मेरो नामको महात्म्य


हिन्दू धर्मशास्त्रअनुसार अणु पत्ता लगाउने पनि महर्षि कणाद नै हुन् । वैज्ञानिकहरुले त्यही अणुलाई अहिले बमसम्म बनाउन सके । ती महर्षि निकै ठूला ज्ञानी रहेछन् । बुवा संस्कृत पढ्नुभएको । कविराज आयुर्वेदको डाक्टर हो । कविराज संस्कृति भाषामा पढ्नुपर्ने । बुवा ती महर्षिबाट प्रभावित हुनुहुँदो रहेछ । मेरो नाम नै त्यही राखिदिनुभयो ।
मैले थाहा पाउँदादेखि नै मेरो नाम एउटै भएन । महर्षि कणाद मिश्र, बुवाले राखिदिनुभएको नाम । कणादबहादुर सिंह मिश्र, दाजुले राखिदिनुभएको नाम । कणाद मिश्र नागरिकताको नाम । कणाद महर्षि, मैले राखेको नाम । यसरी लामो नाम छोटिँदै दुई शब्दमा आयो । नाम लामो हुनु र छोटिनु सामान्य घटना मात्र थिएनन् । नामको आयातनभित्र विभिन्न कथाहरु पनि जाडिए ।
हामी काठमाडौँका रैथाने हौँ । बुवा चावहिलमा जन्मिनु भएको रे । हजुरबुवा असनमा । पुख्र्यौैली घर असन नै हो । उहिले पुर्खा दिल्लीबाट आएर असन बसेका रे । हामी सात दिदीबहिनी र दाजुभाइ चावहिलमै जन्मिऔँ । हाम्रो घर चाबहिलको गाउँमा थियो । अहिलेको गणेश मन्दिरदेखि चाबहिल चोकसम्म बजार थियो । ५०÷६० घर थिए । बजारबाट झन्डै आधा किलोमिटरको दुरीमा हाम्रो घर । वरिपरि पाखोमा पाँच सात वटा मात्र घर थिए । त्यसैले गाउँ थियो ।
हामी मित्र मण्डलमा खुलेको स्कुलमा पढ्थ्यौँ । मित्र मण्डल सामाजिक भवन हो । त्यहाँ पशुपति आधार हाइस्कुल थियो । अहिलेको चाबहिल पिपलबोटअगाडिको बौद्ध स्तुपाछेउमा मित्र मण्डल भवन थियो । हामी पाँचै दाजुभाइ दिदीबहिनीले त्यहीँ पढेका हौँ ।
हाम्रो परिवारका सबै सदस्य कविराज थिए । बुवाहरु चार दाजुभाइ नै कविराज । हजुरबुवाहरु पनि कविराज । बुवाको नाम कृष्णबहादुर सिंह मिश्र । आफ्नो परम्परागत नाम भएपनि बुवाले छोराछोरीको नाम भने चलनचल्तीको भन्दा फरक राखिदिनुभयो । जस्तो दिदीहरुको नाम बसुन्धरा र कादम्बरी, दाजुको विनोदबहादुर सिंह मिश्र, भाइको धनवन्तरीबहादुर सिंह मिश्र, मेरो महर्षि कणाद अर्थात महर्षि कणादबहादुर सिंह मिश्र ।
भारतमा कणाद नाम गरेका मान्छे छन् । मैले धेरै ठाउँमा पढेको सुनेको छु । तर, नेपालमा कणाद नाम गरेको अर्को मान्छे भेटेको छैन । पहिला मान्छेहरु मलाई कणाद शब्दको अर्थ सोध्थे । मलाई अलि बुझ्ने भएपछि बुवाले यसको अर्थ र महर्षि कणाद’bout बुझाउनुभएको थियो । ‘कसैले कणाद भनेको के हो भनेर साधे जवाफ दिनु,’ भन्नुभएको थियो । बुवाले सिकाउनुभएको अर्थ अहिलेपनि मेरो दिमागमा छ । कणाद ऋर्षिको नाम हो । ऋषिहरुको पनि ऋषि महर्षि । कण भनेको कनिका हो । अनाद भनेको खाने । अर्थात कनिका खाएर बाँच्ने ऋर्षिलाई कणाद भनिएको हो । त्यही ऋषिले नै वैशेषिक न्याय दर्शन प्रतिपादन गरेको मानिन्छ ।
