बृद्धभत्ता ५ हजार होईन, निःशुल्क स्वास्थ्योपचार !

सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बृद्धि गर्नुको साटो ज्येष्ठ नागरिकको लागि निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्नु पर्दछ । यो नै ज्येष्ठ नागरिकलाई बढाएर दिने बृद्ध भत्ताको पहिलो उपयुक्त विकल्प हो । यो विषय कोहि नेताहरुले बोल्दैनन् ।

 

 

गएको निर्वाचनको घोषणापत्रमा ज्येष्ठ नागरिकहरुले पाउँदै आएको बृद्धभत्ता पाँच हजार पुरयाउने विषय बामपन्थी पार्टीहरुले समावेश गरेको थाहा पाएपछि तत्कालिन देउवा सरकारले भत्ता दिने उमेर ६५ बर्ष कायम गरि भत्ता वितरण गर्ने घोषणा नै गरयो । त्यसको कार्यान्वयन हुन सकेन कारण स्पष्ट छ । अमिताभ बच्चनले फिल्महरुमा लिलाम बढाबढको लागि कृतिम तरिकाले एकपछि अर्कोले भाउ बढाए जस्तै होड चलेको हो । ज्येष्ठ नागरिक भत्ता बृद्धि गर्ने । यो स्वभाविक देखिए पनि राष्ट्रको ढुकुटि हारल धुरल गर्दै बाँड्ने संस्कृति बस्नु हुँदैन । त्योभन्दा ठूलो कुसाशन केहि हुँदैन । ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ताको सम्बन्धमा फेरी पनि नेता नै पिच्छे भाषण शुरु भएको छ । गएको हप्तामा पाँच नेताले पाँच स्थानमा बृद्ध भत्ता ५ हजार पुरयाउने प्रतिवद्धता जनाए । मन्त्रीहरुले र प्रधानमन्त्रीको समेत यो प्रतिबद्धताले सरकारले पैसा बाँड्नुको विकल्प खोजेनन् भन्ने देखियो । आजको आलेख यसै विषय मा केन्द्रित रहेको छ ।

 

निःशुल्क स्वास्थ्योपचार

सरकारले ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता बृद्धि गर्नुको साटो ज्येष्ठ नागरिकहरुको कम्तिमा ६०बर्ष माथीका ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्नु पर्दछ । यो नै ज्येष्ठ नागरिक हरुलाई बढाएर दिने बृद्ध भत्ताको पहिलो उपयुक्त विकल्प हो । यो विषय कोहि नेताहरुले बोल्दैनन् । सबै ज्येष्ठ नागरिकहलाई परिचयपत्रसहित स्वास्थ्योपचारको निःशुल्क व्यवस्थाले उनीहरुको राज्यप्रतिको दायित्व बढेको महशुस हुने बताउँछन् ज्यष्ठ नागरिकहरु । सरकारले आफ्नो बार्षिक नीति तथा कार्यक्रम बनाउँदा “प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच हुने मौलिक हकलाई कार्यान्वयन गरिने । राष्ट्रिय स्वास्थ्य बीमालाई स्वास्थ्य सुरक्षाको अभिन्न अङ्गको रूपमा अघि बढाइने ।” भन्ने उल्लेख गरयो, तर त्यसमा ठोसरुपमा काम गरेन भन्ने आलोचना छ ज्येष्ठ नागरिकहरुको । अहिलेको सरकार ज्येष्ठ नागरिक मैत्री सरकार बन्ने हो भने ज्येष्ठ नागरिकहरुको स्वास्थ्योपचार निःशुल्क गर्ने व्यवस्था गर्नु पर्दछ । आखिर हामी सबैले गुजार्नु पर्ने अबस्था भनेको बृद्धा अबस्था नै हो । यस्तो पुन्य कर्म जसबाट प्रत्येक नागरिकहरुले आफ्नो कर्तव्य, दायित्व र गौरब अनुभुति गर्दै आफ्नो आएको निश्चित प्रतिशत रकमसमेत राज्यलाई योगदान गर्न सक्छन् र आफ्नो भविश्य कष्ट र पिडादायी हुनबाट मुक्त भएको अनुभुति गर्न सक्दछन् । यो कामलाई अगाडि बढाउन सरकारले तुरुन्तै काम शुरु गरयो भने आगामी चारबर्ष भित्र ज्येष्ठ नागरिक भत्ताको उपयुक्त विकल्पसहित स्वस्थ्य बुढ्यौली जीवनको अभियान सञ्चालन गर्न सक्दछ ।

 

