संवादहरुको घेरामा यक्ष र मान्छे

 

-ध्रुव मधिकर्मी

 

 

त्यहाँ एउटा तलाउ छ । वरिपरि फलामका चुच्चे डण्डीहरुले ’boutको । आसपास केही फोहर मैला थुपिंएको छ, जसमाथि केही मात्र दृष्टि पुगेको अनुमान हुन्छ । परबाट हेर्दा त्यहाँ सदाबहार अरियालीको वातावरण देखिन्छ । तर वरिपरि सरसफाइको उति सारो ध्यान दिएको देखिंदैन । वरिपरिको फोहोर मैला हटाउनुपर्छ भन्ने सोच्दै मान्छेहरु पानी खान पस्छन् । फर्कंदा भने उक्त कुरा मतलबै नरहेको झैं भुसुक्कै बिर्सिदिने गर्छन् ।

 

एकपटक नकुल र सहदेव तिर्खा भेट्न त्यस तलाउमा आइपुगे । ढोकामा पलेंटी कसेर बसिरहेको थियो यक्ष । घाम असह्य गर्मी हुनेगरी लागिरहेको थियो । बादलका ढिक्काहरु कतै थिएनन् जसले बीच बीचमा सूर्यलाई छोपेर मान्छेहरुलाई रापबाट बचाओस् । ’em टण्टलापुर घामको रापले प्याकप्याकती सुक्न थालिसके । तर यक्षले ’emलाई भित्र छिर्ने अनुमति दिएन ।

 

– कृपया हामीलाई छिटो तिर्खा मेट्न दिनुहोस् , नकुलले शुष्क कण्ठले नम्र हुँदै भन्यो ।
यक्षले अलि गहिरिएर ’emतिर सरसरती हेर्यो । तर बोल्न चाहिँ केही बोलेन । साथै बाटो पनि छोडिदिएन।

 

– हेर्नुस् हामी प्यासले मर्न लागिरहेछौं, सहदेवले बडो करुण हुँदै दयनीय स्थितिको प्रदर्शन ग¥यो । सायद यसबाट यक्षको मुटु पग्लेला कि !

 

तर यक्षलाई त्यसले पनि पटक्कै छोएन ।

– यहाँ पानी त्यसै खान पाइँदैन, यक्षले निर्लिप्त हुँदै भन्यो, यसका लागि केही विशेष गुण हुनु आवश्यक छ ।

नकुल र सहदेवले पानी पिउन पाएनन् । ’cause ’emसँग त्यस्तो विशेष गुण केही पनि थिएज, जुन थियो त्यो काम लागेन । ’emको दयनीय स्थितिमाथि यक्ष अन्तसम्म पनि निर्लिप्त रहिरह्यो ।

००

 

 

निधारमा लामो चन्दनको टीका.., राजमोहजनित भावदेखि सर्वथा मुक्त आँखा, शान्त धैर्यशील, पापको छायाँ कहिल्यै नपरेको जस्तो गोरो अनुहार.. सफा वेशभूषामा त्यहाँ एक जना मान्छे देखा प¥यो । त्यो कुनै सन्त झैं देखिन्थ्यो ।

– म युधिष्ठिर हुँ । तिर्खा साह्रोसँग लागेको छ, मलाई पानी पिउन देऊ ।

– पानी पिउन केही नियमको पालन गर्नुपर्छ ।

– तयार छु, युधिष्ठिर नामधारी त्यस व्यक्तिले तत्काल प्रत्युत्तर दियो, तर छिटो मलाई पानी पिउन देऊ तिर्खाले मर्नै लागेँ म..

– हैन, पहिला नियमको पालन गर्नु अत्यावश्यक छ ।

– के सत्यवादी युधिष्ठिरमाथि विश्वास छैन ? जसले कि एक शब्द झूटो उच्चारण आजपर्यन्त गरेको छैन ।
यक्ष तयार भएन । पूर्ववत् कठोर भई बसिरह्यो ।

– पानी पिउन आफूलाई सबभन्दा प्रिय वस्तु धरौटीमा राख्नुपर्छ, भन्नोस् तपाइँको प्रिय वस्तु के हो ?

– सत्यवादिता नै मेरो प्रिय वस्तु हो ।

– के तपाई त्यसलाई धरौटीमा राख्न तयार हुनुहुन्छ ?

