छुट्टै जातका नेता -प्रबुद्ध घिमिरे

नेता स्त्री, पुरुष वा तेश्रो लिङ्गी केहीमा पनि पर्दैन । नेताको जात पनि छुट्टै हुन्छ । चार जात छत्तिस वर्णको घेरामा पनि नेता पर्दैनन् ।
तराइमा वसन्त पञ्चमी पछाडि ताता दिनहरु शुरु थाल्छ । भनाइनै रहेछ, हिउँदमा हुने जाडोको कहर तराइमा वसन्त पञ्चमीको दिनदेखि भोग्नु पर्दैन । शायद गर्मी महिनाको आगमनको संघार भएर होला ।
वसन्त पञ्चमीको बाटो वसन्त ऋतु आफ्नो ढोका उघार्छ । अनि त जाडो क्रमशः घट्न थाल्छ । विषेशतः गरिवीको कहरमा बस्न बाध्य गरिव मनुवाहरुले राहतको सास फेर्न शुरु गर्छन् ।
यतिखेर चैत्र महिनाको दोश्रो साता चलिरहेछ । वसन्त वैशालु भएको छ । जंगल पालुवायुक्त छ । बिहानको गोधुली केही शान्त, शीतल र स्निग्ध भए पनि दिउँसोको गर्मीमा प्रचण्डता बढेको छ । घाम भुंग्रो जस्तै तातोतिर अगाडि बढ्न थालेको छ ।
चढ्दो गर्मीबीच लेखक मनुवा सुदूरपश्चिमको शहर कञ्चनपुरको एउटा चलनचल्तीको पसलमा चियाखान एकजना विद्वानको पछि लागेर पस्यो । पसलमा पश्चिमी शहरका जानेमानेका बुध्दिजीविहरुको राम्रै जमघट हुने रहेछ ।
मलाई लैजाने विद्वानले चिया पर्खिबसेका विद्वानहरुसँग आदरभाव आदान प्रदान गरे । उनी उतैको हुनाले पनि उनमा तदारुकता देखिएको हुुनुपर्छ । पसलेलाई चिया अर्डर गरेर हामी पनि खाली मेचमा बस्यौँ ।
बुध्दिजीवीहरु बीचमा बुध्दिविनोदले निरन्तरता पाइरहन्छ । नयाँ सहभागी मिसिदा पनि पनि गति रोकिएन । नेपालका बुध्दिजीवीहरु छोटो र सानै भेटघाटमा पनि अरु क्षेत्रका व्यक्तिहरु भन्दा अलि पहिल्यै र अलिबढी नै खुल्छन् ।
छोटो परिचयमै पनि आफ्ना अनुभूति र विद्वता अरुलाई सुनाइ हाल्छन् । विषय पनि ब्यक्तिगत भन्दा राष्ट्रिय मुध्दा नै हुन्छ । प्रायः बुध्दिजीवी निजी र व्यक्तिगत भन्दा समसामयिक राष्ट्रिय विषयलाई नै बहसको विषय बनाउछन् । चिया पसलको छलफलले पनि त्यही रुपलाई निरन्तरता दियो ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको समिपमा रहेको त्यो पसलमा दिनानुदिन यसैगरि बुध्दिविनोद हुने गर्छ रे । आज पनि रित दोहोरियो । एक जनाले विषय प्रवेश के गरेका थिए, त्यसैमा विचार विमर्श शुरु भैहाल्यो ।
आउदा दिनमा नेपालको विकासको संभावना प्रचुर छ । थालनी यसैबाट भयो । यसअघि धेरैवटा अप्ठ्यारा परिस्थितिमा नेपाल फस्यो तर अव त्यस्तो हुँदैन । पहिले जस्तो कुर्सिको गोलमेच गेममा पनि नेपाली नेताहरु अब फस्दैनन् ।
अर्का विद्वानले टिप्पणी गरिहाले– आशा गर्नुस्, भर नपर्नुस् । नेतालाई बराबर खवरदारी गरिरहनुस् । काम बिगारेको पाउनु भयो भने अर्को पटक भोट माग्न कष्ट यहाँ नगर्नु होला भनेर आजै भनिहाल्नुस् ।
वास्तवमा विकास जनताबाट आहात भएको थिएन । नेता नै विकासका बाधक बनेका हुन । नेता कमिसनको खोजीमा लाग्दा जनता भन्दा छुट्टा जीवनशैलीको सुरुवात हुन पुग्यो । नेताकै कारण देश विकास नभएको हो र फेरि पनि नेता नसुध्रेसम्म त्यहि रुप दोहोरिइरहनेछ ।