ज्येष्ठ नागरिक स्वास्थ्य बीमा

सरकारले यस बर्षको बजेटमा महिला, बालबालिका तथा जेष्ठ नागरिकको लागि सामाजिक सुरक्षा कार्यक्रमहरू सञ्चालन गरिने भन्ने जनाएको छ । जेष्ठ नागरिक दीर्घ–सेवा सम्मान तथा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिने पनि भनेको छ । आर्थिक बर्ष २०७३/७४को बजेटमा तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गर्ने लक्ष्यसहित राष्ट्रिय स्वास्थ्य बीमा योजना चरणबद्ध रूपमा कार्यान्वयन गर्ने व्यवस्था । आगामी आर्थिक वर्ष २५ जिल्लामा विस्तारका लागि रू. २ अर्ब ५० करोड विनियोजन । गरिएको थियो, तर त्यो कार्यक्रम अलपत्र परेको छ । हाम्रो देशको समस्या भनेकै नीति तथा कार्यक्रम बजेट समेत राम्रै देखिन्छ तर सो को कार्यान्वयन आफैमा फितलो र चुनौतिपूर्ण रहेको छ । यदि ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्न चाहने सरकारले आफ्नो नीति तथा कार्यक्रम बजेट कार्यान्वयन गर्न सक्दैन भने उसले ज्येष्ठ नागरिकहरुको हितमा काम गरेको ठहर्दैन । यस्ता नीति तथा कार्यक्रमहरु बनाउँदा ज्येष्ठ नागरिकहरुको क्षेत्रमा लामो समयदेखि कामगरेका र सक्रिय रहेकाहरुसँग परामर्श गरेको भए । कार्यक्रम कार्यान्वयनको सरल विधि र प्रयोग हुन सक्ने थियो । सरकारले बजेट तथा कार्यक्रममा भनेकोछ ७० बर्ष पुगेका ज्येष्ठ नागरिकहरुको लागि रु. एक लाखसम्मको विमांक रकमको स्वास्थ बीमा शुल्क सरकारले व्यहोर्ने छ । तर, त्यसको पनि ठोस काम हुन सकेको छैन । बजेटमा उल्लेख भएको कार्यक्रम सञ्चालन गर्नसमेत सरकारले ज्येष्ठ नागरिकहरुको क्षेत्रमा काम गर्नेहरुलाई उपेक्षा गरेको देखिन्छ । उनीहरुको गुनासो छ “सरकार सरोकारवालाहरुसँग छलफल नै गर्दैन । उपयुक्त विकल्पहरु पनि खोज्दैन ।”

 

साना साना स्वास्थ्य सामाग्रीको व्यवस्था

ज्येष्ठ नागरिकहरुको हितमा काम गर्न चाहने संघसंस्थाहरुले समेत ज्येष्ठ नागरिकहरुको आबश्यकतालाई पहिचान गरि गर्न सकिने साना मसिना कामहरु छन् । ती कार्य गर्न सजिलो पनि छ । सस्तो पनि छ । यहि ज्येष्ठ नागरिकहरुको लागि चस्मा, कान नसुन्ने हरुको लागि हियरिङ्ग एइड, लौरो, यांकल जस्ता साना साना स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउन सक्ने हो भनीहरुको जीवन सहज र सुखमयी हुने थियो । ज्येष्ठ नागरिकहरुको लागि आबश्यक स्वास्थ्य सामग्रीहरुको आबश्यकता अध्ययन गरि सोको जानकारी लिई कार्यक्रम बनाउँन सकिन्छ । सानो सहयोगले पनि ज्येष्ठ नागरिकहरुको जीवन सहज हुन सक्छ । नेपाल सरकार स्वास्थ मन्त्रालयले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य सबन्धमा कार्यक्रम सञ्चालन गर्न ‘जेरियार्टिक’ शाखा स्थापना गरेको छ । तर सो शाखाको ’boutमा ज्येष्ठ नागरिकहरुको हितमा शाखाले गर्न सक्ने कामको ’boutमा ज्येष्ठ नागरिकहरु नै अनभिज्ञ छन् । सोहि शाखाले ज्येष्ठ नागरिकहरुलाई आबश्यक पर्ने स्वस्थ्य उपकरणहरुको अध्ययन, व्यवस्थापन तथा वितरण गर्ने कार्यमात्र गरिदियो भने पनि मुलुकका ज्येष्ठ नागरिकहरुले राहत पाउने थिए ।

 

