पश्चिमा विश्वले नचिनेका सी जिङ्गपिङ्ग

(केहि हप्ता अगाडि चीनको राष्ट्रिय विधायिका नेसनल पिपल्स कांग्रेसको १३ औ अधिवेशनले चीनका राष्ट्रपति सी जिङ्गपिङ्गलाई असिमित पदावधीको लागि चीनको राष्ट्रपति बन्न बाटो खोलि दिएको छ । साथै उनले ‘राष्ट्रिय सुपरीवेक्षण आयोग’ बनाएका छन र त्यसको आफै प्रमुख भएका छन । चीनका राष्ट्रपति सी’bout पश्चिमा राजनेता कस्तो धारणा राख्छन भन्ने बिषय आफैमा कौतुहलको बिषय हो । यसै सन्र्दभमा गत मार्च २१, २०१८ मा न्यु र्योक टाइम्समा छापिएको अष्ट्रेलियाका पुर्व प्रधानमन्त्री तथा लेवर पार्टीका नेता केभिन रुडको आलेखलाई अनुदित गरेका छौ । पश्चिमा मुल्य मान्यता र संस्था तथा व्यवहारलाई प्रतिनिधित्व गर्ने रुडको दृष्ट्रिकोणमा चीनको भविश्य कस्तो होला भन्ने आंकलन हुन्छ । यस आलेखका अनुवादक अंग्रेजी प्राध्यापन गर्छन । – सम्पादक)
केभिन रुड
अनुवादः राजु गौतम
पश्चिमा विश्वको बिश्लेषणमा सम्भवत सवैभन्दा ठुलो कमजोरी भनेको के हो भने राष्ट्रपति सी अन्तरराष्ट्रिय विधी विधान, र संस्थाहरु अवलम्वन गर्दै अहिलेको विश्व प्रणालीलाई सवल र दिगो बनाउँदै अमेरिकासंग आर्थिक शक्तिको रुपमा प्रतिस्पर्धा गर्न चाहन्छन भन्ने सोच हो । तर यो बिश्लेषणात्मक आशा अहिलेसम्म ज्ञात भएको र स्थापित तथ्य विपरित छ ।
चीनको राष्ट्रिय विधायिका ‘नेसनल पिपल्स कांग्रेस’को हालै सम्पन्न १३ अधिवेसनले चीनको राष्ट्रपतिको पदावधीको सिमितता हटाउने निर्णयले पश्चिमा जगत तरङ्गित र मर्माहत बन्न पुगेको छ । यो निर्णयले माओपछि सवैभन्दा शक्तिशाली नेताको रुपमा चित्रित चीनका वर्तमान राष्ट्रपति सी जिङ्गपिङ्गलाई नयाँ कन्फ्युसियन तानाशाहको रुपमा चित्रित गरिएको छ । पश्चिमा बिश्लेषकहरुको विश्वासमा सीले मार्क्सवादी लेनिनवादी विचाचरधाराको आधारमा नियन्त्रणमा राखेका छन् । सीसंग पश्चिमा पूँजीवादका आफु अनुकुलका मुल्य मान्यतालाई अनुसरण गर्दै चीनलाई संसारको सवैभन्दा शक्तिशाली देशको रुपमा स्थापित गर्ने महत्वकांक्षा रहेको छ ।
सीको असिमित समयावधीको लागि राष्ट्रपति बन्ने यो मार्ग प्रसस्तीले सवैभन्दा धेरै प्रत्यक्ष रुपमा चीन भित्रभन्दा पनि चीन बाहिर र पश्चिमा विश्वलाई छोएको छ । सी सत्तामा आएपछिको आधा दशकमा पश्चिमा विद्धान, बिश्लेषक र राजनेताहरु चीनको बिषयमा विभिन्न खालका अडकलबाजी गरिरहेका छन । उनीहरुको आंकलनले चीनको नेतृत्व र देशको वास्तविकतालाई उजागर गर्नेभन्दा पनि चीन र चिनियाँ नेतृत्वलाई एक बिम्व र प्रतिकको रुपमा मात्र चित्रित गरि रहेका छन् । यसबाट चीन’boutको बिश्लेषण वास्तविकताभन्दा फरक र सतही रहेका छन् ।