हिन्दू धर्मशास्त्रअनुसार अणु पत्ता लगाउने पनि महर्षि कणाद नै हुन् । वैज्ञानिकहरुले त्यही अणुलाई अहिले बमसम्म बनाउन सके । ती महर्षि निकै ठूला ज्ञानी रहेछन् । बुवा संस्कृत पढ्नुभएको । कविराज आयुर्वेदको डाक्टर हो । कविराज संस्कृति भाषामा पढ्नुपर्ने । बुवा ती महर्षिबाट प्रभावित हुनुहुँदो रहेछ । मेरो नाम नै त्यही राखिदिनुभयो ।
हामी सबै दाजुभाइ दिदीबहिनीले प्रारम्भिक शिक्षा घरमा नै लिएका हौँ । बुवाले पढाउनुहुन्थ्यो । घरैमा छुट्टै गुरु पनि राख्ने गरिन्थ्यो । म एकैपटक कक्षा २ मा भर्ना भएको हुँ । मलाई विद्यालय भर्ना गर्न दाजु विनोदबहादुर सिंह मिश्रले लिएर मित्र मण्डल जानुभयो । उहाँ मभन्दा १० वर्ष जेठो । बुवाले उहाँलाई भर्ना गराउन भन्नुभएको थियो । भर्ना गर्दा नाम लामो भयो भनेर छोट्याउने विचार गर्नुभएछ । बुवाको नाम कृष्णबहादुर सिंह मिश्र भएकाले पछाडिको बहादुर सिंह मिश्र त झिक्नुभएन भनेर अगाडिको कणाद हटाइदिनुभएछ । अनि मेरो नाम कणादबहादुर सिंह मिश्र भयो ।
नाम जे मन लाग्यो त्यही लेखिरहेको थिएँ । साहित्यमा रस बिझेपछि नामको ख्याल अयो । ठूलो साहित्यकारले फरक प्रकारका नाम लेख्थे । गोविन्दबहादुर मल्ल गोठाले, फडिन्द्र खेताला, रमेश विकल चर्चामा आइसकेका थिए । निरविक्रम प्यासीको नाम पनि सुनिन्थ्यो । मलाई पनि साहित्यकार बन्न उपनाम चाहिनेरहेछ भन्ने लाग्यो ।
त्यो कुरा बुवाले थाहा पाउनुभएको थिएन । भर्ना भएपछि म विद्यालय जान थालेँ । परीक्षा भयो । म प्रथम भएँ । विद्यालयले मार्कसिट दियो । गुरुहरुले कक्षाको सबैभन्दा सानो केटो प्रथम भयो भनेर मिठाइ पनि दिए । म खुसीले उफ्रँदै आएँ । बुवा खुसी हुनुहुन्छ भनेर हतारहतार मार्कसिट दिएँ । मार्कसिट दिएपछि बुवाले कति नम्बर आयो नहेरी पहिला नाम हेर्नभएछ । नाममा महर्षि थिएन । कणादबहादुर सिंह मिश्र मात्र थियो । बुवाले खुसी भएर गाला मुसार्नुहोला भनेको गाली पो गर्न थाल्नुभयो ।
म कुरा नबुझेर हेरिरहेँ । उहाँ बोलिरहनुभयो, ‘कणाद पनि बहादुर हुन्छ कहीँ ? त्यति ठूला ऋषिलाई बहादुर भन्ने ?’
‘अनि मेरो नाम त कणादबहादुर नै हो त,’ मैले डराउँदै भने ।
‘मैले पहिल्यै तलाईँ भनेको होइन कणाद महर्षि थिए भनेर, महर्षि त विद्वान, ज्ञानी हुन्छ, ऋषिसँग बहादुर जोड्न हुँदैन, मैले राखेको अगाडिको महर्षि चाहीँ खोइ किन नलेखेको ?’ बुवा भन्दै जानुभयो, ‘अनि फेरि यो सिंह किन लेखेको ? ऋषि पनि सिंह हुन्छ ? यो नहुने काम कसले ग¥यो ?’