 

युधिष्ठिर एकछिन त झसङ्ग हुन पुग्यो, छाँगोबाट खसे झैं । केही जवाफ सुझेन । यक्षको भावहीन अनुहारमाथि एकपटक गहिरिएर हेर्यो । यो दुई कौडीको यक्ष ऊजस्तो विराट् व्यक्तिलाई के भन्दैछ ! जाबो पानी पिउन पनि , तर तिर्खा पनि कम बलवान् थिएन । त्यसपछि युधिष्ठिरका आँखा नजानिंदो प्रकारसँग स्वतः वरिपरि चियाउन पुगे ।

– जवाफमा ढिलाइ किन ?

– तयार छु .. युधिष्ठिरले मरेको स्वरमा भन्यो । त्यसपछि पानी पिउन तलाउभित्र पसे– कतै नहेरी ।

००

 

त्यसपछि मोटोघाटो जीउको मान्छे आयो । अलि परबाट हेर्दा राक्षसै हो कि जस्तो भान हुन्थ्यो । बलिष्ठ भुजा तथा मोटा पाखुराहरु र अनुहारमा रहेको क्रूरता देख्दैमा डरलाग्दो खालको थियो । त्यसको हिँडाइमा भुइँ नै लचक–लचक लच्कन्थ्यो । मानौ लघु भूकम्पको जस्तो ।

– तपाइँको परिचय ?, यक्षले प्रश्न गर्यो, विनाअनुमति सरासर लम्कन खोजेको देखेर ।

– चिन्न सकेनौ म को हुँ ? जसलाई कि देख्दैमा फलाना भनेर सब शिर निहुराउन थाल्छन्, त्यो बडेमाको मान्छेले एक प्रकारले सातै लिन खोज्यो यक्षको ।

– यहाँ उत्तर दिनुवाहेक प्रश्न गर्ने कुनै अधिकार छैन ।

– म पाण्डुपुत्र भीम हुँ बुझ्यौ, यही गदाले तेरो टाउको फोरिदिन्छु , अनि गरौला अधिकारको कुरा … भीमले एकचोटि हुँकार लियो । यसप्रकारको केही गरिहाल्ला जस्तो हाउभाउ देखी यक्षलाई साँच्चिकै डर पस्यो । रिसको झोकमा भीमले टाउकै फुट्ने गरी नहाल्ला भन्न पनि सकिन्न । तर यसप्रकारको डरछेरुवा भावलाई यक्षले बाहिर आउन दिउन । मानौं ऊ एउटा यान्त्रिक मूर्ति बाहेक अरु केही होइन ।

– यहाँ पानी पिउन केही नियमहरुको पालन गर्नु जरुरी छ ।, यक्षले नचाहेर पनि आफ्नो स्वरमा केही भिन्नता भएको महसूस ग¥यो ।

– भन्. छिटो, कसैको बाउको सित्तै खाने मान्छे होइन आफ्नो पौरखको बलले खाने बहादुर हुँ बुझिस्, भीमले एकपटक आफ्नो जीउलाई कसरत गरे झैं झड्का¥यो ।

 

यक्ष भीमको हप्काइलाई विनाप्रतिकार सहेर बस्यो ।

– तपाइँको दृष्टिमा सबभन्दा प्रिय बस्तु के हो ?

– हे मूर्ख ! त्यति पनि थाहा छैन ? शक्ति अथवा बल नै सबभन्दा ठूलो वस्तु हो । जसको आडमा..

– तपाई साँच्चिकै तिर्खाउनु भएको छ ?, यक्षले बीचैमा कुरा काटेर सोध्यो ।

– नाथे ! नत्र म यहाँसम्म किन आउँथें । भीमले एकदमै रातो आँखाले यक्षलाई एकै क्षणमा भष्म पारुँला झै गरेर हे¥यो । त्यसपति अरु कुरै नसुनी यक्षलाई एकातिर पन्छाई पानी खान पस्यो । यक्ष आफ्नो जीउमा लागेको धूलो टकटक्याउँदै उठ्यो र भीमले छोडेर गएको गदालाई हेर्न घोरियो ।

००

 

सुन्दर अनुहारको युवक जसले छातमिा कवच र काँधमा धनुष च्यापेको छ, यक्षको अगाडि उभिन आइपुग्यो । त्यसको अनुहारमा पनि तिर्खाको सङ्केत प्रष्टसँग रेखाङ्कित छ । सरसरती निरीक्षणपछि यक्षले अघिकै कुरा दोहो¥यायो ।

– म बीर अर्जुन हुँ एक मात्र धनुर्धारी .. युद्धकलामा अत्यन्त पोख्त..

– के तपाई बदलामा आफूलाई संसारमा बढी प्रिय लाग्ने वस्तु धरौटीमा राख्न सक्नुहुन्छ ?