सीको नेतृत्वको निर्माण क्षणभरमा भएको होइन । उनले सुरुवाती समयदेखी नै देखिने स्केलमा र अत्यन्तै तिव्र गतिमा चीन राज्य र चीनियाँ कम्युनिष्ट पार्टीको शक्ति एकिकृत गर्दै फरक राजनीतिक दक्षता र रण कौशल प्रर्दशन गरे । उनले चीनको सर्वोच्च पद हासिल गर्न आफ्ना प्रतिस्पर्दीलाई उच्च रणनीतिको साथ पछि पारे । रणनीतिक चालले प्रतिस्पर्दीलाई माथ गरे । केहिलाई किनारा पनि लगाए । तर उनको प्रगतिपथको यो सफल यात्राको कथा गोप्य थिएन् । तर, निश्चय नै उनको यो उत्थानको कथा कमजोर हृदय हुनेको लागि भने अवश्य होइन ।
भ्रष्टाचार प्रतिरोधी अभियान उनको राजनीतिक लडाईको लागि एक उपयोगी अस्त्र बनेको छ । उनले यो अस्त्रलाई शुद्धिकरण अभियानको नाममा लगाएका छन् । त्यस्तै गरि सम्भावित राजनीतिक चुनौतीलाई पन्छाउन र आफ्ना सर्मथकलाई पार्टी र सत्तामा स्थापित गर्न र यसको आधारमा सर्वोच्च स्थानमा पुर्याउन यो अचुक अस्त्र पनि बनाएका छन् । यद्धपी यो प्रक्रिया अहिलेसम्म सकिएको छैन, अझै अरु बाँकी छ । यो सवै प्रक्रियामा पार्टीका सवै तह र तप्कामा र सरकारमा आफ्ना सर्मथकलाई पुर्याउँन एक ‘राष्ट्रिय सुपरीवेक्षण आयोग’ स्थापित गरिदै छ ।
सी वर्तमान समयमा छ वटा उच्च तहको राजकीय निकायको प्रमुखको रुपमा स्थापित छन् । उनले साना समुहको नेतृत्व गर्दै र केन्द्रीय समिति र आयोगहरुको नेतृत्व गर्दैछन् । चीनको सवै तहको नीति निर्माणको तहमा स्थापित भएका छन् । तथाकथित उनको विचारधारा अहिले संविधानसंगै जोडिएको छ । यो वर्तमान राष्ट्रपतिको अनौठो संयोजन हो । यसको बलवुत्तामा उनको कार्यकालको समयसीमाको अन्त्य केवल एक केकमाथि आइस क्रिम जस्तो मात्रै हो । यो परिवर्तनविना नै उनी चीनको सर्वोच्च नेता २०२० सम्म नेता बन्न चाहान्थे ।
सीको नयाँ अधिनायकवादमाथि धेरै जसो बिषय केन्द्रीत भएका छन् । अर्थात धेरै यस बिषयमा मात्र केन्द्रीतकृत छन् । तर सी यस विषय मात्र केन्द्रीकृत छन भन्ने बिश्लेषण खतरनाक हुन जान्छ किनकि यसबाट चीनमा भएका अन्य व्यापक परिवर्तन र सम्पूर्ण देशको निश्चित दिशाबाट उनीहरु टाढा रहन्छन् । बिगत केहि बर्षदेखी चीन फेरी पुरातनवादी मार्क्स र लेनिनका जडसुत्रवादी सिद्धान्तोन्मुख भै रहेको छ । यो विगत चालिस बर्षदेखी चीनमा प्रयोग भै रहेको अवस्थाभन्दा फरक हो । यस परिवर्तनसंगै देशको प्रमुख नीति निर्माण गर्ने संस्थाहरुमा चिनीयाँ कम्युनिष्ट पार्टीको संस्थागत आधिपत्य फेरी स्थापित भएको छ । यसको कारण नीति निर्माताहरु र उच्च सरकारी पदासिनहरु नीति निर्माणसंग सम्वन्धित जटिल प्रश्नको सामना गरिहेका छन् ।
