जिउँदो शहिदका तीन आयाम

जिउँदो शहिद टंकप्रसाद आचार्य नेपालको पहिलो सङ्गठित राजनीतिक संघर्षका अग्रज हुन् । उनी र उनका सहयोद्धाहरुले प्रकाशित गरेको असाधारण पर्चा आन्दोलन नै नेपालको प्रजातान्त्रिक आन्दोलनको घोषणापत्र हो, जसले क्रुर जहानिया राणाशासनको अन्त्य चाँडै हुने हुँकार गरेको थियो । नेपालको राजनीतिक परिवर्तनमा तिनै जिउँदा शहिद टंकप्रसाद आचार्यका तीन विशिष्ठ भूमिका के थिए ?

दशरथ चन्द, रामहरि शर्मा, धर्मभक्त माथेमा, जीवराज शर्मा, गोविन्दप्रसाद उपाध्याय, गङ्गालाल श्रेष्ठ, गणेशमान सिंह, चूडाप्रसाद शर्मा, पुष्करनाथ उप्रेती, मुकुन्दनाथ रिमाल, हरिकृष्ण श्रेष्ठ, चन्द्रमान कम्पाउण्डर, बलबहादुर केसी आदि अब्बल क्रान्तिकारीले सक्रिय रुपमा भाग लिएको त्यस आन्दोलनका नायक टङ्कप्रसाद आचार्य नै थिए । यिनी आदि शहिद शुक्रराज शास्त्रीद्वारा पनि सम्मानित थिए । क्रुर जहानियाँ राणाशासनको विरुद्ध नेपालको पहिलो सङ्गठित राजनीतिक संघर्ष उथलपुथलकारी थियो ।
आचार्य त्यति बेला प्रकाशित चार क्रान्तिकारी पर्चाका लेखक थिए, जसलाई उनी आफैँले स्टेनसील पेपरमा कलमको नीबले कोरेर आफैँले कालो मसीमा लिथो गरेका थिए । आचार्य पहिले त्यस आन्दोलनका जनक र पछि, अमेरिकी नृवंशशास्त्री ( इतिहासकार एवं उनको जीवनी लेखक जेम्स फिशरका शब्दमा लिभिंग मार्टियर्स (जिउँदा शहीद)को नामले नेपालको इतिहासमा सम्मानित छन् ।
२०४९ साल बैशाख ११ गतेका दिन देहत्याग गरेका आचार्यको जीवन एवं कर्मलाई चिरस्थायी गराउँने र उनका ध्येय’bout नेपाली जनमानसलाई झक्झकाईरहने उद्देश्य लिएर २५ वर्षअघि आचार्यका दशरथ चन्दसँगैका एकअर्का सहयोद्धा रामहरि शर्माको अध्यक्षतामा गठन भएको टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठान अहिले पनि सक्रिय रुपले कार्यरत छ ।
यही संस्थाले २०७५ भदौ १६ गते आफ्नो वार्षिक सभामा यस लेखकलाई अध्यक्षमा पुनः निर्वाचित गरेर जुन सम्मान दिएको छ, त्यसप्रति आफ्नो गहन आभार ज्ञापन गर्दै टंकप्रसाद आचार्यको जीवनका तीन विशिष्ठ भूमिका’bout छोटकरीमा बताउँदै छु ।
क्रान्तिकारी महानायक !
