नेकपा भित्रका गुटैगुटको अभिष्ट

अध्यक्ष द्वयले मात्रै खुसुखुसु कुरा गरेर पार्टी निर्णयमा पाखा लगाए भनेर डाको छोडेर रुनेहरुलाई आशंका के भयो भने आफूहरु मुख्य भूमिका दायित्वबाट वञ्चित भएर दुधबाट माखो फालिएझैँ फालिने भयौं ।
नेपाल कम्युनिष्ट पार्टीको जन्मकालदेखिकै चरित्र तथा विशेषता के छ भने अस्वस्थ रुपमा चल्दै बढदै ५२ टुक्रासम्म विभाजन भयो । तथापी पटकपटकको जनक्रान्तिमा पनि सफल रहेको इतिहास छ । विगतलाई खोतलेर हेर्दा के बुझिन्छ भने राष्ट्रिय–अन्तराष्ट्रिय गुप्तचर संस्थाको सञ्जालले पार्टी चलाउने संगठन बनाउने, हतियारधारीले रक्तपातपूर्ण क्रान्ति गर्ने र सर्वसाधारण जनताले सडकमा जिन्दावाद मुर्दावादको नारा लगाउने गरेको तथ्य अनुभूत हुन्छ ।
यस्तै पृष्ठभूमि टेकेर राजनीतिक उचाई लिएको कुनै पनि पार्टीभित्र सत्ता शक्तिका निमित्त सधै निर्मम संघर्ष टक्कर निरन्तर रुपमा चल्दै आएको सर्वविविदै छ । नेपथ्यबाट लगानी गरेका शक्तिकेन्द्रहरुले जसलाई जुन प्रयोजनको निम्ति सामेल गराइएको हुन्छ, उसलाई कहाँ के जिम्मेवारीमा स्थानान्तरण गर्दा लाभान्वित हुइन्छ, तदनुरुप उपयोग गर्ने गरेको विगतले स्मरण गराउछ ।
एक राष्ट्रिय दैनिकले प्रकाशन गरेको “नेकपा भित्र गुटैगुट” शिर्षकको समाचारमा नाम किटेरै गुटको ’boutमा जानकारी दिएको छ । तदनुरुप नेकपा भित्र दृष्यअदृष्य रुपमा मूलतः ६ जना नेता वरिपरिका गुट सतहमा देखिएका छन् । यस भित्र पनि अन्य उपगुट एक दर्जन जति छन् ।
तत्कालिन पार्टीमा गुटबन्दि सतहमा नदेखिदै हालका प्रधानमन्त्री नक्सलाईट काण्डमा जेलमा थिए । त्यस्तो बेलामा गुप्तचर सञ्जालभित्र ओली समेटिने सम्भावनानै थिएन । त्यतिबेला एउटा पंक्ति जनपक्षीयको व्यानरमा चुनाव लडथ्यो । अर्को पंक्ति मानवअधिकारको नाममा राजनिति सञ्चालन गथ्र्यो ।
त्यतिबेला खुला रहेर राजनीति गर्नेहरु कुनै न कुनै प्रकारले गुप्तचर सञ्जालमा समाहित थिए । तत्कालिन राजनीतिकर्मीहरु जो कुनै संस्थामार्फत सञ्जालमा समाहित भए । त्यस्ताको मात्रै परिवर्तनमा अर्थात पार्टीमा अस्तित्व रहयो, जो सर्वसाधारण जनता भएर लागे ’em मैदानको घाँसभन्दा माथि उठन सकेनन अर्थात उठन दिइएन । जो सञ्जालमा नेपथ्यको सिफारिसमा प्रवेश गरे, तीनीहरु बास जसरी हलहली बढे ।
त्यस्तै बाँसहरु सत्ताशक्ति कब्जाका निम्ति द्वन्दरत छन् । प्रधानमन्त्री के.पी.ओली निर्वाचित भैसकेपछि राष्ट्रिय अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने निर्णय लिएपछि यसबाट रस्वादन गरिरहेका पंक्तिले गलत निर्णय भनेर गर्जन गरे । पार्टी र देशको निम्ति सही निर्णय थियो । ’cause बर्दिवाल पुलिसको संख्याको हाराहारीमा गुप्तचरको संख्या छ भन्छन, विदेशीबाहेक पहिलेको गणतन्त्रवादीको बहुदलवादी भनेर च्यो गर्ने काम गर्थे भने अहिले पार्टीकै सम्बन्धित निकाय नायकले लाएअह्राए बमोजिम गुट अगुट र विभिन्न संगठनहरुमा च्यो गर्ने जिम्मेवारी पाएका छन् ।
