ईङ्गल्याण्ड नकआउटमा, जापान जम्यो र कोलम्बिया कुर्लियो- वेदप्रसाद भुर्तेल 

 

पोर्चुगललाई हराउँनुको विकल्प नरहेको ईरानले मोर्दोभिया रंगशालामा पोर्चुगलको चुनौति सामना गर्दै छ । सुपर स्टार रोनाल्डो प्रेरित पोर्चुगललाई पाखा लगाउँन रोनाल्डोलाई रोक्नु नै ईरानको टाउको दुखाई हुने छ । ह्याट्रिकसहित ४ गोल गरिसकेका रोनाल्डो थप गोल गर्दै समुह विजयता बन्ने अनुमान गरिएको छ ।

 

 

हिजो सम्पन्न खेलमा ईङ्गल्याण्डले रवाफिलो खेल खेल्दै पनामालाई पाखा लगायो । र, आफु नकआउट चरणमा पुगेको छ । फराकिलो अन्तरमा जीत दिलाउँन कप्तान ह्यारी केनले पेनाल्टीमा दुई गोलसहित ह्याट्रिक गरे । उता जापानले दोश्रो चरणको यात्रा सहज बनाउँन सेनेगललाई रोकेको छ । जापानले जमेर खेल खेल्यो र सेनेगललाई निराश बनायो । दुई दुई पटकपछि परेपनि हार स्वीकार्य नगरेको जापानले तालिकामा एक अंक थपेको छ । सेनेगलको निश्चित जीत भई परिणाम आउँने अनुमानविपरित जापानको खेल दर्शनीय थियो । उता पहिलो खेल हारको कोलम्बियाले पोल्याण्डको आधारस्तम्भ नै ध्यवस्त पा¥यो । जीतविना अर्को चरणको यात्रा लगभग समाप्त भएको अवस्थामा कोलम्बियाले ३–० को जीतसँगै ३ अंक जोडेको छ । समुह एचको अन्तिम खेलहरुले मात्र सो समुहका टिमहरुको भाग्य निर्धारण गर्ने छ ।

 

 उपाधीका लागि ईङ्गल्याण्डको  शंखनाद 

 

हिजो साँझ भएको खेलमा निझ्नी नोभ्गोरोडमा पानीको बर्षा नभएपनि युवाहरुको टोली ईङ्गल्याण्डले नवप्रवेशी टिम पनामामाथि गोलको बर्षा गरयो । समुह जी अन्तर्गतको सो खेलमा ईङ्गल्याण्डले पनामालाई ६–१ हराएको थियो । यो जीतसँग ईङ्गल्याण्डको अंक तालिकामा ६ अंक भई बेल्जियमसँग बराबरी गरेको छ । अर्को चरण प्रवेश गरिसकेका यी दुई टिम ईङ्गल्याण्ड र बेल्जियमले विजयता तथा उपविजयताको छिनोफानो गर्न जुन २८ मा प्रतिस्पर्धा गर्ने छन् । खेलको मध्यान्नतरअघि ५ गोल गरेको ईङ्गल्याण्ड मध्यान्तरपछि मथ्थर भएको थियो र १ गोल मात्र थप्योे ।

 

 

खेलमा केनले २२ औं मिनेटमा पेनाल्टी, पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमै अर्को पेनाल्टी र ६२ औं मिनेटमा योङ्गले गरेको कडा प्रहारलाई हल्का छोएर ह्याट्रिक पुरा गरे । ह्याट्रिक लगत्तै प्रशिक्षकले स्टोन्स्लाई आराम दिने निर्णय गर्दै परिवर्तन गरे । ह्याट्रिक गरेका ह्यारी केन नै म्यान अफ द म्याच बने । त्यस्तै स्टोन्स्ले ८ औं र ४० औं मिनेटमा गोल गरे भने, लिङगार्डले ३६ औं मिनेटमा एक गोल गरेका थिए । उता पनामाको लागि एक मात्र सान्त्वना गोल बलोयले ७८ औं मिनेटमा गरे । तुलनात्मक रुपमा ३–५–२ को आक्रमक रणनीतिमा ओर्लिएको ईङ्गल्याण्डले पहिलो हाफमै केही रक्षात्मक रणनीति ४–५–१ मा रहेको पनामालाई दबाबमा राखी खेलको परिणाम आफ्नो पक्षमा पारेको थियो । कुल १२ वटा मात्र गोलको प्रयास गरेको ईङ्गल्याण्डले ७ वटा प्रहार लक्ष्यमा राखेको थियो र ६ गोल गरयो । समग्रमा ५८ प्रतिशत बलमाथि नियन्त्रण र ९३ प्रतिशस सफल पास गरेको ईङ्गल्याण्डले दोश्रो हाफ पनामालाई आक्रमणको मौका दिएको थियो ।

