अनेक रङ्ग भएको कायस्थको रुपरङ्ग

कुनै व्यक्तिको योगदान र विशेषताको कदर परिवार वा आफन्तबाट हुन्छ नै भन्ने छैन । तर बाहिरका ब्यक्ति जो कुनै बेला सम्पर्कमा वा संसर्गमा रहेका हुन्छन् तिनले जीवनको कुनै क्षणमा स्मरण गर्न सक्छ ।

साहित्यकार मोहनबहादुर कायस्थको पछिल्लो कृति हो रुपरङ्ग । यसअघि उनका हरेकजसो विधामा कृति निक्लिसकेका छन् । कथा उपन्यास गीत कविता मुक्तक हाइकु चोका, ताङ्का, संस्मरण, सम्पादन आदि गरी तीन दर्जन भन्दा बढी कृति प्रकाशित छन् । साहित्यकारका अलावा उनी विद्युत इन्जिनियर पनि भएकाले त्यस सम्बन्धी उनका लेख कार्यपत्र र पुस्तक त हुने भइहाले । तर साहित्यकारका रुपमा उनको सक्रियता र सिर्जनशीलता अत्यन्त प्रशंसनीय मान्नुपर्छ । खासगरी उनी अवकाशप्राप्त भएपछि साहित्यमा सक्रिय देखिएका हुन् । उनी निरन्तर लेखन र प्रकाशन पनि आफै गर्दै आइरहेका छन् । आफूभित्रको विचार वा भावनालाई त्यतिकै खेर फाल्नु हुन्न, त्यसको पनि केही न केही महत्व हुन्छ भन्ने मान्यताबाट प्रेरित भएर नै उनले लेखनको हरेकजसो विधामा आफूलाई प्रस्तुत गर्दै आएका हुन् ।

 

मौलिक विधाका लेखनका अलावा उनले सम्पादन र संयोजनको क्षेत्रमा पनि उल्लेख्य कार्य गरेका छन् । स्रष्टा कायस्थले वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्ना तथा अरुका विभिन्न पुस्तकमा लेखेका मन्तव्य, भूमिका, लेख, विचार, टिप्पणी आदि यावत् फुटकर रचनाहरु समावेश गरी करिब ८०० पृष्ठको वृहत् ग्रन्थको संयोजन र सम्पादन गरेका छन् भने त्यसमा शताब्दीपुरुष जोशीका ’boutमा उहाँकी श्रीमतीको विचारलाई समेत स्थान दिइएको छ । वास्तवमा यो कृति शताब्दी पुरुषको छुट्टै परिचयको दस्तावेज हो । यसका साथै सम्पादन र संयोजनको रुपमा उनले महाकवि देवकोटाका ’boutमा लेखिएका केही महत्वपूर्ण रचनाहरुको संकलन, देवकोटामाथि शोध गर्नेहरुको खोजपरक लेख, आदिकवि भानुभक्तको स्मरण तथा आफ्ना गुरु हरिहरनाथ रेग्मीप्रति गुरुभक्तिका ’boutमा पनि कृति निकालेका छन् ।तिनै स्रष्टा कायस्थको पछिल्लो कृतिको रुपमा आएको रुपरङ्गलाई उनले कुनै पनि प्रचलित विधाको नाउँ नदिई नयाँ शब्द प्रयोग गरेका छन् – विषय र विचार । यद्यपि साहित्यमा यो कुनै विधा भने होइन । तर कथा, कविता उपन्यास, नियात्रा वा संस्मरण आदि कुनै पनि विधामा हुने तत्व भने हुन् यी ।

 

