नेता खोज्दै रामचन्द्र !

पुरातन कांग्रेस’bout बोल्ने मानिसको अन्तिम किल्ला नै हुन् —रामचन्द्र पौडेल । उनका केही बानी वीपी कोइरालाका छन् । केही गणेशमान सिंहका छन् । केही कृष्णप्रसाद भट्टराईका छन् । मात्र उनीसंग नभएको आनीबानी रामचन्द्र पौडेलको मात्र हो । आफ्नै विशिष्ट गुणबाहेक उनी अरुका सबै गुणले भरिभराउ छन् ।

 

 

ट्रान्सपरेन्सी नेपालका अध्यक्ष वरिष्ट अधिवक्ता श्रीहरि अर्यालले सर्वोच्च बार एसोसिएसनद्वारा बुढानिलकण्ठमा आयोजित पिकनिकमा परैबाट सोधे, छापामा लेख्न छोडेको होे ?

 

 

जवाफ नफर्काउदै स्वभाव अनुसार उनले भने, अरु कुरा मलाई थाहा छैन तर कृष्णमुरारीले लेखेको एउटा कुरा संझियो कि खुब हाँसो उठ्छ र ज्यादै गंभीर पनि बनाउछ । त्यो के भने, पिकनिकमा रमाइरहेका वकीलहरुको ध्यान आफूतर्फ तान्नेगरी अर्याल भन्नथाले, कांग्रेसका रामचन्द्र पौडेललाई इमान्दार कांग्रेसीहरु नेता मान्न तयार छन् तर रामचन्द्र पौडेल आफ्नो लागि नेता खोज्दै हिंडेपछि कस्को के लाग्छ ?

 

 

श्रीहरि अर्यालले केही वर्षअघिको मोहीमाग्ने स्तंभको चर्चा गरेपछि लाग्यो, रामचन्द्र पौडेलवारे लेखेका वाक्यले अहिलेसम्म पनि धेरैको मन छोएको रहेछ । शेरबहादुर देउवाको सभातित्वकालमा भएका चुनावमा कांग्रेस स्थानीय, प्रदेश र संघीय संसदको चुनावमा कांग्रेस नारायणहरि भएपछि रामचन्द्र पौडेल के गरिरहेका छन् भन्ने खोतल्न मनलाग्यो । आमजनताका लागि पौडेल ‘आउटडेटेड’ भए पनि लखतरान कांग्रेसी बृत्तमा उनको स्थान अझै आशाको त्यान्द्रोको रुपमा रहिरहेको छ । त्यसैले कांग्रेस कार्यसमितिको फागुन १३ गते आइतवार बसेको वैठकमा रामचन्द्र पौडेलले सभापति देउवाको झाँक्रो झारेछन् । यसपछि पौडेल सबैतिर छाएका छन् ।

 

 

मोज, भोज—भत्तेर र कमाउ अभियानमा चुर्लुम्म डुवेका कांग्रेसीहरु अप्ठेरो आउदा रामचन्द्र पौडेललाई नै आफ्नो आदर्शको रुपमा देखाउदै भन्छन्, कांग्रेस भनेको रामचन्द्र हो र रामचन्द्र भनेको कांग्रेस हो !

 

 

पौंडेलले अहिलेसम्म माखो नमारे पनि राष्ट्रियता, प्रजातन्त्र र समाजवादको जपमा अरु कसैले उनलाई भेट्टाउन सक्दैन । ’cause उनी सिधै भन्छन्, बीपी—गणेशमान—भट्टराईको सानिध्यमा हुर्किएको हुँ । कसैले मसंग सक्दैन !