 

 

एक पक्षीय पहिलो हाफमा ईङ्गल्याण्डका खेलाडीले ५ गोल हान्ने थियो भने, कमजोर आक्रमण र रक्षा रहेको पनामाले ५ गोल खाँए पनि कुनै गोल गर्न सकेन । ईङ्गल्याण्डले गरेका पाँच मध्ये केनले गरेका दुवै गोल पेनाल्टीमा भएको थियो । पहिलो हाफमा कुल ८ वटा गोलको अवसर बनाईको ईङ्गल्याण्डले पाँच सफलता हात परेको हो । उता कमजोर क्षेत्ररक्षण गरेको पनामाले ३ वटा मात्र गोलका अवसर सिर्जना गरेपनि लक्ष्यमा कुनै पनि गोल हान्न सकेन । खेलमा ६२ प्रतिशत बलमाथि नियन्त्रण राखेको ईङ्गल्याण्डले केवल ११ प्रतिशत बल पनामाको गोलक्षेत्रमा लगेको थियो । तर, उसका खेलाडीले गरेका प्रहार भने परिणाममुखी थियो । ईङ्गल्याण्डका स्टोन्सले दुई प्रयास गरेर दुवै गोल गरे । त्यस्तै ह्यारी केनले दुईमा दुई र लिङगार्डले २ प्रहारमा १ गोल गरेका थिए । खेलको ८ औं मिनेटमा कर्नर प्रहारबाट आएको बललाई स्टोन्सले उत्कृष्ट हेडर गोल गरे । खेलको १५ औं मिनेटमा पनामाका बारसेनासले एक असफल प्रयास गरे । खेलको २० औं मिनेटमा ईङ्गल्याण्डका लिङगार्डलाई पनामाका ईस्कोबारले डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टी प्रहारको अवसरलाई केनले २२ औं मिनेटमा गोल गरे । खेलको ३६ औं मिनेटमा ईङ्गल्याण्डका लिङगार्डले डिबक्स बाहिरबाट सशक्त प्रहार गर्दै गोल गरे । ईङ्गल्याण्डका खेलाडी स्टार्लिङले गरेको हेडर पनामाका पेनेडोले बचाए । तर, सोही बललाई सही समयमा सही स्थानमा पुगेका स्टोन्स हेडर गर्दै अग्रता ४–० बनाए । पहिलो हाफको अतिरिक्त समयमा कर्नर प्रहार गरेको ईङ्गल्याण्डका खेलाडीलाई पनामाको रक्षक मुरिल्लो समाएर लडाएपछि ईङ्गल्याण्डले अर्को पेनाल्टीको अवसर पायो । सो पेनाल्टीलाई ह्यारी केनले व्यक्तिगत दुई गोल बनाउँदै ईङ्गल्याण्डलाई ५–० को अग्रता दिलाए ।

 

दोश्रो हाफमा स्पष्ट जतिको जग बनाएको ईङ्गल्याण्डले मन्द खेल खेल्यो । पहिलो हाफमा ८ प्रहार गरेको ईङ्गल्याण्डले दोश्रो हाफमा केवल ४ वटा मात्र प्रयास ग¥यो भने एकमा सफलता पायो । खेलको ६२ औं मिनेटमा पनामाका मुरिल्लोले सुन्दर मौका गुमाए । गोलकिपरसँग वान भर्सेस वानको स्थितिमा उनीले गोल प्रहार गर्न सकेनन् । खेलको ७८ औं मिनेटमा पनामाले बालोयले आकर्षक सान्त्वना गोल गरे । उनको गोल पनामाले विश्व कपमा गरेको पहिलो गोल हो । खेलको अतिरिक्त समयको तेश्रो मिनेटमा पनामाको खेलाडीले सानो डिबक्स नजिकै खाली अवस्थामा थप गोल गर्ने अर्को अवसर गुमाएको थियो ।

 

 

जापान जमेर लड्यो सेनेगलसँग

 