यसअघि प्रकाशित सुन त मुन्द्रे नामक छोटा छोटा किस्साहरुको कृतिमा पनि उनले यसरी नै विषय र विचारको संकलन भनेर लेखिसकेका छन् । उक्त कृति समग्रमा लघुकथाको निकट हुनेगरी छोटा छोटा किस्सा, कथा र स्मृतिको रुपमा आएको छ । तर पछिल्लो कृति रुपरङ्गमा भने यस्तै ससाना घटना कथा र स्मृतिहरु नै भए पनि कथा भन्दा केही फरक छन् । अघिल्लोमा भएका रचनाहरु लघुकथाको रुपमा निकट देखिन्छन् भने यसमा कथाको रुप भन्दा स्मृति, संस्मरण, अनुभूति, घटना र विचारका रुपमा बढी प्रस्फुटित भएका छन् । जीवनका विभिन्न चरणमा भोगिएका रुपरङ्गमा विषय र विचार अन्तर्गत विभिन्न शीर्षकमा सय सवासय वटा छोटा छोटा एक पेज डेढ पेजका रचनाहरु छन् । यी रचनाहरु कुनै कथाको रुपमा त कुनै घटना वर्णनको रुपमा कुनै अनुभूतिपरक र संस्मरणको रुपमा छन् । लेखकले पढेका पुस्तकहरुभित्रको सन्दर्भ, विदेशयात्रा गर्दाका मननीय प्रसङ्ग, बाल्यकाल र वयस्कमा भोगेका पारिवारिक घटना, जागीरे तथा जीवनयापनका क्रममा भोगेका विविध विषयलाई टिपोट र टिप्पणीको रुपमा प्रस्तुत गरिएका छन् । पुस्तकभित्र व्यक्त कतिपय विचारहरु लेखकका निजी पनि छन् भने कतिपय सन्दर्भमा जीवनोपयोगी र सामयिक पनि लाग्छन् । अनुभवको एउटा लामो श्रृंखलाबाट गुज्रिएपछि प्राप्त हुने अनुभूतिले पाठकहरुलाई सचेत बनाउन मद्धत गर्ने भएकाले उनका यी रचनाहरु त्यस अर्थमा प्रशंसनीय लाग्छन् ।

 

पुस्तकको पहिलो रचना अकस्मात भेटमा जीवनका दुई भिन्न स्थितिको बडो सटिक र भावुक कथा छ । किशोर वा युवावयमा भेटेको अर्थात् मनले चाहेको तरुनी जससित जीवन बिताउने सौभाग्य जुरेन तिनै महिला जीवनको उत्तरार्धमा भेट हुँदा कस्तो अनुभूति हुँदो हो । कुनै बेला दुवैले गुमाएको त्यो भावुक र उद्धाम पलका ’boutमा अहिले आर्थिक स्थिति राम्रो भएको अवस्थामा आएर के सोच्दा हुन् त्यसको भावुक चित्रलाई अकस्मात भेटमा दर्शाइएको छ ।जीवनका यस्तै स्वाभाविक अथवा अप्रत्याशित प्रसङ्गहरुका ’boutमा इलेक्ट्रिक भेहिकलमा यात्रा, शिष्टता भङ्ग, उमेरको कमाल, टेम्पो दर्शन, सम्बन्ध विच्छेद, गजब छ बा, भीष्म प्रतिज्ञा आदि लेखहरुमा हार्दिकतापूर्वव चर्चा गरिएका छन् । स्रष्टा कायस्थले अध्ययन र जागीरे जीवनमा धेरै विदेशयात्रा गरेका छन् भने अवकाशपछि पनि विदेश भ्रमण गरेका छन् । अतः उनको लेखनमा त्यस्ता यात्राक्रमका भोगाइहरुको पनि प्रसङ्ग आउने नै भए ।

यात्राक्रममा अनेकन ठाउँ घुम्दा अचम्म लाग्नेगरी नयाँ नयाँ दृश्यहरुसित परिचय तथा नयाँ नयाँ व्यक्तिहरुसित वार्ता हुन्छ जसले जीवनमा नयाँ जानकारी प्राप्त हुन्छ भने कतिपय अवस्थामा अनेकन अप्ठ्यारा, झन्झट र समस्या पनि आइपर्छ । फ्रान्सको लागि भिसा आवेदन गर्दा आवेदन गरेको भन्दा एक महिना अगाडिको मिति राखी स्वीकृति दिइएकाले नगइकनै एक महिनाको भिसा सकिंदा परेको समस्या, पश्चिम लन्डनस्थित अक्सब्रिज घुम्न जाँदा गाडीमा मोबाइल खसेको प्रसङ्ग, त्यहाँको पुस्तकालयको व्यवस्थापनको कुशलता र आफ्ना पुस्तक उपलब्ध गराउँदाको खुशी, विदेश बसिरहेका परिवारजनसित भेट र बसाइको रमाइलोपन आदि भोगाइका ससाना घटनाहरु पुस्तकमा निकै छन् र तिनले पाठकलाई विविध जानकारी र रोचक अनुभूति प्रदान गर्छन् ।

 

