दासप्रथाको नयाँरूप

–डा. मदन रिमाल
इतिहास र संस्कृतिको विद्यार्थी भएको हुनाले मैले १५औंदेखि १९औंं शताब्दी बीचको समाजसित अहिलेको समाजलाई तुलना गर्ने प्रयत्न गरेको छु । सार उही छ, रुप फरक ! रुप पनि उही छ र सार पनि एउटै छ ! तपाई के भन्नु हुन्छ ?
साउने वर्षा भैरहेछ । पानी परिरहेछ ।
राजधानीको ब्यस्त ठाउमा हजारौंको संख्यामा युवा–युवतीहरु लामबद्ध भएर उभिएका छन् । कोहीसँग छाता छ । कोही रेनकोट ओढेका छन् । कोही पानीमा रुझ्दै उभिएका छन् ।
अरु वेला फोहोर फाल्ने खुला स्थानमा फोटो खिचेर दुई मिनेटमा दिने पसल खुलेका छन् । फोटोकपी गर्ने, पानी बेच्ने, कोरियन भाषा चाडै सिक्न सकिने पुस्तक बेच्ने आदि पसलहरु बग्रेल्ती खुलेका छन् ।
बैदेशिक रोजगारीमा लामबद्ध युवा
लामबद्ध युवा युवतीका छेउछाउमा चाउचाउ र कुरकुरेका खोल तथा पानीका खाली बोतलहरु फालिएका छन् । प्रहरीहरु युवाहरुको ठेलमठेल लाइनलाई हातमा लौरो बोेकेर व्यवस्थापन गर्न खटिएका छन् । कतिपय ठाउँमा लामबद्ध युवा–युवतीहरु पुलिसको लाठी चार्जबाट पीडित पनि भैरहेछन् ।
उपरोक्त दृष्य हालै रोजगारीका लागि मलेशीया÷कोरिया जान फारम भर्ने स्थानको हो ।
रोजगारीका लागि कोरिया राम्रो ठाउँ रे । पैसापनि धेरै हुन्छ रे । पहिले गाउँको फलानो गया,े अहिले मज्जाले घर खेत जोड्यो रे । आखिर नेपालमा पढेरै के हुन्छ ? कति कमाइन्छ र ?
गाउँको फलानोलाई बाबु आमाले घरखेत बेची डाक्टर पढाए, अमेरिका गयो । अर्काे इन्जिनियर पनि अष्ट्रेलियामा छ । आखिर जति पढे पनि मजदुरी गर्न विदेश नै जानु पर्ने रहेछ । आजकाल युवायुवतीहरु वीच हुने गफका यी केही उदाहरण हुन् ।
धनुषाको धरातलीय यथार्थ
एक वर्ष अघि धनुषा-महोत्तरी जिल्ला जाँदा गाउमा साथी कहाँ नै बसियो । साथी गाउँका हुने खाने थिए । विहान मर्निङ्गवाक गर्ने सिलसिलामा गाउँ घुमियो । जग्गा धेरै खाली, बाँझो केही न रोपेको देखेर साथीलाई यो कसको जग्गा हो भनेर सोधियो ।
साथीले भने, यो मेरै जमीन हो । अनि किन केही नरोपेको भन्ने प्रश्नको उत्तर उनले यस प्रकार दिए, मेरो बाबु पहिले जिमिन्दार थिए (हामी ५ भाइमा खेत बाँडियो) केही बेचीयो, केही राखियो । अहिले मसँग यही ५ बिघा जमिन छ । आफुलाई खान जसो तसो दुइ विघामा अन्न लगाउँछु । बाँकी बाँझै छोड्छु ।