दशैं र ज्येष्ठ नागरिक

पुर्वीय संस्कृति मुल्य मान्यता र सनातन धर्म संस्कृतिको महत्वको रुपमा रहेको पर्व बडादशैं शुरु भै सकेको छ । देश विदेश बसेकाहरु पनि आफ्ना परिवारका ज्येष्ठ नागरिकहरुसँग आशिर्वाद लिन घरघर फर्कने प्रचलन छ । परिवारका जोसुकै भए पनि हाम्रो पूर्विय संस्कृति, चाडपर्व र रीतिरिवाजहरुले गर्दा परिवारमा ज्येष्ठ बृद्धबृद्धाहरुलाई सम्मान गर्ने संस्कृति प्रवद्र्धन गर्न पनि परिवारका सबै सदस्यहरु ज्येष्ठ नागरिक भएको घरमा भेलाहुने र विजया दशमी मनाउने प्रचलन छ । अहिलेको एकल परिवारको संस्कृति मौलाउँदै गएको अबस्थामा पनि ज्येष्ठ नागरिकहरुसँग सँगै बसेर पनि चाड मनाउने संस्कृति बढाउनु जरुरी छ । परिवारका ज्येष्ठ नागरिकहरुसँग मात्रै दशैं मनाउनु पर्ने भन्ने होईन समाजमा भएका ज्येष्ठ नागरिकहरुसँग पनि आशिर्वाद लिने । उनीहरुको रुचीअनुसारको खानेकुरा सामग्रीहरु दिने जस्ता कर्म गर्ने नयाँ संस्कृति विकास हुन थालि सकेको छ । कतिपय गाउँ घरमा ज्येष्ठ नागरिकहरु भएको घर र सामुदायीक भवनहरुमा समेत गाउँका सबै मिलेर बसेर टिका थाप्ने परम्परा शुरु भएको छ । यो संस्कृतिको प्रवद्धन गर्नु जरुरी छ ।

 

मिठाई र ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिकहरुलाई भेट्न जानेहरुले प्रायः मिठाई र गुलिया फलफुल लिएर जाने परम्परा एवं सस्कृति जस्तै छ । तर, कतिपय बृद्धबृद्धाहरुलाई गुलियो र चिसो हुने फलफुल खान नहुने रोग लागेको हुन्छ । कतिपय बृद्धाश्रमहरुमा आफ्नो जन्मदिनको अबसरमा भन्दै बृद्ध बृद्धाहरुलाई जेरी, लड्डु, पेंडा, सुन्तला, केरा आदि बोकेर जाने गरेको भेटिन्छ् । यो ज्येष्ठ नागरिकहरुको हितमा छैन । उनीहरुको स्वास्थ्यलाई प्रतिकुल हुने खालका खाद्य सामग्री होइनन् । स्वास्थ्य अनुकुल हुने कुरा मात्रै अर्पन गर्नु पर्दछ । यो संस्कृतिको शुरु गर्नु जरुरी छ । कतिपय आश्रम सञ्चालकहरुले समेत यो कुरामा ध्यान दिन थालेका छन् । आफ्ना पित्रीहरुको स्मरणमा समेत फलफुल मिठाई खिर जेरी बाँड्ने गर्दछन् । यो क्रम रोकिनु पर्दछ । सोहि स्थानमा आबश्यक अन्य खाद्यान्न दिने वा नगद नै दिन गर्नु पर्दछ ।

 

आरोग्य आश्रमको अबधारणा

आर्थिक बर्ष २०७५/७६मा भएको व्यवस्था अनुसार प्रत्येक प्रदेशमा एक एक ज्येष्ठ नागरिक आरोग्य आश्रम सञ्चालन गरिने छ । त्यसै गरि वृद्धवृद्धाहरूका लागि दिवा सेवाकेन्द्र स्थापना गर्ने । पनि भनिएको छ । तर, आरोग्य आश्रमहरुको मापदण्ड के हुने हो ? सो को पनि निर्धारण हुनुपर्दछ । यसरी आरोग्य आश्रमहरु सञ्चालन गर्दा सोहि प्रदेशमा सञ्चालमा रहेका वा स्थापना भएका बृद्धाश्रमहरु मध्येबाटै छनौट गरि ’emको स्तरोन्नति गरि सरकार वा स्थानिय सरकार, स्थानिय स्वास्थ्यसेवा केन्द्र वा अस्पताल र स्थानिय नागरिक समाजको समेत साझेदारीमा यस्था आश्रमहरु सञ्चालन गर्नु पर्दछ । स्थानीय अस्पताल र स्वास्थ सेवा केन्द्रहरुको संलग्नतामा सञ्चालित आश्रमहरु मात्र आरोग्य आश्रम हुन योग्य हुन्छन् ।

 