 

 

पुरातन कांग्रेस’bout बोल्ने मानिसको अन्तिम किल्ला नै हुन् —रामचन्द्र पौडेल । उनका केही बानी वीपी कोइरालाका छन् । केही गणेशमान सिंहका छन् । केही कृष्णप्रसाद भट्टराईका छन् । मात्र उनीसंग नभएको आनीबानी रामचन्द्र पौडेलको मात्र हो । आफ्नै विशिष्ट गुणबाहेक सबै अरुका गुणले भरिभराउ छन् ।

 

 

त्यसैले उनलाई ‘हिंग नभए पनि हिंग बाँधेको टालो’ जस्तै कांग्रेसको कांग्रेसत्व नभएका खाँट्टी कांग्रेसी भन्दा फरक पर्दैन । देशभरका कांग्रेसीहरुमा जुन विविधता छ, तीसबै विविधता एक्ला रामचन्द्र पौडेलमा पाइन्छ । यही विशेषताले गर्दा कांग्रेसीहरुका बिम्ब बनेका हुन्, उनी । त्यसैले उनी आफैंले आफैंलाई कांग्रेसका मध्यमार्गी धारका नेता भनेर चिनाउछन् । तर दुई छेउमा उनको मध्यधार कुन हो उनैलाई थाहा छैन ।

 

 

बामपन्थीलाई गाली गर्न प¥यो भने उनैलाई गुहारिन्छ र कम्युनिष्टसंग सहवास बढाउन प¥यो भने पनि लौ रामचन्द्रजी भनिन्छ । उनी फुरुंग पर्छन् । त्यसैले यिनी मध्यभागमै अलमलिइरहेका छन् । भनिन्छ, दुइवटा नदी मिलेपछि एउटा खोलो हराउछ, त्यसैगरी मध्यधारका भनिएका रामचन्द्र कांग्रेसका दुई धार मिलेपछि खोलो झैं कांग्रेसमै हराउने गरेका छन् ।

 

 

कोइराला विरासतको हकदार दावी गर्दै आएका रामचन्द्रले आफूलाई पटक्कै सावित गर्न सकेनन् । तर पार्टी फुटाएर पछि कांग्रेसमै फर्र्किका देउवाले भने आफूलाई मूल धारको बनाए । तर रामचन्द्र कहिल्यै स्थापित हुन नसकेका मात्र होइनन्, तिनै शेरबहादुर संग गिडगिडाउन पो थालेका देखिदैछन् ।

 

 

उनको विगत हेर्ने हो भने, कसैलाई नेता माने भने मात्र रामचन्द्रको अस्तित्व रहेको देखिन्छ । अहिले पार्टी सभापति शेरबहादुर देउवा कि परिवर्तनको माग गरिरहेका युवापुस्तालाई रामचन्द्रले नेता मान्ने ? विश्वप्रकाश थिए, रामचन्द्रले सुमर्न सकेनन् । शेरबहादुरले आफ्नो प्रवक्ता बनाए । गगन थापा छन्, रामचन्द्र उनीबाट पनि हच्किन्छन् । रामचन्द्रले के गर्ने ? न दिलमा हिम्मत छ नत बाजुमा तागत ! उनका लागि उनी आफैं घुमीफिरी रुम्जाटार मात्रै रहिरहने भए । उनको विकल्प उनी स्वयम् मात्रै देखिन्छन् !

 

 

रामचन्द्रलाई नजीकबाट चिनेका एक प्राध्यापकले भने, शेरबहादुरलाई नेतृत्व दिने आँट र हिम्मत दुबै उनमा छैन भन्ने उनको गनगनबाट पटकपटक प्रमाणीत भैसकेको छ । जहाँसम्म देउवालाई रामचन्द्रले नेता मानेर बस्ने कुरा छ, उनी तयार भए र शेरबहादुरले स्वीकारे भने उनको आकाक्षां त्यहींबाट मात्र पूरा हुन सक्छ । होइन, म नेता बन्छु भन्ने उनको देखावटी चाहना जुन छ, त्यसको लागि कांग्रेसमा परिवर्तनको माग गरिरहेकाहरुलाई नेतृत्वगर्ने आँट गर्नसक्नु पर्छ जो रामचन्द्रको बुताको कुरै होइन ।