किन ? यहाँ धान रोपाइ गर्दा मजदुर पाइन्न । पाइए पनि दोब्बर ज्याला तिर्नु पर्दछ । गाउँका युवायुवती अरब, मलेशीया र कोरियाली मुलुकतिर गए । त्यता जान नसक्नेहरु भारतको हरियाणा÷पंजाबमा जान्छन् । खेत अरुलाई अधियामा दिऊ मोही लाग्छ । तसर्थ सक्ने जति रोपाइ ग¥यो । अरु त्यतिकै छाड्यो ।
पाकेको बाली कुहियो
एक पटक भने, दोब्बर ज्याला तिरेर मजदुर लगाएँ । रोपाइ भयो । धान राम्रो भयो । काट्ने बेलामा मजदुर पाइन । आफु र आफ्नो परिवारले कति काटन सकिन्छ र ? गाउँमा भएका केही बुढापाकाहरु गुहारे । सबै टेलिभिजनको कार्यक्रम छुट्छ भनि आउन मानेनन् ।
सबैसँग म भन्दा राम्रो मोबाइल छ । छोराले पठाएको विदेशबाट । उनीहरु किन काम गर्न आउँछन् । विदेश गएका सन्तानले पैसा पठाइ हाल्छन् । मेरो पाकेको आधी धान खेतमै कुहियो ।
म विवस भइ टुलटुलु हेरिरहे । त्यस घटना पछि मैले खेतीपातीको जीवन त्यागेर नोकरीमा गुजारा गरिरहेछु । खेतमा न आफु अन्न उब्जाउँछु, न अन्यलाई उब्जाउन दिन्छु । विदेशबाट आएको पैसाले मजदुरी गर्ने व्यक्तिले जग्गा किन्छ । जग्गाको भाउ बढेको बढ्यै छ । पैसाबाट खाद्यान्न किन्छ ।
भविष्यको पुस्ता
खेती गर्ने जाँगर गर्दैन । जग्गा भविष्यको पुस्तालाई जोडेको रे । हालसालै नेपाल भ्रमणमा रहेका मलेसियाली मानव संसाधन मन्त्री दातुकले त्यहाँको सरकारले नेपालबाट घरेलु कामदार लिने निर्णय गरेको खबर दैनिक पत्रिकाहरुमा पढ्न पाइयो । उनका अनुसार नेपाली महिला हाउस म्यानेज वर्करको रुपमा त्यहाँ जान पाउने छन् ।
उपर्युक्त उदारणहरुले नेपालको भविष्यको आर्थिक अवस्थालाई संकेत गरिरहेका छन् । वैदेशिक रोजगारी र श्रम बेच्ने प्रवृत्तिले समाजमा ल्याएका सामाजिक समस्या र अपराधहरुको शृङ्खला दैनिक अखबारहरुमा प्रसस्त पढ्न पाइन्छ । भविष्यको सांस्कृतिक विचलनलाई पनि यसले स्पष्ट पारेको छ ।
इतिहास र संस्कृतिको विद्यार्थी भएको हुनाले मैले १५औंदेखि १९औंं शताब्दी बीचको समाजसित अहिलेको समाजलाई तुलना गर्ने प्रयत्न गरेको छु । सार उही छ, रुप फरक ! रुप पनि उही छ र सार पनि एउटै छ ! तपाई के भन्नु हुन्छ ?