अहिलेको अवस्थामा देशको आर्थिक बिषय र देशका सवै प्रमुख मुद्धाहरु’bout नीतिगत शक्तिसमेत ‘स्टेट काउन्सिल’बाट चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटव्युरोमा स्थानान्तरण भएको छ । तर यो संवेदनशिल परिवर्तन अहिले नै भएको भने होइन । यसको सुरुवात झु रोङ्ग झी प्रधानमन्त्री भएको समयदेखी नै हो । पार्टीले आर्थिक व्यवस्थापन तथा सवै प्रमुख बिषयमा अनिवार्य रुपमा प्रमुख भुमिका निर्वाह गर्नुपर्छ भन्ने धारणा सीको पनि रहेको छ । यसै विचारधाराको आधारमा चीन विश्वको एक शक्तिशाली देशको यात्रालाई अगाडि बढाउने अभियानमा जुटेको छ ।
सीलाई एक असहजता पनि छ । उनी आफै एक अर्थशास्त्री होइनन र उनी उनको प्रमुख आर्थिक सल्लाहकार लि क्युइवान प्राविधिक दृष्ट्रिकोणले अर्थतन्त्र’bout जिम्मेवार भएकाले सी राजनीतिक हिसावले अलिक कमजोर प्रतित छन् । यसको परिणाम राष्ट्रपति सीको अर्थतन्त्रमाथि बढि नै नियन्त्रण गर्ने इरादा र पार्टीले विगतमा गरेको आर्थिक सुधार कार्यक्रमवीचमा एक द्वन्द्वात्मक वातावारण पैदा हुने सम्भावना पनि रहेको छ ।
सन २०१३ मा पार्टीले भावी पुस्ताको लागि आर्थिक परिवर्तनको योजना सार्वजनिक गर्यो । यसमा योजना तीव्र आर्थिक वृद्धि हासिल गर्दै चीनको आर्थिक सामाजिक रुपान्तरण गर्ने आधार प्रस्तुत गरिएका थिए । न्युन ज्याला, निर्यात व्यापारको लागि श्रम प्रचुर प्रविधिको प्रयोग गरेर वस्तु उत्पादन, र आधारभुत आर्थिक आधारशिला निर्माणको लागि अत्यधिक लगानी गर्ने, तल्लो तप्काका जनतालाई स्विकार्य राष्ट्रिय उपभोग विस्तार गर्ने जस्ता उपक्रमको सहायताले हासिल गर्ने दिगो आर्थिक वृद्धि र पुराना राज्य नियन्त्रित ठुला कम्पनीहरुलाई अलिवावा जस्ता नयाँ कम्पनीले प्रतिस्थापन गर्ने जस्ता आधारहरु प्रस्ताव गरिएका थिए ।
विगतको आधा दशकदेखी धेरै क्षेत्रमा सुधारको गतिमा सुस्सता आएको छ । ’cause त्यो अवधीमा चिनियाँ कम्युनिष्ट पार्टी कमजोर भइ नियन्त्रण गुमाइ रहेको थियो । यस बर्षको १३ औं ‘नेसनल पिपल्स कांग्रेस’ले फेरी एकपटक सुधारका कार्यक्रमलाई अगाडि बढाउँने प्रतिज्ञा गरेको छ । यसपटक यो बजार अर्थतन्त्रलाई केन्द्र विन्दुमा राख्दै थप परिमार्जित प्रतिवद्धता आएका छन । यस’bout पछिसम्म हेर्दै जानुपर्ने हुन्छ ।
पश्चिमा विश्वको बिश्लेषणमा सम्भवत सवैभन्दा ठुलो कमजोरी भनेको के हो भने राष्ट्रपति सी अन्तरराष्ट्रिय विधी विधान, र संस्थाहरु अवलम्वन गर्दै अहिलेको विश्व प्रणालीलाई सवल र दिगो बनाउँदै अमेरिकासंग आर्थिक शक्तिको रुपमा प्रतिस्पर्दा गर्न चाहान्छन भन्ने सोच हो । तर यो बिश्लेषणात्मक आशा अहिलेसम्म ज्ञात भएको र स्थापित तथ्य विपरित छ ।
