नयाँ युगको नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा ! -अश्विनकुमार पुडासैनी


“स्थानीय तह, प्रदेश र संसद्को निर्वाचन सफलतापुर्वक सम्पन्न हुनु नेपाल सरकार र नेपाली जनताको ठूलो उपलब्धि हो । यो सन् २००६ मा नेपालमा सुरु भएको परिवर्तनको उत्कर्ष हो । यसका लागि म नेपाली जनता र सरकार दुवैलाई हृदयदेखि अभिनन्दन गरी धेरै वधाई दिन चाहन्छु । नेपाल यतिबेला एक नयाँ युगमा प्रवेश गरेको छ । एक नजिकको छिमेकी मित्रदेशको नाताले एवं विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको रुपमा नेपालको इतिहासको यो स्वर्णिम अध्यायको शुभारम्भ हाम्रा लागि खुसीको विषय हो ।”
प्रधानमन्त्री केपी शर्मा ओलीे दक्षिणी छिमेकी देश भारतको अप्रिल ६–८, २०१८ सम्म राजकीय भ्रमण सम्पन्न गरी आईतबार काठमाण्डौं फर्कदैं छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमणको उपलब्धीलाई अन्तराष्ट्रिय मामिलाविज्ञले विभिन्न प्रतिक्रिया जनाएका छन् । तीनै तह स्थानीय, प्रदेश र संघीय निर्वाचन सम्पन्न भई तीन चौथाई मत प्राप्त गरि प्रधानमन्त्री निर्वाचित भएको साठी दिन भित्रै प्रधानमन्त्री ओलीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट शुरु गरेका छन् । प्रधानमन्त्री ओलीको तीन दिने यो भारत भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको छ ।
नेपाली जनमतप्रति मोदीको सम्मान
प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी श्री मोदीले शनिबार नेपाल–भारत द्धिपक्षीय बैठकपछि आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले भनेका छन् “स्थानीय तह, प्रदेश र संसद्को निर्वाचन सफलतापुर्वक सम्पन्न हुनु नेपाल सरकार र नेपाली जनताको ठूलो उपलब्धि हो । यो सन् २००६ मा नेपालमा सुरु भएको परिवर्तनको उत्कर्ष हो । यसका लागि म नेपाली जनता र सरकार दुवैलाई हृदयदेखि अभिनन्दन गरी धेरै वधाई दिन चाहन्छु । नेपाल यतिबेला एक नयाँ युगमा प्रवेश गरेको छ । एक नजिकको छिमेकी मित्रदेशको नाताले एवं विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको रुपमा नेपालको इतिहासको यो स्वर्णिम अध्यायको शुभारम्भ हाम्रा लागि खुसीको विषय हो ।” मोदीको यो भनाईले उनले सन् २०१५ मा नेपालले संविधान जारी गर्दा राखेको असहमति अन्त्य भएको छ । उनले यो सम्बन्ध सुधारलाई ‘कोर्स करेक्सन’को रुपमा उत्साहित हुँदै नेपाली जनताको जनमतको मुक्तकण्ठले स्वागत गर्दै अभिनन्दन् गरेका हुन् ।
ओली डट्रिनको प्रयोगको शुरुवात
नेपाल–भारत सम्बन्धमा अघि बढेको यो नयाँ आयामलाई प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीवीचको औपचारिक वैठक पश्चात जारी संयुक्त वक्तव्यमा उल्लिखित १२ औं बुँदामा “नेपाल–भारत बीचको बहुआयामिक सम्बन्धको सिंहवालोकन भएको र दुई प्रधानमन्त्रीले द्धिपक्षीय सम्वन्धलाई नयाँ उचाईमा पु¥याउन समानता, आपसी विश्वास, सम्मान र पारस्पारिक फाईदाका आधारमा मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।” प्रधानमन्त्री ओलीले अबलम्वन गरेको नेपालको विदेशनीतिको नयाँ अभ्यासलाई समर्थन गरेको छ ।