 

 

यस्तो बेलामा उनलाई सुहाउदो बाटो भनेको युवाहरुको नेतृत्वलाई स्वीकार गरेर युवाहरुलाई अगाडि बढाउनु हो । यसोगर्दा देश र पार्टी दुबैले निकास पाउन सक्छन् । तर रामचन्द्रको सानो चित्तले यो ठूलो कुरा पचाउन सक्दैन । ’cause योग्य व्यक्ति अगाडि बढेभने मेरो ठाउ लिइदेलान् भन्ने डर उनले आफैंमा पालेका छन् !

 

 

रामचन्द्र योग्य व्यक्ति उनका दास बनुन् भन्ने चाहना राख्ने व्यक्ति हुन्, एक युवा कांग्रेसीले भने—’cause कांग्रेसलाई बेलामा नयाँ विचार दिने र उपयुक्त बाटो देखाउने भनेर कसी लागेका बिचारकहरु कुनै बेला रामचन्द्रलाई परामर्श दिने गर्दथे । तर ’emलाई रामचन्द्रको चित्तले कहिल्यै जस दिएन किनकि त्यसो गरे यी अगाडि बढ्लान् भन्ने डरले रामचन्द्र सधैं त्रसित रहिरहन्थे ।

 

 

युवा नेतृत्व अगाडि बढाउन रामचन्द्रले कुनै हालतमा सक्दैनन् । विगतमा हरेक पल्ट उनले युवा पुस्तालाई अन्तरघातमात्र गरेका छन् । गोटी मात्र बनाएका छन् । यसको कारण छ र त्यो हो, रामचन्द्र कुलिन कांग्रेस हुन् । लाहुरे र जेन्युइन होइनन् ।

 

 

कुलिन कित्ताका कांग्रेसी भएकाले अलीअली धम्क्याउने र घुक्र्याएर नेतृत्वमा रहिरहनका लागि उनी म मध्यधारको भनेर सधैं बार्गेनिंग गर्न माहिर छन् । जेन्युइन कांग्रेसीलाई यिनी अगाडि बढाउनै चाहन्नन् । कांग्रेसभित्र परिवर्तनकामीहरुलाई सधैं रामचन्द्रले धोका दिएका उदाहरण बग्रेल्ती छन् । कुलीनको पक्षमा लागेर सधै धोकाघडी दिइरहेकाले उनी मध्यमार्गी नेता बनेका हुन्, वास्तविक मध्यमार्गी यिनी हुँदै होइनन् !

 

 

रामचन्द्रको मध्यमार्गी मुखडाको भ्रममा बेलाबेला टेक्नोक्रेट÷ब्युरोक्रेट कांग्रेसीहरु, मूलधारले नटेरेपछि रामचन्द्र कहाँ गुहार माग्न पुग्छन् । त्यहाँ पुगेर डामिइसकेपछि उनीहरुले रामचन्द्र र उनको मध्मार्गलाई राम्रोसंग बुझ्छन् । त्यो के भने उनीहरुले नेता बनाउन खोजेका रामचन्द्र त आफै नेताको खोजीमा रहेछन् ! दुबै घिउ बेचुवा र तरवार बेचुवाले आफ्ना खुट्टा देखेपछि टेक्नेक्रेट÷ब्युरोक्रेट फर्केर पनि रामचन्द्रको क्षेत्रमा हेर्दैनन् । आफ्नो बाटो तताउछन् । यस्ताहरुको नामावली लामै छ ।

 

 

