हेली उद्धारमा बिमा कम्पनीको खेला !


उच्च हिमाली कन्दरामा खसेको अथवा लेक लागेर सिकिस्त बनेको पदयात्री वा पर्वतारोहीलाई सकेसम्म तल झार्नु र स्वास्थ्योपचार हुने ठाउमा पुर्याउनु नै हेलिकोप्टर उद्धारको अहम जिम्मेवारी हो।

उच्च हिमाली भेगको उद्धार कार्य निकै जोखिमपूर्ण हुन्छ । अधिकांश हिमाली उद्धार ६ हजार मिटर माथिबाट गर्नुपर्छ । कतिपय बिदेशी पदयात्री र पर्बतारोहीहरु हिमाली भेगको कठिन रुटमा फस्छन् । त्यस्तो बेलामा यथाशीघ्र उद्धार गर्नुपर्छ ।
हामी हेलिकोप्टर व्यवशायीहरु खासमा हवाई ट्याक्सी हौं । जसरी शहर बजारमा ट्याक्सी खोजिन्छ, त्यसैगरी हेलिकोप्टरको सेवा लिन चाहनेहरु हामीलाई भन्छन्, उच्च हिमाली क्षेत्रमा पदयात्रा अथवा पर्वतारोहणमा गएको यात्रुलाई लेक लागेको छ । उसको जतिसक्दो छिटो उद्धार गर्नुपर्यो ।
यस क्षेत्रमा लागेकाहरुलाई थाहा भएकै कुरा हो, लेक लागेको व्यक्तिलाई उद्धार गर्न थोरै समय पनि ढिला भयो भने ज्यान जाने संभावना एकदमै ज्यादा हुन्छ ।
हामी सकेसम्म आङ्खनो क्लाइन्ट्सलाई अप्ठयारोबाट वा लेक लागेको अबस्थामा उद्धार गरेर उनीहरुको जीवन बचाउन दिलो ज्यान दिएर लाग्छौं । उच्च हिमाली कन्दरामा खसेको अथवा लेक लागेर सिकिस्त बनेको पदयात्री वा पर्वतारोहीलाई सकेसम्म तल झार्नु र स्वास्थ्योपचार हुने ठाउमा पुर्याउनु नै हाम्रो अहम जिम्मेवारी हो ।
अप्ठयारोमा परेका बिदेशी पर्यटकहरुलाई पहिला पैसा तिरेपछि मात्र हामी उद्धारको लागि हेलिकोप्टर र जनशक्ति पठाउछौं भनेर अड्ने हो भने त्यतिन्जेलसम्म पदयात्रुको ज्यान जान सक्छ । त्यसैले जुन कम्पनीले पर्यटक लगेको हो उसले हामीलाई उद्धारको लागि हेलिकोप्टर पठाउने आग्रह गरेपछि मात्र हामी उद्धारको लागि उडिहाल्छौं ।
त्यसैले हामी पहिला पैसा जम्मा गर अनि उद्धार गर्छौं भन्न मिल्दैन । कम्पनीको विश्वासको आधारमा हामी उद्धारका लािग उड्छौं । ढिलाई एकदमै गर्दैनौं ’cause यो नित्तान्त जीवन रक्षाको कुरा हो ।
अप्ठेरोमा परेको यात्रुको जीवन हामीले गलपत्ती गरुन्जेलसम्म गैसक्ने भएकोले पहिला पाहुना बचाउनु पर्छ भन्ने बिश्वासका कारण उद्धारमा लागि लागि हाल्नैपर्छ ।
जीवन बचाएपछि हामी शुल्क भुक्तानीको दाबी गरिन्छ । अस्पतालबाट डिस्चार्ज गरेपछि भुक्तानीको लागि बिल पेश गरिन्छ । त्यसो गर्दा कतिपयलाई उद्धार गरेर ज्यान बचाएपछि हेलिकप्टरको रकम बिमा दाबीको लागि प्रकृया अगाडि बढ्छ ।
तर विडम्बना के छ भने, कतिपय उद्धार गरिएर ल्याइएका पदयात्रीहरु नै बदमासी गरी बिमा रकम तिर्दैनन् । बाध्य भएर बिमा कम्पनीसँग समन्वय गर्दा समेत केहीले बिमा रकम नदिन अनेक बहाना बनाउदै पन्छिन खोजीरहन्छन् ।
कतिपय बिमा कम्पनीले पनि उद्धार गर्नु अघिको शर्त र सम्झौतालाई बेवास्ता गर्दै उच्च हिमाली भेगबाट गरिएको उद्धारको बिमा रकम दिनै मान्दैनन् । हामीले आङ्खनै क्लाइन्टको ज्यान बचाएर ल्याउंदा रेस्क्युको बिमा नदिएपछि घाटा खाएरै भए पनि हेलिकप्टर कम्पनीलाई पैसा तिर्छौं । बिमा कम्पनीले बेइमानी गरे पछि हामीले के गर्नु ?