संयुक्त वक्तव्यमा प्रधानमन्त्री ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सहयोग गर्न भारतीय प्रधानमन्त्री मोदीले देखाएको प्रतिवद्धता, नेपाल सरकार र जनताको स्थायित्व र विकासप्रतिको दृष्टिकोणको पनि प्रसंशा गर्नु पनि ओलीको विदेशनीतिको स्वागत एवं समर्थन भएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा दुई बर्षअघि आपूmले प्रधानमन्त्री मोदीसँग गरेको संवादको स्मरण गर्दै दुई देशवीचको बहुआयामिक सम्वन्धलाई जोड दिनुले पनि उनले मोदीसँगको शुक्रबार र शनिवार दुई पटक भएको ‘वान्–टु–वान्’ वार्तासमेतमा आफ्नो विदेशनीतिका वारेमा घनीभुत छलफल गरेको प्रष्टयाउँदछ ।
मापन योग्य उपलब्धी
संयुक्त वक्तव्यमा उल्लिखित तीन क्षेत्रमा आपसी सहकार्य गर्ने सहमतिले भ्रमणको दौरानमा सम्पन्न भएका उपलब्धी मापन योग्य रहेका छन् । दुई प्रधानमन्त्रीले संयुक्त रुपमा गरेका शिलन्यास र शुभारम्भले विगतमा भएका सझौताको कार्यान्वयनको सुनिश्चितताको लक्षण देखाएको छ । कृषिमा नयाँ साझेदारी, रक्सौलदेखि काठमाण्डौसम्मको विधुतीय रेलमार्ग विस्तार, नेपाल–भारतवीचको जलमार्ग विकास र नेपाललाई ‘ल्याण्ड लिंड्ढ कन्ट्रि’को रुपमा प्रधानमन्त्री मोदीले गरेको व्याख्याले पनि विगतमा गरिएको नाकाबन्दीको प्रभावलाई स्वीकार गर्दै मापन योग्य सहयोग गर्ने तत्परता देखिएको छ । पुराना संझौता भएका परियोजनाको कार्यान्वयन, मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाईपलाईनको शिलान्यास जस्ता विषयले मापन योग्य सहयोग र सहकार्य देखिएका छन् ।
सञ्चार माद्यम, वडिल्याङ्गवेज र राष्ट्रिय स्वाभिमान
नेपाल–भारतवीचको बहुआयामिक सम्बन्धमा जनस्तरको चासो र चनाखोपन सधै रहि रहेको छ । युगौंदेखिको द्धिपक्षीय सम्बन्धमा जनस्तरको कुटनीति ज्यादै संवेदनशिल छ । भारतीय नाकाबन्दीको समयमा स्वाभिमानको अडान लिएका प्रधानमन्त्री ओलीको यसपटकको भारत भ्रमणलाई तीन करोड नेपालीको आँखा, कान र अनुहारले एक टकले हेरिरहेको थियो । प्रधानमन्त्री ओलीको यसपटकको भारत भ्रमणको क्रममा जति पनि विषय सञ्चार माध्यममार्फत सार्वजनिक भएका छन् । ती सामग्रीले नेपाली स्वाभिमानमा सकारात्मक प्रभाव पारेको छ । प्रधानमन्त्रीको यो भ्रमणले नेपाली जनताको राष्ट्रियताको भावना र स्वाभिमानलाई उचो बनाएको छ । भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामा नेपालीको सम्मानपुर्वक गरेको अभिवादन र सञ्चार माध्यममा देखिएको मोदी र ओलीको ‘वडिल्याङ्गवेज’समेतले सकारात्मक सन्देश प्रवाह गरेको छ ।
खड्किएको राजदुतको रिक्तता
दुई छिमेकीसँगको सम्वन्ध सुदृढ गर्ने । निरन्तरको सम्वाद आदान÷प्रदान गर्ने संस्थागत संयन्त्र राजदुतावास वा नियोग नै हो । दुतावास वा नियोग प्रमुख सरकारको प्रतिनिधि हो । सरकारले आफ्ना नियोग प्रमुखविहिन अबस्थामा राख्नु हुँदैन । त्यसमा पनि निकटको छिमेकमा एकदिन प्रनि प्रमुखविहिन गर्नु हुँदैन भन्ने नीति अबलम्बन गर्नु पर्दछ । नेपालमा व्यक्तिगत स्वार्थ, दलगत खिचातानी र अव्यावहारिक प्रक्रियागत कुराले पनि नियोग बर्षौंसम्म प्रमुखविहिन भईरहेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको समयमा पनि बाह्रखम्बे रोडको नेपाली दुतावास छ महिना अगाडिदेखि नै राजदुतविहिन रह्यो ।
