प्रधानमन्त्रीलाई सधैं ढाँटने र ढाँटिने छूट हुन्छ ?
राजनीतिमा नैतिकता मुर्छित भए पनि मरीहालेको छैन भन्ने उदाहरण पेश गर्न प्रधानमन्त्री ओलीको अग्रसरता र एक्सन अब हेरिने पालो हो । लोकतान्त्रिक मन्त्रमात्र जप्ने तर ब्यबहारमा जनमतको घांटी रेट्ने हाम्रो लोकतन्त्रको कतै खिल्ली त उडाएन ढटुवाहरुको प्रवृति र छलछामले । लोकतन्त्र भनेको पद र भोग विलासको लागि मरिहत्ते गर्नुहोइन, जनताको भावना, आदेश र सपनाको लाई शिरोपर गर्नु हो । जहिल्यै ढाटिने छूट प्रधानमन्त्रीको बिशेशाधिकार त पक्कै नहोला ? ढाटनेहरुलाई चिनेर पनि केही गर्न नसक्ने निरिहता देखाउन दुई तिहाईको सर्वशक्तिमान प्रधानमन्त्रीलाई पटक्कै सुहाउँदैन ।

योग्यलाई चिन्न नसक्नु पनि अयोग्यता हो । अब प्रधानमन्त्रीले आफ्नो योग्यता माथि आफै मथिंगल खियाउने हो कि ? किन सधैं सधैं, बारम्बार म ढाटिए ? मलाई ढाटे या गुमहराहमा राखे भनेर कतिन्जेल स्पस्टिकरण दिने कतिन्जेल लज्जित बन्ने, कतिन्जेल माफी माग्ने ? माफी दिने माग्नेको पनि हद हुन्छ । हदभन्दा बढी जे हुन्छ त्यो अति हुन्छ । अति सर्वत्र बर्जित र अनुपयुक्त हो । किन जहिल्यै अतिको शिकार बनाइन्छ सरकारलाई ? छल, झुट र झमेलाको झन्झटबाट सरकार मुक्त हुने कहिले ? ढाट झुठ, छल र अयोग्यहरुको घेराफेरामा बसिरहने कहिले सम्म ? यो जञ्जालबाट मुक्त बनाउने कसले ? सर्वशक्तिशाली सरकार र प्रधानमन्त्रीलाई गुमराहमा राख्ने अदृश्य शक्ति या दैवी शक्ति कोही छ कि मानवीय शक्ति, कमजोरी केही छ ? भौतिकवादलाई आफ्नो दर्शन र अभिस्ट सम्झने मार्क्सवादी कम्युनिस्ट पार्टीका नेताकार्यकर्तालाई दैवी शक्तिमा विश्वास त नहोला, नगर्लान गरेको युक्तिसंगत पनि हुन्न।
दैवी र प्राकृतिक शक्तिको सामर्थ्य र तागत भन्दा मानवीय शक्ति कै कारण सरकार यतिधेरै कमजोर, असफल र अलोकप्रिय बनेको या बनाइएको हो भने त्यसको कारण र निहितार्थ खोज्न ढिला भएन र ? पार्टी इतर शक्ति या पार्टी भित्र नै प्रधानमन्त्री र सरकारलाई असफल बनाउन लागिपरेका छन त्यसको खोजी र अनुसन्धान आवश्यक छ, जरुरी छ, सामयिक छ । देशी विदेशी शक्ति या अरु कुनै शक्तिको हात रुचि र योगदान त्यो प्रष्ट पारिनु र हुनु जरुरत छ । कसैको स्वार्थको गोटि आफू भित्रकै मान्छे बनिरहेका त छैनन् समीक्षा किन नगर्ने ?आफ्नो असक्षमता हो या अरुको षडयन्त्रको चक्र्ब्युहमा सरकार फसेको छ त्यो जान्न नेपाली उत्सुक छन । दरो खुट्टा भएको सरकार किन पाइला चलाउन जागर गर्दैन या सक्तैन ? समय उचित जबाफ र निर्णयको तिव्र प्रतीक्षामा छ । जनताको यथार्थ जान्न चाहने अधिकार र हक कुन्ठित नहोस कसैगरी ।