बिमा कम्पनीले उच्च हिमाली भेगमा फसेका क्लाइन्टसँग कुरा गर्छु भन्छ तर उता क्लाइन्ट भने बेहोस भएर हिमाली पाखामा लडेको हुन्छ । उसलाई बचाउन ट्रेकिङ एजेन्सीले उद्धार गरेर तल झार्छ । यस्तो अबस्थामा हेलिकोप्टर संचालकले उच्च हिमाली भेगमा उद्धार गर्दै आएका छौं । काम सकिएपछि बिमा रकम दाबी गर्दा नदिएर हामी वारम्वार पिडीत हुन्छौं ।
पछिल्ला बर्षहरुमा बिदेशी बिमा कम्पनीहरुले जेन्यूइन रेस्क्युको बिमा रकम नतिर्ने परिपाटी बसाल्दै आएका छन् । बिदेशी पर्यटकहरु पनि बिमाले उद्धार कभरेज गर्छ भन्दै लुक्ला,जोमसोम जस्ता सजिला र उद्धार गर्नु नपर्ने ठाउ“बाट हेलिकप्टर चढेर आउ“छन् ।
बिदेशी पदयात्रीहरुले लेक लागेर उद्धार गरेकोे भन्दै झुट्टो बिबरण पेश गर्दै बिमा रकम दाबी गर्ने प्रबृत्ति पनि बढेको छ । त्यस्ता लेक नलागी र उच्च हिमाली भेगमा अप्ठयारोमा नपरी हेलिकोप्टर चढेर आउने बिदेशी पर्यटकहरुलाई अग्रिम भुक्तानी लिएर मात्र हेलिकोप्टर उडान गर्नु पर्छ ।
यस्ता केही बदमासी गर्ने पर्यटकहरुका कारण पनि उच्च हिमाली उद्धार बदनाम बन्दै गएको छ । बिमाको प्रिमियम पनि अकासिएको छ । यसको कारण हामी मात्र होइनौ, बिदेशी बिमा दलाल पनि उत्तिकै जिम्मेवार छन् । नेपाल आउने बिदेशी पदयात्रीहरु पर्बतारोहीहरुको बिमा द्वन्द्वग्रस्त देशको जस्तो महँगो हुनु पछाडिको कारणमा बीमा दलालहरुको ठूलो हात रहने गर्छ ।
अमेरिकाको ग्लोबल रेस्क्यू कम्पनीले बिगतका बर्षहरुमा उच्च हिमाली भेगबाट उद्धार गरी ल्याएका पर्बतारोहीहरुको बीमा रकम नतीरेका प्रमाणहरु हामीसँग सुरक्षित छन् । सेभेन समिट टे«क्स प्रा.लि.को ग्लोबल रेस्क्यू कम्पनीले एक करोड भन्दा बढी रेस्क्यू बिमा रकम तिरेका छ्रैनन् ।
सेभेन समिट ट्रेक्सले हेलिकोप्टर कम्पनीलाई बिमा रकम भुक्तानी गरेको छ । यसरी जानकारी गराएर र सहमति लिएर गरिएको बिमा रकमसमेत ग्लोबल रेस्क्यू कम्पनीले तिरेको छै्रन ।
सन् २०१७ मे २४ मा सगरमाथाको ८ हजार ७ सय मिटर उचाईको बालकोनीबाट उद्धार गरी पाकिस्तानी पर्बतारोही अब्दुल जब्बर भाटीलाई ल्याएको थियो । उसको बिमा रकम ग्लोबल रेस्क्यू कम्पनीले दिने सहमति भएको थियो । भाटीले आफनो बिमा ग्लोबल रेस्क्युमा गरेर आएको बताएका थिए ।