त्यसैले कांग्रेसबृत्तमा चल्तीको भनाइ नै छ, नेताबन्न चाहने टेक्नोक्रेट÷ब्युरोक्रेटहरु रामचन्द्रलाई नेता मानेर एक इन्च अगाडि बढ्न सक्दैनन् । आफैं नेताबन्न खोजे भने बरु ती नेता बन्लान् तर रामचन्द्रबाट तिनले नेतृत्व पाउन सक्ने कुनै संभावना छैन । ’cause रामचन्द्र कहिल्यै नेता बन्न नसक्ने तर नेता हुन खोज्ने अवसरवाला धार हो, मध्यमार्गको होइन ।

 

 

रामचन्द्रको जीवन संस्कृत पाकशालामा पढ्दादेखिकै परंपरागत छ र यो नै ‘पौडेल’ कांग्रेसको निरन्तरता हो । त्यसैको प्रतिकको रुपमा उनी बाँचिरहेका रहेछन् ।

 

 

कसैलाई भ्रम नपरोस्, रामचन्द्र कांग्रेसले किनारामा पारेका ब्यक्ति होइनन् । बिचरा उनले सत्ताको तर काड्न कहिल्यै चाहेनन्÷पाएनन् । वास्तवमा उनी कांग्रेसमा सबैभन्दा बढी सत्ताको स्वाद लिने नेता हुन् । तर उनी गोबिन्दराज जोशी, खुमबहादुर खड्का जस्ता ह्वात्त आएर स्वाट्ट पार्ने खहरे प्रभृत्तिका होइनन् । उनी त कांग्रेसका त्यस्ता मूल प्रवाह हुन्, जो जतिसुकै फोहार मैला मिसिए पनि सत्तामा गंगा झैं सधैं बगिरहे, सिंचित भइरहे ।

 

 

कांग्रेस सत्तामा रहेदेखि अहिलेसम्म रामचन्द्रले पार्टी होस कि सरकारको पदबाट बाहिरिनु परेको छैन । पद, पैसा, सुविधा, सत्ताले उनलाई जहिले पनि पछ्याइरहेकै हुन्छ । तर पनि आमकांग्रेसीहरुको भीडमा रामचन्द्रको प्रतिपक्षी भूमिका सदाबहार छ । यो नै उनको विशेषता हो ।

 

 

त्यसैले उनले अहिलेसम्म कांग्रेसको उतार चढाउको कुनै जिम्मेवारी लिनु पर्दैन । कांग्रेस विग्रियो—कृष्णप्रसाद भट्टराई जिम्मेवार । गिरिजाप्रसाद जिम्मेवार । शेरबहादुर जिम्मेवार । तर कहिल्यै रामचन्द्र जिम्मेवारी लिंदैनन् ’cause उनी रामचन्द्र पौडेल हुन् !

 

 

रामचन्द्र पौडेल सबैभन्दा बढी प्रजातन्त्रका ‘हिमायती’ भएकाले उनलाई कांग्रेसमा विशेष अधिकार छ ’cause उनी पार्टीमा विशेष अधिकारवालाको हैशीयत राख्छन् । त्यसैले सबैका कार्यमा टिप्पणी गर्ने छुट उनलाई छ । जस्लाई पनि अर्ती उपदेश दिइरहन्छन् । अरुले उनका सुनेनन् भने यिनी नराम्रोसंग पड्किने मात्र होइन, त्यसलाई तहलगाउन मिहिन रुपमा लागिरहन्छन् । त्यसैले पाँच दशक लामो राजनीतिक यात्रामा रामचन्द्रका आफ्नो भन्ने कोही छैनन् ।

 

 

सत्ताको तर मार्ने कांग्रेसजनहरुले आफूलाई झुसिल्किराले पुतलीका रुपमा परिवर्तन गरे भन्दा पनि छिटो फड्को मारेको रामचन्द्रलाई थाहा छ । तर पनि रामचन्द्रको रुप र सारमा कुनै परिवर्तन देखिदैन । उनी उस्तै लाग्छन् । उनको बानीबेहोरा बदलिएको छैन । उही छ । गनगनमा पनि भिन्नता छैन, निरन्तरता छ । अरु प्रगतिमा आरिस छ । यो नै उनको मौलिकता हो ।