हाम्रो देशको चलन फरक मात्र हो । नेता हाम्रा दाजुभाइ दिदी वहिनीहरु नै हुन, यही समाजबाट छानिएका ब्यक्ति हुन भन्ने कुरा हाम्रो भ्रम हो । वास्तवमा नेता छुट्टै जात, वर्ग, पेशा र धर्म हो ।
नेताबन्नु अगाडिका दाजु, बाबु, काका, मामा वा भिनाजु नेता बनेपछि सहज सम्बन्धमा रहनु हुन्न भन्ने यहाँको चलन नै हो । त्यति मात्र हैन, मातृत्व बोकेका आमा, काकी, र आफ्ना दिदी वहिनी हुन वा मितिनी सबै नै नेता बनेपछि नेताको डोरि मालदाम्लोमा बाँधिन थालिहाल्छन् ।
राजनीतिको स्वाद चाखेपछि उनीहरुको हैसियत अरु आफन्त भन्दा फरक भई छुटिन्छ । नेताको नजरमा आफूभन्दा जान्ने र ठूलो वढो कोही हुँदैन ।
समय मिल्दा र काम पर्दासम्म उनीहरु तपाईँको दुःख मोचन गरिदिने वाचा गर्छन् । तर काम टरेपछि पुनः छुट्टै बाचा शुरु हुनथाल्छ । त्यसैले हाम्रो समाजमा नेता समाज भन्दा छुट्टा हो ।
नेता स्त्री, पुरुष वा तेश्रो लिङ्गी केहीमा पनि पर्दैन । नेताको जात पनि छुट्टै हुन्छ । चार जात छत्तिस वर्णको घेरामा पनि नेता पर्दैनन् । सायद यो चलन तेश्रो विश्वका अरु देशमा पनि हुनसक्छ किनकि यो अविकासको संकेत हो ।
वास्तवमा हाम्रो देशमा नेताको उत्पादन अब्बल छ । यहाँ दसकै पिच्छे नयाँ नयाँ नेता जन्मिन्छन् । छोटो समयमा व्यवस्था फेरिन्छ, नेता फेरिन्छन् । जुन समयमा जो नेता हुन्छ उसले जनतालाई गन्न छाडछ ।
पञ्चायतमा पञ्चले जनतालाई देखेनन् । बहुदलमा दलले जनता देखेनन् । जनयूध्दकालमा माओवादी र सरकार पक्ष कसैले जनता देखेनन् ।
पछिका दिनमा पनि समय फेरियो तर प्रबृति उस्तै छ । गणतन्त्र झन जब्बर छ । सत्तामा बसेकाले सत्ताका सञ्चालक मात्र देख्छन् । अपठ्यारो परेमा बिरोधि नेता देख्छन् । तर जनता देख्दैनन् । सत्ता बाहिर भएकाले कुर्सी मात्रको यादमा तडपिन्छन् र सत्ता पाउन जनताको दुहाइ दिन्छन् । तर जनताको सुख दुःख देख्दैनन् । नेताका नजरमा जनता देखिँदैनन् ।
उनका कुरा ध्यानपूर्वक सुनेर पसल बाहिर पट्टिको कुर्सिमा गजक्क परेर भलादमी पाराले बसेका अर्का प्रबुध्द विद्वानलाई बोल्न हतारो भइसकेको रहेछ । उनी बोल्न थाले । उनले भने, देशमा हिजो खरावका हातमा शासन भएकोले त्यस्तो भएको हो ।
अब ती दिन सकिए । आज समाजवादी अर्थब्यवस्थाको ’boutमा थाहा भएका जनता छन् । जनजीविकाका ’boutमा ख्यालराख्ने, ध्यानदिने बामपन्थी दलको गठजोडले सरकार बनाएको छ । अव बाम गठजोड पनि केही दिनमा नै बामदलमा बदलिँदैछ । त्यसैले अव हिजोको जस्तो हुनेवाला छैन ।
सरकार जिम्मेवार वन्छ । सरकारलाई जिम्मेवार बन्न समयको पनि चाप छ । यस पटक बाम सरकारको लागि उचित मौका र चुनौति दुबै छ ।
जंगलका विप्लव कम्यूनिष्ट र हिजोसम्म सरकारमा बसेर हाली मुहाली गरेको काग्रेसका आरोप झुट्टा ठहर्याउन पनि बामदलको सरकारलाई काम नगर्ने छुट छैन । जनताको काम राम्रो गरेनन् र जनतालाई जनार्दन मानेनन् भने अब अर्को चुनावमा जनताले सधैँ झैँ बामपन्थिलाई वैचारिक मत दिनेवाला छैनन् ।