– कसरी आफ्नो प्रिय वस्तुलाई धरौटीमा राख्नु !

– नत्र तपाइँ यहाँको पानी पिउन पाउनु हुन्न

– मञ्जुर , तर त्यस वस्तुको उपयोग अरु कसैले गर्न पाउनु हुँदैन,

– ठीक छ तर उपयोगिता हाम्रो लागि हुनुपर्छ ।

 

यक्षले तालाउको बाटो खोलिदियो । अर्जुन तिर्खाले परास्त भइसकेको थियो । उसले यक्षको पछिल्लो कुरा सुन्यो वा सुनेन, केही थाहै रहेन । उसको आँखामा त तलाउको पानी नै पानी मात्र भरिएको थियो ।

००

 

अब कोही आउँदैन भन्ठानेर यक्षले ढोका बन्द गर्न खोज्यो । तर यतिकै बेला तिर्खाले ब्याकुल एउटा अति साधारण खालको मान्छे बडो कष्टका साथ त्यहाँ आइपुग्यो । त्यसको खुट्टामा जुत्ता समेत थिएन । लुगाफाटो पनि मैलो मैलो रङ्ग खुइलिएर च्यातिइसकेको । यक्षले यसो एकचोटि हे¥यो अनि उपेक्षापूर्वक पुनः आफ्नै काममा लाग्यो ।

– एकछिन पख्नोस् .. त्यसले बोल्न भएभरको बल अलि परैबाट लगायो ।

– किन ?

– म साह्रो तिर्खाएको छु, कृपया ..

– तिमी को ?, यक्षले ठाडो प्रश्न तेर्सायो ।

– यौटा साधारण मान्छे .. बाउ पनि साधारण मान्छे …मेरो परिचय लामो छैन ।

– के छ तिमीसँग ?, यक्षले यान्त्रिक प्रश्न राख्यो ।

– जे छ मसँग, त्यही रुपमा प्रस्तुत छु ।

– त्यसो भए तिमीसँग केही छैन !

– छ, एउटा मान्छेको जिन्दगी .. साधारण खालको जिन्दगी .. मेरो निधारमा योभन्दा महत्वपूर्ण अरु लेखिएको छैन ।

– त्यसो भए तिम्रो लागि पानीको एक थोपा पनि उपलब्ध हुन सक्तैन जाऊ यहाँबाट, यक्षको जवाफमा थुप्रो तिरस्कारको भाव छ ।

– कृपया म कारण थाहा पाउन सक्छु ?

– तिमीसँग धरौटीमा राख्नलायक केही छैन ।

– पानी जस्तो सार्वजनीन वस्तुको एक मात्र हकदार ओ यक्ष ! म त्यही जिन्दगी धरौँटीमा राख्न चाहन्छु …

– तिम्रो जस्तो जिन्दगीको कुनै महत्ता छैन, यहाँ

– त्यसो नभन्नुहोला.. म घरको लागि अलिकति पानी लान चाहन्छु

यक्षले पटक्कै सुनेन । ड्याम्म लागाइदियो ढोका ।

– तपाइँ स्वय आफ्नो वचन भङ्ग गर्दै हुनुहुन्छ ।

– यस ठाउँमा वचनबद्धताको कुनै नियम छैन, बुझ्यौ ..

– होश गर्नुहोला । यसबाट नराम्रो परिणाम निक्लनेछ , त्यसले अलि जोशिएर भन्यो । औंला ठड्यायो पनि । तर ऊभित्र जाँगर शनैः शनैः सुक्दै गइरहेको थियो ।

– परिणामप्रति मेरो कुनै आग्रह छैन

– तपाइँसँग कुनै मानवता छैन !

– त्यो मेरो विषय होइन, यक्षले ठूलो भोटेताल्चा मारिहाल्यो । र साँचोलाई जतनसाथ खल्तीमा झुण्ड्यायो ।

००

 

त्यहाँ पहाड–पर्वतबाट बग्ने झरना र खोलानाला अचेल कहीँबाट पनि एक थोपा पानी लिएर बग्दैनन् ।

 

त्यहाँ केवल यही एउटा तलाउ छ, जुन पानीको एक मात्र श्रोत हो ।

 

फर्कंदा नकुल र सहदेवलाई काकाकुल अवस्थामा बाटोमा लम्पसार परिरहेको त्यसले देख्यो । त्यहाँ कतै पनि युधिष्ठिर भीम र अर्जुनमध्ये कसैको पनि उपस्थिति थिएन ।