 

 

खद्दरको कपडा लगाउने रामचन्द्रमा ठूलो परिवर्तन आइसकेर रेसमको कपडामा परिवर्तन भए पनि रामचन्द्र पौडेलले कुर्था र जवाहर इस्टकोट अनि लवेदा, सुरुवाल, कोट लगाउन छाडेका छैनन् । उनको शिरमा सधैं शोभायमान कांग्रेस बान्कीमा ढालिएको चुच्चे टोपीमा पनि कुनै परिवर्तन आएको देखिदैन । उनको जति धारिलो र मौलिक कांग्रेसी कटको टोपी अरुको छैन । उनले आफूलाई परैबाट चिनिने कांग्रेसीको रुप, रंग र स्वभावमा कुनै परिवर्तन आउन दिएका छैनन् । यो नै रामचन्द्रलाई खाँटी कांग्रेसी भनेर चिनाउने असली पहिचान हो ।

 

 

आफूलाई कांग्रेस दावा गर्ने र पदमा पनि विराजमान रहेका कांग्रेसीहरुले कांग्रेसको मौलिकता, सार र रुप दुबैमा रामचन्द्र पौडेललाई मानक बनाएका छन् । उनीहरुले यसमा रत्तीभर कमी आउन दिनु हुँदैन भन्ने गरेका छन् । लाग्छ, देशभरका सकल कांग्रेसीहरुका लागि यिनी नै कांग्रेस हुन् र कांग्रेस नै रामचन्द्र पौडेल हुन् । एक बीना अर्कोको अस्तित्व समेत रहँदैन ।

 

 

हुन पनि रामचन्द्र पौडेल नभएको र हुन नसकेको भनेको कांग्रेसको सभापति र देशका प्रधानमन्त्री मात्रै न हुन् । उनी कांग्रेसका सभापति नभएका पनि होइनन् तर त्यो कार्यवाहक अर्थात केही समयलाई मात्र भएको मात्र न हो । कांग्रेसका स्थायी सभापति हुन भने कहिल्यै सकेनन् ।

 

 

त्यसैगरी पटक पटक र लामो समय उपप्रधानमन्त्री भए पनि उनी प्रधानमन्त्री भने कहिल्यै बन्न सकेनन् । यसैका लागि उनी सत्र÷अठार पल्ट चुनाव पनि लडे र हरेक पल्ट गल्र्याम गुर्लुम भएर लडे । तर चित्त बुझाउने ठाउ भने उनको जीवनमा पनि नभएको होइन । उनी कार्यवाहक प्रधानमन्त्री भने बलबहादुर राई जति नभए पनि कार्यवाहक प्रधानमन्त्रीको स्वाद भने उनले पटक पटक रसस्वादन गरेका छन् ।

 

 

खुलस्त भन्ने हो भने रामचन्द्र पौडेल एकमात्र जिवित त्यस्ता कांग्रेसी हुन् जसमा भएका अवयव अब अरु कांग्रेसमा बीउको लागि टक्टक्याएर खोज्दा समेत रत्तीभर पाइदैन । उनी उनको पुस्तामा बाँचेका एक पात्र मात्र होइनन्, उनी त नयाँ पुस्ताको मानक असली कांग्रेस हुन् ।

 

 

त्यसैले हरेक पल्ट यिनैलाई देखाएर कांग्रेस पार्टीले आफूलाई कांग्रेस सावित गरिरहेको छ । कांग्रेसका लागि उनीमात्र सिद्धान्त, आदर्श र मूल्य मान्यता भएका एकमात्र जिउँदा कांग्रेस हुन् । त्यसैले सकल कांग्रेस पार्टीमा रामचन्द्रको योग्यता, क्षमता र लगनशीलता नै भूत, वर्तमान र भविष्य हो ।