गुटको मुख्य भूमिका के देखिन्छ भने मूल नेतृत्वलाई गलाउने र मुख्य काममा भाँजो हालेर आफनो स्वार्थ अनुकुलको निर्णय गराउने गरेको देखिन्छ । साविक सत्ताका प्रतिनिधिहरु भएकाले तदनुरुपको रोल खेल्दा सत्ता (जेल, अदालत, पुलिस संगठन, व्युरोक्रेसी) र सरकारबीच द्धन्द चलिरहन्छ । सरकार परिवर्तनपछि पनि सत्ताको कभर (गाता) मात्र बनिरहेछ, परिणामतः जनताले परिवर्तनको रस्वादन गर्न पाइरहेका छैनन ।
गुट जसले पहिलीदेखी चलाउदै आएको छ, उनीहरुको आरोप के छ भने केपी ओली गुट सबैभन्दा शक्तिशाली छ । ओली गुटमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु सुवाश नेम्बाङ्ग, प्रदिप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ्ग, विष्णु रिमाल, केन्द्रिय सदस्यहरु इश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, भानुभक्त ढकाल, राजन भटटराई लगाएका नेताहरु छन् । सात प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी २८ पदाधिकारी मध्ये ओली पक्षका १० ले जिम्मेवारी पाएका छन् ।
ओलीपछि अर्को अध्यक्ष पुष्पकमल दाहालको गुट बलियो छ । दाहाल गुटमा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, चक्रपाणि खनाल, अग्नी सापकोटा, हरिबोल गजुरेल, हितराज पाण्डेलगायतका नेता छन् । यो गुट भित्र वर्षमान र जनार्दनको उपगुट शक्तिशाली छ । अन्य धेरै नेताहरु दाहालकै वरीपरि छन् । तथापी कमजोर गुट उपगुट यिनले चलाइरहेछन् । टोपबहादुर रायमाझी, मणिथापा, मातृका यादव, देवेन्द्र पौडेलहरुले ।
तत्कालिन एमालेका माधव नेपालको अलग्गै गुट छ । पूर्वघटक भित्र ४७ जिल्ला अध्यक्षको समूह हो यो । माधव गुटमा स्थायी समिति सदस्य भीम रावल, अष्टलष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भटटराई, लालबाबु पण्डित, जगन्नाथ खतिवडा, राजेन्द्र राईलगायतका नेताहरु छन् ।
यो गुट तितरवितर छ, एक ढिक्का छैन । तथापी प्रदेश कमिटीमा ३ जनाले इन्चार्जको जिम्मेवारी पाएका छन् । पदीय जिम्मेवारीमा माधव पक्षका छैनन । माधवबाट छुटिएर धनश्याम भुसालले छुटै समूह बनाएका छन् । योगेश पनि प्रयतनरत छन् । भुसाल, राम कार्कीसँग मिलेका छन् । सचिवद्धय गोकर्ण विष्ट र भिम आचार्य निकट भनिएता पनि उपगुटमा छन् । पूर्व एमाले भित्र गुटको जितहार राजनीतिमा सधै निर्णायक हुन्थे ।
