नयाँ विमानको परिक्षण उडान सफल । भोजपुर, २२ साउन । भोजपुरको टक्सार विमान स्थलमा बुधबार परीक्षण उडान भर्दै नेपाल एयर लाइन्सको नयाँ जहाज वाई वाह्र । पाइलट आङ नुरी शेर्पाले जहाजका लागि टक्सार बिमानस्थल अनुकुल पाइएको प्रतिक्रिया दिएको नेपाल वायु सेवा निगम भोजपुरले जनाएको छ । नयाँ जहाजको १७ जनाको सिट क्षमता रहेको निगमको भनाइ छ । अहिले नेपाल वायुसेवा निगमको टवीन्अटर जहाजले भोजपुर–काठमाडौं बुधबार बाहेक हप्तामा ६ दिन र भोजपुर विराटनगर हप्तामा दुई दिन आइतबार र बिहीबार उडान भर्दै आएको छ । तस्वीर : युवराज विष्ट