उद्धारको लागि मनाङ एयरको हेलिकोप्टर लगिएको थियो । उद्धार गरेर ८ हजार ७ सय मिटरमाथिबाट ५ जना उद्धार अनुभबी शेर्पाहरुले साउथकोलसम्म उनलाई ल्याएका थिए । उनीहरुको अक्सिजन, मास्क र पारीश्रमिक गरेर ९ हजार अमेरिकन डलर खर्च पनि सेभेन समिटले नै तिर्नु पर्यो ।
८ हजार मिटर उचाइबाट पाकिस्तानी नागरिक अब्दुल जब्बर भाटीलाई फेरि आधार शिबिरबाट ८ जना शेर्पा अक्सिजन लिएरै साउथकोलबाट ७ हजार २ सय मिटरमा झारियो । त्यसमा १९ हजार अमेरिकन डलर खर्च भयो ।
त्यसपछि क्याम्प ३ बाट मनाङ एयरको हेलिकप्टरबाट लङ लाइन रेस्क्यू गरी आधार शिबिरहुँदै राजधानी ल्याएर अस्पताल भर्ना गरियो । अनुभबी शेर्पाहरुको टीम लगाएर सगरमाथाको क्याम्प २ मा झारेर अब्दुलको ज्यान बचाउन संभव भएको थियो ।
यसरी शेर्पाहरु ज्यान हत्केलामा राखेर बिदेशी पाहुनाको हिमालमा ज्यान बचाउ“छन् भन्ने कमैलाई मात्र जानकारी छ । शेर्पाहरुलाई लाग्ने गेयर, अक्जिन, खाना खर्च पनि मेरै कम्पनीले बेहोर्नु पर्यो ।
आठ हजार मिटरबाट उद्धार गर्न सक्नु चानचुने कुरा होइन । आरोहणको हरेक सेकेण्डमा पर्बतारोहीको ज्यान जाने खतरा हुन्छ । उसलाई बचाउन सक्नुपर्छ भन्ने भाबनाले हामी काम गछौं ।
कुनै पनि पर्यटक उच्च हिमाली क्षेत्रमा फसेपछि पहिलो शर्त उसको जीवन बचाउनु पर्छ भन्ने हामी पर्बतारोहीहरुको सर्वमान्य मान्यता हो । भाटीको उद्धारमा शेर्पा र हेलिकप्टरको लागि ४३ हजार अमेरिकन डलर खर्च भएको थियो ।
यता राजधानी ल्याएपछि नर्भिक अस्पतालमा लाग्ने खर्च र काठमाडौंदेखि पाकिस्तानसम्मको खर्च ग्लोबल रेस्क्यूले कभरेज गर्यो ।
सगरमाथाको साउथ समिटदेखिको ४३ हजार अमेरिकन डलर सेभेन समिटले चोखो घाटा ब्यहोर्नु प¥यो ।
ग्लोबल रेस्क्युलाई जानकारी दिएर सगरमाथाको क्याम्प २ बाट उद्धार गरी ल्याइएको अमेरिकी नागरिक मार ल्यारीको बिमाले १० हजार डलर बराबरको रमक तिरेन । ग्लोबल रेस्क्युले काठमाडौंबाट फिस्टेल एयरको हेलिकोप्टर लिएर लुक्ला अस्पतालबाट ल्यारीलाई उद्धार गर्दा ३ हजार डलर बिमा रकम ब्यहोरेको थियो । तर त्यहा“सम्म ल्याउदा लाग्ने खर्च बिमा कम्पनीले तिरेन ।

