लकडाउनको विवाह: बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्र्याए


संखुवासभा, असार ६ : संखुवासभाको खाँदबारी नगरपालिका–८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाबीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर  घरमा भित्र्याएका छन्। धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन्। खाँदबारीका सन्तोष र धर्मदेवी नगरपालिका–७ की चन्द्रिका श्रेष्ठबीच विवाह भएको हो। विवाहमा अन्य कुनै तडकभडक देखिएन। कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ। (रासस)