सरप्राईज टिमको नाम र छबी बनाएको सेनेगलको दुई पटक अग्रतालाई बराबरी गरेको जापानले उत्कृष्ट खेल खेल्यो । पहिलो हाफ १–१ को बराबरीमा सकेको जापानले दोश्रो हाफमा पनि प्रभावशाली खेल खेल्दै सेनेगलमाथि दबाब बनाएको थियो । खेलमा अग्रता सेनेगलले मानेको गोलमा ११ औं मिनेटमा बनाएको थियो । माने यो खेलको म्यान अफ द म्याच पनि बने । सो सेनेगलको अग्रतालाई जापानले पहिलो हाफमा नै ३४ औं मिनेटमा ईनुईले गोल गर्दै बराबरीमा ल्याए । निक्कै प्रतिस्पर्धात्मक खेलको दोश्रो हाफको ७१ औं मिनेटमा सेनेगलले दोश्रो अग्रता बनायो । तर जापानले सो अग्रता ७ मिनेट भन्दा लामो राख्न दिएनन् । त्यसो त जापान भाग्यशाली हुन सकेन । जापानको अग्रताको मौका गोलपोष्टमा लागेर फर्किएको थियो । सेनेगलको जित हुने अनुमानको विपरित जापानले जमेर सेनेगलको सामना गरयो । अन्ततः जापानले सेनेगलसँगै अंकतालिकामा ४ अंक जोडी शीर्ष स्थान कायम गरयो ।

 

 

बलमा नियन्त्रण राखेर विस्तारै प्रभावशाली आक्रमण गर्ने रणनीति ४–२–३–१ मा ओर्लिएको जापानले आक्रमणमा आधारित खेल ४–३–३ मा खेलेको सेनेगललाई बराबरीमा रोक्यो । दुवै टोली आफ्नो रणनीतिमा खरो उत्रिए । जापानले ५३ प्रतिशत समय बलमा राखेर ८३ प्रतिशत सटिक पास खेल्यो । उता दोश्रो हाफमा सेनेगलले बल नियन्त्रण सुधार गरेको थियो । पहिलो हाफमा केवल ४४ प्रतिशत समय मात्र बल खुट्टामा खेलाएको सेनेगलले समग्रमा ४७ प्रतिशत समय बलमाथि नियन्त्रण राखेको थियो । उसले केवल ७ वटा प्रहार गोललाईनको दिशामा गरेको थियो । उसको एक प्रहार सेनेगलका खेलाडीले रोकेका थिए भने ३ प्रहार गोलपोष्टमा राखेको जापानका २ प्रहारले जाली चुमेरको थियो । सेनेगलले कम समय मात्र बलमाथि नियन्त्रण र ७९ प्रतिशत मात्र सटिक पासका बाबजुद १४ वटा गोलका लागि प्रयास ग¥यो । १४ प्रहार मध्ये ७ वटा लक्ष्यमा राखेको सेनेगलले २ गोल गर्दा जापानका रक्षकले २ रोकेका थिए भने ५ वटा लक्ष्यविहिन प्रहार थियो । जापानको गोलका लागि ईनुई र ओसाकोले दुई दुई तथा होण्डा, हासेबे र हिरागुईचीले एक एक प्रयास गरेका थिए । ईनुईले आक्रमणमा प्रभावित पार्ने गरि खेल खेलेका थिए र एक गोल गरेका थिए । एक गोललेपछि परेको अवस्थामा ७२ औं मिनेटमा आएको होण्डाले मैदान छिरेको छैठौं मिनेटमै गोल गरेका थिए । उता सेनेगलका नियाङ्गले निरन्तर आक्रमण गर्दै ४ प्रहार गरेका थिए । उनका ३ प्रहार गोलपोष्टको दिशामा थियो । साथै उनले एक गोलका लागि पास पनि निकालेका थिए । सेनेगलका साबलीले २ तथा माने, ए एनदाईये, पि. ए. एनदाईये, वागुई र सर्रले एक एक पटक गोलका लागि प्रहार गरेका थिए ।

 

 