नेपाली दुताबासमा कार्यरत कार्यवाहक राजदुत (कर्मचारी) र उनको काविल सहयोगी टिमको कारण राजदुतको अभाव खड्किन नपाएको जस्तो देखिएको हो । तर यस कुराले भने छिमेकीको मनमा पर्ने प्रभाव बुझ्न सकिन्छ । यसको प्रभाव भनेको जलश्रोतको क्षेत्रमा हुन सक्ने भनिएका कतिपय सहयोगका परियोजना तथा विगतमा भएका समझदारी अनुरुपका कार्यक्रम अघि बढ्न नसक्नु नै हो । चाहे जे होस् । यस किसिमको अबस्था अव नरहोस् भन्ने कुटनीतिक तथा परराष्ट्र मामिलाका जानकारले बताए । यस किसिमको अवस्था सधैंको लागि अन्त्य हुनुपर्दछ । साना मुलुकको विदेशनीति र कुटनीतिक अभ्यासको अध्ययन गर्दा के पाईन्छ भने साना मुलुक आफ्ना मिसनको संयन्त्र र नेतृत्वप्रति सधैं संवेदनशिल हुन्छन् ।
अन्य छिमेकीको चासो
नेपाल–भारत सम्बन्धका विषयमा र यी दुई छिमेकीवीचको उच्चस्तरीय भ्रमणमा अन्य छिमेकीसमेतको चासो र जिज्ञासा रहने गर्दछ । यो स्वभाविक चासो पनि हो । अहिलेको भ्रमणमा उत्तरी छिमेकी चीनसमेतको चासो रहेको आभाष हुन्थ्यो । आजदेखि नै शुरु हुने वोआओ सम्मेलनमा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको उपस्थितिको अपेक्षा रहेको थियो । तर ‘नेपालको निकट छिमेकीसँगको राम्रो सम्वन्धवाट नै दीर्घकालीन रुपमा नेपालको हित हुन्छ’ भन्ने उत्तरी छिमेकको ‘नेपालको हित चिताउने’ धारणाले यस सम्मेलनमा उपल्लो तहको प्रतिनिधित्व नहुँदा पनि चासो व्यक्त नभएको हो । यस विषयलाई के हाम्रो नेतृत्वले बुझ्न सकेको छ त ?
प्रधानमन्त्री ओलीको आगामी चीन भ्रमणको क्रममा यस विषयले पनि ठोस मान्यता पाउने छ । बाँकी हाम्रा अन्य छिमेकी र दाता राष्ट्रको चासोको सम्बन्धमा दुईहप्ता पहिले प्रधानमन्त्री ओलीले उनीहरुको गतिविधि माथी गरेको टिप्पणी र जवाफ नै काफी छ । कुटनीतिमा सबै कुरा ह्वाङ्गै र छ्याङ्गै हुनै पर्दैन । प्रधानमन्त्री ओलीको यो भारत भ्रमणको उपलब्धीले अन्य छिमेकीसँगको सम्बन्धसमेतमा सकारात्मक प्रभाव पारेको छ । हिजो नाकावन्दीको समयमा भारतले अन्य मित्रराष्ट्रलाई पनि आफ्नो प्रभाव देखाउन कोशिस गरेता पनि अहिलेको प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी हेर्दा विगतको नेपालको अडान अन्य मित्रराष्ट्रले पनि स्वीकारेको महशुस गर्न सकिन्छ ।
सार्क’bout सामान्य चासो
नेपाल सार्कको वर्तमान अध्यक्षको हैसियतले प्रधानमन्त्री ओलीले आफ्नो समकक्षी मोदीसँग कुरा गरेता पनि भारतले आफ्नै अडान राखेकाले सार्कको बैठक बस्ने सम्बन्धमा ठोस उपलब्धी हासिल हुन नसकेता पनि दुबै प्रधानमन्त्रीले क्षेत्रीय स्तरका संगठनको महत्व र प्रभावका विषयमा खुलेरै कुरा गरेकाले आगामी दिनमा विभिन्न चरणमा हुने कुटनीतिक सम्वादलाई भने सकारात्मक प्रभाव नै पर्ने देखिन्छ ।
जनस्तरको कुटनीतिमा जोड
नेपाल–भारत सम्वन्ध जनस्तरको हो । नेपालका राजनेता, राजनीतिक दलका कार्यकर्ता, व्यापारी, व्यावसायी, नीजि तथा सामाजिक एवं साँस्कृतिक क्षेत्रसमेतले नेपाल–भारतको जनस्तरको सम्वन्धको चर्चा परिचर्चा र सम्वाद हुने गरेको छ । सामाजिक मात्रै होईन नेपालका साँस्कृतिक एव पुरातात्विक सम्पदासमेतको अन्तर सम्बन्ध रहेको छ । भारत प्रधानमन्त्री ओलीको भ्रमणको क्रम भारतका नेपालविद्हरुले नेपालको जनस्तरको सम्वन्धमा भारत विरोधी भावना बढेको आशंका व्यक्त गरे त्यसलाई चीर्दै प्रधानमन्त्री ओलीले स्वाभीमानी नेपालीको सिर ठाडो