नेपाली जनता अवका दिनमा विचारको मात्र घोडा चडने पक्षमा छैनन् । उनीहरु ब्यबहारमा खरो उत्रनेलाई मात्र मत दिनेवाला छन् ।
भलाद्मी विद्ववानको भारि स्वर र गहकिला तर्क सुनेर चिया पसलको बाहिर पट्टिको वेञ्चमा बसेका एकजना गाउँले झैँ लाग्ने, टाउकामा पुरानो फेटा गुतेका, अलि मैला लुगा लगाएका, दुब्ला अनुहारका, चुच्चोनाक भएका र विद्वत वर्गसँग विगतमा केही साइनो नभएझैँ लाग्ने ब्यक्ति बोले ।
उनी भन्नथाले –यी सबै कुरा झुट हुन र तपाईँ विद्वानहरु आफना कुरामा अली बढी नै बल लगाउनु हुन्छ तर देशमा हिजो पनि नेता बन्ने र नेताको अघिपछि गर्ने प्रायः विद्वान भन्नेहरु नै थिए ।
स्कूलका शिक्षकहरु कोही काग्रेस र कोही कम्यूनिष्ट भएर हिजो रहेकै हुन । क्याम्पसका उच्च तहमा बस्नेहरुले नै राजनीतिको डोरि समातेका थिए । सरकारमा बस्ने पनि पढेलेखेकै थिए । त्यसैले देशमा कसैले कुरा नबुझेर यस्तो भएको हैन ।
उनले भने, बिगतदेखि हालसम्म यस क्षेत्रबाट स्थानीय स्तरदेखि केन्द्रसम्म प्रतिनिधित्व गर्ने सबै पढेलखेकै थिए र हाल पनि नेता त्यस्तै नै छन् । उनले उदाहरण दिँदै पञ्चायतदेखिका जनप्रतिनिधिहरुको नाम गन्न र भन्न थाले ।
उनी भन्दै गए, ती सबैले के जनता र जनप्रतिनिधिको भूमिका थाहा पाएका थिएनन् र ? के जनताको चाहनाको ’bout थाहा नपाएर नै तिनले जनतालाई वेवास्ता गरेका हुन ? कि होइनन् ?
तिनले त जनताको लागि विकल्पको बाटो छैन भन्दै जनतालाई विकल्प विहिन ठानेर, बनाएर वेवास्ता गरेका हुन । सबैले जनतलाई थोत्रो प्लास्टीको थोत्रो जगझैँ प्रयोग गरे । जे गर्न पनि हुने “सूची जाँदाहोस वा हातधुन” ।
जनताको नाम भँजाएर जनतालाई नै वेवकुफ बनाए । न पञ्च, न काग्रेस, न बामपन्थी एमाले वा मावोवादी सबै एउटै ड्याङ्गका मुला हुन् ।
सबैले जनतालाई वेवकुफ नै बनाए । अहिलेका नेता भनाउँदा पनि उस्तै छन् क्यारे । कागजमा विकास जानेकै छन् । बाटामा कतै नेतालाई भेटेर यसो नमस्कार वा भलाकुसारी गर्न खोज्यो, नेताहरु आजभोलि मुण्टो बटार्न थालिसके ।
त्यसमा पनि स्थानीयदेखि केन्द्रीय सरकारसम्मको पहुँच भएका नेता भन्दा छुट्टै मालिक नै भैगए । न उनलाई जनताको नदुःख सुन्नु छ, नत सल्लाह नै चाहिन्छ ।
उनले जे भन्छन् विकास भनेको त्यही नै हो । उनले जे बोल्छन् त्यो महानवाणी । उनले जे गर्छन् त्यो राम्रो हो । त्यसमा अलिकति पनि खण्डन वा तर्क राख्न खोजे अर्को कित्ताको मान्छे भन्दियो अथवा जंगलमा बस्ने शक्तिसँग जोडिदियो काम खत्तम ।
बरु खराव भनिएको पञ्चायती शासनकालमा पञ्च पञ्चबीचको लडाईँमा जनताले आफ्ना कुरा गराउने ठाउँ पाउँदथ्यो । त्यसबेलाको न्याय पद्यति आज भन्दा बलियो थियो ।
घुस भ्रष्टाचार आम भएको थिएन । यहीँ महेन्द्रनगरकै कुरा गरौँन । यहाँको नगरविकासको खाका पञ्चायतको पालामा कोरियो । त्यसपछि खोइ के भयो ?
