सांसदहरुको ब्रेकफास्ट, लन्च र डिनर !

सांसदहरु संसदबाट विदा भएर निर्वाचन क्षेत्र पुग्नु अघिदेखि नै सबैतिरबाट खबरदारी गरिनु पर्छ । रखवारी गर्नुपर्छ । प्रश्नहरु उठाइरहनु पर्छ । होइन भने नयाँ र काविल ब्यक्तिलाई निर्वाचनमा भाँजो हाल्नेछन् ।
हाम्रा पूर्व सांसदहरु विकसित देशहरुमा जस्तो न आफूले पढाएको ठाउमा पढाउन फर्किन्छन् नत खेतमा काम गर्न नै जान सक्छन् । संगठनमै काम गर्ने नाउमा ठालु पल्टिएर गुटबन्दीमा लाग्ने धेरै हुन्छन् ।
समाचार संपादनमा ढिला भएपछि बस टेम्पोको सहारामा ओहोर दोहोर गर्ने ब्यक्तिलाई पर्ने मर्का दोहो¥याइरहन पर्दैन । तर अचम्म सधैं हडबड गर्ने साथीले मुख फोरेर सहृदयता जनाउदै भन्यो, तिमीलाई टाढा जानु छ । म पु¥याइदिन्छु ! हतारिन पर्दैन । आनन्दले संपादन गर । उसको बोली सुने पनि पत्यार लागेन । उसले जनाएको सहयोगीपनको मनमनै हिसाबकिताव गरिरहें ।
सधैं हतारो गर्ने साथीको यो सौहार्दको कारण जान्न खोज्दै सोधें, किन ? उसले जवाफ फर्काइहाल्यो, आज ट्राफिक होलो छ । सडकमा गाडी गुडाउन पाइने भएकोले तिमीलाई पु¥याएर फर्किंदा पनि मलाई ढिला हुँदैन यार ।
घर फर्कंदै गर्दा उसले भनेजस्तै भयो । गाडीमा न छिनछिनमा ब्रेक हानिरहनु प¥यो नत, ट्राफिक जाममा नै परियो ! कस्तो अचम्म ? मनले मानेन र ट्राफिक प्रहरीलाई नै सोधियो, आज कसरी यति होलो ट्राफिक ?
ट्राफिकले मुखमा भीरेको मास्क झिकेर हाँस्दै भने, हो आज ज्यादै होलो हुनुको कारण हिजो सांसदहरुको बिदाइ भयो नि ! छ सय सांसदका दुईगुना र तिनका हनुमानका त्यसभन्दा बढी गाडीहरु एकैपटकमा एकैदिन कम भएपछि कसरी हुन्छ काठमाण्डौंमा ट्राफिक जाम ?!
ट्राफिक जाम घटेकोमा प्रहरीमा जुन उल्हास छाएको थियो त्यसभन्दा कमखुशी सवारी चालक चालक र यात्रुमा पनि थिएन । सर्वसाधारणहरु पनि ठूलो भारबाट देशले नै मुक्ति पाएको ठानिरहेका थिए । सर्वत्र खुशीयाली थियो !
संबिधानसभाका लागि आफैंले चुनेका प्रतिनिधिहरुबाट आमजनता वाक्क र दिक्क भएका थिए । उनीहरुको गुनासो थियो, संविधानसभा र रुपान्तरित संसदले समयमा काम गर्न सकेनन् । आफ्नो काम प्रति प्राय सांसदहरु सजग भएनन् । लामो समयसम्म तलब भत्ता वाहेक पनि अनेक प्रपन्च गरेर जनताले तिरेको राजस्व पचाउनु पचाए । कतिपय विदेशीका स्वार्थमा सेवा पु¥याएर देश र जनतालाई कमजोर र बाह्यशक्तिलाई बलीयो बनाउन पनि प्रयोग भैरहे ।
पहिलो संविधानसभाको चार वर्षको समय त्यत्तिकै सकियो र जनप्रतिनिधि संस्था नै विघटन भयो । त्यसपछि फेरि दोस्रो संविधानसभा निर्वाचन भयो । यसले पनि पहिलो संबिधानसभाको नियती बेहोर्छ भन्नेमा पत्रकार, बुद्धिजीवी, राजनीतिज्ञ र आफूलाई नै जान्नेसुन्नेहरु थिए ।
गठन भएको दुई वर्षमा दोस्रो संबिधानसभाले बनाएको संविधानमात्र जारी गरेनन् कि त्यसको कार्यान्वयन पनि अढाइ वर्षभित्र सक्ने समयसिमा समेत तोके ।
र, सात दशकदेखि प्रतिक्षा गरिएको संविधान संबिधानसभाले तयार पार्यो । देश, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्यो । संबिधान जारी नै हुन नदिने भारतीय षडयन्त्र असफल बन्यो । देशका प्रमुख पार्टी र नेताहरु विदेशी हस्तक्षेपविरुद्ध एक बने । यसविरुद्ध भारतले ज्यानमारा नाकाबन्दी नै लगायो तर सरकार र जनताले डटेर सामना गरे ।