वामदेव गौतमसँग प्रभावकारी गुट छैन, तर आन्तरिक राजनीतिमा निर्णयक स्टेप चाल्न सक्ने टिम छ । यसमा किरण गुरुङ्ग, रघुविर महासेठ, रविन्द्र अधिकारी, यमलाल कडेल, दलबहादुर राना लगाएतका नेता छन् । विगतदेखिको टिम हो यो । एमाले फुटाएपछिको माले पार्टी (तत्कालिन)को पनि समर्थन छ ।
प्रदेश कमिटिमा २ जनाले ठाउँ पाएका छन् । माधव नेपालसँग वामदेव असन्तुष्ट छन, ’cause चुनावमा जान अवरोध दिएकाले । प्रवक्ता नारायणकाजी श्रेष्ठसँग बेग्लै गुट छ । १० वर्षअघि प्रचण्ड नेतृत्वको एकता केन्द्र मसालवीच पार्टी एकता भएयता श्रेष्ठ समूहको बेग्लै उपस्थिति छ । जुन अहिलेपनि अस्तित्वमा छ ।
गिरीराजमणि पोखरेल, विश्वनाथ साह, जीवन गौतम, गिरीधारीलाल न्यौपाने लगायतका नेताहरु श्रेष्ठ निकट छन् । श्रेष्ठ पक्षीय एकजनाले प्रदेशमा पद पाएका छन् । तत्कालिन माओवादी भित्र प्रचण्डपछिको बलियो गुट रामबहादुर थापाको छ । यो गुटमा स्थायी समिति सदस्य देव गुरुङ्ग, पम्फा भुसाल, कुलप्रसाद केसी, सावित्रीकुमारी काफले, अमृता थापा, र हितमान शाक्यलगायतका नेता छन् ।
‘
प्रदेश कमिटिमा ४ जनाले जिम्मेवारी पाएका छन् । तत्कालिन एमालेको झलनाथ खनाल पक्षका माधव गुटमा हुनाले त्यसलाई फुटाएर आफनो गुट निर्माणमा लागेका छन् । वरियताको विषयमा आफू अध्यक्ष भैसकेकोले वरिष्ठ नेता पाएकोमा महासचिव मात्र भएका माधव नेपालभन्दा तल राखेकोमा विरोध जारी छ, र नपाउदासम्म आक्रोश व्यक्त भैरहन्छ । साथै माधव गुट फुटाई छोडने प्रणमा छन् ।
‘
नेकपाको मूल नेतृत्व ओलीलाई निर्णायक घडिमा प्रभावित पार्न र आफू अनुकुल निर्णयमा तान्न गुट तथा समूह सबभन्दा बढी सकृय हुन्छन् । प्रभावशालीहरुलाई मुख्यमन्त्रीमा रोक्न मुख्यतः गुटहरु सकृयता साथ सफल भए । गुटबन्दि जग्गा दलाली गर्ने दलालहरु जस्तै हुन ।’
गुट उपगुटले अन्ततः पार्टीलाई स्वथ्य बन्न दिदैन र परिणामतः भविष्यमा विघटनमा धकेल्छ । मलाई अनुभव के छ भने माधवको गुरु भनेर आफूलाई दावी गर्ने यही गुटको उत्तम महतो भन्थे– कुनै गुटमा नलाग्ने गुटको लागि ज्यान दिने प्रण नगर्नेलाई पार्टीमा पद र अस्तित्वको गुन्जायस छैन भनिरहन्थे । केही नपाएपनि म गुटबन्दिको विपक्षमा छु गुटमा लागेको होइन पार्टीमा लागेको हुनाले म पार्टीप्रति नै विश्वस्त र समर्पित छु भन्ने जवाफ म दिइरहन्थे ।
तत्कालिन एमालेमा गुट संस्थागत थियो र छदैछ । २०७२ असारको महाधिवेशनमा माधव र ओली दुई गुट गुप्तचर र ननगुप्तचरको गुट थियो भन्ने साक्षी नै छ । आलोचनाले मात्रै पुग्दैन विध्वंसक गुटहरुका विरुध्द युवाहरु तयारीका साथ हस्तक्षपकारी भूमिकामा उत्रिनुपर्छ भनेर घनश्याम भुसाल, योगेश भटटराई देवेन्द्र पौडेल, राम कार्की, ठाकुर गैरे, लेखनाथ न्यौपाने, हेमराज भण्डारी लगायतका युवानेताहरु जोडिदै गएका छन् ।