भारतमा अंग्रेज शासनविरुद्ध चलेको स्वाधीनता संग्राममा समेत भागलिएर खारिएका क्रान्तिकारी दशरथ चन्दले आचार्यलाई बारा जिल्लामा पहिलोपल्ट भेट्नासाथ साधारण व्यक्तित्वका उनलाई नेपालको राणाशासनविरुद्ध भावी आन्दोलनका नायक कसरी ठम्याए र उनीहरुका विचार एवं योजना कसरी मेल खाए ? फिशरको पुस्तकबाट थाहा पाइन्छ ।
चन्दले नै आचार्यलाई नेपाल प्रजा परिषदका प्रेसिडेन्ट ( अध्यक्ष ) का लागि प्रस्ताव गरेका थिए । आफ्ना अध्यक्षको नेतृत्वमा क्रान्तिकारीहरुले गरेका कार्य र आचार्यलाई राणाशासनले जालसाँजीसँग जनकपुरमा बोलाई कसरी उनलाई नेल, हतकडी, गलफन्दीले बेर्दै कोक्रोमा जाकेर काठमाडौं चलान गर्याे र कसरी बन्दी अध्यक्षलाई राणा अदालतमा ल्याइँदा चन्दले आफ्ना क्रान्तिकारी सहयोद्धाद्वारा ‘कमरेड्स प्रेसिडेन्ट स्यालुट् !’ भन्ने सम्बोधन अङ्ग्रेजी भाषामै गरेर सम्मान सलामी दिए, त्यसको विवरण “१९९७ सालदेखि २०१७ साल–एक अवलोकन” ( द्वितीय संस्करण , वसन्तपञ्चमी, २०६३) मा पढ्न सकिन्छ ।
सुदूरदृष्टिका राजनीतिज्ञ
सद्चरित्रका राजनेता एवं असल मान्छे अनि समाज सुधारक
राजा महेन्द्र राजनीतिक दलहरु र तिनका नेताप्रति नै पूरापूर असहिष्णु तथा घोर शङ्कालु थिए । महेन्द्रले आफ्नो कुनै अभीष्ट साँध्नका लागि, मुख्य कुरा त, विश्वेश्वरप्रसाद कोइरालालाई सत्ताबाट बाहिर राखि राख्नका लागि नै, अनि आफूले खेलाउन सक्ने ठानेर टंकप्रसाद आचार्यलाई प्रधानमन्त्री बनाएका थिए ।
नेपालको राजनीतिक, आर्थिक, शैक्षिक तथा वैदेशिक क्षेत्रमा ऐतिहासिक एवं युगान्तकारी कार्यहरुको प्रारम्भ गरेर प्रधानमन्त्री आचार्यले राजा महेन्द्रकै मान सम्मान बढाएको पनि महेन्द्रले आफ्नो क्षुद्रताका कारण बुझ्नन सकेनन् । आफ्ना यशस्वी प्रधानमन्त्रीलाई षडयन्त्रात्मक ढङ्गले पदच्युत गरे ।
आचार्यले आफू प्रधानमन्त्री बनेको तेस्रो दिनमै भारतसँग नेपालको तथाकथित “विशेष सम्बन्ध” नभएको घोषणा गरे, भारतीय फौजी मिशनको कार्यालयमा नेपाल–भारत फौजी विषयक छलफल हुँदा नेपालका प्रधानमन्त्री आफैँ उपस्थित हुनुपर्ने, नेपालको मन्त्रीमण्डलको बैठकमा वा बडाहाकिम सम्मेलनमा भारतीय राजदूत उपस्थित नभई नछाड्ने “चलन”को अन्त्य गरिदिए । भारत तथा चीनसँग नेपालको सम्बन्धलाई परस्पर सम्मान र लाभको आधारमा समानतापूर्ण स्थितिमा कायम गरेर नेपालको विश्व सम्बन्धलाई नयाँ आयाम एवं क्षितिज प्रदान गरे ।
नेपाल कम्युनिष्ट पार्टीका तात्कालीन महासचिव मनमोहन अधिकारीको, पहिला त नेतृत्व अकौशलता वा अकर्मण्यताका कारण सिंहदरबारकाण्डको लगत्तै डा. के. आई. सिंहले आचार्यलाई र मनमोहन अधिकारीलाई सल्लाहका लागि बोलाइ पठाए । (आचार्य उनलाई आफूसँगै लैजान बोलाउन जाँदा पनि जान मानेनन् जो उनको गम्भीर गल्ति थियो) ।
तर, आचार्य गणेशमानसिँह तथा पुष्करनाथ उप्रेतिसहित राजा त्रिभुवन कहाँ सम्झौता वार्ता गरिरहेकै समयमा आश्चर्य चकित गरिदिने दुस्साहसिकताका कारण (अधिकारीले आफू एक्लैले गौरीभक्त प्रधानलाई फौजीकाण्डको समर्थनमा जीपबाट माईकद्वारा प्रचार गर्न लगाए) । मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वको कालखण्डमा के. आई. सिँह फौजीकाण्डवापत कम्युनिष्ट पार्टीले ५–५ वर्षसम्म अवैध हुनुप¥यो ।