पहिलो हाफ जापानले ५६ प्रतिशत बललाई नियन्त्रण राम्रा मुभहरु बनाएको थियो । उता सेनेगलले गोलको प्रयासमा बढी जोड दिएको थियो । उसले पहिलो हाफमा ७ वटा प्रहार गोललाईनको दिशामा राख्दा ५ वटा प्रहार जापानको गोलपोष्टको दिशामा थियो । जबकी जापानले ३ वटा प्रहार गोलका लागि गरेको थियो । ३ मध्ये एक प्रहारमात्र लक्ष्यउन्मुख हुँदा जापानले खेलमा १ गोल गरी खेल बराबरीमा ल्याएको थियो । खेलको ११ औ मिनेटमा साबलीले गरेको प्रहार जापानका गोल किपरले नियन्त्रण लिन सकेनन् र मानेको खुट्टामा लाग्दै जापानको गोलपोष्टभित्र छि¥यो । मानेले सो गोलसँगै सेनेगललाई अग्रता दिलाए । जापानले पहिलो हाफको ३४ औं मिनेटमा नागमुतोको पासमा ईनुईले निक्कै चलाखीपूर्ण र सटिक प्रहारमा गोलपोष्ट छेउ चेप्दै गोल गरी बराबरीमा ल्याए ।

 

 

दोश्रो हाफ झनै प्रतिस्पर्धात्मक भयो । मध्यान्तरपछि सेनेगलले गोलका लागि ७ वटा प्रहार गर्दा जापानले ४ वटा प्रहार गोलका लागि गरेको थियो । खेलको ६१ औं मिनेटमा क्रसमा पाएको सुन्दर अवसरलाई जापानका ओसाकोले गोलपोष्ट दिशा दिने चुकेपछि जापानले अग्रता बनाउँन सकेन । त्यस्तै खेलको ६४ औ मिनेटमा जापानका ईनुईले गरेको कडा प्रहार गोलपोष्टमा लागेर फर्कियो । जापानले आफ्नो गोलपोष्टमा दबाब दिए पनि सेनेगलले आक्रमणलाई निरन्तर दियो । खेलको ७१ औं मिनेटमा सेनेगलले खतरनाक आक्रमणको जाल बुन्यो । मौसे वागुईले नियाङ्गको पासमा गोल गर्दै सेनेगललाई दोश्रो पटक अग्रता दिलाए । तर, जापानले हार मानेर बसेन र तत्काल प्रत्याक्रमण उत्रियो । खेलको ७४ औं मिनेटमा कर्नरमा प्राप्त गोललाई जापानका खेलाडीले कडा प्रहार गर्दा सेनेगलका रक्षकको हातमा लागेपनि रेफ्रीले जापानलाई पेनाल्टीको दिएनन् । त्यसपछि खेलको ७८ औ मिनेटमा परिवर्तित खेलाडीका रुपमा आएका होण्डाले ईनुईको सहयोगमा गोल गर्दै जापानलाई खेलमा फर्काए । उनी जापानका लागि तीन लगातार विश्वकपको गोल गर्ने पहिलो जापानी खेलाडी पनि बने । पाखा होण्डाले विश्व कप २०१०, २०१४ र २०१८ मा जापानका लागि गोल गरेका छन् । त्यसपछि केही गोलका प्रयास भएपनि गोल हुन सकेन र गोल बराबरीमा टुङ्गियो । यो परिणामपछि सेनेगलका प्रशिक्षक किस्सेले निरास हुँदै भने “……दुई पटकको अग्रता के अनमल भएर गुमायौं ? …. प्राविधिक रुपमा सशक्त टिम भएकाले शुरुवातमा दबाब दिई गल्ती गर्न विवश बनाइ त्यसको फाईदा पनि लिईयो । तुरुन्तै उनीहरुलाई ठाउँ पनि दियौं ।”

 

 

जितको विकल्प नभएको खेलमा कोलम्बिया विजयी

 

सेनेगलसँग हारेको पोल्याण्ड र दश खेलाडीमा सिमित भई जापानसँग हारेको कोलम्बिया कजान एरिनामा निश्चित जीतका लागि भिड्दा कोलम्बियाले बाजी मा¥यो । नकआउटमा आफ्नो स्थान बनाउँन जित्नै पर्ने खेलमा कोलम्बिया उत्कृष्ट प्रर्शदनमा ३–० नतिजा निकाल्दै ३ तीन अंक जोडेको छ । पहिलो हाफ १ गोलपछि परेको पोलिस टिम दोश्रो हाफ झै कमजोर देखियो ।

 