हालका नेता त नगर विकासको जग्गा आफ्ना नाममा दर्ता गर्न उक्सिन्छन् । को चोखा छन् ? कुन नेताले आफ्नो छुट्टै ब्यबसाय चलाएर सम्पत्ति जोडेको हो र ? जसले सम्पत्ति जोडन सकेन त्यो त पछि परेकै छ त । कुन नेता नेता भए वापत सम्पत्ति नकमाउने भए ? कसले जनतालाई वास्तविक दुःखमा साथ दिएका छन् ? जुन जोगि आए पनि कानै चिरेका अनि चिम्टै भिरेका ।
अहिले देशको इतिहासमै पहिलो पटक बामपन्थीको दह्रो बहुमतको सरकार छ । त्यसैले केन्द्रदेखि गाउँसम्मको भूमि बाममय भएको छ । बामहरुले शासन गर्न जाने बेला अनुकुल छ । तर ढुक्कहुन चाहीँ हुनु हुँदैन है, अर्काले सतर्क गराए ।
तेस्रोले थप्यो, साथहिरु मात्तिन थालिसके । जनतालाई नगन्ने र जनतालाई हेपेर ब्यबहार गर्ने वामपन्थी प्रबृत्ति पनि शुरु भइ सकेको छ । आवश्यक परे म उदाहरण नै दिन सक्छु, उनले औंला ठड्याउदै भने ।
काग्रेसको खुट्टा खुस्किए पनि तीघ्राले च्याप्छ र रुखमा अड्किन सक्छ । काग्रेसलाई उचाल्ने देश विदेश जताजतै छन् भनिदैछ । तर बाम लडे भने त तलै खस्नेछन् है ’cause यिनको न आगे नाथ छन् नत पछाडि पगाहा नै !
अर्काले रोस पोख्यो, काग्रेसका सय खत माफ हुन्छ यो देशमा । बाम खुस्किए सबै थपडि मार्ने हुन । बाम लडे भने उठ्न साह्रै गाह्रो हुन्छ । देशी विदेशी सबै बाम लडेको हेर्ने दाउमा छन् ।
उनी आक्रोस पोख्दै थिए तर उनका कुरासुन्न सबै विद्वत जमातलाई फुर्सद थिएन । उनीहरु कुनै कार्यक्रममा शोभा बढाउन जान हतारिइरहेको प्रष्टै थाहा हुन्थ्यो । विद्वतहर उठन थाले ।
त्यसैबीचमा एक जना विद्वत हुन खोजी रहेझैँ देखिने बहर ( उनी उमेरमा सानै थिए ) ले चर्कोस्वर निकाले । उनी छेउकै अधबैशे पनि उठ्दाउठ्दै भन्दैरहे, अहिलेको मौका प्रयोग गर्न जान्ने हो भने यो बामदलको लागि स्वर्णकाल हुनेछ । जानेनन् भने निभ्न लागेको बत्तिको उज्यालो । मात्र अन्तिम प्रकाश ।
प्रहरी मारेको सरकारवादी फौज्दारी मुद्धामा आरोपीलाई अदालतबाट सफाइ दिलाउनु सट्टा जुस पिलाएर अनसन तोडाउने गृहमन्त्री, इयूको प्रतिवेदनलाई स्वागत गर्ने जनजाती महासंघ, पार्टीका नाममा जे सुकैलाई पनि उचित सम्झने दलका कार्यकर्ता, आफ्नो लागि कुर्सिको सधैँ सुरक्षा गर्न चाहाने नेता मात्र भए पछि बामको सरकार र त्यसको नेतृत्व गर्ने केपी ओली सोह्रैआना फेल हुनेछन् ।
त्यसबेला ओलीलाई तेल घस्ने राजनीतिक विश्लेषक कृष्णमुरारी भण्डारीले पनि ओलीको साख धान्न सक्ने छैनन् । “चोरलाई चौतारो र साधुलाई सुली” को ब्यबस्था रहेसम्म भएको भौतिक बिकास पनि धुलिसात हुन बेर लाग्दैन ।
पञ्चायतका बेलामा मित्रराष्ट्र्रले बनाइदिएका उद्योग धन्दाहरु काग्रेसका पालाम नीजि क्षेत्रलाई दिने नाममा धुलीसात पार्नेहरु अझै पनि यही देशमा राजनीति गर्दैछन् । जनता यो सबै हेरिरहेछन् ।
भोलि पनि जनता यस्ता कुरा हेरि नै रहने हुन् । समय छँदै बाम नेतालाई चेतना भया ! बामपन्थीलाई भोटदिने भोटरलाई समेत चेतना होस् !