मध्ययुगीन नेपाल
कृषि तथा पशुपालन अर्थव्यवस्थाको सुरुवात संगसंगै दासप्रथाको प्रचलन प्रारम्भ भएको थियो भन्ने मान्यता इतिहासकारहरुको छ । धेरै पशु र धेरै जमिन हुने व्यक्ति वा समूहहरुले कम पशु र जमिन हुने वा हुँदै नहुने व्यक्ति वा समूहहरुलाई गाँस, बाँस र कपास दिएर आफ्नो काममा लगाउन थाले । जसले गर्दा आश्रय दिने वा धनि व्यक्तिहरु कम लगानीमा अत्यधिक लाभ लिन सफल भए ।
यस प्रकार कुनै व्यक्ति वा व्यक्तिहरुको समूह आपूm मालिक भई अन्य व्यक्ति वा व्यक्तिहरुको समुहलाई सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक रुपबाट उनीहरुको इच्छा विपरित बाध्यात्मक परिस्थति सृजना गरी काममा लागाउँदछ भने काम गर्ने व्यक्ति वा व्यक्तिहरुको समूहलाई दास भन्ने गरिन्छ ।
समाजमा भएको यस प्रकारको भिन्नताबाट एउटा वर्ग दास बन्न बाध्य भयो । अर्काे वर्ग त्यस प्रकारको परिस्थिति सृजना गर्न दिनरात लागि प¥यो । परिणाम स्वरुप मध्यकालीन समाजमा सामाजिक संस्थाको रुपमा दासप्रथाले मान्यता पायो ।
सामाजिक परंपरा
यो प्रथा समाजको एउटा परम्परा बन्न गयो ।
दासहरुलाई आफ्ना पशु सरह सम्पत्ति मानेर तीनको खरिद बिक्रि गर्ने, दानदिने, कठिन तथा जोखिमपूर्ण कार्यहरुमा लगाउने, खानीको काम, युद्धमा प्रयोग गर्ने आदि प्रचलनले इश्वीको १५औं देखि १९ औं शताब्दी सम्म अमानुषिकताका जघन्य उदाहरणहरु प्रस्तुत गरेका छन् ।
दास राख्नेको सान–सौकत
उन्नत तथा विकसित भनिने राष्ट्रहरु लगायत प्रायः सबै राष्ट्रहरुमा दासप्रथा कायम रहेको थियो । त्यस समयको सामाजिक तथा अािर्थक जीवनमा दासप्रथा एक स्थायी प्रथाको रुपमा प्रचलित थियो ।
इङ्ग्लैण्ड तथा अमेरिका लगायतका देशले बन्दुकको बलमा अफ्रिकाका विभिन्न स्थानहरुबाट काला जातिका व्यक्तिलाई समातेर दास बनाउने गर्दथे ।
उनीहरुले दासहरुको व्यापारद्वारा युगौंयुग सम्म मानवताको हनन गरेका थिए । उनीहरु नृशंसताका साथ अफ्रिकाका मूल निवासीलाई जहाँ जे जस्तो अवस्थामा फेला पर्छन्, पक्रेर पानी जहाजहरुमा कोचेर विभिन्न स्थानहरुमा लिएर जाने गर्दथे । यसका लागि उनीहरुले अफ्रिकाका स्थानीय सामान्त र दलालहरुको मद्धत पनि लिने गर्दथे । पक्रेर ल्याइएका स्लेभ हण्टर दासहरुलाई खरिद विक्री गरी ‘स्लेभ हन्टर’ अर्थात दास शिकारीहरु प्रशस्त लाभ लिने गर्दथे ।
यसरी पक्राउ गरेर बलजफ्ती ल्याइएका दासहरु खानी खन्ने जोखिमपूर्ण तथा कृषि सम्बन्धी कायहरुमा प्रयोग गरिन्थे । स्वतन्त्र रुपमा जीवन जिइरहेका अफ्रिकीहरु जहाजहरुमा कोचेर ल्याउदा रोग, भोक र शोकले गर्दा आधाजसो जलमार्गमा नै मर्दथे भने बाँकी बाँचेकालाई पशुलाई जस्तै ब्यवहार गरेर राख्ने गर्दथे र यसलाई गोराहरु कानुन सम्मत मान्दथे ।
अब मानवताको कलंक
आधुनिक युगमा दासप्रथाका उपरोक्त उदाहरणहरुलाई सभ्य मानवताको कलंक ठानिन्छ । ब्रिटिश राज्यमा सन् १८३३ मा तथा ब्रिटिश भारतमा १८४३ मा मात्र दासप्रथा अन्त्य गर्ने कानुनहरु बने ।
