प्रधानमन्त्रीको ऐतिहासिक फड्को !– अश्विनकुमार पुडासैनी

प्रधानमन्त्रीको चीन भ्रमणको पूर्व सन्ध्यामा सर्वत्र चासो उत्पन्न हुनु स्वभाविक हो ’cause विगतमा दक्षिणी छिमेकीले लगाएको ज्यानमारा नाकावन्दीले मुर्झाएका जनतालाई प्रधानमन्त्री ओलीले नै उत्तरी छिमेकीबाट पेट्रोलसमेत आयात गरेर नेपाली स्वाभिमान उँचो बनाएका थिए ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले असार ५ गतेदेखि १० गतेसम्म उत्तरी छिमेक चीनको भ्रमण गर्ने टुङ्गो लागेपछि सञ्चार माध्यमहरुमा क्रिया— प्रतिकृया, विश्लेषण, आशंका, अपेक्षा, समिक्षा, प्रक्षेपणदेखि परिकल्पनासम्म आईरहेका छन् । कुटनीतिज्ञ एवं परराष्ट्र मामिलाका जानकार, लेखक, विज्ञ, विश्लेषक, भुतपूर्वदेखि फेसबुक र टुईटहरुमासमेत सुझाव, अर्ति, बुद्धिको बाढी लागेको छ ।

 

प्रधानमन्त्रीको चीन भ्रमणको पूर्व सन्ध्यामा सर्वत्र चासो उत्पन्न हुनु स्वभाविक पनि हो ’cause विगतमा दक्षिणी छिमेकीले लगाएको ज्यानमारा नाकावन्दीले मुर्झाएका जनतालाई प्रधानमन्त्री ओलीले नै उत्तरी छिमेकीबाट पेट्रोलसमेत आयात गरेर नेपाली स्वाभिमान उँचो बनाएका थिए । उनले एक छिमेकीको नकच्चरोपनालाई अर्को छिमेकीसँगको सहकार्यले निष्प्रभावीत बनाई दिएका थिए ।

 

चीन भ्रमण गरी पारवहन लगायतका सम्झौता गरेर प्रशान्त महासागरसम्म पुग्ने ढोका उत्तरतिरबाट खुलाएर पहिलो पल्टको प्रधानमन्त्रित्वकालको छोटो समयमा प्रधानमन्त्री ओलीले भारतीय दवदवालाई नारायणहरि बनाउन सफलता पाएका थिए ।

 

त्यसपछि भएको आमनिर्वाचनमा बिजयी भइ संसदबाट तीन चौथाईभन्दा बढि जनसमर्थनमा प्रधानमन्त्री बनेका ओलीले संविधान कार्यन्वयन गर्दै देश नयाँ युगमा प्रवेश गरेको क्षणमा दोस्रो पल्ट अहिले चीन भ्रमण गर्न लागेका हुन् । त्यसैले पनि आमनागरिकको चासो र महत्वको केन्द्रीय हेराईमा प्रधानमन्त्री ओली रहनु स्वभाविक छ ।

 

आजको आलेखमा प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण र त्यसको उपलब्धी’bout चर्चा गरिएको छ ।

 

ओली डक्ट्रिन कार्यान्वयनको नयाँ आयाम

प्रधानमन्त्री ओलीले आफ्नो पहिलो प्रधानमन्त्रित्वकालमा शुरु गरेको विदेश नीति नै ओली डक्ट्रिन हो । ओली डक्ट्रिन यतिखेर कार्यान्वयनको चरणमा छ । प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणपछि डक्ट्रिनको कार्यान्वयनका प्रभावहरु देखिने छन् ’cause वास्तविक प्रयोगको आयाममा ओली डक्ट्रिन प्रवेश गर्दैछ ।

 

त्यसपछि देखिने छ, ओली डक्ट्रिनको असली मर्म । ओली डक्ट्रिनको विषयमा यसै स्तम्भमा पटकपटक चर्चा गरिएको पनि हो । संविधानको कार्यान्वयन गर्दै गणतन्त्र संस्थागत गर्ने क्रममा सम्पन्न स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा ओली नेतृत्वलाई प्राप्त जनसमर्थन नै ओली डक्ट्रिनको आधार र अन्तर्य हो ।

 

उनको नीतिप्रतिको जनसमर्थन हो । समृद्ध नेपाल, सुखी नेपाली महाअभियान पनि यसैको उपज हो । नेपालका दुई ठूला बाम पार्टीहरु एमाले र एमाओवादीको एकिकरण पनि यही अबधारणाको प्रभाव हो ।

 

