ढिस्को

– मेरो आस्था … सत्यानास भो ।, एउटा बूढोले नराम्ररी चित्त दुखायो ।
मेरो विश्वास, इमान्दारी चकनाचुर भो, गरीव मान्छेले आफ्नो छाती पिट्यो ।
हाम्रो सपना… , युगल प्रेमीले अस्फुट स्वर निकाले।

ध्रुव मधिकर्मी
…. भोलिपल्ट त्यो पोखरी दूधको हुनेछ । पवित्र एवं सबैको आस्थाको केन्द्र । त्यसका लागि आज राति प्रत्येकले त्यहाँ एक एक अम्खोरा दूध हाल्नेछ ।
००
त्यो देशमा क्रमशः सत्य, धर्म र मानवीय गुणहरु यस प्रकारसँग लोप हुन थाले, जुन प्रकारसँग नेपालका पुरातन वा अद्यतन मन्दिरहरुबाट मूर्तिह्रु एकपछि अर्को विलय हुँदैछन् । वा विकासोन्मुख देशको समाचारबाट जसरी गरीवी विमोचन हुँदैछ । तर न गरीवीबाट मुक्त भइयो न सत्य, धर्म र मानवीय गुणहरुको जगेर्ना गर्न सकियो । संकट झन झन गहिरिंदै सुरसाको जस्तो मुख बाएर उभियो, त्यसलाई रोक्ने कहीँबाट कुनै प्रयास गरिएन वा गर्न सकिएन । असत्य, अधर्म, स्वार्थपरकता र भ्रष्टाचार जडसत्य भएर टाँस्सिन सुरु भयो । त्यसका हाँगाबिँगाहरु चारैतिर झ्याम्मिंदै गहिरोसँग जरा हाल्न थाले । जसलाई लरतरोले उखेल्न असंभवप्रायः थियो । यसले गर्दा व्यवस्था प्रणाली नै काला कर्तुतहरुले टम्म भरिन थाल्यो । पर्यावरण त्यसको विषाक्तताले ढपक्क ढाकियो ।
हुनत मान्छेमा सत्य नभएको पनि होइन । मानवीय गुणहरु नभएका पनि होइनन् । तर ती सब एउटा उपेक्षित कुनामा मिल्किसकेका थिए । कसैलाई पनि कुनै प्रकारले चासो नभएको जस्तो । अतः मान्छेमा सत्य र मानवतालाई पुनः जीवित गर्ने उद्धेश्यले यस्तो योजना वनाउनु परेको हो ।
योजना के थियो भने त्यस मैदानमा मान्छेहरुले अबदेखि कुकर्म नगर्ने संकल्पसहित आफूले कमाएका पुण्य, सत्य र मानवीय गुणहरु एक एक अम्खोरा खन्याउने । जहाँ त्यसबाट दस्तावेजको रुपमा उपस्थित होस् मानवीय गुणले भरिपूर्ण सुकर्म पुण्य र सत्यको ज्वलन्त एउटा भव्य संरचना । परिसिर्जना होस् त्यसबाट तत्कालीन परिवेशको एउटा सुस्पष्ट श्वेत छवि । आस्थाको एउटा महत् केन्द्र । यसबाट सर्वसाधारण मान्छेहरुले एउटा राम्रो नयाँ मार्ग पहिल्याउन पाऊन् , जसले समाजमा राष्ट्रमा सुखशान्तिको सुदीर्घ परम्परा अनवरत होस् । अझ यो आगत पुस्ताका लागि उदाहरणीय सिको पनि बनोस् ।
००
योजना अनुसार साँझ ढलेपछि आफ्ना पुण्य, सत्य र मानवीय गुण अनुदान गर्नुपर्ने भएपछि धेरैजसो कथित उपल्ला र बुर्जुवा भनाउँदाहरुले निकै बेरसम्म सोचे, गुने । ’emका अगाडि साँच्चिकै विकराल समस्या उभियो । कारण ’emले जिन्दगीभर एक थोपा सुकार्य गरेको अहिले सम्झनामा छैन । कुनै बेला कमाएको अलि अलि सुकर्म पनि समाजमा टिकिरहन खर्च गरिसके । त्यसपछि केवल पापैपाप, छलछाम र निजी स्वार्थ पूरा गर्नेतर्फ लागेकाले पुण्यको ठूलो अभाव यतिखेर खट्किन गयो । आरम्भमा अलिअलि भएको पनि पछि त्यो स्वाट्टै तुहियो ।