यसरी बन्नै नदिने र बनेपछि कार्यान्वयन गर्नै नदिने अवरोध पार गरेपछि संबिधानको देशव्यापी कार्यान्वयनको चरण शुरु भयो । राष्ट्रपतिदेखि राज्यका सबैधानिक निकायका पदाधिकारीहरुको पदपूर्ति भयो ।
दुई दशकदेखि खाली रहेका स्थानीय निकायहरुको तीन चरण गरेर भए पनि निर्वाचन संपन्न भै सबै स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरु आसिन भए अत्यावश्यक कानूनहरुको तर्जुमा गरेर बाधाअडकाउ फुकुवा भए । स्थानीय निर्वाचन सकिइसकेपछि देश अहिले प्रान्तीय र केन्द्रीय संसद निर्वाचनको संघारमा आइपुगेको छ र सांसदहरु यही मूहुर्तमा शनिवार विदा भएका हुन् ।
माघ ७, २०७४ भित्र सबै निर्वाचन सकिएर देशको तल्लो निकायदेखि प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रधानमन्त्री तथा राष्ट्रपतिसम्म चुनिइसक्नु पर्ने सिमा संबिधानले तोकेको छ । यो लक्ष पूरा गर्न संविधानसभा निम्ति चुनिएका छ सय एक सभासदहरुले आफूलाई रुपान्तरित सांसदमा बदलेर जागीरलाई ०७२ बाट ०७४ सम्म नै लम्ब्याएर ब्रेकफाष्ट, लन्च र डिनर हसुर्ने क्रमलाई अढाइवर्ष तन्काए ।
यसबाट बुद्धिजीवीहरु एकदमै क्रुद्ध बने । उनीहरुले तिनको आलोचना मात्र गरेनन् कि जनप्रतिनिधिहरु रकमी, पाल्सी, जाली भएको ठाडो आरोप पनि लगाए । जनताले तिरेर जम्मा भएको राजस्व माराको दोषारोपण समेत गरियो । उनीहरु लोकतान्त्रिक मूल्यमान्यताविरुद्धको चक्रब्यूहमा जाकिएको शंका गरियो ।
जनमतलाई आफ्नो विश्वास अनुकूल सावित गर्न परिवर्तित संसदका ६ सय १ सांसदले कुनै कसर बाँकि राखेनन् । यथार्थमा सांसदहरु दलको निर्देशनमा चलिरहे । त्यसैले सरकारमा रहँदा होस् वा ब्यवस्थापिका संसदमा प्रतिरक्षात्मक अवस्थामा रहिरहे । मिडिया, नागरिक समाज, बुद्धिजीवी, युवा–प्रौढसम्मले आलोचना मात्र होइन, गाली गलोज गर्न बाँकि राखेनन् । गाली र आरोप नै उनीहरुको ब्रेकफाष्ट, लन्च र डिनर बनेको थियो, बनिरह्यो र भविष्यमा पनि बनिरहने देखिएको छ !
संविधानसभाका लागि प्रत्यक्ष निर्वाचनबाट चुनिएका र समानुपातिक रुपमा पार्टीबाट छानिएका ६ सय १ सांसदहरु गएको शनिवार (असोज २८ गते) सहजरुपमा विदा भएका छन् । झट्ट हेर्दा उनीहरु आफ्नो लगभग काम सकेर फर्किएका हुन् । यी मध्ये कतिजना फेरि चुनाव जितेर वा समानुपातिकमा परेर प्रतिनिधिसभा वा राष्ट्रियसभामा फर्किने छन् वा प्रदेशसभामा निर्वाचित हुनेहुन्, समयले बताउने नै छ ।
लोकतान्त्रिक मूल्य मान्यता अनुसार पुराना होइन धेरै नयाँ अनुहार निर्वाचन मार्फत आउने विश्वास गरिन्छ । तर बिदा भएका सांसदहरुले पदमा रहुन्जेल राज्यको पैसा आ आफ्नो निर्वाचन क्षेत्रमा लगानी गरेका छन् । अरु त अरु निर्वाचन क्षेत्र नै नभएका समानुपातिक सांसदहरुले पनि ठूलो धनराशी राज्यबाट लिएर त्यहीं बिल भर्पाइ बनाएर भरपूर उपयोग गरका छन् । त्यसवाहेक भर्खरै दशैं अघि प्रत्येक सांसदले प्रतिब्यक्ति साँढे तीन करोड रुपैयाँ राज्यबाट लिएका छन् । संसद भवनबाट बिदा भएपछि उनीहरु जुन पैसा बोकेर गैरहेका छन्, त्यो पैसा केको लागि हो ? सुशासनको न्यूनतम मान्यता पनि पूरा गरेको देखिएन ।