प्रधानमन्त्री आचार्यले नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउन राजा महेन्द्रसँग के कस्तो कौशलताको परिचय दिनुपर्याे होला, “अवलोकन“ हेरे थाहा हुन्छ । यो कालखण्डका अरु पक्षहरुलाई “जिउँँदा शहीद“ले बताउने छ ।
नेपालमा कर्मचारी समुदाय अहिले जुन सुनिश्चित वर्तमान र भविष्य भोग गरिरहेको छ, त्यसको आधारशीला आचार्यले नै राखेका थिए । पजनीमा पर्ने गरेका कर्मचारी अब नियम कानून अन्तर्गतका राष्ट्रसेवक भएका छन् ।
’emले आफ्ना कुनै संगठनमार्फत वा सामूहिक तवरले कम्तिमा नयाँ बानेश्वरको सिभिल अस्पतालको नामाकरण टङ्कप्रसाद आचार्यको नाममा गरे भने उक्त कार्य आचार्यप्रति सच्चा आभार व्यक्त गरेको ठहरिने निर्विवाद छ ।
नेपाल सरकारका सम्बन्धित मन्त्रीहरुलगायत प्रमुखसम्म धाउँदाधाउँदा हार खाएपछि मात्र कर्मचारी सङ्गठनहरुलाई यसरी गुहार लगाउनुपरेको हो ।
सन् १९५६ सेप्टेम्बर १५ तारिखमा शुरुभएको चिनियाँ कम्युनिष्ट पार्टीको आठौँ महाअधिवेशन ३० तारिखमा सम्पन्न भयो । अक्टोबर १ तारिखमा पर्ने चिनियाँ राष्ट्रिय दिवसको पूर्वसंध्यामा पेकिङ्ग होटलको विशाल कक्षमा माओत्से तुङ्ग एवं ल्यु साओ चिकोतर्फबाट भव्य समारोह भएको थियो ।

जहाँ ईण्डोनेशियाका राष्ट्रपति सुकार्नाे, इण्डोनेशिया कम्युनिष्ट पार्टीका सुविख्यात महासचिव डी. एन. ऐडिट, उपमहासचिव लूकमान, कम्बोडियाका राष्ट्राध्यक्ष राजकुमार सिँहानूक, नेपालका प्रधानमन्त्री टंकप्रसाद आचार्य र चिनियाँ कम्युनिष्ट महाधिवेशनमा सोभियत पार्टी प्रतिनिधिमण्डलका नेता ए. के. मिकोयान थिए । त्यो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य शम्भूराम श्रेष्ठ, केन्द्रीय समिति सदस्य कमर शाह र “मशाल” साप्ताहिकको विशेष सम्वाददाताको रुपमा उत्तर गण्डक प्रान्तीय समिति सचिव यो लेखकसहित अन्य देश तथा पार्टीका अतिथिहरु उपस्थित थियौँ । मनमोहन अधिकारी चीनमै भए पनि औषधोपचारका लागि अस्पताल भर्ना भइसकेका थिए ।
समारोहमा उपस्थित प्रधानमन्त्री टंकप्रसाद आचार्यको अभिवादन गर्न हामी तीनैजना जाँदा सदाप्रसन्नचित्तका आचार्यले हामीप्रति दर्शाएका सदाशयताले सम्पूर्ण घरपेटि एवं अतिथिलाई प्रभाव पारेको थियो ।
आनन्ददायी आश्चर्यका साथ उनीहरु सबै विश्वको सबैभन्दा कान्छो कम्युनिष्ट पार्टीप्रति देशका प्रधानमन्त्रीको, शब्दको सही अर्थमा एक असल मान्छेको, सद्व्यवहार देखिरहेका थिए ( हेर्नाेस् सोही “अवलोकन”) ।
आचार्यको राजनीतिज्ञतापूर्ण कौशल एवं नयाँ चीनका प्रति उनको मैत्रीभावबाट प्रभावित चिनियाँ नेतृत्व र विशेषगरी प्रधानमन्त्री चाउ एन लाइले आचार्यमार्फत जापानी सरकारसमक्ष विशेषरुपले महत्वपूर्ण पत्र पठाएको र अन्य रोचक प्रसङ्ग पनि “ जिउँदा शहीद” र “अवलोकन”मा पढ्न पाइन्छ ।
समाज सुधारककोरुपमा आचार्य २००८ सालमा श्रीपशुपतिनाथ मन्दिरमा “अछुत” भनेर प्रवेश गर्नबाट रोकिएका नेपालीहरुका लागि प्रवेश खुलाउने आन्दोलनका अभियन्ताको रुपमा पनि उल्लेखनीय रहेका छन् ।
एकताका सुत्रधार
पञ्चायती शासन व्यवस्था ढाल्नमा नेपाली कांग्रेस नेतृत्व तथा वामपन्थी शक्तिबीच कार्यगत एकताका सूत्रधार हुन्, टंकप्रसाद आचार्य । वि.सं २०३३ मा राजा वीरेन्द्रसँग “राष्ट्रिय मेलमिलाप”को जोखिमपूर्ण मिशन लिएर विश्वेश्वरप्रसाद कोइराला मातृभूमि फर्के ।
यो कदमको सबभन्दा भरपर्दाे सहजकर्ता एवं प्रशंसकमा आचार्यको विशिष्ठ भूमिका रहेको निर्विवाद साक्षी “समाज“ दैनिकका सम्पादक मणिराज उपाध्याय हुन जानु कुनै संयोग थिएन ।