आवश्यकता हुनासाथ पुण्य किन्न पाइन्छ कि पाइँदैन ? खै केही थाहा भएन । कतै पाइन्छ कि ? ’emले केही ठाउँमा खोज–तलास पनि गरे । तर साउनमा आँखा फुट्या गोरुले झैं तिनीह्रुले पनि जहाँतहीँ आफ्ना अन्तर छविहरु मात्र देखे । संसार चहार्दा पनि दुर्योधन राम्रा मान्छे कोही भेट्टाउन नसके झैं । दुनियाँमा त्यतिका अन्य मान्छेहरु छन् र त्यतिकाले राखेको पुण्यमा एकदुई जनाले हालेको कुकर्म कहाँ देखिन्छ र ? त्यसै लोप भएर जानेछ । फेरि यो कसले चाल पाउला र ? यस्तो महान विचार आएपछि ’emले फेरि पुण्य कमाउने ’bout सोचेनन् ।
देशको प्रधानमन्त्री जसको आफ्नो कुनै निजत्व छैन, लाई त्यस अनुष्ठानमा कुन प्रकार संलग्न हुने भन्ने कुराले सा¥है अप्ठेरोमा पा¥यो । उनीसँग पुरानै खालका केही आश्वासनहरु बाँकी थिए । उनले त्यही अनुदान गर्ने विचार गरे ।
शिक्षामन्त्रीलाई बेग्लै समस्या आइप¥यो । ’cause उनी शिक्षाका बलले शिक्षामन्त्री हुन पुगेका थिएनन् । स्कूली जीवनमा उनी एक अक्षर नपढीकन खुरुखुरु पास भएका थिए । तर रिजल्ट निस्कनै बेलातिर संधै उनको बाबुलाई हेडमास्टरकहाँ आदेश दिन जानुपथ्र्यो । अलि हप्कीदप्की भएकै मान्छे थिए उनी । पछि उनलाई देशको कलेज उपयुक्त लागेन । साथै उनलाई एउटा अवधिसम्म प्रमाणपत्रका लागि पर्खनु सा¥है घटिया काम लाग्यो । समयको महत्व नबुझ्नेले मात्र पर्खने गर्छ – आशाकुटी भएर । यसर्थ छिमेकी देशमा गएर कम अवधिमै उनले उच्च स्तरको प्रमाणपत्र आफ्नो मुलुकमा सगौरव भित्र्याए । यसरी प्रमाणपत्र भित्र्याउने संभवतः उनी पहिलो व्यक्ति थिए ।
शिक्षामन्त्री भएपछि उनीमाथि प्रमाणपत्र किनेर ल्याएको भन्ने गम्भीर आरोप लाग्यो । तर उनले आरोपलाई टेरपुच्छरै लाएनन् । ’cause उनलाई प्रमाणपत्र पेश गरेर कहीँ जागीर खानु थिएन । उनले त्यही प्रमाणपत्रको प्रतिलिपि राख्ने विचार गरे ।
रक्षामन्त्री जसले एउटी महिलालाई असुरक्षित गरेका थिए, ले सुरक्षाका केही प्रवन्धहरु गर्ने जिम्मा लिई त्यही चढाए ।
भूमिमन्त्रीले जसको आफ्नो वृहत् भूभाग विद्यमान छ, लाई लुकाएर गरीबहरु (सुकुमवासी) को भूमि त्यस अनुष्ठानका लागि दिलाई सुकर्मको प्रारम्भ यसरी गरे ।
देशका एक ठूला प्रतिष्ठित ब्यक्तिले आफ्नो सच्चरित्रको धरोहर नै प्रस्तुत गरे । यी त्यही व्यक्ति हुन् जसले देशको महत्वपूर्ण वस्तु निर्यात र नचाहिने वस्तु आयात गरेर देशलाई कंगाल गरी बदनामी कमाएका थिए । त्यही कारणले पछि सम्मानित पनि भएका थिए ।
एउटा बूढो मान्छेसँग अलिकति धर्म थियो । उसको हार्दिक इच्छा थियो – जसलाई मृत्युपछि त्यसले उसको परलोक सपारोस् भन्ने हेतुले सञ्चित राखिछोडेको थियो । बूढोलाई एक मनले दान नगरुँ झै लागेर आयो । तैपनि त्यस्तो महत्वपूर्ण कार्यको लागि गर्नुपर्ने बाध्यता झै उसले देख्यो ।
