नेपाली कांग्रेसको ‘रिब्राण्डिङ्ग’- भीम भुर्तेल


शेरबहादुर देउवा, रामचन्द्र पौडेल, र कृष्णप्रसाद सिटौला तीन नेता मध्ये जसलाई हिरोको रुपमा ‘कास्ट’ गरेर अगाडि आए पनि कांग्रेसको २०७९ को चलचित्र फ्लप हुने निश्चित छ । जसरी बलिउड संगीत उधोगले कुमार सानु, उदितनारायण झा, साधाना सरगम अल्का याज्ञनिक र कविता कृष्णमुर्तिलाई सम्मान गर्ने तर गाउन नदिने गरेर रिब्राण्डिङ्ग गरेको छ त्यस्तै शेरबहादुर देउवा, रामचन्द्र पौडेल, र कृष्णप्रसाद सिटौला सम्मान गर्ने तर नेतृत्व नदिने खालको कांगे्रसको रिब्राण्डिङ्ग गर्न जरुरी छ । फ्लप हिरोले अभिनय गरेको चलचित्र वा फ्लप गायक/गायिकाले गाएको गीत फ्लप भए जस्तै फ्लप नेतृत्व अगाडि सारेर निर्वाचनमा गए परिणाम फ्लप नै हुने छ । यो कर्पोरेट सञ्चार र राजनीतिक सञ्चारको आधारभूत सिद्धान्त कांग्रेसले आत्मसात गर्नै पर्छ ।
सन १९९० को दशकमा बलिउड संगीत उधोगमा कुमार सानु, उदितनारायण झा, साधाना सरगम अल्का याज्ञनिक र कविता कृष्णमुर्तिको वोलवाला थियो । यस्तो कुनै चलचित्र थिएनन, त्यसमा यी गायक/गायिकाको स्वर भएको गीत समावेश गरिएको नहोस । यी गायक/गायिकाले त्यसवेलाका एकदमै लोकप्रिय गीत गाएका थिए । त्यस वेलाका चलचित्र निर्देशक र संङ्गितकारहरु हारालुछ गरेर यी गायक/गायिकालाई आफ्ना चलचित्रमा गाउन लगाउथे । यी गायक/गायिकाले गीत गाए पछि चलचित्र हिट पनि हुन्थे ।
तर, अहिले त्यसवेलाका यस्ता हिट गायक/गायिकाले मुलधारका बलिउड चलचित्रमा एउटा पनि गीत गाउन पाउँदैनन । कुमार सानु, उदितनारायण झा, साधाना सरगम, अल्का याज्ञनिक, र कविता कृष्णमुर्तिलाई सार्वजनिक कार्यक्रममा अत्यन्तै आदर सम्मान गर्छन भारतीय संगीतकर्मीहरु तर कुनै पनि संगीतकार उनीहरुलाई गीत गाउन भने दिदैनन् ।
अहिले बलिउड संगित उधोगमा अरिजित सिंह, अरमान मलिक, राहत फतेहअलि खान, अतिफ अस्लम, अङ्कित तिवारी जस्ता गायक, श्रेया धोषाल, सुनीधी चौहान, मोनाली ठाकुर, नेहा कक्कर, जस्ता नयाँ गायिकाले आफ्नो स्थान बनाएका छन् । अहिले उनीहरुले बलिउडको चलचित्र उधोगलाई बलियो साथ दिएका छन् । यिनीहरुले बलिउड संगीत उधोगको ‘रिब्राण्डिङ्ग’ गरिरहेको छ, संगीतको विविधिकरणमार्फत ।
यो सन्र्दभ उल्लेख गर्नुको कारण चाँही अहिले नेपाली कांगे्रसले गएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित भएपछि पनि आफुलाई ‘रिब्राण्डिङ्ग’ गर्न देखाएको अलमल र आलटालमाथि टिप्पणी गर्नको लागि हो ।
नेपाली कांगे्रसले अहिले केन्द्रीय कार्य समितिमा प्रतिनिधिसभा र प्रदेशसभामा भएको निर्वाचनमा भएको हारको समिक्षा गरि रहेको छ । निर्वाचनमा भएको हारको जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवाले एक्लैले लिनु पर्ने भनेर रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले लिनु पर्ने अडान राखेका थिए । तर, अहिले केन्द्रीय समितिले सामुहिक रुपमा जिम्मेवारी लिने निर्णय गरेको छ । यसको सिधा अर्थ हो नेपाली कांग्रेस सुधारको लागि अझै आफै तयार छैन भन्ने हो ।
वस्तु तथा सेवा व्यापारमा यदी यस्ता उधोगले प्रतिस्पर्दा गर्न नसकेर संकटको सामना गर्नु परेमा वा राजनीतिक दलले निर्वाचनमा पराजित भएर संकटबाट गुज्रिदै छ भने त्यसको पुर्नउत्थानको लागि गरिने सवैभन्दा महत्वपूर्ण काम भनेको ‘रिब्राण्डिङ्ग’ हो ।