अक्टोबर १, ज्येष्ठ नागरिक दिवस

संयुक्त राष्ट्र संघ को आह्वानमा सन् १९८० देखि संसारभर प्रत्येक बर्ष अक्टोबर १ तारिख ज्येष्ठ नागरिक दिवासको रुपमा मनाईदै आएको छ । हाम्रो देशमा पनि यो दिवस मनाईयो गत असोज १५मा । यो बर्ष ज्येष्ठ नागरिकहरुको अधिकारका अभियन्ताहरुको सम्मान गरौं भन्दै मनाईयो । यो अभियन्ताहरुको सम्मान गरौंको अर्थ हो,  ज्येष्ठ नागरिकहरुको हितमा काम गर्नेहरुको सम्मान गरौं भनेको यो अभियानमा लाग्नेहरुलाई अझै क्रियाशिल होऔं भन्दै सम्मान गरिएको हो । अहिले पनि हामीले विर्सन नहुने दिन भनेको ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने र उनिहरुको हितमा काम गर्ने दिन हो । यस्ता अबसरहरुमा औपचारीक रुपमा कार्यक्रम गर्नुभन्दा पनि बर्षभरि ज्येष्ठ नागरिकहरुको क्षेत्रमा गरिएका कार्यक्रमहरुको समिक्षा र नयाँ एवं श्रृजनशिल कार्यक्रमहरुको सुरुवात गर्नु हो । यो दिवस एक दिन होइन बर्षभरि मनाईने दिन हो । ३६५ दिन नै यो दिवस पर्छ । जुन परिवारमा ज्येष्ठ नागरिक छन् । त्यो घरमा प्रत्येक दिन ज्येष्ठ नागरिक सम्मान र ज्येष्ठ नागरिक दिवस मनाई रहेको हुन्छन् । यो कुरा ज्येष्ठ नागरिकहरुको हितमा कामगर्ने सबैलाई ज्ञात हुनु जरुरी छ ।

ज्येष्ठ नागरिक र राष्ट्रिय मानव अधिकार आयोग

यो बर्ष ज्येष्ठ नागरिक दिवसको अबसर पारेर ज्येष्ठ नागरिकहरुको सबालमा राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिक आश्रमहरुको अध्ययन गरयो । यो साह्रै सराहनीय कार्य हो । मानव अधिकार आयोगको संलग्नताले अब भने ज्येष्ठ नागरिकहरुको विषयमा आवाज उठाउने संबैधानीक संरचना तयार भएको भान भएको छ । अध्ययनको प्रतिवेदनको निश्कर्षहरु केहि मात्रामा सार्वजनीक भएका छन् । अब पूर्ण विवरणसहित सार्वजनिक हुने प्रतिवेदनले नेपालमा ज्येष्ठ नागरिक आश्रमहरुको अबस्था, सञ्चालन, सुशासन र अनुगमन तथा ती कार्यक्रमहरुको नियन्त्रणका लागि केहि आधारहरु बन्ने छन् ।

 

न्यानो कपडा अभियान

यस बर्ष जाडो याम शुरु नहुँदै तराईमा शितलहर नचल्दै तराईका जिल्लाहरुमा रहेका ज्येष्ठ नागरिकहरुको अबस्था पहिचान गरि न्यानो कपडा वितरण गरियो भने केहि हदसम्म ज्येष्ठ नागरिकहरुको सम्मान गरेको ठहर्छ । शितलहरले बृद्धबृद्धाहरुको मृत्युको खबर सार्वजनिक नहुँदै ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडाको व्यवस्था गर्न सकेमा मात्रै “समृद्ध नेपाल, सुखी नेपाली” अभियानले पहिचान पाउने थियो । यो न्यानो कपडा अभियान स्थानीय सरकारको मातहतमा शुरु गर्नु पर्दछ ।

 

हट व्याग वितरण

जाडो याममा बृद्धबृद्धाहरुलाई न्यानो कपडासँगसँगै ढाड, जिउ, घुँडा पाखुरा सेकाउन तातोपानी भरेर राख्न मिल्ने हट व्याग वितरण अभियान पनि त्यत्तिक्कै महत्वपुर्ण छ । ज्येष्ठ नागरिकहरुलाई एउटा हट व्याग मात्र उपलब्ध हुने हो भने पनि गरिविको चपेटामा सकसपुर्वक जीवनयापन गरिरहेका ज्येष्ठ नागरिकहरुले केहि हदसम्म राहतको अनुभुति गर्ने थिए । तराई पहाड हिमाल सबै क्षेत्रका ज्येष्ठ नागरिकहरुको लागि यो अभियान सञ्चालन गर्ने काम युवा युवतीहरुको हो । उनीहरुले आफ्नो भविश्य आफैं देख्न र अनुभव गर्न पनि यो अभियानमा समावेश गर्नु पर्दछ ।