त्यसमा ७ हजार डलर सेभेन समिटिले चोखो घाटा ब्यहोर्नु पर्यो । त्यसै गरी सगरमाथाको क्यँम्प २ बाट आधार शिबिरसम्म उद्धार गरी ल्याएको ५ हजार डलर बराबरको पोलिस नागरिक क्रेजिसटफ जाभिगान्यु सबिजाको बिमा रकम पनि तिरेन र सेभेन समिटले नै भार बहन गर्नु पर्यो ।
त्यसै गरी अष्ट्रेलियन पर्बतारोही डामिन जोसेफ बोर्केलाई उद्धार गर्दाको १० हजार डलर पनि ग्लोबल रेस्क्यु कम्पनीले तिरेन । अर्का पोलिस पर्बतारोही आर्कादुस्तोज आडम बबीजाको ५ हजार डलर पनि ग्लोबल रेस्क्युले तिरेन ।
छिमेकी राष्ट्र भारतका नागरिक कानारार कुन्तलाई पनि सगरमाथाको क्याम्प २ बाट उद्धार गरी ल्याउदा लागेको १० हजार डलर बजाज ओलेन्स इण्डियाको बिमा कम्पनीले पनि बिमा रकम तिरेन ।
यसरी सेभेन समिटले उच्च हिमाली भेगमा उद्धार गर्दा एक करोड भन्दा बढी बिमा रकम पाएको छैन । उल्लेखित बिमा रकमहरुको बिबरण हेलिकोप्टर उद्धार गर्न लाग्ने खर्च हो र कुनै पनि मुनाफा खाने उद्धेश्य छैन ।
यसरी उच्च हिमाली भेगबाट उद्धार गर्दा लागेको रकम नतिर्ने बिमा कम्पनी नेपालमा पर्यटकीय सिजनमा अहिले पनि काम गर्दै आइरहेका छन् । पर्यटकीय भिसामा नेपालमा आएर काम गरी सिजन सकिएपछि उनीहरु ब्यापार गरेर ठूलो रकम उतै लिएर जान्छन् ।
उच्च हिमाली क्षेत्रमा पलपलमा हुने मौसम परिबर्तनसँग पौंठेजोरी खेल्दै आफ्नो ज्यानको बाजी लगाएर पाहुनाको ज्यान बचाएर ल्यायो अनि लाग्ने खर्च पनि नतिरी जाने प्रबृत्ति एकदमै बढ्दो छ ।
कम्पनीका मान्छे नेपालमा पर्यटकीय सिजन शुरु हुनै लाग्दा बिना वर्कपरमिट राजधानी र हिमाली क्षेत्रमा निर्धक्क बसेर दलाली गर्दै उद्धार कार्यमा संलग्न हुन्छन् । सरकारी स्तरबाट कुनै अनुगमन र अनुसन्धान हुंदैन । यस्ता कम्पनीले हामीलाई ठगेका छन् र साथै सरकारलाई तिर्नु पर्ने कर पनि ठगेका छन् ।
टे«किङ कम्पनी र राज्यलाई नै ठग्ने बिदेशी कम्पनीहरुलाई खुले आम काम गर्ने वाताबरण दिइरहनु र नेपालको प्राकृतिक सम्पदामाथिको निस्फिक्री दोहनलाई राज्यले नियन्त्रण गरिहाल्नु पर्ने अहिलेको टड्कारो आबश्यकता हो ।
बिदेशीहरु एउटा वेबसाइटको भरमा नेपालका हिमाली गन्तब्यहरु बेचिरहेका छन् । उनीहरु हाम्रै हिमाल र प्राकृतीक स्रोत र साधनलाई बेचेर धनी भइरहेका छन् । राज्यले करको दायरामा सम्म ल्याउन सकेको छैन ।
सरकारको उच्च हिमाली क्षेत्रबाट गरिने उद्धारको नीति नियम बनाएर कति उचाइसम्मको र प्रति घण्टा कति पैसा हेलिकप्टरले चार्ज लिन पाउने हो, प्रष्ट प्रणाली बनाइनु पर्छ ।