खेलमा कोलम्बियाले बलमा पकड बनाई दबाब बनाई गोल गर्ने रणनीति ४–२–३–१ मा मैदान छिरेको थियो । जितको विकल्प नरहेको खेलमा आक्रमक ३–४–३ रणनीतिमा उत्रिएको पोल्याण्डले ९ वटा गोलको प्रयास गरेपनि कुनै गोल गर्न सकेन । उता कोलम्बियाले १३ वटा प्रहार गर्दा ३ वटामा सफलता हासिल गरयो । कोलम्बियाले खेलको ४० औं, ७० औं र ७५ औं मिनेटमा गोल गरयो । उसका लागि मिना, फलकायो र क्युवड्राडोले एक एक गोल गरेका थिए । समग्रमा ५५ प्रतिशत समय बल खेलाएको कोलम्बियाले ८१ प्रतिशत सफल पास खेलेको थियो ।

 

 

पहिलो हाफ मुभ बनाउँन बढी ध्यान दिएको खेलमा गोल प्रयासको दृष्टिबाट निराशजनक रह्यो । मध्यरातको खेल निद्राका लागि लोरी गाए जस्तो भएको दुवै टिमको खेलले गति तथा गोल दुवै गर्न सकेको थिएन । पहिलो हाफमा जम्मा ५ गोलका प्रयास हुँदा पोल्याण्डले दुई र कोलम्बियाको हिंसामा ३ वटा परेको थियो । एक एक प्रयास गोल रक्षकले दुवै टिमको छेकेका थिए । लक्ष्यमा एक मात्र प्रहार गरेको कोलम्बियाले गोल गरेको थियो । पहिलो हाफमा केही उत्कृष्ट मुभ बनाए पनि दुवै टिमले ३५ मिनेटसम्म कुनै गतिलो प्रहार गर्न सकेका थिएनन् । खेलको ३५ औै मिनेटमा कोलम्बियाले राम्रो मुभसँगै गरेको प्रहार कर्नर भएको थियो । खेलको पहिलो गोल कोलम्बियाले लगातारको राम्रा मुभ र आक्रमणपछि ४० औं मिनेटमा जेम्म रोड्रिगेजको क्रसमा मिनाले गरे । गोलपछि पनि कोलम्बियाले आक्रमणलाई जारी राख्यो । कोलम्बियाले ४४ औं २ मिनेटभन्दा बढी समय खुट्टामा खेलाएर निकालेमा पास अफ साईड भएको थियो । कोलम्बियाको बल नियन्त्रणमा राखि राख्ने रणनीति आक्रर्षक देखिन्थ्यो । मध्यान्तर अघि ७९ प्रतिशत सफल पाससहित ५५ प्रतिशत समय बलमाथि नियन्त्रणमा कोलम्बियाले राखेको थियो । कोलम्बियाले अन्तिम १० मिनेट कमैमात्र पोलिस खेलाडीको खुट्टामा बल छोडेका थिए ।

 

 

दोश्रो हाफको शुरुमा पोल्याण्ड केही मुभ बनाए पनि कोलम्बियाले प्रत्याक्रमण जारी राख्यो । खेलको ५१ औं मिनेटमा कोलम्बियाले काउन्टर एट्याक राम्रो मुभ बनाए पनि लक्ष्यविहिन प्रहार आकासियो । लगत्तै ५३ औं मिनेटमा गरेको अर्को कोलम्बियन आक्रमण पोलिस गोलकिपरले बचाएका थिए । फेरी कोलम्बियाले नै आक्रमण ग¥यो र ५६ औं मिनेटमा काउन्टर एट्याकमा क्योन्टेरोले कडा प्रहार गर्दा पोलिस रक्षक बेडनारेकले कर्नरको दिशामा बलको दिशा परिवर्तन गरिदिए । त्यस्तै ५७ औै मिनेटमा पोलिस स्टार लेभनडोस्कीले लामो पासमा पाएको बललाई डिबक्सभित्रबाट प्रहार गर्दा गोलकिपर ओस्पिनाले बचाए । खेलको ७० औं मिनेटमा कोलम्बियाले क्योन्टेरोको पासमा फल्काओले आकर्षक गोलमा गरी अग्रतालाई दोब्बर बनाए । काउन्टर एट्याकमा मध्यभागबाट प्राप्त गोललाई क्युवड्राडोले वान भर्सेस वानमा गोलकिपरलाई कुनै मौका दिएनन् । ८४ औं मिनेटमा कोलम्बियाको अर्को खतरनाक मुभमा किपर झुक्किसकेको अवस्थामा पोलिस रक्षक बेडनारेकले गोललाईनबाट गोल खान बचाए । ८८ औं मिनेटमा पोलिस स्टार लेभनडोस्कीले गरेको कडा प्रहार कोलम्बियन गोलकिपर ओस्पिनाले पञ्च गरी कर्नर बनाए ।

