तात्ताता चार प्रसंग

प्रसंग एक

महामहिम चिनिया रास्ट्रपति सी जिन पिंगको एतिहासिक नेपाल भ्रमण जसले विश्वको ध्यान नेपालमा तानेको छ । विश्व मान चित्रमा नेपालको नाम अरु धेरैको स्मरणमा परेको छ जुन नेपाल र नेपालीको लागि रास्ट्रपति सि जिन पिंगको सहयोग रकम ५६ अरब भन्दा बढि महत्व र दीर्घकालीन फाइदाको विषय हो । नेपाल भ्रमण वर्ष २०२० को सफलताको एक आधार र प्रथम खुट्किलो पनि  हो ।  भिजिट २०२० को प्रचारप्रसार र बिज्ञापनको बढावा पन हो । निशुल्क बिज्ञापन हो । सहयोग रकमले मित्रताको स्तर निर्धारण गर्दैन जति सहृदयता र इज्जत पुर्वक गरिने मित्रताको आदानप्रदानले गर्छ । चीनले प्रकट गरेको हार्दिकता नै हाम्रो गौरवको पुंजी हो । मित्रतालाई रकममा दाज्न र तुलना गर्न सकिन्न र हुदैन पनि ।

हामी नेपाली सुदामा र भगवान कृष्णको अनुकरणीय मित्रताको कथा सुनेर अभिप्रेरित छौ यसर्थ देसमा आएको सहयोग रकम र कोसेली भन्दा मित्रता अनि यसले दिने संदेश र प्रवाह गर्ने सूचनालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ  । अरुले दिएको धोतीले सधै लाज ढाक्न सकिन्न अनि एक पेट रोटीले सधैको भोक मेटिन्न । माग्ने र मगन्ते प्रवृतिमा अंकुश लगाउनु पर्छ ।  चिनिया रास्ट्रपतिको नेपाल भ्रमण नै सबैभन्दा ठुलो कोसेली र उपहार हो । विश्वको महान उदयीमान पहिलो शक्तिशाली देसले  आफ्नो सानो छिमेकी रास्ट्र नेपाल भ्रमण गर्न चासो देखाएर समयको ब्यबस्थापन गर्नु नै नेपाल र नेपालीको लागि ठुलो उपलब्धि हो ।

 मित्र सम्झनु र आतिथ्य स्वीकार गर्नु नै हाम्रो शान र मानको कदर हो । नेपाली जनताको प्रतिनिधि भएर महामहिम सीलाई स्वागत गर्ने अवसर पाउनु प्रधानमन्त्री ओली र रास्ट्रपति भण्डारीको लागि आफ्नो राजनीतिक जीवनको अहम सबाल र सुवर्ण मौका हो । यसबीच दुई कुरामा हाम्रो ध्यान पुग्न नसकेको तर्फ ध्यान जानु जरुरि छ । हामीले पाहुनाको स्वागत गर्न कुनै कसुर बाकी राखेनौ सारा देश नै एक भएर आफ्ना पाहुनाको स्वागत गर्यौ, खुल्ला हृदय प्रस्तुत गरेर देशमा भावनात्मक एकता प्रदर्शन गर्न सक्यौ यो हाम्रो आफ्नो मौलिक संस्कृति र नमुना हो जसलाई सदैव जीवित र पुनर्ताजगी गरिरहनु पर्छ ।

सकारात्मक पाटो र सुखद कुरामा गर्व पनि छ । यति हुदाहुदै पनि हामीले पाहुनाको स्वागतको तयारीलाई यौनशाला र यौन दाशी जस्तै बनायौ, हरेक पटक एउटा नयाँ ग्राहक आउदा सिंगारिनु पर्ने, लिपिस्टिक पाउडरले सुन्दरता धपक्क बलेको देखाउनु पर्ने । जवानी मन्चन गर्नु पर्ने, किन हामीले जे छ त्यसलाई नै सामान्य सरसफाइ नगरेर । दुनिया चकित पर्ने लोलोपोतो घस्यौ आज जसरी र जुन तरिकाले सहरका केहि भाग सिंगार पटार गर्यौ त्यो सधै र जहिल्यै किन गर्न सकेनौ ? रातारात परिवर्तन गर्न सक्ने खुवी र जनशक्ति आखिर यही रहेछ त्यो वर्षौ देखि किन परिचालित बन्न सकेन तसर्थ यौनशाला र यौनदाशी झैँ देखिनु र हुनुपर्यो जुन कुरा हामीले तुरुन्त र परिवर्तन गर्नुपर्ने नयाँ पाठ हो यो सिकौ र आफ्नो गाउ शहर सधै पाहुना आउन लायक र सधै पाउन बस्न र देखाउन लायक बनाउ ।