सरकारी नीतिले एकरुपता कायम गरी दर निर्धारण ग¥यो भने कोही पनि ठगीनु पर्दैन । सबै पक्ष करको दायरामा बा“धिन्छन् पनि । कतिपय बिदेशी पदयात्री र पर्बतारोहीहरु पनि लेक लागेर बिरामी नभई बहाना बनाएर उद्धार भन्दै हेलिकोप्टर चढेर आउ“छन् र बिमा दाबी गर्छन् ।
यस्ता बदमास बिदेशीहरुलाई पनि निरुत्साहित गर्नु जरुर देखिन्छ । नेपाली पर्यटन ब्यबसायीहरुलाई दोषी देखाएर त्यसमा बिदेशीहरु ब्यापार गर्न पल्केका छन् । उनीहरुलाई नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष लगानी गर्न नपाउने भए पनि बिभिन्न बहाना र छद्म भेषमा लगानी गरेर नाफा कमाएर कर नतिरीकन डलर जति बिदेशमै फर्किइरहेको छ ।

पछिल्लो समय उच्च हिमाली क्षेत्रमा फेक रेस्क्यू गरेर चर्को रकम असुलेको खबरले बजार तताएको छ । हामीलाई मात्र दोषी करार गर्नु भन्दा पनि बिदेशीहरु पर्यटनमा छिरेर अन्तर्राष्ट्रिय बजारमा नेपालको छबि धुम्ल्यिाएका छन् । कतै खालि ठाउं पायो कि कुनै पनि बहानामा छिर्ने प्रयास भइरहेको भान हुन्छ ।
उच्च हिमाली भेगमा फसेकाहरु र पदयात्रामा लेक लागेकाहरुलाई हामी उद्धार सेवा दिइरहेका छौं । त्यसवापत लाग्ने शुल्क लिएका छौं । कुनै चर्को शुल्क लिएका छैनौं ।
हो, हाम्रो पर्यटन उद्योगमा कमी कमजोरीहरु नभएका भने होइनन् । तिनलाई सुधार गर्नु पर्छ र दोषी भए कानूनी दण्डको भागिदार पनि हुनुपर्छ ।
उच्च हिमाली भेगमा हुने उद्धार कार्यहरुको बिमा रकम नपाएर अरु पनि पिडित छन् । अब पर्यटन ब्यबशायीहरुले यस्ता पिडा पालेर बसिरहनु भन्दा पनि एक जुट भएर बदमास रेस्क्यु कम्पनीहरुबाट जोगिनु पर्छ।
नेपालको पर्यटन उद्योगलाई नीजिक्षेत्र र सरकारको संयुक्त पहल र प्रयासमा थप बजारीकरण गर्नु आजको आबश्यकता हो ।
संसारका साहसी व्यक्तिहरु सर्बोच्च शिखर सगरमाथा लगायतका हिमाल आरोहण गर्न आउछन् । आरोहण गर्न नसक्नेहरु उच्च हिमाली सृखंलाहरु हेरेर चित्त बुझाउन आउछन् । नेपाली पर्यटनको मेरुदण्ड भनेकै पर्बतारोहण हो । त्यसैले नेपाली पर्यटन बजारलाई बिश्व बजारमा स्थापित गर्नका लागि त्यसमा आंच आउने काम गर्न दिनु हुन्न भन्ने दृढ बिश्वासप्रति हामी दृढ छौं ।