रहने गरि नेपाल–भारत सम्बन्धमा जनस्तरको कुटनीतिमा जोड दिएर भने “भारतसँगको सम्बन्धलाई नेपालले विशेष महत्व दिन्छ । दुई देशबीच युगौं पुरानो ऐतिहासिक नाता छ । दुवै देशले एक अर्कालाई दिन मिल्ने धेरै कुरा छन् । हाम्रा देशवीच पर्यावरणीयदेखि आर्थिकदेखि थुप्रै विषय अन्तरसम्वन्धित छन् । निकटको छिमेकी भएका कारण हाम्रा नियति एक अर्कासँग जोडिएका छन् ।” यो अभिव्यक्तिले जनस्तरको कुटनीति नेपाल भारत सम्वन्ध बलियो बनाउने एक आधार भएको पुर्नपुष्टी भएको छ । सोही प्रसङ्गमा भारतीय प्रधानमन्त्री मोदीले पनि “नेपालको सदियौं पुरानो भौगोलिक, ऐतिहासिक, सामाजिक, आर्थिक एवं साँस्कृतिक सम्वन्धमा नयाँ आयाम बन्ने छ ।” भन्ने अभिव्यक्तिले दुवैको समृद्धिमा दुवैको साथ भन्ने कुराले प्रमुखता पाएको छ ।
व्यापार घाटा कम हुने अपेक्षा
प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा नेपालको समृद्धिमा भारतको सहयोगको अपेक्षा गरिएको हो । कतिपय विश्लेषकले नेपालको भारतसँगको व्यापार घाटा कम गर्ने विषयमा घनिभुत छलफल र गृहकार्यको अभाव महशुस गरेको पाईयो । तर प्रधानमन्त्री ओलीले दिल्लीमा उद्यमी व्यापारी प्रतिनिधिलाई गरेको सम्वोधनले त्यस विषयको संसयको पनि अन्त्य भएको छ । पत्रकार सम्मेलनसमेतमा ओलीले “पर्यावरणदेखि व्यापार, विभिन्न रुपमा दुई देशबीच अन्तरनिर्भरता छ ।” यसले पनि आगामी दिनमा व्यापार घाटा कम गर्नमा ठोस कार्ययोजनासहित अगाडि बढ्न सकिने अपेक्षा गरिन्छ । ओलीले भनेका छन् “छिमेकीसँगको सम्बन्ध अन्यसँगको भन्दा फरक हुन्छ । समानताको सिद्धान्त, न्याय, आपसी सम्मान र हितका आधारमा छिमेकीवीच शान्तिपूर्ण सहअस्तित्व हुन्छ ।” यी अभिव्यक्तिले पनि प्रधानमन्त्री ओलीले आप्mनो समकक्षी नरेन्द्र मोदीसँगको वान टु वान वार्तासमेतमा नेपाल–भारत व्यापार घाटा कम गर्नमा आवश्यक ठोस कदम अगाडि बढाउने कुरासमेतमा छलफल भएको संकेत गरेका छन् ।
मोदीको नेपाल भ्रमणले अझै उचाईमा पु¥याउँछ
प्रधानमन्त्री ओलीले आपूmलाई टेलिफोनमा बधाई दिँदा नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । उनले प्रत्येक पटकको सम्वादमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारत भ्रमणको क्रममा संयुक्त वक्तव्यसमेतमा त्यसलाई समावेश गराएर निकट भविष्यमा नै भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने संकेत देखिएको छ । पहिलो पटक मोदीले गरेको नेपाल भ्रमणको प्रभाव अझै नेपालीजनको स्मृतिमा रहेको छ । मोदीको आगामी नेपाल भ्रमणले नेपाल–भारत सम्बन्धमा आत्मीयता र सहृदयताले नयाँ उचाई लिने निश्चित छ ।
प्रधानमन्त्री ओलीलाई कृषिमा विद्यावारिधि
प्रधानमन्त्री ओलीले डा.गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधी प्रदान गरेको छ । उनले जस्तै पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला र पूर्व राष्ट्रपति रामवरण यादवले पनि पदवी पाएका छन् । यसले कुनै महत्व राख्दैन यदि प्रधानमन्त्री ओलीले नेपालको कृषि क्षेत्रको विकासमा ठोस कार्यक्रमसहितको कुनै नयाँ कार्यक्रम अगाडि बढाएनन् भने । पंतिकारको अनुरोध छ । आईतवार पाएको उपाधीले प्रधानमन्त्री ओलीलाई नेपालको कृषिको विकास गर्नमा प्रेरणा मिलोस् । हार्दिक शुभकामना ।