पाहुनाको स्वागत चोखो मन मुटुले गर्न सकियोस । पाहुना आउने र स्वागत गर्ने नाउमा राज्यकोष अवैधानिक तर अपरिहार्य खर्च गर्ने गलत बिधि र पद्दति ’boutमा विचार गरियोस । बिना टेन्डर र बिना बिधान गरिने यस्ता प्रकारका आकस्मिक खर्चमा अपचलन र दुरुपयोग हुने सम्भावना ज्यादा रहन्छ । सुशाशनको पहिलो शर्त पारदर्शिता हो जसलाई पाहुनाको स्वागतको बहानामा छल्नु उपयुक्त होइन अब आइन्दा त्यस्तो नगर्न सजग हुनुपर्छ । अर्को सबैभन्दा खट्केको र सबैले अनुभूत गरेको कुरा लिपुलेक ’boutमा किन कोही बोल्न सकेनन ।

त्रिदेशीय सिमा लिपुलेक ’boutमा छिन् र भारतले जुन रबैया अपनाए हाम्रो भूमिमा हाम्रो उपस्थिति र अनुमति चाहेनन् त्यो हामी माथिको अपमान र हेलाहोचो थियो त्यसलाई करेक्सन गर्न हामीलाई यहाँ मर्का पर्यो भन्ने गुनासो गर्न नेपाल सरकार किन मुखमा भोटे ताल्चा ठोकेर बस्यो ? आफुलाई परेको अन्याय ’boutमा सम्झाउन कुन कुटनीतिक र राजनीतिक मर्यदाले छेक्यो, रोक्यो ? सत्ता बाहिर हुदाँ सबैभन्दा ठुलो राष्ट्रवादी र देशप्रेमी देखिनेहरु नै आफ्ना सगोत्री सिद्दान्तमा विश्वास गर्ने कमरेडसँग आफुलाई परेको मर्का राख्न नसक्दा रास्ट्रवादी र देशभक्त अडान भुत्ते र लाजको पसारो मात्र भएन र ? प्रतिपक्षी दलका नेताले पनि आफुलाई लिपुलेकमा गरिएको बेवास्ता र अपमानको ’boutमा सम्झाउन नसक्नु खेदजनक कुरा हो ।

रास्ट्र प्रेम ओठमा होइन, मनमा र ब्यबहारमा हुनुपर्छ जुन सत्तापक्ष र प्रतिपक्ष दुवैमा देखिएन सत्ता पक्ष त्यसमा पनि प्रधानमन्त्री ओलीमा नदेखिनु लज्जाको विषय हो । सगरमाथा बिबादमा तत्कालिन समकक्षीसंग बि पी कोइरालाले गरेको तर्क र साहस केपीले देखाएको भए कुनै पनि कुटनीतिक मर्यादा उलंघन हुन्थेन बरु रास्ट्रवादी छवी अरु चमकदार बन्ने थियो चुके ओली । एन मौकामा बोल्न नसक्नु चुक्नु पनि हो । यद्दपि चिनिया रास्ट्रपतिको नेपाल भ्रमण ओली सरकारको नेतृत्वमा देशले भव्यतापूर्वक सफल बनायो हामी सबै नेपाली बधाईका पात्र र भागीदार छौ । अभूतपूर्व एकता प्रदर्शन गर्यौ यो हाम्रो राजनीतिक सफलतता हो । हामी कामलाई प्राथमिकता दिन्छौ, जनसेवालाई प्राथमिकता राख्छौ तसर्थ हामी सत्तामा छौ भनेर महामहिमले भन्नुको अर्थ जनसेवा र कामलाई महत्व दिएर नै हामी सत्तामा सधै टिकिरहेका छौ जनताको विश्वासमा छौ त्यसैले जनता माथिको विश्वास नै सरकारको सफलता हो । यो संदेश सत्तापक्ष र प्रतिपक्ष अनि सबै राजनीतिक दलको लागि भएको कुरा बिर्सनु हुन्न ।