चीनले लामो समयदेखी निरन्तर दोहोर्याइ रहेको तथ्य के हो भने अहिलेको विश्वको आर्थिक तथा राजनीतिक प्रणाली जो द्धितीय विश्वपछि निर्माण भएको थियो त्यो समयमा चीन टेवलमा बसेको पक्ष थिएन । साथै चीनले अहिले पनि पश्चिमा विश्वको मानव अधिकार ’boutको धारणालाई स्वीकार गरेको छैन । चीनसंग संयुक्त राष्ट्र संघीय मानवअधिकारको उच्चायोगको शक्तिलाई क्षयीकरण गर्न सक्ने लामै फेहरिस्त पनि छ । अर्कोतर्फ चीनसंग स्वतन्त्र व्यापार’bout पनि दोधारको अवधारणा विधमान छ ।
यसले विश्व व्यापार संगठनलाई देखावटी रुपमा मात्र सर्मथन गरेको जस्तो देखिन्छ । तर, यो प्रशान्त महासागरमा हुने दुई देशीय वा क्षेत्रीय साझेदारीको विपक्षमा रहेको छ ’cause चीनको आफ्नै ऐतिहासिक मौलिक पुँजीवादी धारणा रहेको छ । विश्व सुरक्षाको दृष्ट्रिकोणमा पनि चीनले कहिल्यै पनि अमेरिकी सैनिक गठबन्धनलाई वैरभावको रुपमा हेर्न निरन्तरता दिएको छ । त्यसमा पनि एसिया प्रशान्त क्षेत्रमा चीनले शितयुद्धको अवशेषको रुपमा लामो समयदेखी आक्रमक रवैया देखाई रहेको छ । यसको अलावा दक्षिण चीन सागरमा आफ्नो प्रभुत्वको दावी गरिरहेको छ ।
यी कारणको निमित्त राष्ट्रपति सीलाई ‘नयाँ र व्यापक शक्ति सम्वन्ध’ तथा ‘नयाँ अन्तरराष्ट्रिय प्रणालीको निम्ति वर्तमान संघर्ष’वाट उदयमान नेतृत्वको रुपमा लिइन्छ । राष्ट्रपति सीलाई देङ्ग सियायो पिङ्गको ‘आफ्नो शक्तिलाई लुकाउ, समयलाई पर्ख, कहिल्यै पनि नेतृत्वमा नबस’ जस्ता सिद्धान्तबाट प्रभावित एक कार्यकर्ताको रुपमा लिनु पर्दछ ।
‘एसियन इन्फ्राइस्ट्रक्चर इन्भेष्टमेण्ट वैंक’, ‘संघाई कोअपरेसन ओर्गानाइजेसन’, ‘न्यु डिभलपमेण्ट वैङ्क’ र ‘वन वेल्ट वन रोड’ जस्ता उपक्रमहरु एक वैकल्पिक बहुपक्षीय विश्व व्यवस्थाको स्थापना हो । समयको गयात्मकतासंगै राष्ट्रपति सी पश्चिमा संसारको उदार प्रणालीको इतिहासको पानामा नयाँ अध्याय थप्न चाहान्छन । यदि चीन आउँदो दशकमा सी कै नेतृत्वमा विश्वको सवैभन्दा ठूलो अर्थतन्त्रको रुपमा स्थापित भएमा त्यस आर्थिक सफलताको श्रेय राष्ट्रिय पूँजीवादलाई जान्छ जुन सिद्धान्त पश्चिमा विश्वमा स्थापित आर्थिक उदारवाद र राजनीतिक लोकतन्त्रको अवधारणाभन्दा ठिक विपरित हो ।
अन्तरराष्ट्रिय प्रणालीमा सी जिङ्गपिङ्गको यो चीनको मोडल कार्यन्वयन गर्न उनी कति लालायित छन भन्ने’bout कसैलाई केहि पनि थाहा छैन । त्यसैले यसले तनाव सिजर्ना गराइदिन्छ । तर हामी यस कुरामा स्पष्ट हुनु पर्दछ कि चीनलाई गुलावी रङ्गको पश्चिमा चस्माले हेर्नको सट्टा सी आफ्नै पूर्ण चीन निर्माण गर्न चाहान्छन् । देङ्ग सियायो पिङ्गले निश्चित आकार दिए जस्तो चीन हुने छैन, सी जिङ्गपिङ्गको चीन आमुल रुपमा पृथक हुने छ ।