केपी ओलीले आसन्न वेइजिङ्ग भ्रमणमा सत्ताइस महिना पहिले आफुले चीन सरकारसँग गरेका सहमती र समर्थनका आयामहरुलाई कार्यान्वयन चरणमा पुगेको उद्घोष गर्ने छन् । चिनीयाँ नेतृत्वसँग संयुक्त रुपमा नेपालका प्रधानमन्त्रीको औपचारिक चीन भ्रमणमा हुने अपेक्षा गरिएको छ ।

 

चीनमा हुने यही घोषणाबाट ओली डक्ट्रिन कार्यान्वयन नयाँ आयाममा प्रवेश गर्ने छ । सारा नेपालीहरु ओलीको यो ऐतिहासिक क्षणलाई व्यग्रतासाथ प्रतिक्षा गरिरहेका छन् । विपक्षी पनि संशयका साथ हेरिरहेका देखिन्छन् ’cause चुनावको यो एक प्रमुख मुद्धा नै रहेको थियो । केपी ओली र उनको टिमलाई नेपाली जनताले त्यही भएर आफ्नो अमूल्य मत ओइ¥याएका थिए ।

 

प्रधानमन्त्री ओलीको टिमको अहिलेको प्रमुख चुनौती र जिम्मेवारी भनेकै यहि हो । परराष्ट्रमन्त्री र सम्पूर्ण परराष्ट्र संयन्त्रको कार्यक्षमता यही चरणमा देखिने छ । यो भ्रमणको सफलताको मापन नै यहि क्षण हुनेछ । नेपाल चीन सम्बन्ध नयाँ युगमा, नयाँ चरणमा, नयाँ उचाईमा पुग्ने छ । यो एक ऐतिहासिक क्षण हुने छ ।

 

चिनीयाँ राष्ट्रपतीको नेपाल भ्रमण

 

केपी ओलीले पहिलो छोटो प्रधानमन्त्रित्वकालमा उनको विदेशनीतिबाट अत्ताल्लिएका देशी—विदेशी शक्तिहरुको प्रभावमा चीनका राष्ट्रपति सी जिन फिङ्गको नेपाल भ्रमणको टुङ्गो भयो भन्दै उनको सरकार नै ढालिदिए । वास्तवमा त्यो नयाँखालको कु थियो ! त्यसैले अहिलेसम्म पनि उत्तरी छिमेकी चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुने विषयलाई संशयका साथ हेरिने गरिन्छ । त्यसैले ओलीको वेइजिङ्ग भ्रमणकै क्रममा चिनीयाँ राष्ट्रपतिको नेपाल भ्रमणको टुङ्गो लगाएर मितिसमेत तोक्नु भ्रमणको सफलताको पहिलो झुल्को प्रमाणित हुने छ ।

 

चिनियाँ रेलको लर्को

 

चीनले सिगात्सेसम्म आएको रेललाई सन् २०२० सम्ममा नेपालको रसुवागढि नाकाबाट नजिक रहेको तिब्बती शहर केरुङ्गसम्म ल्याउने योजना अनुरुपम काम गरिरहेको छ । यो चीनको पुरानै योजना हो ।

 

जब प्रधानमन्त्री ओलीले भारतीय ज्यानमारा नाकाबन्दीको बेला आफूले चिनियाँ रेलमार्गलाई बढाएर रसुवागढी हुँदै काठमाण्डौ र पोखरा—लुम्बीनीसम्म पु¥याउने कुरामा चीनसँग सहमती गरे त्यसपछि मुर्झाएका नेपालीले ओलीको त्यो सपनालाई आफ्नै सपना माने । त्यसैका लागि गएको चुनावमा ओलीको नेतृत्वलाई जनताले हृदयदेखि मतदान गरेका हुन् ।

 

ओलीको आफ्नो उद्घोषलाई गत निर्वाचनको परिणाम पश्चात प्रधानमन्त्री बन्नु अघि नै रसुवाको भ्रमणगरेर सांकेतिक रुपमा रेलको प्राथमिकतालाई निरन्तरता दिएर मुलुकमा फेरि तरङ्ग पैदा गरेका थिए । यतिखेर ओलीले आफ्नो आसन्न चीन भ्रमणमा ल्हासा हुँदै फर्कने कार्यक्रम सार्वजनिक भएपछि फेरी अर्को तरङ्ग फैलिएको छ । “ओलीको पछिपछि चीनीयाँ रेल पनि नेपाल आउने छ” जस्ता व्यङ्ग गर्नेहरु पनि देखिएका छन् ।

 

ओलीको यो भ्रमणले सन् २०२२ सम्ममा काठमाण्डौमा रेलको लर्को आउने सुनिश्चितता ग¥यो भने भ्रमणको उपलब्धी त हुने नै छ साथै ओलीको सफल कार्यकालको लागि प्राप्त जनसर्थन पनि ह्वात्तै बढ्ने निश्चित छ । किनकि चीन र भारतबाट रेल ल्याउन हुँदैन भन्नेहरु विपक्षमा लविङ्ग गर्न थालिसकेका छन् । यो अबसरमा आफ्नो लक्ष्यबाट कत्ति पनि विचलित नभई चिनीयाँ नेतृत्वलाई सहमत गराएपछि आधुनिक नेपालका हिरा बन्ने छन् केपी ओली !

