द्रमा बसे ।

२०२८ सालमा कम्युनिस्ट बनेका प्रचण्ड कुनै पनि पार्टीमा दीगो बनेर र सबै सहयात्री संगै अटाएर बस्न सक्दैनन् । मशाल, मसाल, एकता केन्द्र, नेकपा माओवादी, नेकपा मओवादी केन्द्र हुदै एमालेसँग पार्टी विलय गराएर प्रचण्ड आज नेकपा नामको दोश्रो तर कार्यकारी अध्यक्षको बिल्ला लगाएर शक्ति संघर्षमा छन् ।  यिनलाई संधै पहिलो नम्बरमा बस्ने र सत्ताको शक्ति हातमा राख्ने आदत छ । त्यसैले चुप बस्दैनन्, धैर्य राख्दैनन् । भक्त बहादुर श्रेष्ठ देखि, गोपाल खुम्बु सम्म सिपि गजुरेल देखि मोहन बैध सम्म, बाबुराम देखि मोहन विक्रम सिंह सम्म, आहुति देखि थुप्रै पुराना सहयात्रीले प्रचण्डबाट मोह भंग गरिसकेका छन् ।

कोही अहिले प्रचण्डको छेउमा हैन पार्टीमा समेत छैनन्  । ओली विरुद्द मोर्चाबन्दी गरेका प्रचन्डले माधव नेपाल र झलनाथलाई कतिन्जेल आफूसँग हिडाउने हुन ? एमाले २०७४ सालको चुनाबमा एक्लै सुविधाजनक बहुमत ल्याउने हैसितमा थियो तर खै कसले प्रचन्डलाई ओलीसँग जोडिदियो र आज ओली पुन अस्थिरताको चंगुलमा पसे, फँसे ?

ओली शायद गम्भीर र गहिरो समीक्षामा छन यतिबेला ? प्रचण्ड अस्थिरता र अन्योल अनि उपद्रोको पर्यायवाची नाम भन्ने थाहा नपाएर ओलीले पार्टी एकता गरेर खतरा मोलेका पक्कै होइनन् ? सुनिन्छ नागरिकता बिधेयक संसदको कार्यसूचीमा तत्काल नराख्न प्रचन्डले सभामुख अग्नि सापकोटालाई निर्देश गरेका छन् । नेपाली राजनीतिमा पर्दा पछाडि अर्कैको भूमिका र रिमोट हुन्छ भन्ने प्रमाण र तर्क हाम्रा राजनीतिक पार्टी र तिनका नेताहरुको हावभावबाट नै प्रस्ट हुन्छ ।

बिडम्बना यहाँ लडाई सिद्दान्त पद्दति र विचारको होइन कुर्सि र स्वार्थको हो तसर्थ यो बेमेल पुन स्वार्थकै लेनदेन र भागबन्डामा प्रचन्डले नै नतुहाउलान भन्न सकिन्न । किनकि यहाँ पुस्तान्तरणको सबाल पनि छैन नैतिकता र निष्ठाको उदाहरण पनि ?  सबैलाई खेलाएर, लडाएर आफू साखुल्ले बनेर पार्टी सत्तामा रहने प्रचण्ड स्वभाव ’bout माधव नेपाल र झलनाथ खनाल बेखबर कसरी होलान र ?

पार्टी स्थाई कमिटिको बैठकमा नभनेर ओलीले मदन भण्डारी जयन्तिको दिन आफ्नो सत्ता गिराउन भारत लागेको आरोप लगाए र नक्शा पास गरेको क्षतिपूर्ति आफ्नो पद रहेको तर्क गरे । त्यसको प्रतिवाद प्रचण्डले स्थाई कमिटि बैठकमा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटन आफूले भनेको स्पष्टीकरण दिए ।

अब प्रश्न उठ्छ प्रचण्ड नै भारत हुन् कि भारत र प्रचण्ड दुवै मिलेर ओलीलाई सत्ताबाट ओराल्न चाहेका हुन् ? एमसीसी, नागरिकता बिधेयक अरु केके पुरक अपुरक कुराले प्रधानमन्त्री ओली हट्दैछन् ? आफ्नो रक्षा कवचको लागि सार्वजनिक खपतमा यो बोलियो कि सच्चाई र गुढ रहस्य पनि छ ? नेकपा स्थाई कमिटिमा नाटकको पर्दा कसरी खस्छ त्यो हेर्न बाँकी छ ।

ओली काबिल र सत्ता हाक्न सक्षम छैनन् यो घाम जत्तिकै छर्लंग छ तर विकल्प जे र जुन देखिन्छ त्यो भन्दा ओली सत्तामा रहनुमा नै नेकपा र देशको पक्षमा छ । प्रजातान्त्रिक प्रक्रियामा सत्तामा कसैलाई राख्नु र ओराल्नु नै मात्र महत्वपूर्ण कुरा होइन, महत्वपूर्ण कुरा सत्ता परिबर्तन हुदाँ देशले के पाउछ ? कुन आशा र सम्भावनाको लागि अस्थिरता र तँछाडमछाड ?

ओलीको सर्वोत्तम विकल्प नयाँ पुस्ताको काँधमा जिम्वेवारी र पुस्तान्तरण मात्रै भने पनि तर्क र कारण मान्न सकिन्थ्यो तर न सिद्दान्त, न पद्दति, प्रणाली ? केवल सत्ताको लागि संघर्ष र लडाई मात्रै हो भने ओली बहिर्गमनको लागि यथेस्ट कारण पुग्दैन । दुई तिहाई नजिकको बहुमत अस्थिर र अन्योलग्रस्त हुने हो भने यसको हुर्मत कतिन्जेल रहला ? जुँगाको भाले जुधाई र रमिता तमासा कतिन्जेल हेर्ने रैतीले ? सिद्दान्त, निष्ठा,आदर्श र प्रणालीको पक्षमा आन्तरिक सक्ति संघर्स हो भने त्यो जायज र औचित्यपूर्ण हुन्थ्यो तर सिद्दान्त तिलान्जली दिएर भोक र भोजनको लागि गरेको संघर्ष जनताको आशा र आकर्षण बन्न सक्तैन ।

राजनीतिमा अस्थिरता, अन्योल र उपद्रोको अर्को नाम अर्थात पर्यायावाची प्रचण्ड किन बन्नु हुन्छ । एक माघले जाडो जाँदैन नि कमरेड ? सिद्दान्त स्खलित भै सके पछि पुनर्जीवित र पुनर्जागरण गर्न हम्मे हम्मे मात्रै पर्दैन असम्भव प्राय हुन्छ । न सिद्दान्त छ न कम्युनिस्ट शैली । अपारदर्शी तर भव्य पुँजीवादी जीवन शैली, भैसी पुजादेखि अन्य सांस्कृतिक भौतिक र राजनीतिक सिद्दान्त सकेका प्रचण्ड अब अस्थीरता र अवसानको राजनीतिमा कति दीगो बन्छन हेर्दै गरौ ।