प्रसंग दुई

 महरा रोशनी प्रकरण अरु नाटकीय र रहस्यमय बन्दैछ । शिखरबाट खुर्मुरिएर फेदीमा पुगेका महराको जीवनीले थुप्रै संदेश र अर्थ अनि प्रकरण सम्झाएको छ । रोशनीलाई अन्तत: पागल घोषणा गर्दै पीडकलाई उन्मुक्ति दिने प्रपन्चको रुपमा धेरैले रोशनीको नाटकीय शैली र बोली फेरिरहने निरन्तरतालाई बुझेका छन् । निसन्देह रोशनी प्रयोग भएकी छन् उनको पागलपन कसैको उन्मुक्ति र अनावश्यक लान्छना र आरोपको कारण दुवै बन्नु हुदैन । निरन्तर तर बिबादास्पद बिशृंखल अभिव्यक्ति आउनुको आशय र कारणको खोजी आवश्यक छ । रोशनी पागल हुनुको मतलव उनका हर गलत हर्कत र षडयन्त्रका तानाबाना सबै छूट पाउने विषय होइनन् । महरा मात्र हैन रोशनी स्वयं पनि दण्डको भागीदार बन्न सक्छिन । गम्भीरता पुर्वक खोज, अनुसन्धान र जांच पड्ताल जरुरी छ जसमा प्रहरीले आफ्नो विश्वसनीयता कायम गर्न मेहनत गर्नुपर्ने छ । रोशनीको फरक फरक पटकपटकको लिखित र मौखिक अभिव्यक्ति प्रकारान्तरले पीडकलाई छुटकारा दिने कडीको रुपमा आएको देखिन्छ । सत्ता र शक्तिको दुरुपयोगले बास्तबिकता ओझेलमा पर्नु हुन्न न्यायको आखामा फुलो पर्नु हुन् । आन्तरिक राजनीतिक कारण र प्रतिस्पर्धाको कारण पनि महरालाई फसाउन खोजिएको शंका र अड्कलबाजी छन् तिनको पनि न्यायोचित छानबिन राजनीति शुद्द बनाउन आवस्यक देखिन्छ ।

प्रसंग तीन

मोहमद आफ्ताद आलमको अपराधिक बम काण्ड । यतिका वर्ष राजनीतिक संरक्षणको आडमा प्रहरीले जाहेरी समेत लिन नमानेको झन्डै एक दर्जन मान्छे इँटा भट्टामा हालेर हताताहत गरिएको घटना अदालतको कारण मात्र आलम पक्राउ पर्नु प्रहरीको निक्रिस्ट कर्म हो । बार्ह वर्ष भन्दा अघिको जघन्य घटना राजनीतिक दवाबको कारण गुपचुप राख्न प्रहरी मन्जूर हुनुले प्रहरी जनताको साथी र संरक्षक भन्न र विश्वास गर्न कसरी सकिन्छ ? किन आफ्नो ब्यबसायिक छवी, निष्ठा र विश्वसनीयता गुमाउन तयार बन्छ नेपाल प्रहरी ? प्रहरी बर्दी जनताको लागि हो कि सिमित नेताको अपराध छिपाउन ? आफ्नो पार्टीका संसद त्यस्तो आपराधिक गतिविधिमा रहदा किन संरक्षण गर्छ कांग्रेसले ? बचेखुचेको थोरै साख बचाउन भए पनि कांग्रेसले प्रशासनलाई सहयोग गरेर आलममाथिको आरोपको न्यायिक निरुपणको लागि सहयोग गर्नुपर्छ । पार्टीहरु भित्र थुप्रै महरा ,आलम जस्ता व्यक्ति र प्रवृतिहरु छन ’em सबैलाई कानुनको फन्दामा ल्याएर संसद र जनप्रतिनिधिहरुको इज्जत र प्रतिष्ठा बढाउन र ज्यादती गर्नेलाई कार्यबाही गर्ने कानुन छ भनेर देखाउन राजनीतिक फाइदा बेफाइदाको जोड घटाउ गर्नु हुदैन ।