 

चिनियाँ रेल आउने कुरामा जसरी विरोधीहरु अफवाह फैलाई रहेछन्, ओलीले अलमल गरे भने उनीप्रतिको जनताको विश्वास स्वात्तै घट्ने छ । समृद्ध नेपाल, सुखी नेपाली भन्ने उनको सपना पनि अल्मलिने मात्र होइन एक डेढ बर्ष मै लुप्त भएर बिलाउने छ ।

 

एउटै एजेण्डा, विगतको प्रतिवद्धता कार्यान्वयन

 

ओली सरकारको विदेश मामिला संयन्त्रले औपचारीक रुपमा विगतका प्रतिवद्धताअनुरुप संझौताहरु कार्यान्वयनको सुनिश्चितताको लागि थप सझौताहरु गर्ने भ्रमणका एजेण्डा भनेर सार्वजनिक गरिसकेको छ । यातायात सम्बन्धी प्रोटोकल तयार नभई सकेको जस्ता कुरा पनि बाहिर आएका छन् । तर, यो कुनै समस्या नै होईन ।

 

दुई देशका सरकार प्रमुखले चाहेमा तुरुन्तै हुने कुरा हो यो । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपतिसँगको वान–टु–वान वार्तामा यस्ता कुरा सल्ट्याउन सक्ने क्षमता राख्छन् । आखिर परिणाम औपचारीक कार्यक्रमहरुमा देखिने नै छन् ।

 

कुटनीतिक एवं राजनीतिक विश्लेषकहरुको एक मत छ, “प्रधानमन्त्री ओलीले अघिल्लो पटकको आफ्नो भ्रमणमा गरेका दुई देशबीच भएका सहमति र समझदारीहरु कार्यान्वयन गराए भने भ्रमण ऐतिहासिक एवं उपलब्धीपूर्ण हुने छ ।”

 

पानी धमिलो पारेर माझीहरुलाई झुक्याउन सकिन्छ भन्ने कतिपय बुद्धिजिवीहरुको मत भने भारतीय मन्त्रणाले नेपालको नेतृत्वले चीनसँगका संबन्धका कार्यक्रमहरु कार्यान्वयन गर्दैनन् भन्ने अफवाह फैलाउन ठूलै कशरथ पनि गरेका छन् । त्यसलाई पर्गेल्न पनि भ्रमणमा विगतमा आफ्नो नेतृत्वले गरेका प्रतिवद्धताहरु कार्यान्वयनको सुनिश्चितता गर्नुपर्छ प्रधानमन्त्री ओली र उनको टिमले ।

 

पार्टी एकिकरण पश्चातको नयाँ पहिरन

 

प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका ’boutमा विश्लेषण एवं प्रक्षेपण गर्दै एक बामपन्थी बुद्धिजीवीले शनिबार पक्तिकारसँग भने, “दुई ठूला बाम पार्टिहरु एक भई बलियो सरकार र त्यसको नेतृत्वको सन्देशसहित प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदैछन् ।

 

चीनको नेतृत्व सधैं नेपालमा स्थिर सरकार र बलियो नेतृत्व सहितको एउटै बामपार्टिको पक्षमा रहेकोले पनि प्रधानमन्त्री ओलीको अहिलेको प्रभावकारी नेतृत्वलाई चीनीयाँहरुले ‘नयाँ पहिरन’को रुपमा हेरेका छन् । यस्तो अबसरमा चीनले राम्रो सहयोग गर्न सक्दछ ।”

 

उनले दावी गर्दै भने, हाम्रो नेतृत्वले ढङ्ग पु¥यायो भने चीन सधैंको भरपर्दो छिमेकी रहिरनेछ । चीनले सधैं नेपालमा स्थायी र भरपर्दो राजनीतिक शक्तिको अपेक्षा गरिरहेको सन्दर्भमा अहिलेको ओलीको नेतृत्वमा भएको बामपन्थीहरुको एकिकरण उनीहरुको लागि पनि एक भरपर्दो स्थायी मित्रको रुपमा पहिचान भएको छ ।