 

आजको खेल

 

 

आजबाट विश्वकपको समुह चरणको तेश्रो तथा अन्तिम चरणको खेलहरु हुने छ । यस अन्तर्गत आज साँझ ७ः ४५ मा समुह एको दुवै खेल हुने छ । त्यस्तै मध्य राति ११ः४५ समुह बीका खेलहरु हुने छन् । यी खेलबाट समुह विजयता तथा उपविजयाको टुङ्गो लाग्नुका साथै कुन राष्ट्रले एक अर्कासँग प्रतिस्पर्धा गर्ने छन् भन्ने निर्णय पनि हुनेछ ।

 

 

समुह ए अन्तर्गत यसअघि नै छनौट भई सकेका रसिया र उरुग्वेले समुह विजयताको टुङ्गो लगाउँन समरा एरिनामा एक अर्कालाई चुनौति दिने छन् । रसिया घरेलु मैदानमा उत्कृष्ट लयमा भएको खेलमा ९० मिनेटभित्रै नतिजा निस्किने अनुमान गरिएको छ । तर, यो समुहको शीर्षस्थानमा रहेका यी दुवै टोलीको प्रतिस्पर्धा १२० मिनेटसम्म लम्बिने सम्भावना पनि छ । उरुग्वेका काभानी र स्वारेजले बाजी मार्ने हो किन फेडोर स्मोलोभ र डेनिस चेरीसेभले पल्लाभरी गर्ने हुन भन्न सहज छैन । यदि हारी हालेपनि खासै क्षति टिमले व्यहोर्नु नपर्ने भएकोले खेलाडीले खुलेर खेल्दा राम्रो प्रतिस्पर्धा हुने अनुमान छ । दुवै पक्षले राम्रा गोलका अवसर तथा गोल गर्ने सम्भावना छ । त्यस्तै यही समुहको अर्को खेल औपचारिकताका लागि ईजिप्ट र साउदी अरयिबाले आमनेसामने गर्ने छन् । ईजिप्टले सान्त्वना जीत हासिल गर्दै घर फर्कने अनुमान छ । यो खेलमा भोल्गागार्डमा हुँदैछ, तर दर्शकको उपस्थिति न्युन हुने सम्भावना छ ।

 

 

त्यस्तै समुह बीको दुई खेल तीन प्रतिस्पर्धामा रहेका टिम स्पेन, पोर्चुगल तथा ईरानको भाग्य फैसला हुने छ । यी तीनमध्य २ टिमले रसिया वा उरुग्वे प्रतिद्वन्दी पाउँने छन् । स्पेनले प्रतिस्पर्धाबाट बाहिरिसकेको मोरोक्कोको सामना कालिनीङ्गगार्ड रंगशालामा गर्ने छ । स्पेनले कम्तिमा पनि बराबर गर्नुपर्ने खेलमा विजय हासिल गर्ने धेरैको अनुमान छ । तर, केही बाँकी गुमाउँन नरहेको मोरोक्कोले खुलेर खेल्दा स्पेनको रक्षापंति दबाबमा हुने छ । उसै पनि पोर्चुगलसँगको प्रतिस्पर्धामा लयमा नदेखिएका डि जिया नै प्लाईङ्ग सेटमा पर्ने हुँदा मोरोक्कोले मात दिएर स्तब्ध बनाउँन सक्ने छ । पोर्चुगललाई हराउँनुको विकल्प नरहेको ईरानले मोर्दोभिया रंगशालामा पोर्चुगलको चुनौति सामना गर्दै छ । सुपर स्टार रोनाल्डो प्रेरित पोर्चुगललाई पाखा लगाउँन रोनाल्डोलाई रोक्नु नै ईरानको टाउको दुखाई हुने छ । ह्याट्रिकसहित ४ गोल गरिसकेका रोनाल्डो थप गोल गर्दै समुह विजयता बन्ने अनुमान गरिएको छ ।