“देश डुब्न लाग्यो, माझी छौ कोही देशै बचाइदेऊ” भनेर एउटा गुटका नाइकेले रोष्टममै गीत गाए । ओली सरकारले काम राम्रो गर्यो भने पार्टीको मात्र होइन सिँगो मुलुकको समर्थन रहन्छ । तर, अहिले त्यस्तो स्थिति छैन । वाटाघाटामा हिडदा र गाडीमा यात्रा गर्दा जनताबाट प्राप्त प्रतिकृया सुन्दा कान थुनेरै हिड्नुपर्ने अवस्था छ, उनले भने । यि नेताले पार्टी फुटाउने कोसिश स्वरुप हालै छुटै चिया भेला पनि सम्पन्न गरी सकेका छन् ।
अध्यक्षद्वय विदेशमा भएकोबेला आफनो गुटलाई भाग पुगेन भनी गर्जिरहेका छन् । दुइटा पार्टी मिलेर बनेको “नेकपा”को घोषणा गरिरहदा अध्यक्ष केपी ओलीले एकता घोषणामा भनेका थिए–अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुनपक्षको भन्ने किसिमको व्यवहार हुने छैन ।
२००८ सालदेखि नै नेकपामा गुटबन्दि सुरु भै २०१९ सालदेखि विभाजन सुरु भएकोले नेपालीले लामो समयसम्म पीडा सहनुपरेको थियो । अब कम्युनिष्ट पार्टीमा कहिल्यै सुख्खायाम नआउने ठोकुवा गर्दै ओलीले योग्यता, क्षमता र सकृयताका आधारमा पार्टीभित्र जिम्मेवारी बाँडफाँड गर्ने प्रतिबध्दता व्यक्त गरेका थिए ।
नेकपा गठनसँगै दुवै पार्टी एकआपसमा अन्तर धुलित भएकोले अब पार्टीमा गुट उपगुटको अवस्था आउन नदिने प्रवितध्दता अध्यक्षद्धय ओली र दाहालले एकै स्वरमा गरेका थिए । तर, नेकपा भित्र गुट उपगुट सतहमै देखिएका छन् । गुप्तचर सञ्जाल र राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहतमा नराख्दासम्म गुट जीवित रहन्छन भन्ने विश्लेषण विश्लेषकको छ । अर्को विश्लेषण के छ भने देशमा दुईतिहाई बहुमतको सरकार भएको बेला विकासको मुख्य इकाई “निर्माण व्यवसायी महासंघ”को निर्वाचनमा यसै हप्ता कांग्रेस पक्षधरको विजयले के संकेत गर्छ भने आगामी निर्वाचनमा जनताले जीतहारको नतिजा अनपेक्षित बनाउँन सक्छन भन्ने त्राश उमारेको छ ।
त्यसैले गुट उपगुटलाई निमिट्यान्न पार्दै स्वस्थ राजनीतिक पार्टी बनाएर समृध्दिको यात्रालाई सहज बनाइयोस । केपी ओलीलाई नै शक्तिशाली बनाउदामात्र पार्टी अपेक्षाकृत बन्छ भन्ने हेक्का सबैले राख्नुपर्छ । यही कार्यकालले भविष्यको निर्धारण गर्नेछ । अध्यक्ष द्वयले मात्रै खुसुखुसु कुरा गरेर पार्टी निर्णयमा पाखा लगाए भनेर डाको छोडेर रुनेहरुलाई आशंका के भयो भने आफूहरु मुख्य भूमिका दायित्वबाट वञ्चित भएर दुधबाट माखो फालिएझैँ फालिने भयौं ।