 

ख्याल गर्नु पर्ने  चिनियाँ मोडेल

 

चीन अहिलेदेखि होईन, सन् २००० देखि नै नयाँ मोडेलमा अगाडि बढिरहेको छ । आर्थिक सम्पन्नताको जागरणले विश्व परिवर्तन गर्ने भन्ने विषयलाई चिनीयाँहरुले चार सुत्रमा बाँडेका छन् ः

 

पहिलो, व्यापार एवं लगानी मार्फत संसारभर आफ्नो पहुँच बढाउने, उपस्थितिमात्रै होईन । प्रभावकारी मार्केट मेकर बन्ने ।

 

दोश्रो, अबसरहरुको खोजी गर्ने । आफ्ना कुटनीतिक एवं अन्य संरचनाहरु मार्फत अन्तराष्ट्रिय रुपमा चीन र चीनीयाँ नागरिकहरुको लागि अबसरको खोजी गरि रहने । लागि परिरहने ।

 

तेश्रो, आफ्ना छिमेकीहरु दरिद्र रहिरहे भने उनीहरुमा आत्मविश्वास घट्छ । उनीहरु समृद्ध बने भने मात्रै तेश्रो पक्ष छिमेकमा हावी हुने ठाउनै पाउँदैन । आफ्ना छिमेकहरुसँगको सहकार्य पनि बलियो हुन्छ । त्यसका लागि छिमेकीहरुलाई सहयोग गर्नै पर्छ ।

 

चौथो, नागरिकहरुको मोविलिटि अर्थात पर्यटन प्रवद्र्धन । आन्तरिक एवं वाह्य देशमा नागरिकहरुको मोविलिटिले मुलुकको उन्नती र विकासमा दिगोपन आउँछ । साँस्कृतिक रुपमा समृद्ध हुन सकिन्छ भन्ने भावनाले चीनीयाँ नेतृत्वले नीति तथा कार्यक्रमहरु बनाई रहेका छन् ।

 

चीनको यो रणनीति र विदेश नीतिको सुक्ष्म अध्ययनबाट प्राप्त यो निश्कर्षलाई हाम्रो नेतृत्वले मनन गर्नु जरुरी छ । त्यसमा पनि प्रधानमन्त्री केपी ओली र उनको टिमले यो कुरो बुझेर व्यवहार गरेमा चीनबाट नेपालले अधिक लाभ लिन सक्छ ।

 

आधुनिक चीनले सन् २००० पछि अभ्यास गरेको नयाँ मोडेल हो । हामीले चीनको रेलको डिब्बाहरुमा के ल्याउने ? के लैजाने ? यो सवालको जवाफ उपरोक्त चार बुँदाको सुक्ष्म रुपमा अध्ययन ग¥यौं भने सम्भवनाका थुप्रै आयामकहरु खुट्याउन सकिन्छ ।

 

वेल्ट इन रोड इनिसिएटिभको लाभ के ?

 

चीनका राष्ट्रपति सीको ड्रिम प्रोजेक्ट “वान वेल्ट वान रोड इनिसिएटिभ, ओवीओआर” परियोजनाबाट दक्षिण एशीया र दक्षिणपूर्वी एशीयाका देशहरु मात्रै होईनन्, युरोपले समेत के कसरी लाभ लिन सकिन्छ भनि साझेदारी गर्दै अगाडि बढिरहेको सन्दर्भमा सधैंको छिमेकी नेपालले त्यस सम्बन्धमा खासै उपलब्धी हासिल गर्न सकेको छैन । सकारात्मक हुँदाहुँदै पनि केहि संरचनागत शुरुवातभन्दा अगाडि बढेको अबस्था छैन ।

 

हामीले जुन किसिमले भौतिक पूर्वाधारको विकासमा यो परियोजनाबाट लाभ लिन सकिन्छ त्यसमा राजनैतिक नेतृत्वको ध्यान जान सकेको छैन । कारण प्रष्ट छ, केहि बौद्धिक र केहि राजनीतिक व्यक्तिहरुका अबलोकन, सहभागीता तथा अध्ययन भ्रमणमा नै अल्मलिइरहेका छन्, यी एजेण्डा ।

 

व्युरोक्रयाटिक क्रियाशीलताले मात्रै हो यहाँसम्म आएको । अब राजनीतिक नेतृत्वले यो एजेण्डामा काम गर्न प्रधानमन्त्रीको आसन्न भ्रमणमा देखिनेगरि केहि काम हुनु प्रधानमन्त्री भ्रमणको अर्को महत्वपूर्ण उपलब्धी हुनेछ ।