यो तथ्य नेपाली राजनीतिमा पनि लागु हुन्छ । २०७४ सालको निर्वाचनमा पराजित भएको नेपाली कांग्रेसले २०७९ को आम निर्वाचनमा सफलता हात लगाउने हो भने अब अहिलेदेखी नै पार्टीको ‘रिब्राण्डिङ्ग’ गर्न आवश्यक छ । ‘रिब्राण्डिङ्ग’ गर्ने केहि उपाय छन् । पहिलो दलको झण्डा अथवा लोगो परिवर्तन गर्ने, दोस्रो दलको नीति सिद्धान्त परिवर्तन गर्ने र तेस्रो अनुहार परिवर्तन गर्ने अर्थात नेतृत्व परिवर्तन गर्ने हो । यो वस्तुको प्याकेजिङ्ग, तौल, मात्र परिवर्तन गरे जस्तै वा सेवाको सर्त र गुणवत्तामा परिवर्तन जस्तै नै हो ।
अहिलेको समयमा पहिलो दुई परिवर्र्तनको हुदैन । चारतारे झण्डा र रुख निर्वाचन चिन्ह परिवर्तन हुदैन । नेपाली कांग्रेसको सिद्धान्तमा समाजवाद हटाउने बिषय पनि रहदैन । यसमा विगतमा लिएको आर्थिक सुधारको बिषयमा समिक्षासहित परिमार्जन हुन सक्ला । त्यसकारण कांग्रेसको ‘रिब्राण्डिङ्ग’ भनेको अहिले नेतृत्व परिवर्तन मात्र हो ।
अर्कोतर्फ नेपाली कांग्रेसका ७ युवा नेताले नेपाली कांग्रेसको उत्थानको लागि ५१ बुँदे मार्गचित्र प्रस्तुत गरेका छन् । तर उनीहरुको यो मार्गचित्रमा कांग्रेस सुधारको लागि आवश्यक ‘रिब्राण्डिङ्ग’को लागि पहिलाको आर्थिक उदारकिरण र समाजवादको ब्याख्याको प्रस्ताव छ तर, तेस्रो पक्षमा भने केहि पनि उल्लेख छैन ।
नेपाली कांग्रेसले २०७९ को आम निर्वाचनमा सफलता हात लगाउन चाहान्छ भने त्यस्तो सफलताको लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, र कृष्णप्रसाद सिटौला तीनैवटा नेताबाट सम्भव छैन । ’cause रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला आफै २०७४ को आम निर्वाचनमा पराजित नेताहरु हुन । शेरबहादुर देउवा आफुले निर्वाचन जिते पनि उनकै पार्टी सभापतित्वमा दलले निर्वाचन हारेको हो । त्यसकारण कांग्रेसको रिब्राण्डिङ्गको लागि नयाँ अनुहार अगाडि सार्न जरुरी छ । यी तीन मध्ये कसैको नेतृत्वमा २०७९ को निर्वाचनमा गए त्यसमा पराजय निश्चित छ । यो पुरानै वस्तु वा सेवा उपभोक्तालाई थोपर्ने कम्पनीको उत्पादन बजारमा बिलाउने जस्तै हो।
शेरबहादुर देउवा, रामचन्द्र पौडेल, र कृष्णप्रसाद सिटौला तीन नेता मध्ये जसलाई हिरोको रुपमा ‘कास्ट’ गरेर अगाडि आए पनि कांग्रेसको २०७९ को चलचित्र फ्लप हुने निश्चित छ । जसरी बलिउड संगीत उधोगले कुमार सानु, उदितनारायण झा, साधाना सरगम अल्का याज्ञनिक र कविता कृष्णमुर्तिलाई सम्मान गर्ने तर गाउन नदिने गरेर रिब्राण्डिङ्ग गरेको छ त्यस्तै शेरबहादुर देउवा, रामचन्द्र पौडेल, र कृष्णप्रसाद सिटौला सम्मान गर्ने तर नेतृत्व नदिने खालको कांगे्रसको रिब्राण्डिङ्ग गर्न जरुरी छ । फ्लप हिरोले अभिनय गरेको चलचित्र वा फ्लप गायक/गायिकाले गाएको गीत फ्लप भए जस्तै फ्लप नेतृत्व अगाडि सारेर निर्वाचनमा गए परिणाम फ्लप नै हुने छ । यो सञ्चारको आधारभूत सिद्धान्त कांग्रेसले आत्मसात गर्नै पर्छ ।
त्यसकारणले अरिजित सिंह, जोनिता गान्धी, नकास अजिज, र वादशाहले बलिउड चलचित्र ‘ये दिल हे मुस्किल’को लागि गाएको ‘दि बे्रक्र अप सङ्ग’मा भने जस्तो नेपाली कांगे्रसका नेताहरुले अब शेरबहादुर देउवा, रामचन्द्र पौडेल, र कृष्णप्रसाद सिटौलालाई भन्नै पर्दछ ;
दिल पे पत्थर रखके
मुहपे मेकअप कर लिया
मेरे सैयाजी से आज
मैने ब्रेकअप कर लिया