जवर्जस्त सवाल खडा भएको छ, राज्यले दिएको यत्रो ठूलो धनराशी संसदबाट बिदा भएको जुन ब्यक्तिले पाएको छ, उसले नै पार्टीबाट टिकट पायो अथवा स्वतन्त्र रुपमा निर्वाचनमा उम्मेदवार बन्यो भने उसका अगाडि नयाँ अनुहार कमजोर पर्ने देखिन्छ । त्यसै पनि संविधानसभा र परिवर्तित संसदको सदस्य बनेको टाठो ब्यक्ति भएकोले उसको हैकम चल्छ नै ।
राजनीतिशास्त्रका एक प्राध्यापकले भने, समाजलाई पार्टीहरुले जातीयता, क्षेत्रीयताका कारण विभाजीत गरेकाले पैसावाला मतदाताले तिनैबाट भोट पाउने संभावना पनि अत्यधिक रहने देखिन्छ ’cause लोकतन्त्रमा पैसाको प्रयोग भयो भने त्यसले समाज र राजनीतिक पद्धतिलाई त्यसका मूल्य मान्यता अनुसार काम गर्न दिंदैन । यसो भएपछि नयाँ पुस्ता निर्वाचनबाट चुनिने संभावना एकदमै कम हुनेछ ।
म्याद सकिएका सांसदलाई पार्टीले टिकट दिएन भने पनि यिनीहरु सत्ताको स्वाद चाखेका र पैसा हातमा भएकोले राजनीतिमा हावी नै रहने देखिन्छन् । आफू चुनिन पाएसम्म त आफैं जान प्रयत्न गर्छन, यदि आफू जाने संभावना भएन भने आफ्नो परिवार, नातागोता वा गुटका मानिसलाई पठाउन साम दान दण्ड भेदको नीति अपनाएर बबण्डर नै गर्ने क्षमता राख्छन् उनीहरु ’cause यसो भयो भने मात्र उनीहरुको अर्थात, संभ्रान्तहरुको पुनरागमन भैरहन्छ र हालीमुहाली कायम रहन्छ ।
सांसदहरु संसदबाट विदा भएर निर्वाचन क्षेत्र पुग्नु अघिदेखि नै सबैतिरबाट खबरदारी गरिनु पर्छ । रखवारी गर्नुपर्छ । प्रश्नहरु उठाइरहनु पर्छ । होइन भने नयाँ र काविल ब्यक्तिलाई भाँजो हाल्नेछन् । ’cause, हाम्रा पूर्व सांसदहरु विकसित देशहरुमा जस्तो न आफूले पढाएको ठाउमा पढाउन फर्किन्छन् नत खेतमा काम गर्न नै जान सक्छन् । संगठनमै काम गर्ने नाउमा ठालु पल्टिएर गुटबन्दीमा लाग्ने धेरै हुन्छन् ।
त्यसबाट पार लाग्न सकेन भने नयाँ पार्टी खोल्ने वा पार्टी दलवदलु गरेर भए पनि लोकतन्त्रलाई बिकृत र हैरान पारेर आफ्नो बर्चस्व स्थापित गर्न लागिरहने छन् । अनेक मुद्धाहरु सिर्जना गरेर भए पनि यिनले बार्गेनिंग गरिरहने छन् ।
उनीहरुसंग मुख्य कुरा पैसा छ । धाकधक्कु चिनजान र माननीय भैसकेको बिरासत छ । नेटवर्क छ । एनजीओ छ । प्रशासकसंग तालमेल छ । प्रहरी लगायत ठूलाबढासंग संगत छ । सांसद हुँदा नातासंबन्ध पनि संभ्रान्त, पैसावालसंग जोडिसकेका छन् । भ्रष्ट, तस्कर, डन, गुण्डा र जग्गा दलालहरुसंग चलखेल गर्न माहिर भैसकेकाले यिनीहरु लोकतन्त्रमा कानूनको शासन होइन, त्यसको विरुद्ध ब्यक्तिको निजी शासन कायम गराउन धुर्त हुन्छन् ।
के यस्तै हुने हो भने, आइतवारको जाम नभएको खुला सडक र सहज आवागमन सांसदहरुलाई तत्काल परेको ‘शोक’ मात्र हो ? तिहारपछि फेरि सडक पहिला जसरी नै अस्तब्यस्त नै हुनेछन् । अनि, सडकमा ट्राफिक कम देखेर ढिला भए पनि घरसम्मै पु¥याउन तयार साथी पहिला झैं हतारमै हुनेछ ?