मोहमद आलमको १२ वर्ष अघिको फाइल खोलिदा एउटा संदेश संचार भएको छ अपराध गर्नेको पालो ढिलो चांडो आउछ फरक यति हो पालो सबैको आउछ एकैचोटी नआएको मात्रै हो तर पालो एकपटक चै पक्कै आउछ, अवश्य आउछ । अपराध गर्नेहरु तेरोमेरो कसैको हुदैनन् अपराधीले अपराध अनुसार राज्यको कानुन बमोजिम सजाय पाउनु कानुनी राज्यको अवधारणा भित्रको प्रयोग हो । आलम पक्राउ भित्र महरा उम्काउने ग्रेट ग्राइन्ड डिजाइन भनेर पनि शंका, उपशंका उब्जिएका छन् । राजनीतिमा लेनदेन, सौदाबाजी धेरैपटक देखिएकोले शंका नजायज मात्रै छैन । परस्परको उस्तै खाले संकट मिलेर टार्ने, मिलेर छल्ने, मिलेर उम्कने, मिलेर छोप्ने, मिलेर पुर्ने र मिलेर खाने पार्टीहरुको अदृश्य, अघोषित भित्रि एकता सबैले देखि जानेको कटु सत्य हो तसर्थ खबरदारी निरन्तर गरिरहनु पर्छ । कानुनी राज्यमा कानुनको आखामा सबै बराबर हुन्छन भन्नु पूर्वाग्रह हुदैन ।

प्रसंग चार

डाक्टर गोविन्द केसीको अनिवार्य अवकाश र सत्याग्रहको घोषणा । चुनाव मार्फत सत्तामा पुगे पछि जे गरे पनि हुन्छ भन्ने सत्ताको चिन्तन र चुनाव जित्नु भनेको जे पनि गर्ने छूट र लाइसेन्स होइन भन्ने सत्याग्रही गोविन्दको चेतावनी । गोविन्द आग्रहलाई, गोविन्द्को माग र अपिललाई बैध सत्ता माथिको धावा र चुनौतिको रुपमा सरकारहरुले सधै लिन्छन । व्यक्ति हैन पद्दति ठुलो भनेर अनेकन आक्षेप लगाउछन । गोविन्द भन्छन व्यक्ति पद्दति बसाउनको लागि मर्न राजी छ । व्यक्ति ठुलो होइन तर पद्दति बसाउन व्यक्तिले बोकेको मुद्दा र वकालत गरेको विषय महत्वपूर्ण र सान्दर्भिक छ ।  प्रणाली कब्जा गरेर मुठीभर मान्छेको हितको लागि जनताको बलि चढाउन पाइदैन । जनता सिमित मान्छेको स्वार्थ होइन लगभग तीन करोडको अधिकार र भावना हो ।

आफ्नो उमेर हदको कारण अनिवार्य अवकास लिएर शिक्षण अस्पताल महाराजगन्ज छोड्नु अघि पत्रकार सम्मलेन गरेर आफ्ना छ बुदे माग सहित कार्तिक ८ गते सम्मको अल्टिम सरकारलाई दिएका छन् अन्यथा कार्तिक १३ गते देखि १७औ अनशन शुरु गर्ने डाक्टर के सीको उदघोष छ । सरकार के सिको आवाजको तेजोबोध गर्छ कि अत्मपरिक्षण गरेर जनताको मुद्दामा के सी संगै हातेमालो गर्न आउछ ? जनअपेक्षा सरकार केसीले बोकेको जनताको मुद्दा सम्बोधन गर्न तयार भएर रहोस । के सिलाई सधैका लागि किनारमा पार्ने उदेश्यले सरकार जनताको स्वाथ्य र शिक्षाको मुद्दा इन्कार गरेर हिड्यो भने त्यसले निम्त्याउने केवल दुर्घटना हो । दुर्घटना कसैको लागि पनि प्रिय हुन सक्दैन । सरकारको दायित्व दुर्घटना हुन् दिने हैन दुर्घटनाबाट बचाउने हो ।

 आफूले २६ वर्ष बिताएको अस्पतालको आवास छोडने बेला भावुक हुदै डाक्टर गोविन्द के सी भन्दै थिए ‘मलाई यहाँ छोड्नु पर्दा  दुख लागिरहेको छ । मलाई यो अस्पताल र राज्यले धेरै दियो तर मैले राज्यको लागि केहि दिन सकिन ।  ‘ आफुले राज्यलाई केही दिन नसकेको अर्थ हो राज्यप्रति आफ्नो कर्तव्य र जबाफदेहिता अझै सकिएको छैन म राज्यको लागि काम गर्न अरु फुर्सदिलो भएर जादैछु । अवकासको अन्तिम दिन असोज २७ गते गोविन्द के सिको जन्म दिन पनि हो । यिनको जन्म सार्थक र जनउपयोगी बनोस अनमोल शुभकामना सहित ह्याप्पी बर्थ डे आइन्ड हयापी रिटायार्ड लाईफ डाक्टर के सी । मानवतावाद नै आफ्नो मूल धर्म र आदर्श सम्झने यी मानवको सधै भलो होस् । शुभकामना ।