बारम्बार भनिएको बोलिएको र सबैले दिन दिनै उठाएको आवज हो सरकारको मुख होइन काम जनताको सपना हो । ठूल्ठूला घोषणा प्रचारप्रसार भन्दा न्युनतम नै सहि योजना कार्यन्वयन हो । सरकारको निति, घोषणा र कार्यक्रमलाई लागु गराउन नसक्ने माथि कडा एक्सन गर्न अब पनि खुट्टा कमाउनु भनेको आफैलाई कमसल र अयोग्य ठहर गर्नु हो । अयोग्यता लुकाएर योग्यता हासिल हुदैन झन अयोग्यता बढछ तसर्थ अहिलेको सरकारको असफलता नेकपा पार्टीको असफलतामा दर्ज हुनेछ न कि ब्यक्ति खडग प्रसाद ओलीको मात्रै ? ब्यक्तिको असफलता ढाक छोप गर्दा पार्टीको भावी दिनमा पर्ने असर र हानी नोक्सानी ’boutमा शायद नेताहरू अनभिज्ञता राख्दैनन तर किन सिङ्गो पार्टीको अग्रसरता देखिन्न ।
पार्टी प्रणालीमा ब्यक्ति गौण निति र सिद्धान्त हावी हुनुपर्ने हो तर ब्यक्ति सिद्धान्त सबै दिग्भ्रमित हुनु एउटा गजब संयोग देखिन थालेको छ नेकपा भित्र जुन निस्संदेह खराबीको संकेत हो । अनिस्टकाे तयारी हो । अनिस्ट स्वीकार गर्न, मृत्यु पत्रमा हस्ताक्षर गर्न नामन्जुरी गर्नुपर्नेमा किन मन्जुरी देखाउदैछन नेकपाका नेताकार्यकर्ता ? किन छैन पार्टी प्रति मोह ? पार्टीको मायाहुनेहरु संगठित आवाज लिएर निस्कनु बोल्नु पर्ने हो । एकाध असंगठित आवाज आलोचना, र सुझाब सुन्न तयार छैन नेतृत्व अध्यक्ष विशेषगरि प्रधानमन्त्री स्वयं । प्रचण्ड केवल मौकामा चौका हान्ने दाउमा छन प्रणाली र पार्टी नै सुधार्ने उनको हैसियत छैन । पार्टी बिगठन गर्नुको विकल्पमा एमालेसँग बिलय रोजेका प्रचण्ड बिद्रोह का कुशल कमान्ड कहलिए, बनाइए तर पार्टी र सरकार हाक्ने ब्यबस्थापक बन्न सकेनन् अब सक्तैनन् । मात्रै पुनः तेश्रो पटक प्रधानमन्त्री हुने उनको धोको र सपना पूरा हुनुबाहेक देस र नेकपाले उनीबाट अरु अपेक्षा नराख्नु नै श्रेयस्कर हुन्छ ।
राजनीतिमा नैतिकता मुर्छित भए पनि मरीहालेको छैन भन्ने उदाहरण पेश गर्न प्रधानमन्त्री ओलीको अग्रसरता र एक्सन अब हेरिने पालो हो । लोकतान्त्रिक मन्त्रमात्र जप्ने तर ब्यबहारमा जनमतको घांटी रेट्ने हाम्रो लोकतन्त्रको कतै खिल्ली त उडाएन ढटुवाहरुको प्रवृति र छलछामले । लोकतन्त्र भनेको पद र भोग विलासको लागि मरिहत्ते गर्नुहोइन, जनताको भावना, आदेश र सपनाको लाई शिरोपर गर्नु हो । जहिल्यै ढाटिने छूट प्रधानमन्त्रीको बिशेशाधिकार त पक्कै नहोला ? ढाटनेहरुलाई चिनेर पनि केही गर्न नसक्ने निरिहता देखाउन दुई तिहाईको सर्वशक्तिमान प्रधानमन्त्रीलाई पटक्कै सुहाउँदैन । पटकपटक ढाटिनु प्रधानमन्त्री, प्रधानमन्त्रीका विषय विज्ञ, सल्लाहकार सबैको सामुहिक क्षमता माथि उठेको गम्भीर प्रश्न चिन्ह हो । ल्याकतमा तेर्साएको चोरी औंला हो।