भारत तथा नेपाली समाजमा प्राचीन समयदेखि नै दासप्रथा थियो । तर युरोपको भैm अमानुषिक र नृशंस भने थिएन । यस क्षेत्रका प्राचीन साहित्यहरुले यसैलाई पुष्टी गर्छन् ।
झारा, बेठ, बेगारी
लिच्छवी हुँदै मध्यकाल र त्यहाँदेखि विसौं शताब्दीको प्रारम्भसम्म नेपालमा पनि दासप्रथा कानून सम्मत थियो । झारा (सरकारको काम सित्तैमा गुर्न पर्ने), बेठ (जग्गाधनी, सामन्त तथा सरकारी हाकिमको काम सित्तैमा गर्नु पर्ने), बेगारी (धनी, सामन्त तथा सरकारी हाकिमको सामानको भारी सित्तैमा बोकेर एक ठाउँबाट अर्काे ठाउँमा पु¥याउनु पर्ने) आदि रुपमा प्रचलित दास प्रथा नेपालमा निकै पछि सम्म पनि कायम थियो ।
राणा शासक तथा तिनका परिवार र नातागोताले आमजनतालाई दास नै हुन् भन्ने ठान्दथे र आफ्नो लाभका लागि तिनको प्रयोग गर्ने गर्देथे । यसका केही उदाहरण यस प्रकार छन् ः
दास बेचेर कमाइ
श्री ३ चन्द्र शमशेरले प्रथम विश्वयुद्धमा ब्रिटिश सरकारबाट के के न पाउँला भनी लाखौं नेपाली युवकहरुलाई लोभ देखाएर हुन्छ कि धम्कि दिएर हुन्छ युद्धमा होमिन बाध्य गराई भारत तर्पm पठाए । जसका कारण लाखौं नेपाली युवतीहरु विधवा बन्न पुगे । श्री ३ चन्द्रले भने छातीभरी पदक लगाए । अंग्रेजको मान मर्यादा पाए । एकमुष्ट २१ लाख रुपियाँ गमन गरे ।
युद्धमा लडेर जीवन गुमाएका सिपाइका परिवारलाई भनेर लण्डनको “ब्याङ्क अफ लण्डन” मा खाता खोली राखिदिएको १० लाख पौण्डको ब्याजमात्र हरेक साल नेपाल सरकारका नाममा पठाउने गर्दथे । तर सो रकम सबै चन्द्रशमशेर र उनका सन्तानले पचाउने गर्दथे ।
यस प्रकार चन्द्रशमशेरले प्रथम विश्वयुद्धमा अंग्रेजसँग मिलेर सर्वसाधारण जनतालाई जिल्लाराम पारिदिए । (श्री ३ हरुको तथ्य वृतान्त्त, भाग २, पृ. १६४–६५)
नोभेम्बर १, सन् १९३९ का दिनदेखि दोस्रो विश्वयुद्ध प्रारम्भ भयो । श्री ३ जुद्धशमशेरले बृटिश सरकारलाई मद्धत गरे ।
प्रथम विश्वयुद्धमा नेपाल अधिराज्य भित्र ठाउँ ठाउँमा रंगारुट भत्र्ती केन्द्र खोलियो । बोका छाने भैm गरी सीधा, साधा, गरीब पहाडी जनतालाई जबरजस्ती करकापकासाथ या अनेक प्रलोभन देखाइ युद्धमा होमिन जानै पर्ने अनिवार्य भयो ।
यसरी बृटिश भारतको हित र आफ्नो शान शौकत, रोब–रवाफ र ऐसआरामको निमित्त लाखौ नेपाली जनतालाई सेनाको रुपमा पठाएर लड्न लगाइयो ।
दोस्रो विश्व युद्धमा पहिलो युद्धमा भन्दा बढी नेपाली जवानहरुले ज्यान गुमाए । लाखौं नेपाली युवतीहरु फेरि विधवा भए । (श्री ३ हरुको तथ्य वृतान्त, भाग २, पृ. १६४–६५) ।
राणाले पचाए
दोस्रो विश्वयुद्धको समाप्तिपछि ब्रिटिश भारत सरकारको तर्पmबाट श्री ३ जुद्धलाई विभिन्न पदकहरु प्रदान गरियो । नेपाल सरकारलाई भनी तीन करोड तेत्तीस लाख रुपियां नगद एकमुष्ट दिइयो, सो रकम श्री ३ जुद्धले एकलौटी पचाए ।
युद्धको समाप्ति पछि ब्याङ्क अफ लण्डनमा रहेको पुरानै खातामा १० लाख पौण्ड राखेर २० लाख पौण्डको कोष रहेको खाता बनाइयो । सो २० लाख पौण्डको ब्याज उसैले हजम गर्दथ्यो, जो नेपाल अधिराज्यको सर्वेसर्वा हुन्थ्यो । त्यो रकम उसकै हातमा पर्दथ्यो, उसैले पचाउथ्यो ।
बैंकको पैसा कहाँ गयो ?