एउटा गरीब मान्छेसँग इमान्दारी मात्र थियो । अरु केही थिएन, उसले त्यही राखिदियो ।
देशमा एकजना सम्मानित ठूला साहित्यकार छन् जो राष्ट्रिय रुपमा मनाइने उत्सव–टहोत्सवमा विरुदावली गाउनमा अग्रगण्य मानिन्छन् र जसको महत्व अब यस्तै कार्यक्रमहरुका लागि मात्र उपयुक्त रह्यो । जो अहिले हाडको आशामा पु्च्छर हल्लाइरहने श्वान झैं जहाँतहीँ थुतुनो घिसारिरहेको देख्न थालियो । उक्त कथित ख्यात साहित्यकारले त्यस अनुष्ठानलाई आफ्नो सद्यः प्रकाशित विरुदावली काव्य–संग्रहद्धारा अलङ्कृत गर्ने निक्र्यौैल गर्दै रातको आवरणलाई चिर्दै निस्के ।
एकजना ठूला नेता जो धेरै वर्षदेखि सत्ताभिमुख भएर बसेका थिए, सँग केही धैर्य बाँकी थियो । उनले त्यही धैर्य राखे । अरु एक दुई जना नेताहरु जो अवसरवादिताका कारणले विना विभागीय पद सम्हालिरहेका थिए, ले आआफ्ना त्यही कर्म राखे ।
एउटा तस्करले तस्करी गरेको कृत्य राख्यो । एउटा युवाले आफूसँग भएको उच्छृङ्खलता राख्यो । एक जोडी युगलप्रेमीले भावुकतापूर्ण प्रेमको उपहार चढाए , एवम् प्रकारले जीवनमा आफूले उपार्जन गरेका प्रिय वस्तुहरु सक्दो रुपमा मान्छेहरुले परित्याग गरे ।
००
भोलिपल्ट ।
त्यस मैदानमा एउटा अजङ्गको ढिस्को बनेको देखियो । त्यहाँ स्याउँस्याउँती कीराहरु सलबलाइरहेका थिए । र त्यसबाट नमिठो दुर्गन्ध डुङ्गडुङ्गती गन्हाइरहेको थियो । सब अचम्भित किंकत्र्तव्यविमूढ भए । अकल्पित पदार्थको उपस्थिति देखेर । यो कसरी भो ? जबकि त्यहाँ पवित्रता र सत्यको विसंगतिरहित भव्य मन्दिर परिनिर्माण गर्ने कत्रो धोको थियो । र त्यसले जनताहरुमा सुख शान्ति फैलाउने कत्रो आशा थियो । के त मान्छेसँग सत्य र मानवीय मूल्य जस्ता कुनै चीज रहेनन् ?
दृ्श्य छर्लङ्ग भएपछि फेरि उपशंका किन ?
केही बेरपछि त्यहाँ शासकको सवारी भयो । बीस हात परदेखि मान्छेहरुलाई पन्छाउन थालियो । त्यहाँ ’round चारैतिर सेताम्य हुनेगरी फिनेल छर्किसकेको थियो । शासक ’roundि सर्वसाधारण मान्छेहरुको कुनै पहुँच थिएन । त्यहाँ केवल उच्च पदस्थहरुको घुइँचो लागेको थियो । अतः यस पंक्तिका लेखकलाई त्यहाँको वार्तालाप ज्ञात हुन सकेन । त्यसैले आम जनताहरुका केही खण्ड संवादहरु मात्र यहाँ प्रस्तुत छन् ।
– मेरो आस्था … सत्यानास भो ।, एउटा बूढोले नराम्ररी चित्त दुखायो ।
मेरो विश्वास, इमान्दारी चकनाचुर भो, गरीव मान्छेले आफ्नो छाती पिट्यो ।
हाम्रो सपना… , युगल प्रेमीले अस्फुट स्वर निकाले ।
अरु बोल्न सकेनन् । ’emका आँखा आँसुले डम्म भरिएका थिए ।
००
दूधको स्वच्छ पोखरी… होइन मैदान जहाँ निर्मित ढिस्को आफ्नो विकरालता सहित बढ्न खोजिरहेछ । त्यहाँबाट विषालु हावा चारैतिर क्रमशः फैलिंदैछ ।
त्यहाँ अहिले सुरसा पहरा दिइरहेकी छे ।
००