बारम्बार ढाट्नु पर्ने कारण किन पर्यो सचिवतहमा रहेका राष्ट्रसेवकहरुलाई यसको पनि उचित कारण र अन्तर्य हुन्छ त्यो खोतल्ने र उधिन्ने विषय हो । ब्यक्तिले आफ्नो असक्षमता लुकाउन छल गरेको या ब्यक्तिगत लाभ हानीको विषय हो कि अरुनै कारण र परिवेश अनि स्वार्थको खेलवाड छ त्यो जान्नु र त्यसको पहिचान हुनुपर्छ । दोषीलाई दण्ड र राम्रो कामको लागि पुरस्कार नहुदाको परिणाम देशले किस्ता किस्तामा चुकाउदैछ । दण्ड र सजाय, पुरुस्कार र प्रोत्साहन उचित समयमा उचित तवरले भएन भने नैतिकता ओरालो लाग्छ, अनैतिकताले टाउको उठाउछ त्यसको फलस्वरूप कष्ट जनताको भागमा आइपुग्छ । न्याय किनिने र बेचीने परिपाटी जहिलेसम्म रह्न्छ त्यो बेला सम्म राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू छलीमा पर्नु, आफैले छल्न खोज्नु ढाटन तम्सनु, भ्रममा पार्नुलाई अनौठो मान्न सकिन्न । न्यायको बिजलाई निर्लज्ज ढंगले निमोठे पछि अन्ततः हात लाग्ने अन्यायको बज्र नै हो ।
एउटा पुरानो कुरा स्मरण गराए प्रधानमन्त्री ज्यू, महाकाली सन्धि पछि वार्षिक २० अर्ब डलर फाइदा हुन्छ भनेर पनि तपाईं दुई दसक अघि ढाटिनु भएको थियो त्यो महाबिबादित ढाट र छल ’bout समालोचना गर्न चुक्नु भएको कारण पनि आजसम्म तपाईं ढाटिदै हुनुहुन्छ । त्यो बेला आफू ढाटिएको ठगिएको अनि नेपाली जनतालाई भ्रम छरेर सुवर्ण सपना देखाएको ’boutमा आज सम्म कुनै पनि क्षमा आत्मालोचना र गम्भीरता नदेखाएकोले पनि हुनसक्छ तपाईंलाई ढाटदा खासै फरक पर्दैन भन्ने मनोविज्ञान कर्मचारीमा ब्याप्त छ । कतै आइफा अवार्ड कार्यक्रम नेपालमा आयोजना गरेपछि पर्यटकको ओइरो लाग्छ भन्नेहरुले पनि साचो नबोलेका हुनसक्छन यसको लेखाजोखा पक्कै पनि तपाईंको रास्ट्रवादी आँखा र विवेकले गरेको छ सायद ? गूठी बिधेयकको ’boutमा पनि कतै मस्यौदाकारले ढाटे कि ? माफिया दलाल र बिचौलियाहरु सरकार र प्रधानमन्त्रीको भित्रिया र किचेन क्याबिनेटका साझेदार भएर नै यस्ता खेल भए का हुन कि ? मेलम्ची खानेपानी आयोजना ’boutमा पनि तपाईंले आफुलाई सचिवले ढाटेकाे बताउनु भयो ।
मन्त्री बिना मगरले सार्वजनिक रूपमा नै गत भदौभित्र मेलम्चीको पानी काठमाडौंका जनतालाई खुवाउने प्रतिबद्धता जारी गर्नु भएको थियो यदि त्यो बेला मेलम्ची काठमाडौं नआएमा कर्मचारी सजायको भागीदार बन्ने उदघोस भएको थियो । बेलगाम बोल्ने शैली सायद तपाईंले नै सिकाउनु भएको हैन र ? पानी जहाज चढने निम्ता दिएर पनि गत पौषमा पानी जहाज चढाउन नसक्ने तपाईंको प्रतिनिधि बोली मन्त्रीका लागि उदाहरण बनेको हुनुपर्छ । मेलम्चीको पानी बनाउने ठेकदार नै भगाउन मन्त्री, सचिवको कमिसनमा प्रतिस्पर्धा भएको कुरा उहाँहरुले एकाअर्कालाई लगाएको आरोप बाट नै पुस्टि यस कारण भयो कि मन्त्रीले सचिवलाई , सचीवले सहसचिवलाई अनि प्रधानमन्त्रीले मन्त्रीलाई कार्यबाही नै नगरी आरोप प्रत्यारोप सामसुम पारियो । स्वार्थ बाझ्दा झगडा स्वार्थ मिल्दा सब तगडा । कोही पनि दण्ड सजायको भागी बन्नु परेन यो कस्तो बिधि बिधान बन्यो । झगडा गर्दा जे आरोप लागाए पनि हुने प्रमाणित गर्नुपनि नपर्ने ? सजाय र पुरस्कार पनि नहुने आखिर मिलेमतोमा सब जायज यही होइन र मेलम्ची प्रकरण पनि ?