 

बृद्धाश्रम शहरबजारको बीचमा

नेपालमा बनेका बृद्धाश्रमहरु एकलासको स्थानमा । खोलाको तिरमा । नदि किनारामा । घाटमा । तिर्थ स्थलमा । मन्दिर सत्तल र पार्टि पौवा भएका स्थानहरुमा बनाउने गरेको पाईएको छ । यो विल्कुल गर्न नहुने काम हो । ज्येष्ठ नागरिक आश्रमहरु शहरी क्षेत्रमा त्यो पनि व्यवस्थीत र मानिसहरुको आवत जावत हुने स्थानमा मात्र खोल्न पाउने व्यवस्था गर्नु पर्दछ । यदि यस्ता आश्रमहरु आवासीय क्षेत्र र सहरी क्षेत्रमा मात्रै खोल्न पाउने व्यवस्था गर्न सकेमा मात्र ज्येष्ठ नागरिकहरुले आफु पनि समाज भित्रै छु भन्ने अनुभुति गर्न सक्दछन् । नुवाकोट जिल्लाको देबिघाटमा सोहि अबधारणअनुसारको अत्याधुनिक सुविधा सम्पन्न ज्येष्ठ नागरिक आश्रम बनाईएको छ । एट्यच वाथरुमसहितको ४८ कोठाको आधुनिक सुविधा सम्पन्न यो आश्रममा ज्येष्ठ नागरिकहरुकोे लागि लिफ्टसमेत जडान गरिएको छ । यसलाई सरकारले ३ नम्बर प्रदेशको नमुना आरोग्य आश्रमको रुपमा सञ्चालन गरेमा अन्य बाँकी ६ वटा प्रदेशले पनि यसै अनुरुपको आरोग्य आश्रम छनौट गर्न सक्ने छन् । काठमाण्डौ उपत्यकामा रहेका बृद्धाश्रमहरुको पनि स्थान परिवर्तन जरुरी छ । बृद्धाश्रम सधै समाजमा हुनुपर्छ, एक लासमा होईन ।

 

बुढौली अस्पताल र डाक्टर

नेपालमा ज्येष्ठ नागरिकहरुको लागि छुट्टै अस्पताल छैन । दुई सय सैयाको अस्पतालमा जेरियाट्रिक वार्डको व्यवस्था छ । बुढ्यौलीमा लाग्ने रोगको ’boutमा विशेषज्ञ डाक्टरहरु पनि छैनन् । बढ्यौलीको डाक्टर बन्ने छात्रबृत्ति उपलब्ध गराई सरकारले आबश्यक जनशक्ति उत्पान गर्नु पर्छ । यो अबस्थामा सबैभन्दा बढि हेरचाह गनुपर्ने हरुको क्षेत्रमा कामगर्ने चिकित्सकको अभावमा सहज र सरल रुपमा बुढाबुढिहरुले परमर्श एवं उपचार पाईरहेका छैनन् ।

 

सिटिईभीटिलाई नयाँ कोर्स

ज्येष्ठ नागरिकको हेरचाहगर्ने स्वास्थ परिचारीका उत्पादन गर्न सिटिइभिटिले नयाँ कार्यक्रम बनाई देशभर सञ्चालन गर्नु पर्दछ । यो कार्यक्रम सञ्चालन गर्न सके नेपाल बाट बैदेशिक रोजगारीमा जाने केयर गिभरदेखि स्थानीय तहमा स्वयंसेवा गर्न चाहने महिला तथा पुरुषहरुले समेत लाभ लिन सक्ने थिए । यो कार्यक्रम तयार गरि सिटिईभिटिले यो बर्षदेखि नै तालिम सञ्चालन गर्नु पर्दछ । समृद्ध नेपाल सुखी अभियानमा व्यावसायीक तालिम केन्द्रले महत्वपुर्ण योगदान हुने थियो ।

 

माथीका कार्यक्रमहरुको अलावा ज्येष्ठ नागरिकहरुको हितमा निम्न कार्यक्रमहरु तयार गर्नु जरुरी छ । ज्येष्ठ नागरिक निःशुल्क यातायात । ज्येष्ठ नागरिक क्रियाशिल परियोजनाहरु ।ज्येष्ठ नागरिक कोषको साटो पेन्सनकोष । ज्येष्ठ नागरिक अध्ययन केन्द्रहरु । अन्तर पुस्ता सम्बाद अभियान र ज्येष्ठ नागरिक समाचार स्तम्भहरुको व्यापक रुपमा प्रकाशन जरुरी छ ।