वि.सं. १९९४ कार्तिक ३० गतेका दिन काठमाडौंमा सर्वप्रथम “नेपाल बैंक लिमिटेड” को स्थापना श्री ३ जुद्धले गरेका थिए । प्रथम विश्वयुद्धमा वृटिश सरकारले नेपाली जनताको निमित्त भनी खाता खोली व्याङ्क अफ लण्डनमा राखिएको १० लाख पौण्डको ब्याज जो हरेक साल नेपाल सरकारमा पठाउने गर्दथ्यो । सो रकम उतैबाट नेपाल बैंक लिमिटेडमा पठाउन थालियो । (पृ. २८६)
सो खातामा द्धितिय विश्वयुद्ध पछि थप १० लाख पौण्ड गरी २० लाखा पौण्ड बनाइयो । सो रकमको ब्याज पछि नेपाल राष्ट्र बैंक खुलेपछि अब ब्याज नेपाल राष्ट्र बैंकमा पठाउनु भनिएकोले राष्ट्र बैंकमा आउने गरेको थियो ।
सो रकम आजकाल आउँछ कि आउँदैन वा पुरै २० लाख पौण्ड नै कहाँ छ, नेपाली जनताले थाहा पाएको छैन भैm लाग्दछ । (श्री ३ हरुको तथ्य वृत्तान्त भाग २ पृ. २९२) ।
यसप्रकार तात्कालीन शासकहरुले राजनीतिक तथा व्यक्तिगत लाभका लागि नेपाली युवा युवतिहरुलाई दास दासी भैm सम्झेर विदेशिको सेवामा पठाउने गर्दथे । यद्यपी वि.सं. १९८१ मार्ग १४ गते रोज ६ का दिन श्री ३ चन्द्रशमशेरले टुडिखेल खरीको बोटको चौताराबाट बक्तव्य प्रसारित गर्दै दास प्रथा उन्मूलन गर्नको लागि सबै जनतासँग अपील गरेका थिए ।
दासप्रथा उन्मुलन गर्ने कार्य शुरु भयो र लगभग ६० हजार दास–दासीहरु अम्लेख गरिए । यस कार्यमा जम्मा ३६ लाख ७० हजार रुपैया श्री पशुपतिनाथको गुठीबाट झिकी दासदासीहरु मुक्त गरिएकोले ’em शिब भक्त कहलाए ।
साथै मुक्त दासको बसोवासको निमित्त भिझाखोरी हाल अमलेखगञ्ज, नारायणी अंचलमा जग्गा समेत वितरण गरियो । उक्त कार्यमा श्री ३ चन्द्रको निजी एक पैसा पनि परेन तापनि यस कार्यलाई श्री ३ चन्द्रको सबै भन्दा सराहनीय र महत्वपूर्ण कार्य मान्न सकिन्छ (श्री ३ हरुको तथ्य वृतान्त भाग २, पृ. १५१) ।
हाल वैदेशिक रोजगारी प्रथाले मध्यकालीन दासप्रथा भैm सामाजिक पारम्परीक प्रथाको रुपमा मान्यता पाउँदै गएको देखिन्छ । यसकार्यमा गरिब राष्ट्रका सरकारहरु रेमिट्यान्सको प्रलोभनमा कानुनीरुपमा संगठित भएर लागेको देखापरेको छ । विकसित राष्ट्रहरुले कठिनकार्य गराउन, कृषि कार्य गराउन तथा अन्य मजदुरी पेशाका निमित्त बन्दुकको साटो हरियो डलर वा पैसाको प्रलोभन देखाउने गरेका छन् ।
आर्थिक सम्पन्नता तथा ऐश आरामको जिन्दगी विताउन सक्ने सपना देखेर नेपाली युवा युवती विदेशमा श्रमबेच्न बाध्य छन् । रेमिट्यानसको बढोत्तरीमा सरकार गर्व गर्दछन् ।