२०२५ सालमा कोइराला जेल जीवनबाट मुक्त भएपछि आफ्नो गृहनगर विराटनगरजाँदा ऐतिहासिक अन्तर्वार्ता लिएका थिए, उपाध्यायले आचार्यको सहमतिबाट ।
नेपालभित्र कोइराला फर्केर नआए देश झन राजनीतिक संकटमा पर्ने र प्रजातन्त्र पुनस्र्थापना आन्दोलन नै तुहिन जाने खतरालाई बुझेर आचार्यले पहिला उपाध्यायलाई सारनाथ मिशनमा पठाए अनि आफैँ काशिनगरीको मामूरगञ्जस्थित कोइराला डेरा गई उनीसँग भेटे ।
बीपी कोइराला २०३३ को पुषमा नेपाल फर्के, २०३५÷०३६ सालमा विराट विद्यार्थी आन्दालन भयो । राजा वीरेन्द्र २०३६ सालमा राष्ट्रिय जनमतसंग्रह गराउन बाध्य भए ।
राजाले जनमतसंग्रह कदापि गराउँदैनन् भन्ने शंकाका बीच कोइरालाले राजाले अवश्य गराउँनेछन् भन्ने विश्वासको राजनीति चलाई राजालाई जिम्मेवारीबाट उम्कने कुनै निहूँ दिएनन् ।
यसरी उनले यस विषयमा राजालाई भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको पोल्टामा जान दिएर गान्धीसँग आफूले भारत निर्वासनबाट नेपाल फर्केर जितेको राजनीतिक लडाई आफ्नै देशको भूमिमा हार्ने जोखिम लिएनन् ।
जनमत संग्रहपछि कोइराला राजाको तानाशाहीसँगसँगै आफ्नै दलको र अन्य राजनीतिक दलको तानाशाही बढ्ने खतराबाट चिन्तित थिए । यस्तो खतरा निवारणको लागि बीपी आचार्यलाई राजनीतिमा निष्कलंक चरित्र एवं आचरणले युक्त राजनेता ठानेर “देशको संरक्षक” बन्ने प्रस्ताव लिएर उनको घर बानेश्वर गए ।
कोइरालाको दुखद निधनबाट एउटा असाधारण राजनीतिक अभ्यास पनि शुरु नहुँदै बिलायो । तर, यसले अर्का राजनीतिक मनीषी गणेशमान सिँहको अग्रसरताबाट अर्कै ऐतिहासिक रुप लियो, जसका लागि उनका प्रमुख एवं प्रबल राजनीतिक प्रतिद्वन्दी पुष्पलालले जोडदार आवाज उठाउँदै आएका थिए, अर्थात पञ्चायती व्यवस्था ढाल्न नेपाली कांग्रेस र वामपन्थी शक्तिबीच कार्यगत एकता ।
तर, यसले समन्वयकर्ताको अपेक्षा गर्दथ्यो जसको भूमिका उनै आचार्यले गर्नुपर्ने गर्नुपर्ने रहेछ, र उनैले नेपाली कांग्रेस तथा वाम एकताको सूत्रधारको जिम्मेवारी यशस्वी ढङ्गले निर्वाह गरे । २०४६ सालको मंसीर महिनामा मनाइने विश्व मानव अधिकार दिवस (डिसेम्बर १०) आफ्नै घरको चौरमा मनाउँन दिएर आचार्यले प्रजातन्त्र पुनर्बहाली आन्दोलनरुपी यज्ञका मूल पुरोहितको भूमिका पूरा गरे ।
१९९७ सालका क्रान्तिकारी महानायकले २०४६ सालमा फेरि आफ्नो पहिचान दिए भन्नुमा अत्युक्ति नहोला । उनले २०४७ को नेपाल संविधान देखे । २०४८ को संसदीय आमनिर्वाचनमा मतदान गरे । त्यसपछि नेपालले सुनिश्चितताका साथ कानूनमा आधारित प्रजातान्त्रिक व्यवस्था अबलम्वन गर्ने विश्वास लिएर देहत्याग गरे ।
आचार्यको भव्य रुपमा रथयात्रा गरी हिरक जन्मजयन्ती मनाइएको खबर पञ्चायती शासनकालमा मीडिया ( टेलिभिजनमा नआउँनुमा कुनै आश्चर्यको कुरा थिएन । तर, उनको जन्मशताब्दी मनाईँदा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई “कार्य व्यस्तता“का कारण नआउँनु र कुनै पनि राष्ट्रिय समाचारपत्र तथा टेलिभिजनले चार अक्षर पनि ठाउँ नदिनु, बरु भारतीय फिलिम अभिनेता देवानन्दको निधनको खबरले अटाईनअटाई ठाउँ पाउनुलाई हाम्रो मुलुक अझै पनि सतिको श्रापबाट ग्रस्त नै भएको मान्नुपर्ला ।

(लेखक रिमाल, टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष हुन् ।)