लन्डनमा नातिनातिनासँग, सुरक्षा जाँच, जेनेभा भ्रमण, लन्डनबाट बेल्जियम, शिक्षाको एक नमूना, बेलायती राजखानदानभित्र, मृत राजकुमारी डायना, स्पेन यात्रा,म्याडम तुसाडभित्र तेस्रो पटक, ट्राफलगर स्ट्याचु, व्रिटिस लाइब्रेरी आदि शीर्षकका यात्रा विषयक रचनाहरु पठनीय र जानकारीमूलक छन् । यस पुस्तकमा विदेश भ्रमणसम्बन्धी रचनाहरुको आधिक्यलाई हेर्दा स्रष्टा कायस्थले एउटा छुट्टै खण्ड वा अध्यायको रुपमा प्रस्तुत गरेको भए पाठकहरुका लागि अझ सहज हुने थियो ।

 

यसैगरी स्रष्टा कायस्थ साहित्यसित सम्बन्धित भएकाले यहाँ पाठकीय अपेक्षा अनुरुप साहित्यिक क्षेत्रका व्यक्ति, संस्था र तिनका चरित्रका ’boutमा पनि उल्लेख हुनु स्वाभाविक हो । यस क्षेत्रमा राम्रा कुरा मात्र पाइन्छ भन्ने होइन कतिपय अवस्थामा दुर्गुण पनि भोग्नुपर्ने अवस्था छ । राम्रा कुराको मात्र चर्चा गरोस् भनेर सबैले खोज्छन् भने नराम्रा वा आलोच्य पक्ष कोट्याउँदा सम्बन्धित पक्षले नाक खुम्च्याउने स्थिति पनि छ । लेखक कायस्थले त्यस्तो जोखिमको वास्ता नगरीकन आफूलाई लागेको कुरा निर्धक्क भनेका पनि छन् । पुस्तकमा त्यस्ता केही नमीठा कुराको पनि उल्लेख गरिएका छन् । स्रष्टा व्यक्तित्वहरुसितको हार्दिकता, ’emसितको सान्निध्यबाट प्राप्त ज्ञान र जानकारी, साहित्यका नाममा स्थापित ठूला संस्था भनाउँदाले नै साहित्यमा देखाएको उपेक्षा, भ्रमण र भेटका क्रममा साहित्यिक वार्ताबाट लाभान्वित भएको जस्ता अनेकन प्रसङ्गले पुस्तकमा ठाउँ पाएका छन् । यी प्रसंगबाट यस क्षेत्रको महत्ताबोध त गराउँछ नै साथै त्यस्ता कुराबाट उपलब्ध हुने ज्ञानको जानकारीले पाठकहरु लाभान्वित पनि हुन्छन् ।

 

लेखक कायस्थले प्रस्तुत कृतिमा अनुभूत र विचार व्यक्त गर्ने क्रममा भोगेका तीता मीठा सबै खाले प्रसङ्गलाई व्यक्त गरेका छन् । त्यस्ता प्रसङ्गमा कसैप्रति विद्धेष र आक्षेप होइन केवल यथार्थ अभिब्यक्त गर्ने आशय निहित रहेको हुन्छ । कुनै व्यक्तिको योगदान र विशेषताको कदर परिवार वा आफन्तबाट हुन्छ नै भन्ने छैन । तर बाहिरका ब्यक्ति जो कुनै बेला सम्पर्कमा वा संसर्गमा रहेका हुन्छन् तिनले जीवनको कुनै क्षणमा स्मरण गर्न सक्छ । यस्तै यथार्थको प्रस्तुति छ कौतूहल (१)मा ।

 

स्रष्टा कायस्थको यस्तै विविध अनुभूति र भोगाइले युक्त पुस्तक रुपरङ्गमा जीवनका फरक र स्वाभाविक पक्षका विचारहरु छन् । ससाना आकारमा प्रस्तुत गरिएकाले पाठकहरुले बडो रुचिका साथ बेला बेलामा पढ्न मिल्ने खालका छन् । कतिपय प्रसंगहरु एउटै शीर्षकमा क्रमशः दिइएका पनि छन् । बाल्यकालको भोगाइ, यात्रा संस्मरण, साहित्यिक प्रसङ्ग, वयस्क अनुभूति आदि विविध पक्षका रचनालाई व्यवस्थित तरिकाले खण्ड खण्डमा राखिदिएका भए पाठकहरुका लागि एकप्रकारको सहजता हुने थियो । पुस्तकको आवरणमै लेखिएको अक्षरलाई प्रचलित रुपमा राख्नुका साथै केही ठाउँमा भाषिक त्रुटितर्फ ध्यान दिएको भए पुस्तकको महत्व अझ बढ्ने थियो ।