‘मलाई थाहा छैन, भर्ना गर्दा दाइ जानुभएको थियो,’ मैले भनेँ । बुवाले दाइलाई बोलाउनुभयो । दाइलाई भाइको नाम बिगारेको भनेर गाली गर्नुभयो । गाली खाएपछि दाइ फन्फन्एिर हिँड्नुभयो ।
बुवा त्यो विद्यालय सञ्चालक समितिको अध्यक्ष पनि हुनुहुन्थ्यो । बुवाले मलाई लिएर विद्यालय जानुभयो । अनि मेरो नाम सच्याउन लगाउनुभयो । तर, महर्षि चाहीँ भएन । बहादुर र सिंह हटाउन लगाउनुभयो । म फेरि कणाद मिश्र भएँ । मेरो नाम नागरिकतामा कणाद मिश्र नै छ ।
मेरा ०३० सालभन्दा अगाडि प्रकाशित कुनै कुनै कवितामा कणादबहादुर सिंह मिश्र नाम भेटिन्छ । कुनैमा महर्षि कणादबहादुर सिंह मिश्र पनि लेखेको छु । कहिले बहादुर र सिंह हटाएर महर्षि कणाद मिश्र पनि लेखेको छु ।
नाम जे मन लाग्यो त्यही लेखिरहेको थिएँ । पछि साहित्यमा रस बिझेपछि नामको ख्याल अयो । ठूलो साहित्यकारले फरक प्रकारका नाम लेख्थे । त्यतिबेला गोविन्दबहादुर मल्ल गोठाले, फडिन्द्र खेताला, रमेश विकल चर्चामा आइसकेका थिए । निरविक्रम प्यासीको नाम पनि खुबै सुनिन्थ्यो । मलाई पनि साहित्यकार बन्न उपनाम चाहिनेरहेछ भन्ने लाग्यो । मैले उपनाम खुब खोजेँ, खुब सोचेँ ।
मलाई त्यतिबेलै बुवाको कुरा सम्झना आयो । उहाँले त पहिल्यै मेरो नाम महर्षि कणाद राखिदिनुभएको हो । पछि विद्यालयमा महर्षि छुट्यो भनेर गाली गर्नुभएको थियो । सच्याउँदा पनि कणाद मात्र राख्दा उहाँको चित्त बुझेको थिएन । त्यसैले नागरिकता र प्रमाणपत्रमा नभए पनि साहित्यमा चाहीँ महर्षि लेख्छु भन्ने लाग्यो । साहित्यमा जात चाहिँदैन भन्नेमा आफैँ सहमत थिएँ । अनि मिश्र हटाएँ । बुवाले अगाडि राखिदिनुभएको महर्षिलाई पछाडि लगेँ । नयाँ नाम जन्माएँ, कणाद महर्षि ।
म कविता लेखिरहेकै थिएँ । कता कता छापिन्थे पनि । त्यतिबेला तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट माधुर्य भन्ने कविताको पत्रिका प्रकाशन हुन्थ्यो । त्यहाँ पनि मेरो कविता छापिएको थियो ।
भैरवनाथ रिमाल ‘कदम’ चावहिलकै बुलबुलेमा आएर बस्नुभयो । उहाँ र मेरो कतिपय कविता एउटै पत्रिकामा छापिइरहेको हुन्थ्यो । उहाँलाई नामबाट मात्र चिनेको थिएँ । म भेट्न गएँ । उहाँ मभन्दा सिनियर । हामी कविता सुनाउने र देखाउने गर्न थाल्यौँ । उहाँका कविता र गीत म सफा कापीमा सारिदिन्थेँ । रक्षा मन्त्रालयमा जागिरे हुनुहुन्थ्यो । उहाँका घरमा साहित्यकारको जमघट हुन्थ्यो ।
एकपटक नेपाली चलचित्रको पहिलो नायिका भुवन थापा आउनुभएको रहेछ । चिनजान भयो । कविता सुनाइयो । भैरवनाथ रिमाल कदमले मेरो पुस्तक प्रकाशन गर्ने प्रस्ताव गर्नुभयो । भुवन थापाले छापिदिनेहुनुभयो ।
मैले कविताहरु संग्रह गरेर दिएँ । भैरवनाथ रिमाल राष्ट्रवादी खालका कविता मन पराउनुहुन्थ्यो । मैले दिएको कविताबाट उहाँलाई मनपर्ने कविता मात्र राखेर पुस्तक निकालिदिनुभएछ । त्यो पुस्तकको नाम ‘गुफा’ राखियो । ०३१ सालमा प्रकाशित सो पुस्तकमा पनि मेरो नाम कणाद महर्षि नै राखेँ । यसरी पहिलो पुस्तकबाट नै कणाद महर्षि नाम लेखेको हुनाले मलाई सबैले यही नामले चिन्छन् ।