 

लिपुलेकको सुल्झान

 

 

सन् २०१५मा भारत र चीनवीच लिपुलेक आसपासमा दुईपक्षीय व्यापारीक प्रयोजनका लागि गरिएको भनिएको सझौताको विषयले त्यस ताका ठूलै हंगामा हुन खोजेको थियो । पंक्तिकार त्यस समयमा परराष्ट्र मन्त्रीको सल्लाहकारको भूमिकामा रहेकाले विषयबस्तु र अबस्थाको रामै्र ख्याल छ ।

 

त्यस बेलाको सम्बन्धको परिस्थिति फरक थियो । अहिले नेपाल भारत सम्बन्धको उचाई भारत चीन सम्बन्धको आयतन र नेपाल चीन सम्बन्धको बढ्दो न्यानोपनको अबसरमा प्रधानमन्त्री ओलीले यो विषयलाई आसन्न चीन भ्रमणमा चीनीयाँ नेतृत्वलाई दुई देशीय एवं तृदेशीय लाभका विषयहरु उठान गर्दै त्यसको लाभका सम्भावनाहरु बुझाउन सक्नु पर्दछ ।

 

हाम्रा साँध सिमानाका विषयहरु यस्तै शिखर वार्ताहरुबाट हो निकास निकाल्ने । समस्याहरुको समाधान गर्ने । वोर्डरका विषयहरुलाई प्राविधिक रुपमा मिहिन ढङ्गले कामगर्ने र राजनीतिक रुपमा यस्तै अबसरहरुमा हो समाधान खोज्ने । प्रधानमन्त्री ओलीले यो विषयको उल्झन सधैका लागि सुल्झाउन सक्नेछन् भन्ने कुटनीतिक संयन्त्रकोे विश्वास रहेको पाईएको छ ।

 

बढ्दो चीनीयाँ लगानी र पूर्वाधार विकास

 

नेपालमा चीनीयाँ लगानी बढ्दो रुपमा रहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिइरहेका छन् । चीनले प्रतिवद्धता मात्रै होईन, वास्तविक लगानी बढाई रहेको र त्यो पनि उर्जा, जलविद्युत र पूर्वाधारको क्षेत्रमा भन्ने छ । यो लगानी चीनको रणनीतिक महत्वको लगानी पनि हो ।

 

चीनले आफ्नो बजार विस्तार गर्न भारतलाई राम्रो बजारको रुपमा हेरेको छ । नेपालमा गरिने लगानीले उसको भारतीय बजारको फाईदालाई हेर्दा नेपालले आफ्ना प्राथमिकताका क्षेत्रहरु कृषि, जलविद्युत, कनेक्टिभिटि, पुर्वाधार र पर्यटन विकासका सम्भावनाका आयोजनाहरुसमेतमा जोड दिँदै थुप्रै लगानीका अबसरहरु सृजना गर्नु पर्दछ । आसन्न चीन भ्रमणमा पाईपलाईनमा रहेका बाह्र पन्ध्रवटा समझदारी सम्झौताको अलावा यी क्षेत्रहरुको विकासमा पनि केहि देखिने र कार्यान्वयन हुनसक्ने गरि थप सहयोग र सहकार्यका सहमतिहरु गर्नुपर्दछ ।

 

त्रिदेशीय लाभका क्षेत्रहरु

 

नेपालको दुबै छिमेकीहरुसँग कहिल्यै कटुतापूर्ण सम्बन्ध रहन सक्दैन । त्यसमा पनि भारत र चीन बीच बढ्दो साझेदारी एवं व्यापारीक संबन्धका कारण नेपालले यी दुई छिमेकीहरु बीचको सौहार्द्रता र व्यवसायिक सम्बन्धबाट लाभ लिन सक्नुपर्छ भन्ने सबैले दिइरहेको अर्ति बुद्धिमा आइरहेकै कुरा हो । जो कोही विद्धानले उठाउने विषय हो । अहिले यहाँ उठाउन खोजिएको कुरो भने प्रधानमन्त्री ओलीले आगामी भ्रमणमा यो विषयको अबधारणालाई स्पष्ट गर्दै संरचना एवं त्रिदेशीय संयन्त्र निर्माणको तहमा साँच्चिकै काम शुरुगर्न सके भने यो भ्रमणले थप ऐतिहासिक उपलब्धी हासिल गर्नेमा कुनै शंका रहँनेछैन ।

 

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणले नेपाल चीन संबन्धमा ऐतिहासिक फड्को मार्न सकोस् , हार्दिक शुभ–कामना !