अब रेमिट्यान्स
अनेक वैदेशिक रोजगारी अवसर दिलाउने ऐजेन्टहरुका अफिस खुलेका छन् । संलग्न सरकारी कर्मचारीहरुले समेत यसै कामका निमित्त जागिर पाएका छन् ।
भविष्यमा वैदेशिक रोजगारीप्रथा (वैरोप्रथा) ले नेपाली समाज र नेपालको अर्थतन्त्रमा के कस्तो प्रभाव पार्ला भन्ने अध्ययन अहिलेसम्म गरिएको छैन । तर बैदेशिक रोजगारीको प्रभाव भने समाजमा देखापर्न थालिसकेको छ ।
प्राचीन भारतवर्षमा रहेको दास प्रथाका सन्दर्भहरुबाट प्राप्त दासका केही प्रकारहरु यहाँ प्रस्तुत गरिएको छ । जसको अध्ययनबाट के नेपालबाट दासप्रथाको अन्त भएको छ त भन्ने प्रश्नको उत्तर आफूले आफैंबाट पाउन सकिन्छ ।
दासका किसिम
१. चौथो शताब्दी इसापूर्वका कौटिल्यले विभिन्न प्रकारका दासहरुको वर्णन गरेका छन्ः
ज्ञ। युद्धमा बन्दी बनाइएका दास
द्द। आफ्नो पेट भर्न आपूmलाई बेच्ने दास
घ। दास दासीबाट उत्पन्न सन्तान दास
द्ध। ऋणका कारण बनेका दास
छ। राजदण्डका कारण बनेका दास
२. मनुले सात प्रकारका दासहरुको वर्णन गरेका छन् ः
ज्ञ। युद्धबन्दी दास
द्द। भोजनका लागि बनेका दास
घ। दासी पुत्र दास
द्ध। किनेर ल्याइएको दास
छ। आमा बाबुले दिएका दास
ट। अंशमा प्राप्त गरिएको दास
ठ। राजदण्डको कारण बनेका दास
३. नारदले दासले स्वामीले अ¥हाएका सबै प्रकारका काम गनुपर्ने उल्लेख गर्दे १५ प्रकारका दास’bout उल्लेख गरेका छन् ः
ज्ञ। घरमा भएको दास
द्द। किनेको दास
घ। दान वा अन्य प्रकारबाट प्राप्त गरिएको दास
द्ध। अंशमा पाइएको दास
छ। अकालमा रक्षा गरिएको दास
ट। कुनै अन्य स्वामीद्धारा प्रदान गरिएको दास
ठ। ठुलो ऋण लागेको दास
ड। युद्धबन्दी दास
ढ। बाजीमा जितेको दास
ण्। आपैm दासता स्वीकार गरेको दास
त। सन्यासबाट निकालिएको दास
द्द। आपैm केहिदिनको लागि बनेको दास
ज्ञघ। पेट भर्न भोजनका लागि बनेको दास
ज्ञद्ध। दासीको प्रेममा परेर भएको दास
ज्ञछ। आफुुलाई बेच्ने दास
(धर्मशास्त्र इतिहास, (प्रथम भाग), पाण्डुरँग बामन काणे, उत्तरप्रदेश हिन्दी संस्थान १९९२ लखनउ), पृ. १७२, ७३)
दासप्रथा सम्बन्धी तथ्यांक:
इश्वी सन् १९२३ को जनगणना अनुसार ५५ लाख नेपाली जनता मध्ये १५ हजार ७ सय १९ जना व्यक्तिहरु दास–दासीका मालिक वा स्वामि थिए । ५१ हजार ५ सय १९ जना दासदासी थिए ।
पश्चिमी सभ्यतामा भैm नेपालमा दास खरिद विक्रि गर्ने बजार थिएन तर विभिन्न तरिकाबाट दास बनाइन्थ्यो । जस्तै ऋणी बनाएर जग्गा जमिनको कर तिर्न नसकेको, गरिबीले खान नपाएका तथा केहीलाई धनीवर्गले जबरजस्ति दास बनाइ राख्ने प्रचलन थियो ।