‘प्रधानमन्त्रीको हैसियतमा तपाईंले जानकारी पाउनु पर्थ्यो विषादीयुक्त तरकारी नरोक्नु भन्ने भारतीय दुतावासको आदेश-पत्र तर बिडम्बना तपाईंले पाउनु थाहा पाउनु भएन । तर समाचारहरुमा आए अनुसार कृषि मन्त्री चक्रपाणि खनालले पत्र प्रधानमन्त्रीलाई आफैले देखाएको दावी बाहिर आएको छ । आखिर सत्य के हो ? प्रधानमन्त्री र मन्त्रीहरु बिच नै बिरोधाभाष किन हुन्छ ? प्रधानमन्त्रीले विषादीले भरिएको भारतीय तरकारी रोक्छु भन्नु पर्थ्यो तर रोक्न सक्नु भएन । देशको प्रधानमन्त्रीले आफ्ना जनतालाई विष खुवाउनु हुदैन भन्ने जान्नु पर्थ्यो तर हाँसीहाँसी खुवाउन हिच्किचाउनु भएन । देशको प्रधानमन्त्रीले जनतासामू कहिलेकाँही भए पनि सत्य बोल्नु पर्थ्यो तर कहिल्यै बोल्नु भएन । बरू मलाई थाह भएन भनेर निरिहता देखाउनु भो।
अब गणतन्त्र नेपालका निर्वाचित शक्तिशाली कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीज्यूलाई मेरो एउटा दुब्लो तर जनताले सुझाएको प्रश्न प्रधानमन्त्रीज्यू, तपाइँले आफ्नाे हैसियत थाह पाउनु भो ? हैसियत पदले होइन कार्यकुशकता बोली र व्यबहारको तादम्यताले निर्धारण गर्छ । कार्यकुशलताले ब्यक्त गर्छ । मान्छेको आफ्नो हैसियत आफ्नै योग्यताले निर्माण गर्छ । आफ्नै क्षमताले त्यसलाई बचाउँछ । राम्रा, महंगा र सुकिला लुगाले शरीर ढाक्नु भएकाे प्रायः दौरा शुरुवाल नै पहिरिनु हुन्छ तर अनुहार नग्न देखियो, भयो भन्छ्न के गर्ने होला ? जाज्वोल्यमान रास्ट्रवाद किन यति छिटो यति निम्छरो र स्खलित भयो ?
र अन्त्यमा !
विषादि कान्डकाे पटाक्षप यसरी हुनेछ । प्रधानमन्त्रीले भन्नू हुनेछ मन्त्रीले डुबायो । मन्त्रीले बोल्नु हुनेछ सचिवले ढाटयाे । सचिव:मलाई सहचिवले छल्यो । सहचिव-मलाई उपसचिवले झुक्यायो । उपसचिव मलाई अधिकृतले डुबायो। अधिकृत-मलाई सुब्बाले खेलायो । सुब्बा -मलाई खरदारले झमेलामा पार्यो । खरदार-मलाई टाइपिस्टले गर्नु गर्यो अन्तमा टाइपिस्ट काे पनि स्पस्टिकरण आयो कम्प्युटरले मिस्टेक गर्यो आखिर कम्प्युटरलाई कार्यबाही गर्ने कुरा भएन सबै दोषको भागिदार टाइपिस्ट बन्यो यसरी देशमा जबाफ देहिता र उत्तरदायित्वबाट उच्चासिन पदाधिकारी पन्छ्ने र निरीह तल्लो स्त्तरको कर्मचारी बलीको बोको बन्ने प्रथा देशमा निरन्तर अपवाद बाहेक आज सम्म चलीरहेछ भोलि पनि यसैगरी चल्नेछ । प्रधानमन्त्रीलाई ढाटने, मलाई ढाटे भन्ने प्रधानमन्त्रीको लज्जास्पद बोली उत्तरदायित्व नलिने परम्परा र प्रथाको शृङ्खला हो । जिम्मेवारी नलिने हदको उदाहरण हो प्रधानमन्त्रीको बारम्बार मलाई कर्मचारीले ढाटे, मन्त्रीले असहयोग गरे, पार्टी नेता र कार्यकर्ता ले प्रतिपक्षी प्रहारको प्ररिवाद गरेनन । अस्तु