राज्यको आवश्यकता भनेर शासक वर्गले सित्तैमा दास भैm काम लगाउने, सजाय पाएका व्यक्त्तिहरुलाई दास बनाइने, गरिबीले आफ्नो सन्तान दास बनाउन धनी वर्गकहाँ बेच्ने आदि प्रचलन नेपाली समाजमा थियो ।
नेपालमा दासप्रथाको प्रमुख श्रोत भनेको व्यक्ति आफुले आपैmलाई दास बनाउनु थियो । एक पटक दास भएपछि उ सधैंको लागि दास हुन्थ्यो । उसको पत्नी, छोरा छोरी आदि सबै दास हुने गर्दथे । यसले गर्दा प्रत्येक वर्ष दासको संख्या बढ्दै जान्थ्यो ।
नेपालमा दासहरुको खरिद विक्रि मालिकको घरमा नै गर्ने गरिन्थ्यो । दास चाहिएको व्यक्तिले दासका मालिकहरुसँग सम्पर्क राखि खरीद गर्ने गर्दथे । दासहरु कृषि तथा अन्य घरेलु काममा लगाइन्थ्यो ।
चन्द्रशमशेरले ५१ हजार ७सय ८२ दास दासीहरुलाई ३६ लाख ७३हजार २सय ४२ रुपैंयाँ दास दासीका मालिकहरुलाई दिएर दासप्रथा उन्मुलन गरे । प्रत्येक दासीका मालिकहरुलाई रुपिया ७१ दिएर दासप्रथालाई उन्मुलन गरियो ’cause भाग लगाउदा रुपिया ७१ प्रत्येक दासदासीको पर्न गयो । दास दासीको मूल्य निम्नानुसार तोकिएको थियो:
दासको मोल
दासको उमेर पुरुष महिला
१ देखि ३ वर्ष १५ रु. १० आना २० रु १३ आना ४ पैसा
४ देखि ७ वर्ष २१ रु. ४ आना २९ रु २ आना ८ पैसा
७ देखि १२ वर्ष ३४ रु ६ आना ४५ रु १३ आना ४ पैसा
१३ देखि ४० वर्ष ७५ रु १००रु
४१ देखि ६० वर्ष ३७ रु ८ आना ५० रु
६० वर्ष भन्दा माथिका ३१ रु ४ आना ४१ रु. १० अना
(Main Aspect of Social, economic and Administration History of Modern Nepal, Krishana B. Thapa, Mrs. Ambika Thapa, Kathmandu-1988, p.21-41)
आधुनिक नेपालमा दासप्रथाको मध्यकालीन स्वरुपको अन्त भएको मानिएता पनि समाजमा कुनै न कुनै रुपमा यो प्रथा जीवित नै छ । मात्र यसको स्वरुपमा भिन्नता देखापर्दछ ।
सरकार मन्त्रालय र विभाग खोलेर वैदेशिक रोजगारीलाई संस्थागत रुप दिन रातदिन लागि परेको छ । अन्य देशका सरकारहरुसँग सम्झौता गरेर जनश्रमलाई बेच्न गौरब महसुस गर्दछ ।
देशको उत्पादनमा आएको ह«ासलाई रेमिट्यान्सको आयबाट पूर्ति गर्ने संकल्पका साथ वैरोप्रथालाई प्रोत्साहन दिन व्यस्त छ ।
भविष्यमा नेपालमा मानव स्रोतको कमी नहोस भनेर मानव उत्पादन गर्ने उद्योग संचालन गर्ने योजनातिर सरकार लगायत मानव श्रम बेच्ने संघ संस्थाले विचार पु¥याउनु पर्ने देखिन्छ ।


